Sunday, July 31, 2022

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव- २०७९’ मा प्रथम, द्वितीय र तृतीय हुने कविताहरू

 https://sahityapost.com/literature-news/75970/?fbclid=IwAR1LqICzOgjxC3NRW-TXquTT0mzLGs3XSIy1jtD_rmrAKQL6A8IqBQkU75I

कविता – सङ्कल्प

कवि – टीका आत्रेय, सुनसरी

स्थान – प्रथम

उपासना हुँ देशको म अर्चना हुँ देशको
सुवास मग्मगाउँने म बासना हुँ देशको
सुधा पिएर शैलको म मृत्तिका सजाउछु
बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु ।

म मूल देशको कतै मुहान सर्न सक्दिनँ
भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ
तिनै अजेय वीरको दुरुस्त बाघ सन्तति
भुलेर खान्न भोकमा अनाज वा वनस्पति ।

धरा फुटेर जन्मिने मधेसकी म जानकी
हिमाल स्वाभिमानकी सुपूज्य अंश पार्वती
प्रताप ज्ञान बुद्धको लिएर शान्त सागर
बनूँ अनन्त देशको मुहारको प्रभाकर ।

म झर्छु बिन्दु रूपमा निधारको अघिल्तिर
बगेर सिन्धु कर्मले म फुल्छु सृष्टि सुन्दर
फलेर अन्न भोकको जरा उखेल्न सक्छु म
लिएर गर्भ ज्ञानको विकास जन्म दिन्छु म ।

बलेर अग्नि न्यायमा कसी लगाइदिन्छु म
उनेर प्रेम विश्वको गला मिलाइदिन्छु म
अरू त छैन चाहना म देशको धुलो बनी
यही पवित्र स्वर्गमा रहूँ जुनी जुनी जुनी ।

--------------------------------------------------

कविता – आगोमा फुलेको देश

कवि – यात्रीप्रकाश पाण्डे, धादिङ

स्थान – द्वितीय

यो आगोमा फुलेको देश हो
नसोच्नू, आगोलाई फूल बनाउँछु ।

हिजैमात्र
निःशस्त्र यो छातीमा गोली हानेपछि
हार स्विकारेथे वैरीहरूले ।

आज,
छाती पहाड बनेको छ
र फुलाइरहेछ रगत बगेकै ठाउँमा रातो गुराँस
बढाइरहेछ, यही देशको गौरव ।

मेरै हात काटिदिएपछि
नहारेको वीरताले
मैले प्रतिकार गरिदिँदा
हात जोडेर आफ्नै जीवनको भीख मागेथे
हात हुनेहरूले ।

त्यसैले आज
शिर बनेको छ सगरमाथा
जहाँ फरफराइरहन्छ चन्द्र सूर्य अङ्कित झन्डा झन्डा ।

मेरै गोडा काटिदिएपछि
भागेर बाँचेथे गोडा हुनेहरू
त्यसैले,
कतै नसर्ने जङ्गे पिल्लर भएको छ शरीर सिमानाको
अझै पनि परदेशमा इज्जत लुटिएपछि
शरीर ढाकेर मर्छे चेली
सायद मर्नुअगावै सोच्छे
म मरेर पनि इज्जत त बचाउनुपर्छ ।

पुरानो इस्टकोटमा
नयाँ खल्ती राखेर मुगलान पसेको हर्के
एउटा खल्तीमा माटो र
अर्कोमा
सपना बोकी हिँड्छ
देशको नक्सा बोकी हिँड्छ
यसरी
आँखाको सपना बेचेर
देश नछाड साथी
नत्र तिमीले देशलाई छाडेजसरी
देशले पनि तिमीलाई छाड्न सक्छ
आगोलाई फूल नबनाऊ साथी
हामीलाई त आगोमै फुल्नु छ
र आफैँ जलेर पनि उज्यालो बनाउनु छ देशको चेहरा
मरेर पनि बाँच्नु छ,
युगौँ युगसम्म ।

---------------------------------------------------------

म पुग्थेँ भीरनजिकै
आइपुग्थ्यौ तिमी पनि
हेर्दै ओढारको कोक्रोतिर
रुन्थ्यौ बेस्सरी र हुन्थ्यौ बेहोस, बेहोस ।

भीरमाथिको चरिसो फूलबारीओरपर
कुनै भर्खरै निदाएजस्ता
कुनै भर्खरै गिद्धले लुछेजस्ता
कुनै कङ्कालमात्र बाँकी हुन्थे
कोपिलामै झरेका फूलहरू
आ-आफ्नै कोक्रोमा ।

मुन्धुम भन्थ्यो,
नटिप्नू चरिसो
उनीहरू खेल्ने फूलबारी हो
तर म टिपेर सिउरिन्थेँ चुल्ठोमा ।

आज
जङ्गलभित्र ढुङ्गाको सिरक ओढेर
सुतिरहेको मेरो छोरा
ब्यूँझिएर निसास्सियो कि ? लागिरहन्छ ।

आमा ! आमा !
मलाई नै पुकारिरहेको छ कि ? लागिरहन्छ ।

सत्ते,
आमा भन्नु त धर्ती रहेछ
जो सृष्टि गरिरहन्छ, जितेर आफ्नै मृत्यु
आज आफैँले बुझेँ नाना !

आमाको वेदना बुझ्न त आफैँ आमा बन्नुपर्ने रहेछ ।

------------------------------------------------

कविता – बुबाको सिलाइ मेसिन

कवि – किरण सिवा, सुनसरी
स्थान – तृतीय

******

बुबा
विभेदको सङ्घारमा
आफ्नै इमान बन्धकी राखेर
आउने जानेहरूलाई स्वागत गर्नुहुन्छ ।

हिजो देश र जनताको
हितकै लागि बोल्दै हिँड्ने
तल्लो घरे दाजुले पनि
बुबाकै मेसिनमा
झन्डा सिलाउन दिनुभयो र भन्नुभयो,
फर्फराउने झन्डा बनाउनू ।

बुबा झन्डा बनाएर घरसम्म पुग्नुहुन्छ र
दैलोबाहिरैबाट झन्डा बुझाउनुहुन्छ ।

यसरी सम्झिनुहुन्छ,
बरु मान्छेहरूले भन्दा त
मेरै मेसिनले बुझेको छ
जसले,
जात हेर्दैन, वर्ण हेर्दैन
र सिलाइरहन्छ,
समानताको धागोले
मान्छेकै इज्जत ।

आयुको आधा युग छिचोल्दै
यहाँसम्म आइपुग्दा
स्वतन्त्रताको ठेगाना
आजसम्म पनि पत्ता लगाउन नसकेका मेरा बुबा
आफैँले आफैँलाई
जिन्दगीको तमाम उत्कर्षहरूबाट
सिउन सक्नुहुन्छ
बुबा
मेसिनअगाडि
आफ्नै उमेर राखेर
जिन्दगी जिउनुहुन्छ ।

-------------------------------------------

कविता – सपना उम्रन्छ माटोमा

कवि – कमलराज केसी, अछाम
स्थान – तृतीय

**********

रोपेर सपनाको बिउ माटोमा,
सृजनाको अजम्बरी गीत गाइरहन्छु,
नदीजस्तै अविरल
माटो सृष्टि हो
सृजना हो माटो
माटो देश हो
देश आमा हुन्
खाएर माटोको सपथ
लाएर माटोको टिका
सुन्दैछु ढुक्ढुकीहरूमा
माटोको सुमधुर सन्देश
पुर्खाको रगत पसिनाले सिन्चिई
मलिलो छ यहाँको माटो
यही माटोमा रङ्गिएका
इन्द्रेनी सपनाहरू
पैँचो मागेर यो युगसँग
सजाइरहेछु आँखामा
माटोमै फुल्छ लालीगुराँस
राष्ट्रियताको रङ्ग छर्दै
स्वाभिमानी उभिएको छ माटो
सगरमाथा बनेर
जसरी, झरेर झरनाहरू पर्वतमालाबाट
साहसको धुन गुन्गुनाइरहेछन्
त्यसरी नै
आफूभित्र जगाएको छु
एउटा अविराम यात्रा
सिम्रिक रङको साँझमा
निभ्नै लागेको सलेदोबाट
सल्काएर अर्को सलेदो
दुवोजस्तै मौलाउने सपनाहरू बोकेर
कोरिरहेछु पैतालाहरूले कर्मरेखा ।

बाँसुरीमा सृजनाको धून फुक्दै
आऊ, यो सृजन उत्सवमा
बुद्धलाई खोजेर मनको तहमा
करुणा र प्रेमको देउसी भैलो खेलौँ
सद्भावनाको आँगनीमा
खोज्दै सम्भावनाको नयाँ उज्यालो ।

सुकुमारी पहाडका कन्दराहरूबाट चियाएर
यतिखेर म मेरो देशको मानचित्र नियालिरहेछु
र पढिरहेछु
नानीहरूका आँखाबाट
माटोमा फुलेका समृद्ध सपनाहरू ।


Saturday, July 30, 2022

मेरो राष्ट्र:

                                 मेरो राष्ट्र:

लालुपाते ढकमक फुली बनपाखा भर्न पाउँ !

हिमालको सुरुप दृश्यमा राष्ट्र गीत म  गाउँ !!

रोपौ एउटा अमृत गमला, फूल आफ्नै गरामा !

फूलबारीको ढकमक बनोस, साहित्य सृजनामा !!

-------------------१ ------------------------------

खोपौ एउटा दिब्य प्रतिरुप, शालिग्राम शिलामा !

बनोस ज्युदो सकल मुटुको ढुकढुकी भै गलामा !!

नारौ गोरु दबदब हिलो, छातिमा खेल्न पाउँ !

कोदालीको सिर्जना गतिमा आषाढ गीत गाउँ !!

----------------------२------------------------------

उठौ हामी शुभ बिहानीमा, रविको प्रभा साथमा !

जागौ हामी सकल नेपाली, अरनिको कथामा !!

ब्युझौ हामी मृदु लहरमा, गण्डकी छाल छाल !

बाचौ हामी स्वर्ग नेपालमा, स्वच्छ शान्त हिमाल !!

------------------३ -----------------------------------

गाऔ हामी गीति कथाहरु सारंगी ताल ताल !

नाचौ हामी डाफें मुनाल झैँ, शुभ्र शान्त हिमाल !!

पढौ हामी गौरी धराहरु, मुना मदन सरस !

लेखौ हामी तरुण तपसी, जन्मिउन लेखनाथ !!

-----------------४ ------------------------

थप्दै जाऊ तेल दीप्तभरी, बालेर धपधप !

अखण्ड यो मातृभूमी बनोस चिरायू युग युग !!

बलोस दिब्य दनदनी यहाँ, संजीवनी हवन !

बुकीमा नै फक्रोस राष्ट्र, बनी टुकी जीवन !!

-------------५ ---------------------------

बोलौ हामी शैल पहरामा प्रतिध्वनी नेपाल !

मेरै हृदयतल बाणीमा झंकोस बीणाअङ्कार

Wednesday, July 27, 2022

नेपाली गजल प्रतियोगिताको निम्ति :

 नेपाली गजल प्रतियोगिताको निम्ति :


           म र मेरो राष्ट्र (गजल):


म राष्ट्रको सम्पदामा, आफूलाई सजाउछु !

म राष्ट्रको ध्वजाभित्र, चन्द्र सूर्य फहराउछु !!      

             १ 

म माटोमा लड़ूबुडू, कर्मभित्र रमाउन !

म रागमा नौमती गाऊ, राष्ट्रभक्ति जगाउन !!   

             २ 

अभावलाई सहूँ मैले, दवावलाई सहने छैन !

खडेरीलाई सहूँ  मैले, उत्पीडनलाई सहने छैन !!  

             ३ 

बदनाम होवोस मेरो, अपमान सहने छैन !

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !!  

            ४ 

एक दिन भोकै बसूँ आफै , कसैसंग माग्ने छैन !

एक छिन प्यासै रहूँ आफै , पराइ दैलो धाउने छैन !!  

            ५

दाउराको भारी बोकूँ, राष्ट्र झण्डा झुक्न दिन्न !

थाप्लोमा नाम्लो नै होस, स्वाभिमान नुग्न दिन्न !!  

            ६ 

म राष्ट्रको पहरे हूँ, सिमा कतै मिच्न दिन्न !

तयार छु शहीद हुन, राष्ट्र शान डग्न दिन्न !!  

          ७ 

--------- (समाप्त )----------- 

  

             श्रष्टा :  डा दीपक यात्री 

                    प्रमुख सूचना प्राबिधिक 

                      नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

                        हरिसिद्दि, ललितपुर 



आदरणीय आयोजक ज्यु 

  नमस्कार !

