Wednesday, September 2, 2020

"संघियता भन्दा माथि उठेर "

 "संघियता भन्दा माथि उठेर "

जनजातीरुपी हिउ फुटेर |
बगोस पहाडमुनि मूल फुटेर ||
मधेसमा बग्दै समुन्द्र पुगेर |
सङ्गलो बादल बनी बाष्पीएर ||
बर्षोस विभेदी वर्षा बनेर |
संघियता भन्दा माथि उठेर ||
-----------१-----------------------
पहाडको चट्टान पग्लिएर |
पुगोस तराईसम्म संग्लीएर ||
तराईको फाट बाली झुलेर |
काटोस चुरे पहाड छिचोलेर ||
भाईचाराको भावना साटेर |
संघियता भन्दा माथि उठेर ||
------------२---------------
मानसरोबर र मुक्तिनाथ |
हिमालका तीर्थस्थल पबित्र ||
गरौ यज्ञ शान्ति आरती ताप |
फैलेर पुगोस टीकापुर माथ ||
संजीवनी शान्ति हवन गरेर |
संघियता भन्दा माथि उठेर ||
--------------------३----------------
पशुपती ती काठमांडूभित्र |
स्वयम्भूका आखा शान्तिप्रीत ||
रामजानकी जनकपुर धाम |
कैलाश पर्बत त् तीर्थधाम ||
तिनै लेकका साझा देब भनेर |
संघियता भन्दा माथि उठेर ||
------------------४-----------------
(समाप्त)