Tuesday, July 18, 2023

छन्दमा कविता कसरी लेख्ने?

 छन्दमा कविता कसरी लेख्ने?

(सिकारूहरूका लागि)
>>>>>>>>>>>>>>>>>>>>
१. सबैभन्दा पहिले लघु र गुरु वर्ण वा अक्षर केके र कुनकुन हुन् भनेर चिन्ने
,
जस्तैः क, ख, ग, घ, अ , इ , उ अादि साउँ अक्षर र ह्स्व उकार र इकार
लागेका लघु हुन्छन् । त्यस्तै का, खा,खी, घू , अा, दी, ए, कै , ताै , ताे
अादि दीर्घ मात्रा वा अन्य मात्रा लागेका गुरू वर्ण हुन्छन् । जुनसुकै
छन्दमा पनि अन्तिम अक्षर लघु वा गुरू जे भए पनि त्यसलाई गुरु (दीर्घ)
नै मानिन्छ । अाधा अक्षर अगाडिका अक्षरले तान्छ भने अघिल्लाे
अक्षर ह्रस्व (लघु) भए पनि त्याे दीर्घ (गुरु) बन्दछ । जस्तैः कन्या यस
शब्दमा क लघु भएतापनि न अाधा अक्षरले कन् अक्षरलाई दीर्घ
बनाएकाे छ ।
वासविन्दु वा विसर्ग लागेको अक्षर पनि दीर्घ मानिन्छ जस्तै :
अत: ।दु: ख ।
शिरविन्दु लागेको पनि दीर्घ मानिन्छ जस्तै :-
शंख ।संकोच ।संबन्ध ।संध्या ।संचार ।
क्ष त्र ज्ञ यिनी तीन संयुक्त वर्णभन्दा पहिला रहेको अक्षर पनि
दीर्घ हुन्छ :-
विज्ञ ।सत्र ।कक्षा ।आदि ।
>>>>>>>>>>>>>>>>>>>>>
२. लघु अक्षरलाई ( I) र गुरू अक्षरलाई ( S ) सङ्केतले जनाइन्छ । तल
छन्दकाे मुख्य सुत्र र सङ्केत दिइएकाे छ ।
। ऽ ऽ ऽ । ऽ । । । ऽ
य मा ता रा ज भा न स ल गा
>>>>>>>>>>>>>>>>>>>>>
३. प्रत्येक तीन अक्षरकाे समूहलाई गण भनिन्छ । यस्ता गणहरू ८ वटा
छन् ।
गण चिह्न उदाहरण
यगण (य) ।ऽऽ भकारी
मगण (मा) ऽऽऽ चाैतारी
तगण (ता) ऽऽ। इस्लाम
रगण (रा) ऽ।ऽ पाेखरा
जगण (ज) ।ऽ। पहाड
भगण (भा) ऽ।। दानव
नगण (न) ।।। कलम
सगण (स) ।।ऽ कमला
>>>>>>>>>>>>>>>>>>>>>
४. अब प्रत्येक छन्द कुनकुन गणकाे प्रयाेग गरेर लेखिन्छ भन्ने हरेक
छन्दका अा अाफ्नै सूत्रहरू छन् । जस्तै
क) शार्दूलविक्रीडित छन्द - म स ज स त त गुरु
SSS IIS ISI IIS SSI SSI S
ख) भुजङ्गप्रयात छन्द - य य य य
ISS ISS ISS ISS
ग) ताेटक छन्द - स स स स
IIS IIS IIS IIS
>>>>>>>>>>>>>>>>>>>>>
५. अब यिनै गण अनुसार अाफूले लेख्न चाहेकाे छन्दकाे गणहरू अनुसारका
अक्षर, वर्ण मिलाउँदै शब्दहरू अर्थ र भाव अाउने गरी विषयकाे
शिलशिला मिलाएर लेख्न सकिन्छ ।
>>>>>>>>>>>>>>>>>>>>
६. केही नमूनाहरू
१. शार्दुलविक्रीडित छन्द - म स ज स त त गुरु
SSS IIS ISI IIS SSI SSI S
कन्यादान भयाे थिए दुईजना भाेका भगत् धर्मका
पानीदार विहा गरेर अँजुली जाेडी दिए कर्मका
त्याे सम्बन्ध चसक्क हुन्छ मुटुमा काँडा र गाँठाे बनी
मुर्दाझैं विचरी म-याै अब बरी वैधब्य भाे जीवनी ।
-महाकवि लक्ष्मीप्रसाद देवकाेटा
....................................................................................