     राष्ट्रिय युवा परिषदले आयोजना गरेको "खुल्ला गजल प्रतियोगिता" मा मैले  ७ सेरको " म र मेरो राष्ट्र (गजल)" यसै साथ संलग्न गरी पठाएको छु। साथमा पासपोर्ट साइजको फोटो पनि संलग्न गरेको छु। 

प्राप्ति खबर पाए आभारी हुनेथिए। 


Monday, July 25, 2022

समृद्धिको बाटोमा युवावर्गको दायित्व

 र्वी एसियाको दाहिने छातीमा ढुकढुकी बनेर धड्किरहेको मेरो देश अमरावतीजस्तै सुन्दर छ । विविधताको इन्द्रेणी रङ्ले सजिएको सानो भए पनि आफैँमा पूर्ण, मानौँ– ब्रह्माजीले फुर्सदका समयमा कल्पना गरेर सृष्टि गरेजस्तै । प्रभातमा सगरमाथाको कोमल वक्षमा रविको स्पर्श, स्पर्शको चरमोत्कर्षले मैनजस्तै पग्लिरहेका हिमालका मुटुहरू र कञ्चन जल बनेर ओरालो झर्दै गरेका हिमनदीहरू । यी दृश्यहरू हेरेर कहिल्यै अघाउँदैन न्नेपाली मनहरू । यिनै दृश्य, पर्यावरण र प्रकृति हेर्न मनमा कति ठुलो उत्साह बोकेर आउँछन्विदेशी पर्यटकहरू । सत्ययुगमा प्रकृतिका यस्तै मनोरम दृश्यहरू हेर्ने लालचले हिमशिलामा बसेर तपस्या गर्थे होला ऋषिमुनिहरू । हिमालयको छेउमा खुसीले उफ्रँदै बुर्कुसी मार्दै रमाइरहेका हिमजन्तुहरूको प्राकृतिक जिन्दगी देखेर साँच्चै लोभिन्छ मन । हिमाल र हिमनदीले कहाँ प्राकृतिक सुन्दरता मात्र बोकेका छन्र यसभित्र त समृद्धिको पञ्च रङ्गी ऐश्वर्य छचल्किएको छ । वसन्त ऋतुको आगमनसँगै नवपालुवा फेरेर मुस्कुराइरहेका हरिया वृक्षहरू, वासन्ती पवनको प्रभावले उत्तेजित भएर फक्रिरहेका लालीगुराँस, इन्द्रकमल र हजारौँ हजार पुष्पहरूले रङ्गीबिरङ्गी देख्दा रानीवनमा मिठामिठा कविता लेख्न हतारिन्छन् कविमन । मुग्ध भएर प्रकृतिको सुन्दरतामा एकैछिन हावाको वेग पनि रोकिन्छ । माथि जुरे पर्वततिर फुलेको देखेर चाँपका फूलहरू तल तराईबाट भुन्भुनाउँदै जान्छन् सयौँ हुल मौरीहरू । पुष्पको सुहागले उत्तेजित बनेका भ्रमरहरू होस गुमाएर झुम्मिन्छन् पुष्परस पान गर्नलाई । मौरीहरू पर्वततिर खोजिगरिरहेका हुन्छन् सञ्जीवनी फूल र ल्याइरहेका हुन्छन् लाखौँ करोडौँ वनौषधहरू । आयुर्वेदमा सबैभन्दा ठुलो औषधि मानिने मह बनाउनमा तल्लीन देखिन्छन् उनीहरू । नेपालका वनमा कहाँ सुन्दरता र हराभरा मात्र छ र ? यहाँ त मृतसञ्जीवनी बुटीहरू र तरुलताहरू छन्, अमृतजस्ता वनौषधहरू छन्। यसैमा अडिएर त ‘समृद्ध नेपाल, सुखी नेपाली’ को योजना तय गर्छन्नेपालीहरू । हामी राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताप्रति दृढ भएर एकसाथ देख्छौँ नेपालको समृद्धिको अभिनव सपना । गुणस्तरीय शिक्षा, स्वास्थ्य र सुरक्षाको प्रत्याभूति, यातायात, आर्थिक उन्नति, सामाजिक, सांस्कृतिक विकास, अपराधनियन्त्रण, रोजगारी, उच्चस्तरीय जीवनयापन तथा ग्रामीण क्षेत्रको विकास, सेवासुविधा नै समृद्धिका आधारहरू हुन्। समृद्ध नेपाल निर्माणको सपना साकार पार्नका लागि देशका युवाहरूको उत्साहपूर्वक सक्रियता, अन्तःप्रेरणा, दृढता र सक्रियता अपरिहार्य छ नेपालमा । १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिस युवा हुन्। युवावस्था नै मानवजीवनको सबैभन्दा महŒवपूर्ण र सक्रियताको स्वर्णिम अवधि हो । युवामनले चाहने हो भने असम्भव भन्ने कुरा केही छैन । असफलता र असम्भव भन्ने शब्द त मुर्खहरूको शब्दकोशमा मात्रै हुन्छ । यहाँ स्वामी विवेकानन्दको कुनै पनि देशको समृद्धि देशको युवाशक्तिले निर्धारण गर्छ भन्ने भनाई स्मरणीय छ । युवाहरू देशको मुहार चम्काउने शक्ति हुन् । जुन देशमा युवाको सङ्ख्या धेरै छ, युवा ऊर्जाको समुचित सदुपयोग भएको छ त्यस देशको विकास र समृद्धि निश्चित छ । विश्वका अधिकांश विकसित राष्ट्रहरूको विकास र समृद्धिको जड युवाहरू नै हुन्। वास्तवमा युवावस्था उमेर मात्र होइन, उत्साह, जाँगर र हौसला पनि हो। युवाहरूको आँखाले देखेको सपना कतिसम्म सम्भव हुन्छ भन्ने कुरा हामी नेपालमै जन्मिएका बुद्धको जीवनलाई हेरेर बुझ्न सक्छौँ । २९ वर्षका युवक बुद्ध आफ्नो दृढता र एकाग्रतापूर्वक प्राप्त गरेको ज्ञानामृतले नेपालमा मात्र नभएर विश्वको आकाशमा नै तारा बनेर चम्किए । उनको युवाजोस युवासपना र युवाविवेकले नै नेपाल शान्तिको देश भनेर विश्वको इतिहासमा सुपरिचित छ अनि बुद्ध ‘द लाइट अफ एसिया’ भनेर । मनमा आँट ऊर्जा र शक्ति बोकेका द्द युवाहरू राष्ट्र विकासका पहरेदार हुन् । युवाले मरुभूमिलाई हराभरा बनाउन सक्छन्। टाकुरा फाँट बनाएर बाँझो जमिनलाई शस्य शालिनी बनाउँछन् । युवा शरीरको नसामा रगत मात्र होइन, रगतका थोपाथोपामा साहस र उत्साहको सम्मिश्रण हुन्छ । उनीहरूले लिने पलपलको अक्सिजनमा सर्वोच्च साहस हुन्छ । यस्ता होनहार युवाहरूले नै राष्ट्रनिर्माण र राष्ट्रको समृद्धिका लागि उल्लेख्य प्रगति गर्न सक्छन् । हरेक मानिसले जे गर्न सक्छ त्योयुवावस्थामा नै गर्न सक्छ । राइट ब्रदरले बनाएको जहाज आकाशमा उड्नु पछाडिको कारण उनीहरूको युवा जाँगर र युवा साहस है हो । माइकल फराडे हुन् या ग्यालिलियो ग्यालिले, अल्वा एडिसन हुन् वा अल्बर्ट आइन्स्टाइन, न्युटन हुन् चाहे निकोला टेस्ला आजसम्म जति वैज्ञानिकहरूले खोज, अनुसन्धान, निर्माण र आविष्कार गरेका छन्ती सबै युवावस्थामा गरेका छन् । त्यसैले त युवावस्थालाई प्लास्टिक रबरका रूपमा मानिन्छ, जसलाई जति तन्कायो त्यति नै तन्किन्छ । यस्तै युवावस्थामा पनि जति जाँगर र साहस भयो त्यति नै बढी काम र सम्पन्न गर्न सकिन्छ । नेपालका सन्दर्भमा हेर्ने हो भने पनि युवाशक्ति र राष्ट्रिय समृद्धि एकअर्कामा परिपूरक छन् । कुल जनसङ्ख्याको ४० प्रतिशत हिस्सा ओगटेका युवाहरू वर्तमान समयमा सामाजिक, आर्थिक, शैक्षिक र खासगरी राजनीतिक क्षेत्रमा बढी क्रियाशील छन् । उनीहरूका आँखामा देशविकासको प्रमुख ध्येय छ जसलाई सङ्घीयताले ठुलो टेवा पु¥याएको छ । आफ्नो गाउँको विकास आफैँ गर्न पाएका छन्स्थानीय जनप्रतिनिधि बनेर । ग्रामीण क्षेत्रको विकास र स्थानीय स्रोत साधनको भरपूर प्रयोग गरी आर्थिक उपार्जन गर्नका लागि स्थानीय तहले घरेलु तथा साना उद्योग व्यवसायलाई प्रोत्साहन, घरेलु उद्योग सञ्चालनका लागि सहुलियत ऋण कर्जाको व्यवस्था, स्वरोजगारमूलक कार्यक्रमहरूको सञ्चालन, आधुनिक कृषिप्रविधिको प्रयोगजस्ता कार्यक्रमहरूलाई अगाडि बढाएको छ । यसका लागि ग्रामीण क्षेत्रमा युवाहरूलाई परिचालन र सदुपयोग गरेको छ । यसमा सरिक भएर राष्ट्रिय आयलाई उकास्नु युवाहरूको दायित्व हो। नेपाल प्राकृतिक सुन्दरताले भरिएको देश हो । युवाहरू प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै नेपालको अर्थतन्त्रकोविकासका लागि प्रमुख सर्त हुन् । पर्यटकहरू नेपालका वनजङ्गल, हरियाली र हिमशृङ्खलालाई अथाह प्रेम गर्छन् । शुभ्र हिउँसँग खेल्दै, रमाउँदै हिमालका चुचुरामा पुगेर गर्व गर्न हतारिन्छन् । यस्तो अवस्थामा नेपाली युवाहरूले व्यवस्थित, समयसापेक्ष र पर्यटकको रुचिलाई बुझेर होमस्टे सञ्चालन गर्नु र राष्ट्रिय समृद्धिको यात्रामा साझेदारी गर्नु प्रमुख कर्तव्य हो । एकपटक ढिँडो, खोले र गुन्द्रुकको स्वाद लिएर गए भने पटकपटक त्यही अभिलाषाले आइरहन्छन् पर्यटकहरू नेपालमा । नेपालको मौलिकतामा जिन्दगी बिताउन तत्पर हुन्छन्उनीहरू । वसन्तमा प्रकृति नवदुलही जस्तै हराभरा बनेर सजिएका बेला, सुनाखरीको बोटमा सुनगाभाहरू फक्रिएका बेला, घुम्टोभित्र प्रकृतिको सुदीप्त मुहार लुकेका बेला कुन प्रकृतिप्रेमीलाई मन लाग्दैन र मन्द पवन बनेर प्रकृतिका सुललित सुकोमल अधरमा स्पर्श गरेर स्वर्गीय सुख अनुभूत गर्न ? मयुर बनेर कसलाई नाँच्न मन हुँदैन र पुष्पोद्यानमा ? मृग बनेर उफ्रिँदै नाँच्दै वनवन घुम्न कसलाई मन लाग्दैन र ? त्यसैले त नेपालको पर्यावरणमा प्रकृतिमा र मौलिकतामा अर्थतन्त्र सुदृढीकरणको बलियो सम्भावना छ । विश्वमा कतै पैसाको बोट छ भने त्यो नेपालको प्रकृतिमा छ नकि अरबको मरुभूमिमा । पहाडका खोचबाट उफ्रँदै छङछङ गर्दै, सङ्गीत भर्दै, लयात्मक ताण्डव नाच्दै बगिरहेका मन्दाकिनीका उपज खोलानालाहरू, झरनाहरू यिनीहरूमा कहाँ स्वच्छता मात्र छ र यहाँ त जलविद्युत् उत्पादनको अमाप्य सम्भावना छ । यिनीहरूलाई सदुपयोग गरेर, युवावर्गको श्रमशक्तिको प्रयोग गरेर जलविद्युत्उत्पादन गर्ने हो भने नेपालले समृद्धिको सुदीर्घ फड्को मार्ने कुरामा दुईमत छैन । नेपाल अहिले प्रविधिसँग परिचित बन्दै गएको छ । आधुनिक विज्ञान तथा प्रविधिलाई आत्मसात्गरेर नेपाललाई समृद्धिका मार्गमा अगाडि बढाउनु युवाहरूको प्रमुख दायित्व हो। संसारमा हुने कुन कुरा छैन र नेपालमा अकबरे, अम्रिसो, अलैँची, अदुवा, चिया, उखु, आलु जस्ता नगदेबाली लगाएर विश्वबजारमा निर्यात गर्ने हो भने आज कुनै मदनलेआफ्नी प्राणप्यारी मुना र बुढी आमालाई घरमा एक्लै छोडेर रगत पसिना र जवानीसँग पैसा साट्न ल्हासा जानुपर्दैन । युवाहरू अरबको मरुभूमिमा पसिना घ बगाउँन जानाले बाँझो रहेको गैरीखेत अब युवाहरूले नै पौरख गरेर हराभरा बनाउने समय आएको छ । आफ्नो माटोमा पसिना बगाउने हो भने सुन फल्छ । त्यसैले त नेपालको समृद्धिका लागि पहाड बनेर दुःखका आँधीहरू सामना गर्नु, बाँध बनेर अभावका सुनामीहरू छेक्दै ढाल बनेर गरिबीका प्रहारहरू सहने दायित्व युवावर्गको छ । नेपालमा रहेका विभिन्न जडीबुटी तथा कच्चा पदार्थहरूको प्रयोग गरेर औषधि उत्पादन गर्नु, उद्योगहरू सञ्चालन गर्नु, जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी निरक्षता उन्मूलन गर्नु, चेलीबेटी, तथा प्रौढशिक्षा सञ्चालन गर्नु विद्यालय, अस्पताल, आवास गृह, कलकारखाना निर्माण तथा सञ्चालन गर्नु, सडकसञ्जाल विस्तार गर्नु, वन संरक्षण ग्रामीण तथा सहरी विकास कार्यक्रमहरू सञ्चालन गर्नु युवाहरूको प्रमुख दायित्व हो। वर्तमान समयमा युवाहरूको क्षमता विकास, राष्ट्रिय हितका लागि उनीहरूको सही परिचालन, रोजगारी र हरेक पक्षमा युवाहरूलाई सक्रिय बनाउनका लागि सरकारले योजनावद्ध तबरले नीतिगत कार्यक्रमहरू थालनी गरेको छ । युवा सरोकारका विषयलाई व्यवस्थित रूपमा सम्बोधन गरी नेपालमा दिगो शान्ति तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि विशेष आवश्यकता महसुस गरी २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको छ । युवाशक्ति राष्ट्रको अनमोल सम्पत्ति हो । युवा सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका र समाज परिवर्तनका संवाहक हुन् । कुनै पनि युवा अरबमा श्रम बेच्न जानु नपरोस्, राष्ट्रको समृद्धिका लागि देशमै बसेर हातेमालो गर्न सकुन्भनेर युवा तथा खेलकुद मन्त्रालयले युवा लक्षित कार्यक्रम तथा योजनाहरू ल्याइरहेको छ । सरकारले युवानीति २०६६ लागु गरेको थियो । जसमा युवाहरूमा उद्यमशीलताको विकास, नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास, शिक्षाआर्जन तथा वृत्तिको अवसर, हरेक हिसाबले युवा सशक्तीकरण, युवामा रहेका अन्तरनिहित क्षमताको प्रस्फुटन, सिप र कौशलको उत्पादनशील क्षेत्रमा प्रयोग, युवाहरूमा सकारात्मक र वैज्ञानिक सोचको विकास, प्रतिभावान युवालाई देशमै वृत्तिविकासको अवसरजस्ता नीतिहरू रहेका थिए । त्यसपछि सरकारले राष्ट्रिय युवानीति २०७२ लागु गरेको छ । यस नीतिमा युवाहरूको शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, सहभागिता तथा परिचालन, लागुपदार्थ दुव्र्यसन नियन्त्रण, मानवतस्करी तथा बेचबिखन नियन्त्रण, अपराध तथा हिंसाबाट युवालाई मुक्त गर्ने, विज्ञान तथा सूचना प्रविधिमा युवाहरूको पहुँच विकास गर्ने, शान्ति स्थापना र द्वन्द्व समाधानमा युवा सहभागिता, समानता, समावेशीकरण र समविकासजस्ता कुराहरू स्पष्ट रूपमा उल्लेख गरेको छ । राष्ट्रिय विकास र समृद्धिको रथ हाँक्ने सारथी युवाहरू हुन् । आज त्यो लगाम युवाहरूका हातमा छ । समृद्ध नेपाल निर्माणको महायज्ञमा चरु बनेर होमिनुपर्ने दायित्व युवावर्गको छ । जीवनको सबैभन्दा ऊर्जाशील समय र सम्भावना बोकेका युवाहरूले राजनीतिमा कुशल नेतृत्व गर्न सक्छन्। युवामा भएको जोस, जाँगर, सिप र उत्साहलाई देशकै स्रोतसाधन प्रयोगमा लगानी गरेर पनि सजिलै जीवनस्तर, आर्थिक समृद्धि र राष्ट्रिय आयमा वृद्धि गर्न सकिन्छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियान पूरा गर्नका लागि नयाँ सोच र ऊर्जाले भरिएको दक्ष र प्रविधियुक्त मानवस्रोत प्रमुख सर्त हुन् । हरेक प्रकारको श्रमलाई सम्मान गर्ने, देशमै नयाँ अवसरको खोजी र सिर्जना गर्ने काम युवाको हो । देशविकासका लागि प्राणको बाजी लगाउनु युवाको दायित्व हो ।

