Friday, July 21, 2023

तीजैको बेलैमा

         "तीजैको बेलैमा "

घुमेर आयो तीजको चाड शिवको महिमा !

गाएर गीत, दिदी र बहिनी बढाउछौ गरिमा !!

माइतीको घर, माइतीको पिढी माइतीकै आगन !

गोरी र काली, साईली र माईली साथी र सगीन !!

-----------------१ ------------------------------------

दिदी र बहिनी मिलेर संगै माईतीघर जाऊला !

नाच्दै र गाउदै पकाई मीठा दर नै  खाउला !!

कौसीमा बस्दै बाबा र आमा छोरीलाई कुर्दैछन !

दाजु र भाई भनेर तीज लिनलाई आएछन !!

------------------२ ----------------------------------

बसेर ब्रत महादेव पूजा मिलेर गरौला !

पार्वतीजस्तै रुपको धारी शरण परौला !!

बसेर ब्रत स्वामीको आयु शतक बनाऊ !

शिवको लिङ्ग पुजन गरी फूलपाती चढाऊ !!

--------------३ --------------------------------

किनिदेऊ बुढा रातोमा सारी धागोमा त्यो चुरा !

किनिदेऊ स्वामी टिका र पोते सोह्र र शृंगार !!

मरेर तर संसार भर लानु पो के छ र !

दुई दिने चोला भोलि के होला खानु पो के छ र !!

-----------------४ -------------------------------

दु:ख र पीडा बिसाई एकदिन कम्मर भाचौला !

तीजको पर्ब रमाईलो गर्दै हासेर बाँचौला !!

आउलानी सधै यस्तै र तीज, भोगौला राम्रा दिन !

जाऊला माईत, खाऊला दर रमाउला राम्रा छिन !!

----------------------५ -----------------------------------

               (समाप्त )

No comments:

Post a Comment