सीता गाैतम बुद्धले टुकुटुकू गर्दै हिँडेकाे स्थल
पानी हैन शहीदकाे रगत हाे नारायणीकाे जल
हुत्याएर बगाउँदै पर लगाेस् सद्भावकाे छाल याे
माटाेमा पसिना मुछेर म भनूँ प्याराे छ नेपाल याे ।
... कवि श्री मनाेज भण्डारी
....................................................................................
२. भुजङ्गप्रयात छन्द - य य य य
ISS ISS ISS ISS
दिई दर्द झन् सर्प डस्दैछ ऐले
छिमेकी बिना शर्म पस्दैछ ऐले
हिजो दूध छाली पिएको बिरालो
थियो मस्त त्यो किन्तु फस्दैछ ऐले
- कवि श्री साेम निराैला
...................................................................................
म ठूलो तँ सानो नठानौं न मान्छे
म पाथी तँ मानो नठानौं न मान्छे !
उही ठाउँ बस्दा घटाई चिनारी
म मुट्ठी तँ दानो नठानौँ न मान्छे !
.... कविरत्न श्री जयदेव गाेविन्द अाचार्य
.....................................................................................
३. अनुष्टुप छन्द -
(८ अक्षरकाे एक पाउ , जम्मा जम्मा चार पाउ, दुइ हरफमा समेटेर
लेख्दा यसमा १६ अक्षरकाे एक हरफ हुने , प्रत्येक पाउमा ५ औं अक्षर
लघु र पहिलो र तेस्रो पाउको सातौं अक्षर दीर्घ (गुरु) र दाेस्राे र
चाैथाे पाउकाे साताैं अक्षर ह्रस्व (लघु) हुन्छ ।
अनुष्टुप्मा धेरै भेद छन् Xभएका ठाउँमा सधैं सबैखाले वर्ण राख्न मिल्दैन।
प्रवाह नबिग्रिने गरी ह्रस्व लेखेको ह्रस्व र दीर्घ लेखेको दीर्घ वाचित
हुने गरी लेख्नु पर्छ।दोस्रो चौथो पाउमा चाहिं ५६७८ ल ग ल ग हुनै
पर्छ।
पहिलाे पाउ
XXXXISSX
दाेस्रेा पाउ
XXXXISIX
तेस्राे पाउ
XXXXISSX
चाैथाे पाउ
XXXXISIX
(यहाँ x ले ह्रस्व वा दीर्घ जुन अक्षर राखे पनि हुन्छ भन्ने सङ्केत
गरिएकाे हाे ।)
देश छैन पिता छैन माता छैन न मित्र छन्
न बधु छन् न स्वास्नी छन् न कतै घरवार छन्
मुठी बाँधी यहाँ अायाे मुठी खाेलेर जानु छ
न छन् मुकुन्दका काेही न कसैकाे मुकुन्द छ ।
... बालकृष्ण सम
................................................................................
४. मन्दाक्रान्ता छन्द - म भ न त त गुरू गुुरू
SSS SII III SSI SSI S S
छाना लाए घर हुन गयाे जिन्दगी छैन भित्र
मुर्दा मुर्दा दुई दिल विहा गर्दछन् याे विचित्र
सारा हाँस्छन् खडेहर गरी जिन्दगीकाे पवित्र
बुझ्ने काेही त्रिभुवन विषे छैन हा मर्म भित्र ।
-महाकवि लक्ष्मीप्रसाद देवकाेटा
.....................................................................................
यै माटोमा टुकुटुकु हिडी बुद्धले ज्ञान बाँडे
माटो चुम्दै सहिदहरुले ढुक्क भै प्राण छाडे ।
माटो बाँचोस् भनिकन लडे वीर पुर्खा नहारी
ए मान्छे हो नगर झगडा एकता यो बिगारी ।।
-- कवि श्री जीवन काश्यप
.....................................................................................
