Friday, July 7, 2023

बग्दै गरेको नदीसंग

       "बग्दै गरेको नदीसंग "

  नदी कति शालीन छ 

नदी कति शान्त छ 

कति सजिलै बोकेको छ यसले शहरको मैलो 

कति आरामले थेगेको छ यसले दुर्गन्धको भारी 

पिठ्युमा बोकेको छ बालुवा र चट्टानको ठूलो बोझ 

शिरमा बोकेको छ, हिऊको भीमकाय कवच। 

------------१ --------------------------------

नदी त -

बर्षामा जुकाले टोक्दापनि अभ्यस्त रोपहाराजस्तै दत्तचित्त छ 

नदी त -

झरीमा शरीर भिज्दा पनि अडिग बाऊसेजस्तै एकचित्त छ 

नदी त -

श्रावणमा खोलाको छालमा पनि दृढ हलीजस्तै अडिग छ। 

-----------------२ ----------------------------------------

आखिर नदी त-

हिलो मैलो धमिलो पखाल्ने सुत्र रहेछ 

जर्जरलाई सिञ्चनदिने साधन रहेछ 

बाझोलाई उर्बरदिने सिर्जना रहेछ 

-----------------------३ ------------------------

त्यसैले म भन्छु -

म पनि नदीजस्तै स्वच्छ भावनामा बगिरहू। 

म पनि नदीजस्तै  अविरल पसिना बगाईरहू।। 

र म सदा जपिरहू -

"गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली"

---------------------४ ------------

                   (समाप्त )

No comments:

Post a Comment