“राष्ट्र भनेको भूगोल होइन जनता हो. राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना (विचार) हो।”

– वी.पी. कोइराला

अहिले हाम्रो देशमा वी.पी.का माथिका अभिव्यक्तिहरु  बहुत सान्दर्भिक र मननिय छन्. हाम्रो देशका शासक र नेताहरुले शासन संचालन गर्दा यी कुरा मनमा लिएको भए सायद यस्तो राष्ट्रिय संकट आउँदैन थियो होला l बिगत पच्चीस वर्षमा र पंचायतपछिको लोकतान्त्रिक मार्गमा हिड्दा यो सबैभन्दा ठुलो राष्ट्रिय संकट भन्दा अत्युक्ति नहोला l अहिले देश एउटा जटिल मोडमा छ l राष्ट्रिय अखण्डतानै खतरामा परेको स्थिति छ l बैदेशिक हस्तछेपको कारण नेपालको समस्या झन् जटिल बनेको छ l हुन त अहिले आएर प्रचण्डले ठूलो भूमिका खेलेका छन् संबिधान जारी गर्न तर यी अहिलेका अतिवादकाबीजारोपण उनैले माओबादीकालमा गरेका हुन् l आफ्नो निहित राजनीतिक स्वार्थ पूरा गर्न प्रचण्ड र बाबुरामले माओबादीकालमै जातीय मुद्दा उठाएको कुरा इतिहासमा साक्षी छ l अहिले आएर राष्ट्रले त्यसको नियति भोग्नु परेको छ l आज त्यहि कुरा प्रचण्ड र बाबुरामले जन्माएको “फ्रान्केस्टाइन” बनेको छ l

अमेरिकी रास्ट्रपति जोन एफ. केनेडी ले भनेका थिए – “जसले बाघ चड्ने रहर गर्छ, त्यसको अन्त्य बाघको पेटमा हुन्छ.” l जातीय, साम्प्रदायिक, अनि धार्मिक मुद्दा को नाममा राजनीति गर्ने तथा गर्न चाहनेहरुलाइ यो समयमै चेतना भया l यसले न त त्यो जाति, सम्प्रदाय, वा धर्मको नै हित गर्छ न त समग्र देश को हित नै l जब जाति, सम्प्रदाय, र धर्मको आगो राजनीतिमा बल्छ, तब त्यो निभाउन बहुत मुस्किल पर्छ, बर्षौं/शताब्दियौं लाग्न सक्छ l  धर्मको नाममा अहिले सम्म भारत र पाकिस्तान अनि इजरेल र प्यालेस्टिन बीच राम्रो सम्बन्ध हुन सकेको छैन किनकि दुवै केसमा धर्म राजनीतिमाथि हावी भयो l  जातीय वा साम्प्रदायिक नाउँमा पूर्व युगोस्लाविया, रुवान्डा, सुडान, कंगो, अनि संसार का कतिपय ठाउँमा मानवीयता मेट्ने खालका क्रुर हिंसात्मक गृहयुद्ध भएका र भैरहेका प्रसस्त उदाहरण छन् l केहि देश त टुक्रा-टुक्रा भए. टुक्रा हुनेमा प्राय भर्खर निरङ्कुशबादी सत्ता बाट मुक्ति पाएका देश छन् भने कतिपयमा लोकतन्त्र भएपनि यस्तै जातीय र धार्मिक मुद्दामा चुनाब जितेर सत्ता हात परेका निरङ्कुश शासक भएका देश पनि छन् l  तर दुवै केसमा एक वा केहि जाति, धर्म, वा समूहलाइ सुनियोजित दबाएर वा सिमान्तकृत पारेको उस्तै कारण छन्, चाहे त्यो युगोस्लाविया होस् वा सुडान. तर नेपाल को केस फरक छ l  हाम्रोमा न जंगबहादुर र राजा महेन्द्रको जस्तो निरंकुस साशन छ, न त सुडानमा जस्तो केहि जाति वा धर्मलाइ सुनियोजित पेल्ने निर्वाचित शासन नै छ. हो जरुर राणा र राजाका पालामा सताब्दियौं देखि शासकवर्गको जात – बाहुन र छेत्री – लाई काखा र अरुलाई पाखा गरेकै हो l त्यसमा त कसैको दुइमत छैन l यदी अन्य जातिका शासकवर्ग भएको भए खासै फरक तरिकाले शासन गर्दैन थिए होलान. यो सामाजिकप्राणी मानवको मानवीय कमजोरी हो, जुन शिक्ष्या र अध्यात्मले मात्र मेट्न सकिन्छ l २०४६ साल पछि लोकतन्त्र आईकन पनि शासक वर्गले सिमान्तकृत जाति र समुदायको मुद्दा बेवास्ता गरेकै हो lत्यसमा पनि दुइमत छैन lतर हामीले यो बिर्सनु हुन्न कि हाम्रो लोकतान्त्रिक अभ्यासको इतिहास २७ वर्ष पनि पुग नपुग छ, २०१७ सालको १.५ वर्ष जति को वी.पी. कोइरालाको निर्वाचित सरकारलाइ पनि लिएर l  संसारकै पहिलो लिखित लोकतान्त्रिक संबिधान भाको अनि करिब २४० वर्ष को लोकतान्त्रिक इतिहास बोकेको देश अमेरिकामा त अहिले सम्म कला र गोरा बीच को भेदभाव कायमै छ l त्यहाँ त नेपाल र भारतमा जस्तो आरक्षण पनि छैन l संसारकै लोकतान्त्रिक प्रणालीको जननी ब्रिटेनमा पनि महिला लगायत कसैलाई नेपालमा जस्तो आरक्षण छैन l नेपालमा त महिलालाई राजनीतिक देखि सरकारी जागिरमा ३३% आरक्षण छ l  आरक्षणले मात्रै सबकुरा समाधान हुने पनि होइन l तर सताब्दियौंको शासक बर्गको गल्तीलाई सुधार्ने एउटा राजनीतिक कदम हो अहिलेको लोकतान्त्रिक शासनबाट l  यो पक्कै पनि सानो कदम हैन l  यो कुरा बुझ्न जरुरि छ अहिले आन्दोलन गरिरहेका विभिन्न समुदाय र वर्गले l अर्को कुरा के पनि बुझ्न जरुरि छ वने आरक्षण सधैभरिलाइ हैन l बैज्ञानिक ढंगले जनगरणाको रिजल्ट हेर्दै उचित संयोजन गर्नुपर्छ l

वास्तवमा आरक्षण आफैंमा लक्ष्य होईन l हाम्रो लक्ष्य त समानता हो – जातीय, बर्गिक, साम्प्रदायी, लैंगिक, अनि धार्मिक. त्यो समानता पुग्नको लागि यो एउटा माध्यम(बाटो) मात्र हो l  जरुर, यसमा व्यक्तिमाथि अन्याय भाको छ, समाजका बाहुन र छेत्री जातिका गरिब अनि जेहेन्दार व्यक्ति माथि. तर के पनि बुझ्न जरुरि छ भने यो एउटा राजनीतिक समाधान हो l र यो सधै भरिको लागि होइन l यसलाई व्यक्तिभन्दा पनि समूहहरुबीचको समानताको दृस्टीकोणले हेर्नु पर्छ किनकि हामी जतिसुकै आदर्शका कुरा गरे पनि हामी सामाजिक प्राणी हौं l समाजमा बस्दा हाम्रो व्यक्तिगत मात्र होइन सामुहिक पहिचान पनि हुन्छ l तर हाम्रो लक्ष्य एउटा आदर्श समाजकै लागि हुनु पर्छ जहाँ एकले अर्कालाई खालि मानवको रूपमा हेर्नेछ अनि त्यहि अनुसार ब्यबहार गर्नेछ l त्यो आदर्श समाज धेरै टाढा छ lत्यहाँ सम्मको बाटोमा हामीले यस्ताकति समस्या झेल्नु पर्नेछ l पश्चिमा रास्ट्रहरुमा जस्तो खालि व्यक्तिकोमात्र समानताको आधारमा हाम्रो संबिधान समावेशी हुन सक्दैनl फेरी हाम्रो समाज निक्कै पछि छ ति पश्चिमा समाजहरु भन्दा l त्यसमा पनि हाम्रो पुर्बिय समाज “ब्यक्तिबादी” भन्दा बढी “सामुहिक” छ l  हाम्रा समस्या फरक छन् l तर समयले बताउने छ कि अमेरिकामा जस्तो आरक्षण बिहिन (खालि व्यक्तिबादी) प्रणाली र हाम्रो जस्तो समावेसी आरक्षण प्रणाली मध्ये कसले सामाजिक समानता बढी ल्याउनेछ, अरु कुरालाई कन्सिडर गरेर l   अहिले को संबिधानले व्यक्ति र समूहबीचको अधिकारलाई हदै सम्म मिलाएको छ l

अहिलेको संबिधानले जति पनि मागहरु उठेकाछन् तिनको भित्रि, स्थानीयतहबाटै समाधान गर्ने बाटाहरु खुला राखेका छन् l जायज अनि अत्वास्यक मागहरु को संबिधानमै सुनिस्चीता कायम छन्सं l बिधान पढेपछि म यति ठोकुवा गर्न सक्छु कि अहिलेसम्म बनेका जति पनि संबिधान छन्, ति भन्दा यो संबिधान धेरै नै उत्तम छ l संसारकै लोकतान्त्रिक र समावेशी संबिधानमा हाम्रो नयाँ संबिधान पर्दछ l  यो संबिधानमा यदि कोहि यस्तो वर्ग छ जसलाई अन्याय भाको छ भने त्यो महिला हो l हाम्रो संबिधानमा त्यो एउटा गम्भीर त्रुटी पक्कै छ.संबिधानको भाग-२(११)(६)मा  नेपाली पुरुषको बिदेशी महिलालाई अंगिकृत नागरिकता दिनसक्ने व्यवस्था छ तर नेपाली महिलाको बिदेशी पुरुषको तेस्तो अधिकारको बारे केहि लेखिएको छैन l तेस्तै भाग-२(११)(५)मा नेपाली महिला र बिदेशी पुरुषको सन्तान अंगिकृत नागरिक हुने व्यवस्था छ तर नेपाली पुरुष र बिदेशी महिला को सन्तानको बारेमा केहि लेखिएको छैन l सायद पहिले जस्तै बंसजको आधारमा दिने होला l  यी दुईटा उपधारामा स्पस्ट महिलामाथि अन्याय भाको छ जुन आगामी दिनमा सम्बोधन हुनु पर्छ l तर अन्य हिसाबमा मैले तेस्तो कुनै जाति वा वर्गलाई सिमान्तकृत गर्ने खालको प्राबधान देखेको छैन l