५. जलधरमाला छन्द
(बाह्र अक्षरको पाउ हुने यस छन्दमा पहिले चार अक्षर दीर्घ,बीचमा
चार अक्षर ह्रस्व र पछि चार अक्षर फेरि दीर्घ हुन्छन्)
SSSS IIII SSSS
बाबा आमा हितकर बोली भन्छन्
साना नानी अहित भनेझैं ठान्छन्
आफूलाई जुन जुन राम्रो लाग्छ
त्यस्तै सुन्ने मन त सबैको हुन्छ ।।
- अाधुनिक अाशुकवि श्री रमेश खकुरेल
.......................................................................................
६. छन्द – कुसुमविचित्रा
न. य. न. य.
III ISS - III ISS
विश्राम – ६ मा
बुझ न मधेसी मुलुक नभाँड
रिपुसँग मिल्दै ह्रदय नफाँड
जमिन यही हो जससँग खेल्यौ
पवन यही हो सर सर फेर्यौ
...कवि श्री साेम निराैला
....................................................................................
७. छन्द.. शिखरिणी
१७ अक्षरको १ पाउ र ४ पाउको १ श्लोक हुन्छ ।
य म न स भ ल गु
ISS SSS III IIS SII I S
छ धर्तीमा शोभा अनुपम कतै प्रस्ट छ तर
कतै लुक्छन् भित्रै प्रकटित नभै चित्र लहर ।
कहाँ रित्तो हुन्थ्यो प्रकृतिभरिको जीवन रस
टिके हुन्थ्यो धेरै विविध रङको इन्द्र धनुष ।।
....कवि श्री वासुदेव पाण्डे
..................................................................................
८. छन्द:- अलोला ।
गण:- म स म भ गुरु गुरु
संकेत:- ऽऽऽ ।।ऽ ऽऽऽ ऽ।। ऽ ऽ
तारा सुन्दर चम्कून् धर्ती उज्ज्वल होऊन् ।
नेपाली मन मैलो वर्षाले सरि धोऊन् ।।
सारा विकृति जे छन् आजैबाट हटाऊँ ।
आफ्नै गाैरवगाथा पुर्ख्याैली सब गाऊँ ।।
( सात सात अक्षरमा विश्राम )
... कवि श्री नारद गाैतम
...............................................................................
९. छन्द – विद्युन्माला
मगण मगण गुरु गुरु
SSS SSS SS
छारो हानी तर्साएर
कालो छाया बर्साएर
डग्ने छैनौ सम्झी राख
खान्छौं हामी फर्साएर
... कवि श्री साेम निराैला
...............................................................................
१०. छन्द.. स्रग्विणी
SIS SIS SIS SIS
दौडिए जिन्दगी साँझमा रातमा
नित्यको खोजमा दालमा भातमा।
बेचिए कत्ति निर्दोष चेलीहरू
छन् पजेराहरू नाङ्गिदै मातमा ।
... कवि श्री शान्ति सापकाेटा
...............................................................................
११. छन्द ... उपजाति
×ऽ। ऽऽ। ।ऽ। ऽऽ
टुटेर नै बादल झार्छ पानी
फुटेर नै पत्थर बन्छ खानी
फुट्यो भने बीज उमार्छ बोट
फुट्दा नठानौ सब हुन्छ खोट ।
... पुष्प अाचार्य
.........................................................................................
