Tuesday, January 18, 2022

प्रजातन्त्र दिवस : (प्रजातन्त्र दिवस २०७८ को निम्ति )

 प्रजातन्त्र दिवस : (प्रजातन्त्र दिवस २०७८ को निम्ति )


प्रजा हु, सबतत्वबाट खटिई, यो राज्यमा बस्छु म !

आफ्नै रुप लिएर बाच्छु जगमा, यै राष्ट्रमा हास्छु म !!

थोत्रो शत्रु पसेर मार्न नसकोस, पहरे भई रोक्छु म !

मैलो भेल पसेर राष्ट्र नडुबोस, बाधै बनी छेक्छु म !!

-----------------१ --------------------------------------

साझा फूलबारी समस्त नेपाली, बनोस साझा चिन्तन !

अग्लो हिऊचुली सगर्व नेपाली, होवोस सदा उन्नयन !!

लाखौ निर्झरबाट शान्ति समृद्धि, सजीबनी फैलियोस !

लाखौ आरतीताप यज्ञ हवन , ऐश्वर्य भई मौलियोस !!

--------------------२ --------------------------------

विश्वको हिमाद्रि उच्च शिखरमा, उक्लेर देखाउला !

विश्वको पबित्र तत्व नेपालमा , संदेश फैलाउला  !!

हाम्रो बत्सल राष्ट्रको जगतमा, पंख उडोस ज्योती झैँ !

सीता, गौतम जन्मेथे धरतीमा, जन्मून भृकुटी अझै !!

----------------३-----------------------------------

एकै चिन्तनका समग्र नेपाली, समृद्द नेपालमा !

एकै मननका समस्त नेपाली , स्वर्गीय नेपालमा !!

आफ्नो माटो उर्बरा गरौ सखे, आफ्नै नेपाली पन !

आफ्नै देश बचाऊ सारा प्रेमील हो , प्रजातन्त्र दिवस !!

----------------------४ ---------------------------------

                     (समाप्त )

   ---श्रष्टा: दीपक यात्री 

लेखनाथ -२७, कास्की 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, हरिसिद्दि ललितपुर

Sunday, January 16, 2022

सयौं थुँगा फूलका हामी एउटै माला नेपाली..........

 सयौं थुँगा फूलका हामी एउटै माला नेपाली


सार्वभौम भई फैलिएका मेची- महाकाली।


प्रकृतिका कोटीकोटी सम्पदाको आँचल


वीरहरुका रगतले स्वतन्त्र र अटल


ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल


अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल


बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल


अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।

जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................

 जाग जाग बैज्ञानिक बनाउनुछ नेपाल ......................


 जाग जाग बैज्ञानिक, बनाउनुछ नेपाल ! 

हाम्रो विज्ञान बन्न सकोस, हाम्रैलागि वरदान !!


काम, ज्ञान,अनुसन्धान सूचना र  प्रबिधी !

बिद्या, बिज्ञान, कला आफ्नै बन्नुपर्छ संस्कृती !!


स्वतन्त्रता सार्वभौम र अखण्डको रक्षार्थ !

हाम्रो बिज्ञान बन्नुपर्छ हाम्रैलागि बरदान !!


विश्वपरिवेशमा बनोस हाम्रो नेपाल संमृद्ध !

प्यारो देश प्यारो बिज्ञान, जय जय नेपाल !!


------ रचनाकार 

   ई दीपक यात्री, लेखनाथ -२७ , कास्की नेपाल 

हाल : प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दी, ललितपुर, नेपाल 

Friday, January 14, 2022

मेरो पौरख, मेरो राष्ट्र ((३०१ औ राष्ट्रिय एकता दिवस एबम पृथ्वी जयन्तीको कबिता प्रतियोगिताको लागि )

 मेरो पौरख, मेरो राष्ट्र :


प्रजा मोटा भया हुन्छ, नेपाल राष्ट्र बल्लभ !

अनेक मित्र एकता, छत्तिस जात चारै बर्ण !!

योद्दा पृथ्वीको सपना, नेपाल राष्ट्र बैभव !

बलभद्र, सीता, बुद्द बिभूती राष्ट्रका धन !!

--------------------१ --------------------------


मेरो राष्ट्र अखण्ड छ, झरीमा झन दीप्त छ !

मेरो राष्ट्र सार्बभौम छ , सन्ध्यामा नै प्रदीप्त छ !!

मेरो पहाड थामू मैले, मेरै  छाति फुकाउदै !

मेरो हिमाल हासू मैले, हिऊ दन्त देखाउदै !!

--------------२ ------------------------------


पूर्ब टिष्टा पुगी हिमाल, पश्चिम किल्ला कांगडा !

उत्तरमा हिमगिरी उच्च, दक्षिण बाँके बर्दिया !!

पुर्खाको बीरता सिन्धु, भुलेर कहाँ भुलिन्छ र !

पृथ्वी बहादुर शाह, इतिहास कहाँ मेटिन्छ र !!

------------------३--------------------------


राष्ट्र झण्डा बेरिदिनु, म मरे लासको माथमा !

म जल्नेछु खरानी भई, अखण्ड आर्यघाटमा !!

मेरो लास त्रिशुली बग्ला,आखाँमै बग्ला गण्डकी !

कात्रो होस नेपाली झण्डा, फहर्दै पार्थ जिन्दगी !!

------------४----------------------------------


म उठ्छु राष्ट्रको धुन,  बजेदेखि सबेरमै !

म हास्छु देशकै खित्का,हास्छ जस्तो हिमाल झैँ !!

म एउटा बोधीवृक्ष हू, अड्नुपर्छ है सिकाउछु !

म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु  !!

------------५ -----------------------------

                (समाप्त )

ई  दीपक यात्री

लेखनाथ -२७ , कास्की नेपाल 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर, नेपाल