यो संबिधानको बिरोधगर्नेहरुलाई म के भन्न चाहन्छु भने यो संबिधान पहिला “लोकतान्त्रिक” संबिधान हो l लोकत्रान्त्रिक सिद्धान्त भित्रै यसले समस्याको समाधान दिने हो lलोकतान्त्रिक सिद्धान्त भन्दा बाहिर गएर यसले समाधान दिन सक्दैन l त्यसो भएमा हाम्रो लोकतन्त्र कम्जोर हुन्छ l लोकतन्त्र कम्जोर हुनु भनेको विभिन्न जातजाति, वर्ग, समुदाय, अनि लिङ्गहरुको आवाज कम्जोर हुनु हो lतेसो हुनुभनेको सिमान्तकृत जातजाति, वर्ग, समुदाय, अनि लिंगहरुको अपनत्व गुम्नु हो l अनि तेसो हुनु भनेको राष्ट्र र रास्त्रियता कम्जोर हुनु हो l जब राष्ट्र र रास्त्रियता कम्जोर हुन्छ, तब बिदेशी शक्तिहरुले सजिलै देशको सर्भवौमिकतामाथि अघोसित धावा बोल्न सक्छन l हाम्रो राष्ट्र, रास्त्रियता, र समान अधिकार को जग नै लोकतन्त्र हो. हामीले यहि लोकतन्त्रलाइ जगेर्ना गर्दै सुधार्दै लानु पर्छ l हाम्रो सबै समस्याका समाधान अरु कहिँ छैन, यसैमा छ l यो कुरा हामीले बुझ्न जरुरि छ l

नेपाल जस्तो सयभन्दा बढी जातजाति बस्ने देशमा अझ लोकतन्त्रको ठूलोमहत्व छ l एउतै जाति वा धर्म भाको देशमा देश अखण्ड रहेर एकदलीय वा निरंकुस शासन चल्न सक्छ होला तर नेपाल जस्तो देशमा त्यस्तो कदापी सम्भव छैन l बास्तबमा आजको समस्याको जरो हाम्रो बिगतको सयौंबर्षको अलोकतान्त्रिक/निरङ्कुश शासन प्रणाली नै हो l सयौंवर्षसम्म विभिन्न जातजाति, वर्ग, समुदाय, अनि लिंगलाई दबाएर राख्नुको कारणनै आज हामी यस्तो मोडमा आइपुगेका छौं l

अन्तमा म के भन्न चाहन्छु भने राजनीति खरायोको गतिमा दगुर्छ तर समाज कछुवा को गतिमा. त्यसैले, हामीले सर्बोत्तम संबिधान त पाईएला, उत्तम कानुन त पाईएला तर जब सम्म हाम्रो समाज गरिब, अशिक्छित, अनि पछौटा रहन्छ, तब सम्म जतिसुकै राम्रो संबिधान, राम्रो कानुन, र राम्रो शासन प्रणाली भएपनि समाज परिवर्तन हुन सक्दैन l कसैलाई सार्बजानिक ठाउँमा छुवाछुत गर्न कानुन ले रोक्ला तर उसको मस्तिस्कमा छुवाछुत गर्न कुनै कानुनले रोक्न सक्दैन l त्यसको एउतै मात्र उपाय उचित शिक्ष्या – घर देखि स्कूल र चुलो देखि चौको सम्म – हो lअभिभावकहरुले नानीहरुलाई कसैलाई भेदभाव नगर्न, कुनै समुदायका नेपालीहरुलाई हेयभावको दृस्टी ले नहेर्न र त्यस्ता शब्दले सम्बोधन नगर्न पहिला आफैं उदाहरण बनेरनानीहरुलाई सिकाउनुपर्छ l कानुनको लागू त छदैं छ lसायद यो हाम्रो लागि अन्तिम मौका हो, राष्ट्रिय अखण्डता जोगाउने l पहिले जस्तै अब पनि कसैलाई तल्लो जातको अनि कसैलाई दोश्रो दर्जाको नागरिक सम्झिने मानसिकता बोक्यौं भने राष्ट्रको अखण्डता खतरामा पर्नेछ l अब बोलीले होइन ब्यबहारमा देखाउन सक्नु पर्छ l जती  जातीय र साम्प्रदायिक संघीयता देशको अखण्डताको लागि खतरा छन् त्यति नै जातीय र साम्प्रदायिक भेदभाव राष्ट्रिय अखण्डताको लागि खतरा छन् l अनि यी दुवै लोकतन्त्रका सत्रु हुन् l अनि यस्ता कुरा गर्दा आफु अनुकूल ब्याख्या र ब्यबहार गर्ने मुर्खता कदापी गर्नु हुन्न l एउटा राईले बाहुन लाइ छुवाछुतको आरोप लगाएर आफू चाहिं दमाई-कामीलाई घरको दैलो भित्र छिर्न नदिने गर्न थाल्यो भने समस्या जहाँको त्यहि रहन्छ l

समाज “रिभोलुशन” भन्दा नि ज्यादा “इभोलुशन” बाट अगाडी बढ्छ l सताब्दियौनको सामाजिक सोच, ब्यबहार, र संरचना रातारात बद्लिन सक्दैन. यसको लागि समय लाग्छ l यो कुरा आज संबिधान को बिरोध गर्ने हरुले बुझ्नु जरुरि छ l अहिले “आवेग” भन्दा बढी “बिबेक” को जरुरि छ l सबैलाई समयमै चेतना भया l जय नेपाल !

लेखक परिचय


रेजिना आपगाईँ

रेजिना आपगाईँ साहित्य लेखनमा नव प्रतिभाको रुपमा उदाएकी छिन् । उनले राष्ट्रब्यापी निबन्ध प्रतियोगितामा द्वित्तिय स्थान समेत हासिल गरेकी छिन् ।

----------------------------------------------

राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको दायित्व

-गणेशप्रसाद भट्टराई

सूर्योदय नगरपालिका वडा नं ७, कन्याम, इलाम ।


प्रत्येक व्यक्तिले आफ्नो राष्ट्रमा बाँचेर त्यहीँको राष्ट्रियता, परिवेश र समग्रतामा आफूलाई समायोजन गरेको हुन्छ । आफ्नै वैयक्तिक-बौद्धिक विकास र सभ्यताको विकास गरेको हुन्छ । राज्य सञ्चालन र राष्ट्र निर्माणमा असङ्ख्य जुझारु हातहरू जुटेका हुन्छन्, गूढ मस्तिष्क खटेको हुन्छ र कर्मठ पाखुरीहरू समर्पित रहन्छन् । प्रत्येक राष्ट्रको समृद्धि यात्रामा देशका सशक्त जनशक्तिको महत्वपूर्ण योगदान हुन्छ र त्यो सशक्तता युवावर्गको कर्ममा निहित रहन्छ । राष्ट्रिय समृद्धिको यात्रा युवाले सजाउने मङ्गल दीप र स्वर्णकलश राखेर सजाउने स्वर्णद्वारबाट सुरु हुन्छ ।


राष्ट्र निर्माण बौद्धिकता र कर्मशील मानसिकताको परिणति हो । राष्ट्रको निर्माणका पछि युवाहरूको रक्तबीज रोपिएको हुन्छ, हजारौँ वीरहरूको गाथा मातृभूमिको छातीमा खोपिएको हुन्छ र परिवर्तन पुष्प फुलाउने अजेय शक्ति खर्च भएको हुन्छ । अजेयता आत्मविश्वास र दृढताको प्रतीक हो । दृढताविहीन मानिस सफलताको सिँढी उक्लन सक्दैन र आफ्नो वातावरणको परिवर्तन गर्न सक्दैन । मान्छेले आफूलाई परिवर्तित आँखाले हेर्न सक्दैन भने राष्ट्रको उज्ज्वल भविष्य अकल्पनीय हुन्छ । व्यक्ति राष्ट्रको व्यष्टि हो र राष्ट्र व्यक्तिहरूको समष्टि हो । प्रत्येक व्यक्तिमा राष्ट्रप्रतिको अपार स्नेह हृदयकेन्द्रका प्रत्येक कोठरीमा उम्रेमा पहरामा मूल फुट्छ । युवाले समुद्रको गर्भबाट पहाड उठाउन र मरुभूमिको छातीमा मूल फुटाउन सक्छन् ।


परिवर्तनकारी युवाका विचारमा देशको भविष्य र सकारात्मक मार्गदर्शन हुन्छ । युवाले भौतिक स्रोत साधनलाई उत्पादनमूलक आकाङ्क्षामा परिवर्तन गर्न सक्छन् । युवाका विचारमा उन्नति र काँधमा प्रगति हुन्छ । राज्य सञ्चालन, विकास निर्माण, स्रोत र साधनको उत्पादनशील परिचालन, अनुगमन तथा समृद्घिमा युवा केन्द्रमा रहन्छन् । युवाको केन्द्रमा समृद्धि र परिधिमा सफलताका झिल्काहरू झिल्किरहन्छन् । कर्मले उचाइ प्राप्त गर्ने र व्यवहारले पहिचान बनाउने युवाका शब्द, वाणी, विचार र व्यवहारमा राज्यको मुहार फेर्ने सामथ्र्य हुन्छ ।


युवा बिदेसिएका छन्, देशमा परिवर्तन हुँदै छ, अब पर्काउनुपर्छ । उद्यमशीलताको पूर्वाधार तयार गर्न देशले सक्षम र दक्ष जनशक्ति खोजेको छ । परिवेशले स्वदेशी रोजगार र पेसागत विविधीकरण खोजेको छ । युवाका विचार, सिप र जाँगरको सम्मिलन परिवर्तन बन्न सक्छ । प्रत्येक दिन समृद्घिको चाहनामा देशको सीमा छाड्नेलाई रोजगारीका पानाहरूमार्फत राष्ट्रियताका पाठ पुनरावृत्ति गराउन युवाको जाँगर चाहिएको छ । युवाले आफ्नै परिवेशको स्वर्णिम संसारमा समृद्घि उमार्न सक्छन् । युवाको तुफानी जाँगरलाई शाश्वत परिणतिमा बदल्न सके देशले कायापलट गर्न सक्छ । युवाका जाँगरले देशमा हरियाली भर्न र सभ्यताको सञ्चार गर्न सक्छ । विकास र उन्नतिका लागि युवालाई दायित्व सुम्पनुपर्छ । युवाले सचेतना प्रवर्धन गरी दिशाबोधको गोरेटो खन्न सक्छन् ।


नेपालको समृद्धि कृषि र पशुपालनमा छ । युवाले गुजारामुखी कृषि र पशुपालनको व्यावसायीकरण र आधुनिकीकरण गर्न सक्छन् । विदेशमा पैसाको बोट देख्ने युवाले प्राकृतिक सम्पदालाई हिराको टुक्राका रूपमा चिन्न सक्छन् । बारीका कान्लामा हिरा खोज्न युवालाई नेतृत्व सुम्पनुपर्छ । हाम्रो पानी, खेत, बारीमा पैसाको बोट उमार्न युवाका मस्तिष्क र हात सक्रिय बन्नुपर्छ ।


सकारात्मक सोचले देश बन्छ । कठोर मिहिनेतले व्यक्ति सम्पन्न हुन्छ । सम्पन्नता र समृद्घि हामीभित्रै छन् । आफूभित्रबाट सकारात्मक सोच उमार्न सके हामीलाई माटाले महानता, विचारले विशिष्टता र धरतीले सम्पदा सुम्पन्छ । सकारात्मक सोचले युवाका जाँगरलाई उर्लँदो जँघार रोक्न सिकाउँछ । परिश्रममा हर्ष खोज्ने युवाका मिहिनेती प्रयासलाई खोजेर बाहिर ल्याउने उत्साह जगाउन सक्नुपर्छ । युवाको सकारात्मक पाइलाले समृद्धिको सगर चुम्न सक्छ । व्यक्तिलाई अनुहारले चिनाउँछ तर उसले आफ्नो अनुहार कहिल्यै देख्दैन, अरुले मात्र देख्छन् । आफूलाई चिनाउने र आफूलाई सम्मानित र समृद्घ बनाउने साधन आफूभित्र र आफ्नै परिवेशमा हुन्छन् । युवाले देशको अनुहारमा सौन्दर्य भर्न सक्छन् ।


मानव सेवाको भाव मस्तिष्कबाट जन्मेर इन्द्रियबाट हुर्कनुपर्छ । म गर्छु र गर्न सक्छु भन्ने भावनाले मात्र मान्छेलाई प्रगतिपथमा लम्काउँछ । असल कार्यमा सबैको साथ हुन्छ । स्वार्थले काम गर्नेहरू चौतारामा नाङ्गिन्छन् तर मनले काम गर्नेहरू पुण्यस्थलमा पुजिन्छन् । युवा मानव सेवाका पुञ्ज हुन् जसले सामाजिक र आत्मिक समृद्धिलाई सँघारमा सजाउँछन् ।