छन्दमा उपजाति
कुनै दुई छन्दका पाउहरू मिलाएर बनाएको छन्दलाई उपजाति भनिन्छ।
यसमा यतिवटा पाउ यसको भन्ने नियम छैन।सबभन्दा बढी चलेको
इन्द्रवज्रा र उपेन्द्रवज्राको उपजाति हुन्छ र धेरैले उपजाति
भन्नासाथ यही मात्र सोच्तछन्।यी दुई छन्दमा वर्णसङ्ख्या बराबर हुने
र अघिल्लो यौटा अक्षर लघु गरे उपेन्द्रवज्रा र दीर्घ गरे इन्द्रवज्रा
हुन्छ।वाचन गर्दा पनि खास फरक पर्दैन।यस बाहेक वंशस्थ र इन्द्रवंशा
छन्दको पनि उपजाति धेरै चलेको छ।यसमा पनि पहिलो अक्षर लघु
राखे वंशस्थ र गुरु राखे इन्द्रवंशा हुन्छ।जस्तो किः-
म पारखी भै रसको र रङ्गको
सन्देश बोकेर हिंडें अनङ्गको
लगाउँछौ प्रीत यहाँ मसङ्ग को
भन्दै चल्यो गुञ्जन गान भृङ्गको ।।
अनि अक्षर संख्या फरक परे पनि इन्दिरा र सुन्दरी छन्दको पनि
उपजाति निकै चलेको छ।जस्तो कि;-
तरु र पातमा कुसुम फुल्दछन्
भृङ्ग गानमा मस्त झुल्दछन् ।।
यति मात्र नभएर अरू पनि धेरै छन्दहरूको उपजाति बनाउन सकिन्छ।मैले
संस्कृतमा तीन अक्षर फरक भए पनि मन्दाक्रान्ता र स्रग्धराको
उपजाति पनि देखेको छु।
.... अाशुकवि श्री रमेश खकुरेल
....................................................................................
१२. छन्द.. विद्युल्लेखा
छ अक्षरको पाउ र चार पाउको श्लोक हुने यस छन्दमा पनि
विद्युन्मालामा जस्तै सबै अक्षर दीर्घै दीर्घ हुन्छन्।
छैनन् मान्छेवादी
कोही माओवादी
कोही खाओवादी
छैनन् मान्छेवादी
छैनन् भान्छेवादी ।।
कल्ले के भेट्ने हो
कल्ले के खाने हो
ठान्छन् मानौं मर्दा
साथै लैजाने हो ।।
पाओ लाओ खाओ
झन् झन् चढ्दै जाओ
चाँडै मौका पर्ला
तिम्रो सेखी झर्ला ।।
... अाधुनिक अाशुकवि श्री रमेश खकुरेल
.........................................................................................
१३. छन्द ... प्रमाणिका
ISI SIS IS
म माझ प्रेमको चरो
कराउँदैछ सुस्तरी
नहान वाँड यस्तरी
उ रुन्छ घाइते परी
विशाल नेत्र ती ठूला
खुलेर निल्नखोज्दछन्
म डुव्छु त्यो तलाउमा
लगाउ पार सुन्दरी।
...कवि श्री रामशरण न्याैपाने
...........................................................................................
१४. छन्द ...चम्पकमाला
भमसगु ऽ।। ऽऽऽ ।।ऽ ऽ
शङ्कर बाबा शङ्कर बाबा
दुःख निकै भो शङ्कर बाबा
दुष्टहरूले शासन गर्छन्
सज्जनलाई ताडन गर्छन् ।।
भन्न म जाने ठाउँ रहेन
के भनुँ बाँकी चीज रहेन
अन्त कसैले हाय सुनेन
आश छ तिम्रै सह्य भएन ।।
वानर मात्रै माथि गएछन्
देश सबै यो ध्वस्त गरेछन्
लोभ र सत्ता साथ परेछ
स्वार्थ डँढेलो फैलिरहेछ ।।
लौ प्रभु तेस्रो लोचन खोल
पाप बढेको कल्मष पोल
सज्जनलाई शान्ति दिलाऊ
देश सुधार्ने मार्ग खुलाऊ ।।
...अाधुनिक अाशुकवि श्री रमेश खकुरेल
.....................................................................................
१५. छन्द.. इन्द्रवज्रा
ततजगागा ऽऽ। ऽऽ। ।ऽ। ऽऽ
भाषा टिके गौरव टिक्न सक्छ
पुस्ता नयाँले पनि सिक्न सक्छ ।।
साहित्य वा शास्त्र अमूल्य हुन्छन्
मान्छे त पैसा-सित बिक्न सक्छ ।।
...कविरत्न श्री जयदेव गाेविन्द अाचार्य
..........................................................................................
....
१६.छन्द- श्री
गण- ऽ
उदाहरण-
आ: यो।
के हो?।।१।
.... कवि श्री टेकनारायण रिमाल"कौशिक"
.........................................................................................
१७. छन्दः- स्वागता
गण-मात्राः- र न भ गुरु गुरु
SIS III SII S S
अङ्ग-भङ्ग हुन गो गरिखाने
छैन चाहत उसै मरिजाने ।
भन्दथे जिजु सधैँ तर साने !
सत्यमेव जयते परिणामे ।।
... कवि श्री कृष्ण वस्ती
.......................................................................................
१८. छन्द.. रथोद्धता
रनरलगा
ऽ।ऽ ।।। ऽ।ऽ ।ऽ
भो भयो अब यता नफर्कनू
दुख्छ घाउ जल भै नदर्कनू
जे भयो नियति सम्झँदै बसूँ
टुट्छ चित्त अझ यो नझर्कनू ।।
....कवि श्री रामहरि शर्मा
.........................................................................................
१९. छन्द... वियोगिनी
१,३ससजगु २,४सभरलगा
।।ऽ ।।ऽ ।ऽ। ऽ
।।ऽ ऽ।। ऽ।ऽ ।ऽ
तनमा कुन तत्व पो पस्यो ?
मनमा त्यो किन गै कता बस्यो?
धन दौलतको नशा चढ्यो
जनको जीवन लौ यसै बित्यो !
.... पुष्प अाचार्य
........................................................................................
२०. यस वियोगिनी छन्दको चारै पाउकाे अन्त्यमा एक गुरु थप्दा
वसन्त मालिका छन्द बन्दछ । यसमा विजोर पाउमा एघार र जोर
पाउमा वाह् अक्षर हुन्छन् । यो सगण सगण जगण दुई गुरु विषममा र सगण
भगण रगण यगण सममा हुने वार्णिक छन्द हो ।
छन्द ... वसन्त मालिका
।।ऽ ।।ऽ ।ऽ। ऽs
।।ऽ ऽ।। ऽ।ऽ ।ऽs
शवको कुन हुन्छ कामना नै ?
शवको के छ र भित्र भावना नै ?
शव मै छु भने जसो गरून् लौ !
म नबोलूँ बरु यी शिरा मरून् लौ !
... महाकवि लक्ष्मीप्रसाद देवकाेटा
...........................................................................................
२१. छन्द... इन्दिरा
न र र ल गा
।।। ऽ।ऽ ऽ।ऽ ।ऽ
अब त माहुरी भुन्भुनाउँदै
गति बढाउँदै गुन्गुनाउँदै
सुन यहाँ नयाँ वर्ष हर्षको
नजिक नै उही आउँदैछ है।
मन त्यसै त्यसै व्यग्रतासँगै
जटिल रुपले कल्पिँदैछ है
छिनछिनै नयाँ हुन्छ जो सधैँ
मन रमाइलो पार्छ त्यै सबै ।।
.... कवि श्री दिव्यचन्द्र अाचार्य
..........................................................................................
२२. छन्द...रूपामाली
म म म
ऽऽऽ ऽऽऽ ऽऽऽ
हामी माली बालीनालीका
हामी फाली मेची कालीका
मर्यादा हैाँ भावी पुस्ताका
निर्माता हैाँ सीमा सुस्ताका ।
... कवि श्री भुवनहरि सिग्देल
.......
मेरी यौटी सानी छोरी छे
बा आमाकी साह्रै प्यारी छे
केही काली केही गोरी छे
हेर्दै नेपालीकी छोरी छे ।।
... कवि श्री रमेश खकुरेल
............................................................................................
२३. छन्द... उपेन्द्रवज्रा
ज त ज गा गा
।ऽ। ऽऽ, । ।ऽ। ऽऽ
उडेर आका-स कहाँ चुमिन्छ
सुतेर घैटो कसरी भरिन्छ
मनुष्य आभा-ष बिना रमेर
मरेर स्वर्गै कसरी पुगि�
All reactions:
Hari Parajuli and 34 others

No comments:

Post a Comment