युवाले जन्मस्थान, समाज, धर्ती र वातावरणप्रति कृतज्ञ बन्नुपर्छ । मानिसका गुण, क्षमता र सिप भण्डारका लागि होइनन्, बाँड्नका लागि हुन् । मिठो बोली, पवित्र आचरण, सद्भावना, आदरसम्मान, पठनपाठन, माया र आदर, प्रभावकारी सञ्चार, तनाव नियन्त्रण सकारात्मक सोच समृद्धिका कारक हुन् । समृद्धिको यात्रा गिलासको खाली भागबाट होइन भरिएको भागबाट सुरु हुन्छ । परिवेशले युवालाई भविष्यप्रति आशावादी बनाउनुपर्छ । यात्रा सुरु गरेपछि गन्तव्यमा पुगिन्छ भन्ने सिकाउनुपर्छ । प्रसन्नता, उत्साह र प्रशंसायुक्त समाजमा उन्नतिको सम्भावना हुन्छ । नकारात्मक बिउ रोपेर सकारात्मक फलको आशा गर्न सकिँदैन । सकारात्मक सोचको परिणाम सकारात्मक प्रतिक्रिया हुन्छ । निरन्तर प्रतिबद्धताले सिस्टर टेरेसा मदर टेरेसा बनिन् । सकारात्मक सोचले सिद्घार्थ बुद्घ, मोहन दास महात्मा र रत्नाकर बाल्मीकि बने । सकारात्मक सोच तथा व्यवहार भएका मानिस गन्तव्यमा छिटो पुग्छन् । युवालाई पछाडिबाट पढ्दा वायु हुन्छ । आज सकारात्मक सोचले विकासको आँधी ल्याउने युवा वायुको आवश्यकता छ ।


युवा जोस जाँगर, ऊर्जा, नयाँ सोच र प्रविधि प्रयोगमा अब्बल हुन्छन् । उनीहरूमा निडर निर्णय, गलतकार्यको विरोध र असल निर्णयको समर्थन गर्ने साहस हुन्छ । कानुनको तर्जुमा गर्ने समावेशी सक्रियता हुन्छ । छुवाछत, बोक्सी, छाउपडी, देउकी प्रथा, बालविबाह, दाइजो जस्ता सामाजिक कुरीति, कुसंस्कारका विरुद्ध जनचेतना जगाउने सामथ्र्य हुन्छ । लागु पदार्थको दुव्र्यसन विरुद्धको जागरण हुन्छ । निमुखा वर्गको हित संरक्षण र सहभागिताका लागि आवाज हुन्छ । जातजाति, भाषा, धर्म, वर्ण, लिङ्ग, अपाङ्गताको तटस्थ सम्बोधनभाव हुन्छ । योजना र कार्यक्रमलाई मूलप्रवाहीकरण गर्ने पैरवी हुन्छ । वन, वन्यजन्तु तथा वातावरण र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने निगरानी हुन्छ । विद्यालय, स्वास्थ्य संस्था तथा अन्य प्रशासनिक सेवा प्रवाहको दृष्टिविन्दु हुन्छ । बाटाघाटा, मठमन्दिर, पाटीपौवा, अस्पताल, सार्वजनिक तथा धार्मिक स्थलहरूको मोहकता थप्ने स्वयम्सेवा हुन्छ । जमिन बाँझो नराख्ने उत्पादनशील अभियान हुन्छ अनि बजेटलाई विकास बनाउने साँचो हुन्छ । यसर्थ सार्वजनीन समन्वय गरी युवालाई नेतृत्व दिनुपर्छ, व्यापक सहभागितामा जागरणमूलक र रचनात्मक समृद्धि यात्राको अगुवाइ गर्न युवाको भूमिका निर्धारण गर्नुपर्छ ।


मानिस पढेर महान् बन्दैन, पढेको कुरा व्यवहारमा प्रयोग गरेर महान् बन्छ । मान्छे शक्ति, बुद्घि, तर्क र सिर्जनाले अरुभन्दा भिन्न हुन्छ । बाहिरी आँखा नदेख्नेको अन्तर्चक्षु सक्षम हुन्छ । हात नचल्नेको मन बलियो हुन्छ । खुट्टाभन्दा विचार छिटो दौडन सक्छ । अपहेलनाको एक शब्दभित्र पहाड पल्टाउने जाँगर हुन सक्छ । धृतराष्टलाई राजा हुन आँखा चाहिएन, हकिन्सलाई विश्व हल्लाउन हिँड्नु परेन, पारिजातलाई फुलाउन कम्मर चाहिएन अनि काँडाभित्र फूल फुलाउन झमकलाई हात चाहिएन । आफ्नै परिवेश र सक्षमताभित्र सकारात्मक गारेटो हिँड्न सक्ने युवालाई केवल उत्साह चाहिन्छ, देशको मुहार उनीहरूका मिर्मिरे सोचले फेर्छ ।


युवा शक्ति र सामथ्र्यका साधन तथा परिवर्तनका वाहक अनि विकासका परिपूरक पनि हुन् । युवाका पाखुरीमा अजस्र शक्ति हुन्छ । युवा पानी हुन्, जीवन बन्न सक्छन्, प्रचण्ड गर्मीमा बादल बनेर बर्सन र मानव बस्तीमा हरियाली भई उम्रन सक्छन् । युवाको मुस्कानमा युगको चाहना हुन्छ । युवाको हिँडाइमा युग हाँकिएको हुन्छ अनि युवाका विचारमा ब्रह्माण्डको परिभाषा हुन्छ । युवा प्रवाहशील नदी बनेर प्रवाहित हुन सक्छन् । विद्युत् बनेर अँध्यारा झुपडीहरूमा प्रज्वलित हुन सक्छन् । जीवन्दायिनी शक्ति बनेर जरा र पातमा पुग्न सक्छन् । तिर्खा मेटाउन हर्हराएको आँतमा पुग्न सक्छन् । युवाको सामथ्र्य कमलको वासनामा मिसिएर हावामा उड्छ । गाउँ, सहर र डाँडाकाँडाहरूलाई सुगन्धित बनाउँछ । अत्तर बनेर शरीरलाई मोहक बनाउँछ अनि पहिरन बनेर मोहनी शक्ति छर्छ । युग अङ्गी हो अनि युवाहरूचाहिँ अङ्ग हुन् । युवाविना संसार अपूर्ण हुन्छ । युवा अशक्तका वैशाखी हुन्, आमाविहीनहरूका वात्सल्य हुन्, आश्रयविहीनका घर र असहायका भर हुन् । प्रत्येक निर्माण कार्य र बौद्घिक कार्यहरू युवाहरूकै दूरदर्शिता र कुशल निर्णयका परिणति हुन् । राष्ट्रिय मुटुमा प्राण बन्नु राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको दायित्व हो ।


राष्ट्रका युवा भौतिक र मानसिकरूपमा सबल भए राष्ट्र सबल हुन्छ । खम्बा, दलिन र निदाल बलिया भए घर बलियो हुन्छ, हुनुपर्छ । युवाका बलिष्ट हातमा आँधी रोक्न सक्ने छेकबार हुन्छ, मनमा दृढनिश्चयी अनुशासन हुन्छ । अनुशासनको पालनाले नै समाज र राष्ट्रले नेतृत्व पाउन सक्छ, व्यक्तिले सफलताको सिँढी चढ्न पाउँछ अनि सफलताका प्रत्येक सिँढीमा फुस्कने स्मित मुस्कानले नवकाल्पनिकताको सङ्खघोष गरिरहेको हुन्छ । विकास, उन्नति र प्रगति नवीन काल्पनिकताका व्यावहारिक रूप हुन्, मानवीय सचेतनाको उच्चताको हकदार युवाहरू नै हुन् ।


समृद्धि मार्गका तगारा पन्साउनु युवा दायित्व हो र अरु सामु चिनिनु युवाको आधारभूत आवश्यकता हो । विश्व रङ्गमञ्चमा चिनिन नायकै हुनुपर्दैन, विदूषक र सूत्रधारहरू पनि त्यत्तिकै महत्त्वका हुन्छन् । सूत्रधारको गुह्य योजनामा नाट्यसंयोजन हुन्छ । हाम्रा हातले गोबर उठाए गोवर्धन बन्छ, माटो समाए महल बन्छ, कुटो समाए भकारी भरिन्छ । हामी आहालमा अलैँची फलाउन सक्छौँ, कान्लामा कुचो फुलाउँछौँ, गरामा गहुँ फलाउँछौँ र भिरमा भटमास उमार्छौं । प्राकृतिक, भौगोलिक विविधता हाम्रा निजी सम्पत्ति हुन् । युवाले कमिला र मौरीबाट पाठ सिकेर चन्द्रयात्रा गर्न सक्छन् । नाम्चेको काखबाट वृहस्पति हेर्न सक्छन् अनि अन्तु र अरुणमा ओसाका र क्विटो उभ्याउन सक्छन् । उत्पादक समयको महत्व बुझेर देशका लागि ठेला उठाउँदा युवाले घनघस्यामा सन्साइन चुइँक्याउन सक्छन् । यो जाँगरशील युवाको दायित्व हो । युवा देश निर्माणका पहिला हकदार हुन् ।


राजनीतिक स्थिरता, आर्थिक सबलता, सामाजिक समन्वय, सांस्कृतिक सहिष्णुता, आत्मिक उचाइ, वैचारिक स्पष्टता तथा वाचिक सत्यता राष्ट्रनिर्माणका आवश्यक तत्व हुन् । एकएक इँट जम्मा पारेर इफेल ठड्याउन सक्नुपर्छ । मिश्रको पिरामिड, चीनको पर्खाल, स्वर्णद्वार र स्वेज नहर युवाले निर्माण गरेका हुन् । हजारौँ युवाको एकताले माछापुच्छ्रेको काखमा बेबिलोनको बगैँचा बनाउन सक्छ । कलम र कोदालीले धर्तीमा अक्षरका बिउ छरी व्यक्ति, गाउँ, सहर मिलेर राष्ट्र उठाउन तथा शिरमा लालीगुराँस सिउरेर सगरमाथाको शिखर चढी राष्ट्रिय झन्डा फहराएर आत्मगौरव र अस्मिताको गीत गाउँदै राष्ट्रनिर्माण गर्न युवाको अग्रगामी यात्रा आवश्यक छ ।


युवा नदीका तरङ्ग र उन्नतिका उमङ्ग हुन् । युवाका मस्तिष्कमा मातृभूमि, हातमा कर्म र आँखामा विश्व अटाएको हुन्छ । युवाका प्रत्येक ढुकढुकीमा राष्ट्रले सास फेर्छ, नसानसामा बग्ने रगतमा राष्ट्रियता सल्बलाएको हुन्छ । युवाको सोचाइ आत्माको इमानदारी हो, युवाको हिँडाइ विकासको परिचायक हो अनि युवाको माथ आत्मगौरवको प्रतीक हो । समग्रमा राष्ट्रिय उन्नति भन्नु युवा एकता र सामथ्र्यको परिणति हो । त्यसैले राष्ट्रिय समृद्धिको यात्रामा युवा वर्गको त्यति नै दायित्व छ जति जीवित रहन प्राणवायुको महत्व छ ।

-------------------------------------------------------------


समृद्धि हामी सबै नेपालीको चाहना र आशा हो । विकास प्रयासको उच्चतम प्राप्ति हो । नेपाली वृहत् शब्दकोशका अनुसार समृद्धिको अर्थ धनधान्य आदिले सम्पन्न, पुगिसरी आएको, उन्नतशील वा उन्नत हो । संक्षेपमा ‘समृद्धि’ शब्दले व्यक्तिको सम्पन्नतालाई जनाउँछ । यो सम्पन्नता विशेष गरी आर्थिक क्षेत्रसँग बढी सम्बन्धित रहेतापनि वृहत् अर्थमा समृद्ध भन्नाले सम्पूर्ण सर–सुविधायुक्त, कुनै कुराको पनि अभाव नरहेको अवस्था हो । हरेक नेपाली परिवारले मानवोचित जीवन जिउन पुग्नेगरी खर्च गर्ने सामथ्र्य प्राप्त गर्नु नै हाम्रो अर्थ र परिवेशको व्यवहारिक समृद्धि हो ।


Advertisement


विकास हासिल गरेपछि त्यसको पहिलो प्रभाव समृद्धि हो भने अन्तिम उपलब्धि सुख हो । समृद्धि विकासको भौतिक पक्ष हो भने सुख वा खुसी आध्यात्मिक/आत्मिक पक्ष हो । कुनैपनि देशको समृद्धि त्यही देशका नागरिकहरुका तन, मन, धन र विज्ञानबाट मात्र सम्भव हुन्छ । विपन्नताको अन्त्य गरी आर्थिक सम्पन्नता र वैभवपूर्ण सम्पन्नता सहितको समृद्धि निर्माण गर्नु नै आजको आवश्यकता हो । उच्च दरको आर्थिक वृद्धि, सम्मानित रोजगारीको सिर्जना, व्यापार सन्तुलन, पर्यावरणीय सन्तुलनलाई केन्द्रविन्दूमा राखी नागरिकलाई शान्तिपूर्ण स्वतन्त्रता, स्वःशासन, समतामूलक तथा स्वाभिमानको प्रत्याभूतिसहित सम्पूर्ण विशेषताहरुको उपलब्धता भएको समाज निर्माण गर्नु नै वास्तविकरुपमा समृद्धि हो ।


युवाशक्ति परिवर्तनको संवाहक हो । समृद्धिको मेरुदण्ड हो । युवा उमेरमात्र होईन, प्रवृत्ति हो, दृष्टिकोण हो, जोश जाँगर र हिम्मतको पर्याय पनि हो । भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा जनसंख्यालाई संसारभरिका देशहरुले आ-आफ्नै उमेरको परिधीमा राखेको पाईंन्छ । नेपालको सन्दर्भमा भने राष्ट्रिय युवा परिषद ऐन, २०७२ले १६ बर्ष देखि ४० बर्षको उमेर समूहलाई युवा जनसंख्या मानेको छ । २०६८को जनगणना अनुसार कुल जनसंख्याको करिब ४० प्रतिशत युवा छन् ।अझै पनि झण्डै आधाजसो युवा श्रमशक्ति जीविकाको लागि कृषिमा आश्रित छन् । देशका युवाशक्तिलाई मुलधारमा समाहित गर्न नसकेर नै हाम्रो समृद्धिको आकांक्षा साकार हुन नसकेको हो । समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पुरा हुनै नसक्ने कल्पना होईन । लियो टल्सटयले भनेका छन्–‘क्रान्ति विचारको उपज होइन, यो त युवावर्गको परिवर्तनको चाहना हो । त्यस्तै स्वामी विवेकानन्द भन्छन्–कुनैपनि देशको समृद्धि त्यो देशको युवा शक्तिले निर्धारण गर्दछ ।


युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जेपनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो । उनीहरुलाई परिवर्तनका संवाहक मानिन्छ । समाज विकासको लागि युवा शक्ति निडर र निस्वार्थ भै लाग्नुपर्छ यसका लागि उनीहरुलाई संगठित र परिचालन गर्न युवा मैत्री कार्यक्रम स्थानीय स्तरसम्म लैजानुपर्छ । अहिले ‘युवा भिजन–२०२५’ र दश वर्षे रणनीतिक योजना र कार्यक्रम मार्फत युवाका समस्या र चुनौती पहिचान गरि उनीहरु लक्षित कार्यक्रम र अवसर प्रदान गर्ने जमर्को गरिएको छ । यो सराहनीय छ ।


समृद्धिको ढोका कसरि खोल्ने ? विकासको मूलस्रोत कहाँबाट आउँछ ? विभिन्न विकसित देशका हेर्दा युवा शक्ति नै देश विकास र समृद्धिको मुहान भएको तथ्य पाईंन्छ । जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन् ती देशमा मरुभूमिमा पनि पानीको मूल फुटेको छ । पहाड मैदान भएका छन् । उजाड जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग कलकारखाना खुलेका छन् । तर बिडम्बना नै भन्नुपर्छ हाम्रो देशका युवाले आफ्नो देश निर्माणको अभिभारा लिन पाएका छैनन् । अवसरको खोजिमा विदेशिन बाध्य छन् । उचित अवसर नहुउँदा प्रतिभा पलायन झन बढ्दो छ ।


कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न । जबसम्म हामीले आफ्नै पसिनाको मूल्यको महत्व थाहा पाउँदैनौं तबसम्म हामीले समृद्धि प्राप्त गर्न सक्दैनौं । एकातिर गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन् । हरेक वर्ष अन्न, फलफूल र तरकारी आयात गर्नुपर्ने बिडम्बनापूर्ण अवस्था छ । अर्कोतिर लाखौं युवाहरु परदेशमा पसिना बगाउन अभिषप्त छन् । तसर्थ युवालाई सिर्जनशील, सिपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि राज्यका नीति र कार्यक्रममार्फत युवाका चासोहरुलाई समुचित ढङ्गले सम्वोधन गरिनुपर्छ । राष्ट्रिय स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्तिको परिचालन गरिनुपर्छ ।


देशको समग्र क्षेत्रमा युवाको समानुपातिक सहभागिता, युवाहरु बीच अवसर र रोजगारीका समान अवसर, विदेशमा रहने युवाहरुको संरक्षण र सम्वद्र्धनको व्यवस्था, राष्ट्र विकासमा युवाको उर्जा, ज्ञान, सिप र क्षमताको उपयोग गर्नेजस्ता विषयलाई संवोधन गरिनुपर्छ । हाम्रा युवाहरु खाडी मुलुकहरु, कोरिया, जापान, मलेसिया लगाएतका देशमा पसिना बगाईरहँदा यता गाउँमा मलामीसम्म नभेटिने अवस्था बिद्यमान छ । वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सको पैसाले क्षणिक समृद्धिजस्तो देखिएपनि दिर्घकालिन हिसाबले देश विकास हुँदैन । दिनहुँजसो बाकसबन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनका आश्रित परिवारका आँशुको मुल्य रेमिट्यान्सको मुल्यसँग तुलना गर्न सकिदैन । युवाहरु देशका गहना हुन, महत्वपूर्ण निधी हुन । अब उनीहरुलाई विदेशिन नपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।


विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो तागत भरेर देशलाई समृद्ध बनाउने दायित्व युवाहरुको हो । ‘युवा उमेर भनेको धनी बन्न तथा गरीब बन्न दुबै अवस्थाको लागि सहि उमेर हो।’ यो भनाई हो दार्शनिक युरपिडिजको । त्यस्तै ए पि जे अब्दुल कलाम भन्छन्–मैले मेरो जीवनमा करिब दुई करोड युवा भेटेँ र हरेक युवा अरुभन्दा फरक बन्न चाहेको पाएँ । हरेक युवाले राष्ट्रपतिको दायित्व बोध गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्न सक्छन् । हरेक परिवारबाट युवाहरु बिदेश पलायन हुने र त्यसैलाई प्रतिष्ठा र गौरव ठान्ने सामाजिक मनोविज्ञान जबरजस्त रुपमा स्थापित भएको छ आजकाल । यसलाई अब त्याग्नुपर्छ । हिन भावना र मनोविज्ञान त्याग्नुपर्छ ।


युवावर्ग निराशा र कुण्ठा बोकेर बस्ने होइन, आशावादी भएर कर्ममा तल्लिन हुनुपर्दछ । विगतको अनुभवबाट सिक्दै भविष्यप्रति आशावादी चिन्तन मननमा लाग्नुपर्छ । अनिमात्र सम्भव हुन्छ समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय अभिभारा । देशको सामाजिकआर्थिक अवस्था र राजनीतिक नेतृत्वलाई दोष लगाएर विदेश पलायन हुने प्रवृत्ति बढ्दो छ । करिब ४५ लाख युवा यतिबेला विदेशी भूमिमा मिहिनेत गरिरहेका छन् । विदेशी भूमिमा श्रम, सिप र पसिना बगाएतापनि संकटको बेला मातृभूमि नै प्यारो हुदोरहेछ भन्ने गतिलो पाठ कोभिड–१९ संक्रमणको बेला हामी सबैले अनुभव ग¥र्यौं।


राष्ट्रनिर्माणमा अनुसन्धान, सिर्जना, नवीनता र उद्यमशील गुण बोकेका युवाहरुको नेतृत्व आवश्यक हुन्छ । देशमा विद्यमान समस्याहरुको पहिचान गरेर समाधानको लागि विकल्प खोजी गर्ने बहस चलाउनुपर्छ र यसको नेतृत्व युवाले गर्नुपर्दछ । समृद्धिको नयाँ दृष्टिकोण सहितको योजना तर्जुमा गरिनुपर्छ । विदेशी विकासका नमूना होइन कि हाम्रो माटो सुहाउँदो मौलिक मोडेल विकास गर्नुपर्छ । विश्व दृष्टिकोण बुझ्दै स्थानीय आवश्यकता सँग तालमेल हुने व्यवहारिक कार्ययोजना र नीति निर्माणमा युवाहरुले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । सबैतहका सरकारमा युवाहरु सम्मिलित ‘विशेषज्ञ समुह’ निर्माण गरि युवा शक्तिलाई परिचालन गर्न सकिन्छ । प्रतिभा पलायनको जुन कहाली लाग्दो अवस्था छ, अहिले त्यसलाई रोक्न राष्ट्रिय सङ्कल्प र प्रतिवद्धता चाहिन्छ ।


समृद्ध राष्ट्र निर्माणको लागि आधुनिक समयको मागअनुसारको दक्ष र प्राविधिक जनशक्ति पहिलो शर्त हो । अनुशासित, स्वावलम्बी, सिर्जनशील र उद्यमशील युवा जनशक्ति अर्को महत्वपूर्ण आधार हो । राष्ट्रिय, पहिचान, राष्ट्रिय गौरव एवम् स्वाभिमानयुक्त नीति र नेतृत्वबाट मात्र युवावर्गमा आशा, भरोसा र उत्प्रेरणा जगाउन सकिन्छ । यसका लागि मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक विकास निर्माण लगायत हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ । क्रान्ति, राजनीतिक परिवर्तन, स्वतन्त्रता र अधिकार प्राप्तिको लडाईं सकिएको छ । अबको मार्ग विकास र समृद्धिको हो । संविधानका अक्षरमा लेखिएका कुराले समृद्धि यत्तिकै प्राप्त हुने होईन । अक्षरका भावना अनुसारको सामाजिक आर्थिक रुपान्तरण गर्न सकियो भनेमात्र सार्थक हुन्छ ।


समृद्धिको पहिलो खुड्किलो हो आफ्नै गाउँघरमा आधारभूत मानवीय आवश्यकताको सम्वोधन हुने गरि जीविकोपार्जनको प्रबन्ध । शान्ति सुरक्षा, पहिचान, वृत्तिविकास, सामाजिक सद्भाव, सामाजिक सुरक्षा, मनोरञ्जन, सार्वजनिक सेवा र सुविधा, पारदर्शिता, गोपनीयता, स्वतन्त्रता, अन्तरसम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, दीगोपन जस्ता अनिवार्य एवम्पूरक तत्वहरु नै समृद्धिका शर्तहरु हुन । यी प्राप्त गर्न एउटा व्यक्तिको तत्परता र सपनाले मात्र सम्भव हुँदैन । आलोचना गर्नेहरु भन्छन-हैट ! राम्रोसँग एक पेट खान र एकसरो जीउ ढाक्ने साधन त पर्याप्त छैन के को समृद्धि ? कहाँबाट आउँछ समृद्धि ?


सर्वप्रथम हामीले हाम्रो बाँच्ने तरिका बदल्नु पर्दछ । सकेसम्म धेरैभन्दा धेरै सम्पत्ति थुपार्ने,सकेसम्म सरकारलाई कर नतिर्ने वा कमभन्दा कम तिर्ने । देखासिकी गर्ने, सके यूरोप अमेरिका नसके अरु विकसित देश पस्ने, त्यो पनि नभए राजधानी या विकसित सहर ताक्ने । सन्तानलाई माध्यमिक शिक्षा सक्ने वित्तिकै विदेश पठाउने, सकेसम्म कुनै पनि काम नगर्ने तर सम्पत्ति थुपार्नुपर्ने जस्ता विकृत सोचाई त्याग्नुपर्छ । हामी सामाजिक प्राणी हौं त्यसैले हाम्रो सोच आत्मकेन्द्रीत मात्र हुनुहुन्न । कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी युवा हुनु हाम्रा लागि जनसाङ्ख्यिक हिसाबले महत्वपूर्ण सबल पक्ष हो । किनकी यो वर्ग आर्थिक रुपमा सक्रिय, आत्मनिर्भर र उर्जावान शक्ति हो । युवालाई राज्य संचालन प्रकृयामा समावेश गर्न नसकेमा राष्ट्रले उनीहरुको उर्जा र प्रतिभाबाट आशातित लाभ उठाउन सक्दैन । उनीहरु कुलत, विकृति, Þद्वन्द्व र अस्थिरतामा फस्ने स्थिति आउन सक्छ । परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त हुन्छ ।


यतिबेला युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरुको काँधमा छ । जसरी विगतमा युवाहरुको सहभागितामा सबैखाले आन्दोलन, परिवर्तन, युद्ध भए अब त्यसैगरि युवाशक्तिलाई उपयोग गर्न सके अवसर हुन्छ नभए चूनौती । हाम्रा गाउँघरमा अचेल पहिलेजस्तो युवाहरुको उपस्थिती छैन । अध्ययन र रोजगारीको सिलसिलामा देश बाहिर छन् । उनीहरुको महत्वलाई राष्ट्रको समृद्धिको मार्गमा समाहित गर्न ढिलो भैसकेको छ । राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व अहम हुन्छ । चारैतिर बेथिती र अराजकताको चक्रव्यूहमा फसेको देशलाई सहि दिशा निर्देश गरेर समृद्धिततर्फ लैजानु युवावर्गको कर्तव्य र दायित्व हो । यसका लागि युवा आफै रोल मोडेल बन्न सक्नुपर्छ । भिडको पछि क्षणिक स्वार्थका लागि कुद्ने प्रवृत्ति त्याग्नुपर्छ । उद्यमशील हुनुपर्छ । राज्यले उचित नीति निर्माण गरेर उनीहरुलाई समेट्नुपर्छ ।

--------------------------------------------------------------------------------

मेरो देश को बारेमा निबन्ध 200 शब्दमा
Essay on my country in nepali in 200


म नेपाली हुँ । मेरो देश नेपाल हो । मलाई मेरो देश नेपालको धेरै माया लाग्छ । मेरो देश नेपाल एशिया महादेशमा रहेको सानो अनि विश्वकै एउटा अत्यन्त सुन्दर राष्ट्र हो । यहाँको हावापानी र प्राकृतिक वातावरण असाध्य रमणिय छ । नेपालमा धेरै हिमाल, पहाड र नदीनालाहरु छन । संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा पनि यही छ । हिमाल सगरमाथा पनि नेपालमै छ । यहाँ वन, जंगल, लेक, बेसी र रमणिय हरिया फाटहरू पनि छन् ।

मेरो देश नेपालमा धेरै जाति, धर्म, भाषा तथा विभिन्न रहनसहन भएका मानिसहरू बस्दछन् । यहाँ किसिम किसिमका कला, संस्कृति, चाडपर्व, परम्परा तथा रीतिरीवाजहरू छन । त्यसैले, मेरो देश नेपाललाई थरीथरीका फूलहरूको एउटा सुन्दर माला पनि भनिन्छ । मेरो देश नेपालको राष्ट्रिय भाषा नेपाली भाषा हो । यहाँ अन्य सयवटा भन्दा बढी भाषाहरू बोलिन्छ तर सबै नेपालीहरूले नेपाली भाषा बोल्दछन । नेपालमा बस्ने मानिसलाई नेपाली भनिन्छ ।

मेरो देश नेपालमा विभिन्न किसिमका जनावर, चराचुरुङ्गी तथा किराहरु पाइन्छ । यहाँ असाध्यै राम्रो फूलहरू पनि पाइन्छ ।

हामीले आफ्नो देशलाई माया गर्छौ तथा म आफुलाइ गर्वाबित ठन्छु किनकी यो देश नेपाल हाम्रो जन्म भुमि हो । हामी सबैले हाम्रो देश नेपाललाई सम्मान गर्नु पर्छ। नेपाल छन त हामी छौ।

 Essay 3

मेरो देश नेपाल बारे निबन्ध (२५० शब्दहरु )
mero desh nepal essay in nepali


मेरो देश नेपाल दुई देशहरु द्वारा घेरिएको छ। चीन उतरपट्टि अवस्थित छ र पश्चिम, पुर्व र दक्षिण भारतले ढाकेको छ। यो उत्तरी गोलार्द्धमा छ। हाम्रो देश तीन भौगोलिक क्षेत्रहरू छन्। हिमालय, पर्वतीय र तराई।हाम्रो देशमा जाडोमा धेरै चिसो र सुख्खा हुन्छ र गर्मीमा आँधीबेहरी,बर्षा र बाढिपहिरो हुनछन् ।यो प्राकृतिक सौन्दर्य र स्रोतहरु मा धनी छ। यसमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो र चौंडा नदीहरू छन्। हामीसँग रुपा, बेगनास, र रारा जस्ता ठूला तालहरू छन्। हामीसँग हरियो उपत्यका, सुन्दर पानी, झरना आदि छ। यो धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ। लुम्बिनी, गोरखा, जनकपुर, काठमाडौं प्रख्यात उदाहरणहरू हुन्।

नेपाल अत्यधिक विविध र धनी भूगोल, संस्कृति र धर्महरूको देश हो। हिमाली उत्तरमा विश्वका १४ उच्चतम पहाडहरूमध्ये आठ छन्, सब भन्दा अग्लो, सगरमाथा, अंग्रेजीमा माउन्ट एभरेष्टको रूपमा चिनिन्छ। उर्वर र आर्द्र दक्षिणी क्षेत्र शहरी छ। 

यहाँ धेरै जाति र धर्मका मानिस बस्छन्। लगभग सय भाषाहरु बोलिन्छन्। हाम्रो लोकप्रिय खानाहरू दाल भाट, डिन्डो, गुनर्दुक इत्यादि हुन्। दशैं, तिहार, लोसार, आदि सबैभन्दा लोकप्रिय चाडपर्वहरू हुन्। 

नेपाल सानो छ तर प्राकृतिक स्रोतसाधनमा धनी छ तर आर्थिक अवस्थाले गर्दा गरीब छ। नेपाल विकासोन्मुख देश हो। चाँडै नै विकास गर्नका लागि आजदेखि हामीले देशको सबै नागरिकता बारे सचेत हुनुपर्दछ। पुरुष र महिला दुबै समान हुन र शिक्षा प्रदान गर्दछ, सरकारले अग्रिम कार्यक्रम ल्याउनु पर्दछ र नागरिक र सरकार दुबैलाई फाइदा पुर्‍याउने बिभिन्न सुविधा प्रदान गरी नागरिकलाई सहयोग गर्नुपर्दछ। 

नेपाल एक सुन्दर देश हो। त्यसोभए, हामीले यसलाई विश्वभर प्रकाशित गर्नुपर्नेछ जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटकलाई आकर्षित गर्न मद्दत गर्दछ र हामी आफ्नो आर्थिक अवस्था नियन्त्रण गर्न सक्छौं।सफलता हाम्रा बलहरू विकास गरेर प्राप्त हुन्छ, हाम्रा कमजोरीहरू हटाएर होइन।

Essay 4

मेरो देश को बारेमा निबन्ध 300 शब्दमा
Essay on my country in nepali in
300


नेपाल ! हाम्रो देश । हाम्रो मातृभूमि ! हाम्रो जन्मस्थान ! हामी नेपाली हुनुमा गौरवान्वित छौं । हामीलाई हाम्रो मातृभूमिको मुकुट विश्वको सर्वोच्च शिखर, पर्यटकहरू र पर्वतारोहीहरूको महा आकर्षण सगरमाथाको गौरव छ । हामीलाई गौरव छ कि प्रकृतिले हाम्रो मातृभूमिलाई पहाड, डाँडा, उपत्यका, बैंसी र मैदानले शृङगारेको छ । विभिन्न प्रकारका उपयोगी रूखहरू, औषधिका जडीबुटीहरू, मोहक फूलहरू, सामान्य र दुर्लभ जनावर र चराचुरुङ्गीहरू युक्त वनजङ्गल हाम्रो देशलाई सुन्दर र पर्यटन केन्द्र बनाउँछन् । प्रकृतिले हाम्रो देशलाई खनिज र ग्लेसियर, ताल, नदी, प्रसवण र झरनाको रूपमा विशाल जलसाधन दिएको छ । यिनीहरूले हाम्रो भूमिलाई संसारको दोस्रो सर्वाधिक जलसाधनमा धनी देश बनाएका छन् ।

हामीलाई गौरव छ कि हाम्रो माटो पवित्र छ । विष्णुप्रिया महादेवी लक्ष्मी यहाँ सीताको रूपमा अवतीर्ण हुनुभयो । यो त्यही पावन भूमि हो जहाँ विष्णुको दसौं अवतार, एसियाको प्रकाश, गौतम बुद्धको जन्म भएको थियो र उनको धर्मको प्रचार अनेक देशहरूमा भएको थियो । यो त्यही पवित्र स्थल हो जहाँ महान् ऋषि बाल्मीकि र व्यासले तपस्या गरेका थिए जहाँ महान् राजा जनकले राज्य गरेका थिए, जहाँ महान् विद्वान् याज्ञवल्क्य र मैत्रेय बस्दथे ।

हामी गौरवान्वित छौं कि हाम्रो देशले वीर सैनिकहरूलाई जन्म दिएको छ जसको नाम र यश संसारमा छ र जसले आफ्नो अद्वितीय वीरताले आफ्नो देशको स्वतन्त्रताको रक्षा गरे । हाम्रा विभिन्न जात, जाति, धर्म, परम्परा र रीतिरिवाजका जनताहरूले अद्वितीय उदाहरण प्रस्तुत गरेका छन् । हामी विश्व शान्तिको पक्षमा छौं । हामीलाई संयुक्त राष्ट्रसङ्घको वडापत्रमा विश्वास छ । हामी विश्वमा शान्ति कायम गर्न सधैं तत्पर रहन्छौं । हाम्रा शान्ति सैनिकहरू अशान्त देशमा शान्ति स्थापना गरिरहेका छन् । हामी “ बाँच र बाँच्नदेऊ " नीतिमा आस्था राख्दछौं । हामी हाम्रा चन्द्र सूर्य भएको राष्ट्रिय झन्डा सधैं आकाशमा फहराउन कृत सङ्कल्पित छौं ।

म आफ्न देशलाई धेरै माया गर्छु र म नेपाली हुनुमा धेरै गर्व महसुस गर्द्छु। हाम्रो देश नेपाल लाई सबैले सम्मान गर्नु पर्छ।

 Essay 5

मेरो देश नेपाल बारे निबन्ध ( ५०० शब्दहरु)
essay on my country nepal in nepali in 500 words


मेरो देश नेपाल दक्षिण एशियामा भारत र चीनको बीचमा अवस्थित छ। मेरो देशको कुल क्षेत्र १,४७,१८१ वर्गमीटर छ। यो एक जग्गायुक्त देश हो। नेपाल एउटा सानो देश हो तर त्यहाँ भौगोलिक विविधता छ। यो साधारण सम्पत्ति र संस्कृतिमा धनी छ। हामीलाई थाहा छ कि ब्राजिल पछि नेपाल जलस्रोतमा दोस्रो ठूलो देश हो। मुख्य नदीहरू कोशी, गण्डकी र कर्नाली हुन्। नेपालमा विभिन्न प्रकारका खनिजहरू र जङगलहरू पनि भेटिन्छन्।

हामीलाई हाम्रो मातृभूमिको मुकुट, विश्वको सर्वोच्च शिखर, पर्यटकहरू र पर्वतारोहीहरूको महा आकर्षण सगरमाथाको गौरव छ । हामीलाई गौरव छ कि प्रकृतिले हाम्रो मातृभूमिलाई पहाड, डाँडा, उपत्यका, बेंसी र मैदानले सिंगारेको छ । विभिन्न प्रकारका उपयोगी रुखहरू, औषधीका जडीबुटीहरू, मोहकफूलहरू, सामान्य र दुर्लभ जनावर र चराचुरुङ्गीहरू युक्त वनजंगल हाम्रो देशलाई सुन्दर र पर्यटन केन्द्र बनाउँछन् । प्रकृतिले हाम्रो देशलाई खनिज र ग्लेसियर, ताल, नदी, प्रसवण र झरनाको रुपमा विशाल जलसाधन दिएको छ ।

हामीलाई गौरव छ कि हाम्रो माटो पवित्र छ । विष्णु प्रिया महादेवी लक्ष्मी यहाँ सीताको रुपमा अवतीर्ण हुनुभयो । यो त्यही पावन भूमि हो जहाँ विष्णुको दसौं अवतार, एशियाको प्रकाश, गौतम बुद्धको जन्म भएको थियो र उनको धर्मको प्रचार अनेक देशहरूमा भएको थियो । यो त्यही पवित्र स्थल हो जहाँ महान ऋषि बाल्मीकि र व्यासले तपस्या गरेका थिए जहाँ महान राजा जनकले राज्य गरेका थिए, जहाँ महान विद्वान याज्ञवल्क्य र मैत्रेय बस्तथे ।

राष्ट्रिय गीत "सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली"
हो र यो देश नेपालको प्रमुख बिन्दु मध्ये एक गौतम बुद्ध लुम्बिनीमा नेपाल मा जन्म भएको थियो र यसको प्राकृतिक सौन्दर्य हो।

धेरैजसो किसानहरू हुन्। तिनीहरूले धान, मकै, गहुँ, कोदो, जौ, आलु आदि उत्पादन गर्दछन् शहरका केही मानिसहरू व्यापारीहरू हुन्। केहि उद्योगीहरु छन् र तिनीहरू धेरै श्रम र शिष्ट छन्।

प्राकृतिक स्रोतहरूमा पुग्नको कारण, पर्यटकहरू तपाईंको देश भ्रमण गर्न मन पराउँछन्। तिनीहरू यहाँ लोपोन्मुख चराहरू र जनावरहरू हेर्न सक्छन्।तिनीहरूले प्राकृतिक सुन्दरता पनि देख्न सक्छन्।त्यसैले पर्यटन हाम्रो सम्भावित उद्योग हो।

नेपालमा बस्ने मानिसहरु बिभिन्न जाति र धर्मका हुन् जसले विभिन्न परम्परा र सांस्कृतिक मूल्यहरु पछ्याउँदछन्। जस्तो कि हामीलाई थाहा छ कि नेपाल एउटा हिन्दू देशको रूपमा चिनिन्छ, अन्य धर्महरू जस्तै बौद्ध, क्रिश्चियन, किराट, इस्लाम, इत्यादि द्वारा। तिनीहरू विभिन्न चाडहरू मनाउँछन् र उनीहरूको आफ्नै मातृभाषाको भाषा छ। हाम्रो मुख्य खाना दाल भात हो। 80% भन्दा बढि मानिसहरु कृषिमा संलग्न छन्। केवल थोरै व्यक्तिले कारखाना, कार्यालय, व्यवसाय, आदि मा काम गर्छन् काठमाण्डु हाम्रो राजधानी शहर हो जुन मन्दिरको शहरको रूपमा पनि चिनिन्छ।

हामी विश्व शान्तिको पक्षमा छौं । हामीलाई संयुक्त राष्ट्रसंघको बडापत्रमा विश्वास छ । हामी विश्वमा शान्ति कायम गर्न सधै तत्पर रहन्छौं । हाम्रा शान्ति सैनिकहरू अशान्त देशमा शान्ति स्थापना गरिरहेका छन् । हामी “ बाँच र बाँच्नदेऊ " नीतिमा आस्था राख्दछौं । हामी हाम्रा चन्द्र सूर्य भएको राष्ट्रिय झण्डा सधैं आकाशमा फहराउन कृत सङ्कल्पित छौं ।

हाम्रो देश नेपालका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा बाढी, पहिरो, भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ । संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन को सीमानामा अवस्थित छ ।

म आफ्न देशलाई धेरै माया गर्छु र म नेपाली हुनुमा धेरै गर्व महसुस गर्द्छु। हाम्रो देश नेपाल लाई सबैले सम्मान गर्नु पर्छ।
----------------------------------------------------------

कुनैपनि देश कत्ति सम्पन्न र शक्तिशाली छ ? भन्ने कुरा त्यो देशको विकासको गति रेखाले निर्धारण गर्छ । यदी विकासको गति सुस्त छ भने त्यो देशले सम्पन्नताको शिखर चुम्न सक्दैन वरु गरिवी, अभाव, अशान्ति, युद्ध, भोकमरी, अशिक्षा, रोगब्याधि अनेक कष्ट झेलिरहेको हुन्छ । । यदि विकासको गति तीव्र छ भने सजिलै सुख, शान्ति, समृद्धि छाउँछ । देशका नागरिक सधै हाँसी, खुसी, मिलनसार, स्वस्थ्य, सक्षम, सवल, सिपयुक्त हुन्छन । चारैतिर विकासको समृद्धिको ढोका कसरी खुल्छ त ? विकासको मुलस्रोत कहाँबाट आउँछ ? विकसित देशका इतिहासका पाना पल्टाउँदै जाने हो युवा शक्ति नै देशको विकास र समृद्धिको मुहान हुन भन्ने पुष्टि हुन्छ ।
जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मुल फुटेको छ । पहाड मैदान भएका छन । बाँझा जमिनहरुमा अमृत समान खाद्यान्न लहलह झुलेको छ । उजाड उजाड पत्थरीलो जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग धन्धा, कलकारखाना, खुलेका छन । भंयकर ठुला नदी, ताल, समुन्द्र, पहरामा समेत चिप्ला सडक बनेर मोटर कार सललल बगेका छन । अन्धकार ठाउँहरुमा पनि झिलिमिली उज्यालो छाएको छ । कोहि भोक भोकै मर्नु परेको छैन । कोहि उपचार नपाएर अकालमा ज्यान गुमाउन परेको छैन । कोही पढ्न नपाएर भारीले किचिएर हिड्नु परेको छैन । हेर्दा र पुग्दा लाग्छ मानिसहरुले दन्त्य र पौराणिक कथामा पढ्दै र सुन्दै आएको स्वर्गको टुक्रा यही नै हो भनेर ।
हरेक देश र नागरिकको सपना हुन्छ, आफ्नो जन्मभूमि स्वर्गजस्तो सुन्दर, शान्ति, भव्य होस, जीन्दगीमा कहिल्यै पनि भोक, रोग, शोक, दुःख, कष्ट, पीडा, रोगव्याधिको सामना गर्नु नपरोस् । त्यसैले जुनसुकै देश, दल, परिवार, संघसंस्थाले आफ्नो योजना बनाउँदा विकास, समृद्धिलाई प्रमुख लक्ष्य बनाएका हुन्छन ।
बार्षिक बजेट होस तथा नीति, कार्यक्रम र योजना बनाउँदा सवैले विकास, समृद्धिको नारा अघि सारेका हुन्छन । कागज र भाषणमा जतिसुकै लेखेपनि विकास र समृद्धि त्यसै आउँदैन । त्यसका लागि आधुनिक सिप, क्षमता, जाँगर भएका परिश्रमी युवा शक्ति नै चाहिन्छ समृद्धिको सपना साकार पार्न ।
विश्वका हरेक देशले जस्तै नेपाल र नेपालीले पनि बर्षौदेखि विकास, समृद्धि, न्याय, शुशाषनको सपना देख्दै आएका छन । अहिलेको २१ औं शताब्दीसम्म आइपुग्दा विगतमा भन्दा केही सुधार भएका छन । तर जति, जुन गतिमा विकास र समृद्धि हात पार्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । दलका नेताहरु विकास, समृद्धि र शुशाषनका कुरा गरेर थाकेका छैनन भने विकट गाउँ र शहरका समेत झोपडि वस्तीका बासिन्दाहरु भोक, रोग, शोक, गरिवीले पिल्सिएर जीउँदै मरेसरह बाँचिरहेका छन । उसो भए यो देशका युवा शक्तिले पसिना नबगाएर नेपालको यो गति भएको हो त ? पक्कै पनि नेपाली युवाले स्वदेशको माटो र विदेशमा समेत पसिनाको खोलो बगाईरहेका छन । शोषण, दमन, उत्पीडन र क्रुर शासनका विरुद्ध २००७ साल, २०४६ देखि माओवादी सशस्त्र द्धन्द र लोकतान्त्रिक गणतन्त्रको आन्दोलनमा रगतको खोलो र पसिना वगाएर हजारौं युवाहरुले प्राणको आहुती चढाएका हुन् । त्यसो भए कहाँ गयो त ? त्यो रगत र पसिनाको मूल्य ? अब आम सचेत नागरिकले खोज्नुपर्ने वेला आएको छ । जवसम्म हामीले आफ्नै पसिनाको मुल्यको महत्व थाहा पाउँदैनौ तबसम्म हामीले समृद्धि पाउन सक्दैनौं ।
आज गाउँका उर्वर भूमिहरु त्यसै बाँझो पल्टिएका छन । हरेक बर्ष भारत, चीन र विदेशवाट अन्न, फलफूल, तरकारी किनेर ल्याउनु परेको छ । लाखौं युवाहरु जीन्दगीभर हड्डी घोटेर बुढ्यौलीमा टेकेका आमा, वुवा, कलिला वच्चा र सुत्केरी श्रीमतिलाई भत्कन लागेको घरमा छाडेर परदेशी भूमिमा पसिना बगाउन पुगिरहेका छन । काठमाडौंको त्रिभूवन विमानस्थल र भारतीय सीमा क्षेत्रमा देश र परिवारसँगको विछोडमा आँसुको धारा वगाउँदै सुक्कसुक्क रुदै परदेशी बनेका युवाहरु देख्दा जो कोही देशभक्त नागरिकको हृदय धुजाधुजा बनेर चिरिन्छ । आँखाहरुमा पीडा, वेदनाका आँसुहरु छचल्किन्छ ।
घरपरिवारलाई गाउँमै छाडेर परदेशी बनेका युवाहरु मासिक केही हजार रुपयाँको लागि तातो मरुभूमि, अग्ला अग्ला भवन, गहिरा तेलका कुवा र उद्योगहरुमा ज्यानको बाजि लगाएर दिनरात पसिना बगाउँछन् । परिवारको सुखको लागि पसिना वगाउँदा वगाउँदा कतिपय युवाहरु दुर्घटनामा परेर प्राण त्याग्छन र बन्द बाकसमा लास वनेर घर फर्किन्छन । कतिपय युवाहरु अंगभंग भएर जीउँदो लास बनेर फर्काइएका छन । त कतिपय आफ्नै गल्ती र कमजोरीले आपराधिक क्रियाकलाप गर्दा उत्तै मृत्युदण्डको शिकार वनेका छन ।
अर्कोतिर हुनेखानेका परिवारका युवाहरुमध्ये केही दिनरात डिस्को, डान्स, वेश्यावृत्ति, लागूपर्दाथ, गुण्डागर्दी, लुटपाटमा मस्त भएर दिन गुजारेका छन । देशको नीति, नियम वनाउने नेताहरु, मन्त्रीहरु भने आसेपासे, दलाल, ठेकेदारहरु वटुलेर कतावाट मोटो कमिसन असुल्ने, कस्लाई कहाँ सरुवा, वडुवा गरेर सात पुस्तालाई पुग्ने सम्पति जोड्ने भन्ने ध्याउन्नमा छन । नेपालमा लाउडा, वाइडबडी जहाज खरिद, गोकर्ण रिसोर्ट भाडामा दिने, वालुवाटारको जग्गा हडप्नेदेखि अहिले महामारीमा चीनवाट स्वास्थ्य सामाग्री खरिद गर्दा गरिएको अनेक भ्रष्टाचारले देश भित्र भित्रै चुसिएको पुष्टि हुन्छ । गरिब, मध्यमवर्गका परिवारका युवकले ज्यानको वाजि लगाएर कमाएर पठाएको रेमिट्यान्सको भरमा भ्रष्टाचार, वेतिथी, अराजकता, वेरोजगारले थिलोथिलो परेको हाम्रो देश अडिएको छ ।
चारैतिर वेथिती र अराजकताले चक्रव्यूहमा फँसेको देशलाई कसरी राहत दिने त ? यसको निकास ल्याउने कस्ले ? समाज र देशको नेतृत्व गर्ने कस्ले ? सवैका सामु गम्भिर प्रश्न तेर्सिएको छ । चलचित्र र धार्मिक ग्रन्थहरुमा लेखिए जस्तै देश र जनतालाई मुक्ति दिन एकाएक सिनेमाको हिरो झै कोहस् निस्कदैन । न त धार्मिक ग्रन्थहरुमा भनेजस्तै देउता अवतार लिन्छन । अनि गर्ने कस्ले त ? पक्कै पनि निःसन्देह हरेक समस्यावाट देश र जनतालाई निकास दिने युवापुस्ता नै हुन् । देशमा चारैतिर फैलदै गएको अस्तव्यस्तताको झाडीलाई जरैवाट उखेलेर फाल्न र खनजोत, गोडमेल गरी विकास र समृद्धि रोपेर फलाउन युवा वर्ग नै अघि बढ्नु अहिलेको आवश्यकता हो । यसका लागि उद्यमशिल बन्न, आफू रोजगार हुनु, अरुलाई रोजगार दिनु पहिलो शर्त हो । राज्यले देश, भूगोल अनुसार आवश्यक जनशक्ति तयार गर्न प्राविधिक, शिक्षा, तालिमको व्यवस्था गर्नुपर्छ । विद्यालय तहदेखि प्राविधिक शिक्षाको नीति लागू गर्न जरुरी छ । नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।

नीति निर्माण तहमा वसेकाहरुलाई युवामुखि कार्यक्रम ल्याउनका लागि निरन्तर दवाव दिनुपर्छ । वेथिति, भ्रष्टाचारका विरुद्ध एकजुट भएर आवाज वुलन्द गर्न सक्नुपर्छ । देशलाई आत्मनिर्भर वनाउन आवश्यकता हेरेर पेशा, व्यवसाय गर्न सकेमा र वाहिरीवाट आयात हुन सामान रोक्न सकेमा पनि देशको पूँजी घरभित्रै रहेर आर्थिक उन्नती र विकासमा खर्च गर्न सकिन्छ ।

यदी सबै मिलेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर हरेक आवश्यकतालाई पुरा हुने खालको उत्पादन गर्न सकेमा कुनै पनि युवालाई बाहिर जान बाध्यता हुदैन । युवा जोश, जाँगर, सिप स्वदेशमै लगानी हुन्छ र देश र नागरिकले विकास र समृद्धिको स्वाद चाख्न पाउँछन । युवाहरु परिवारको पेट पाल्न मक्किएर देशको भौतिक अबस्थामा गुणात्मक परिवर्तनसँगै विपन्नतावाट सम्पन्नतातर्फ लैजानुलाई देश विकास भनिन्छ । सामाजिक हरेक क्रियाकलापमा जनसहभगिता बढाइ समाज आर्थिक शैक्षिक स्वास्थ्य र सामाजिक अवस्थामा आमुल परिवर्तन ल्याउने विकासले नै हो । बिश्व ब्रह्माण्डको रोलक्रम अनुसार पृथ्वीमा वर्तमान समय २१ औ शताब्दीको घडीमा निरन्तर चलिरहेको छ । ये बेला भनेको पृथ्वीमा सबैभन्दा भैतिक विकास भएको बेला मानिरहेको छ । बिश्वमा भौतिक विकासका क्षेत्रमा चरम उपलब्धि हासिल गरेका युरोपेली हुन वा एसियाली राष्ट्र हुन यी मुलुकहरूलाई भौतिक सम्पन्नताको शिखरमा पुराउन हरेक राष्टका निस्वार्थ समर्पण , निरन्तर त्याग र अब्बल भुमिका रहेको छ ।जुन देशमा युबा हरुले आफ्नो सृजनात्मक श्रम, सीप र बुद्धि विवेक देशका लागि खर्च गरेका छ्न त्यस मुलुकको मुहारमा विकासको मुस्कान देख्न पाइएको छ । राष्ट्र विकासको रथ हाक्ने आधारभुत शक्ति भनेको युबा बर्गको शक्ति नै हो र बास्तबमा उक्त शक्ति नै देश विकासको उर्जा हो । युबा उर्जा र क्षेमताले जुनसुकै चुनौती र अबरोधहरुलाई पाखा लगाइ नयाँ सोच र नयाँ प्राविधिबाट विकासको गोरेटो केर्न सक्छन् र युबाका लामा लामा सबल भुजाहरुले जुनसुकै चुनैती र अबरोधलाई पनि धुजाधुजा पार्न सक्छन् । जीवनको चक्रमा हरेक ब्यक्ति एकपल्ट युबा अबस्थामा पुग्छ्न र व्यतिगत रुपमा कुनै पद वा अहोदामा बसेर वा नबसेरै भए पनि राष्ट्रिय विकासको पुनित महायज्ञमा सरिक भएकै हुन्छ । तर्सथ देश विकासको गहकिलो जिम्मेवारि लाई बोक्न सक्ने बलियो खम्बाका रुपमा रहेका युबा बर्गलाई अल्छी हुन र कुलतमा बरालिन नदिइ उनी हरु को जोश र जागर का साथ कम्मर कसेर अगाडि बढ्नका लागि अनकुल वातावरण बनाइ दिएमा कुनै पनि मुलुकको विकासमा युबा बर्गले उल्लेखनीय भुमिका निर्बाह गर्न सक्छन् । बर्तमान सन्दर्भमा नेपाललाइ हेर्दा आज बिदेशीका लागि जनशक्ति उत्पादन गर्ने थलो बनाइदैछ देश लाई । सानो उमेर देखि नै एउटा बालकलाइ उसको अस्तित्व यो देशमा नभई बाहिर देखाइन्छ र विद्यालय जाँदा उसको कर्मथलो यो देश नभइ बिदेशमा खोज्न सिकाइएको पनि विभिन्न स्था मा पाइरहेका छ्न । त्यसैले नेपालबाट युवा पलायनको संख्या बढ्दै गएको छ । खासगरी नेपाली युवाहरु रोजगारीको अवसर खोज्दै बिदेश पलायन हुनु वा बिदेशी भूमिमा उर्जा खर्चिनु पर्ने आजको आवश्यकता र बाध्यता बन्दै गएको छ । बिप्रेषण, राष्ट्रिय आयमा महत्वपूर्ण योगदान पु¥याउने माध्यम बनेको छ । दलहरुको सत्ता संघर्षका कारण देश मै रोजगारीका उपायहरु नभएको र विदेश पलायन हुनुपर्ने नेपाली युवाहरुको बाध्यता नै भएको छ । अध्ययनका लागि होस् वा रोजगारीका लागि अहिले युवाहरु विदेशिनु पर्ने नै अवस्था बनेको छ । परिवारको गर्जो टार्न र आफ्नो भविश्य आर्थिक रुपले समृद्ध बनाउन युवाहरु बिदेशी भूमिमा जस्तोसुकै कडा परिश्रम गर्न बाध्य भएका छन् । बिशेष गरी रोजगारीका लागि खाडी मुलुक जाने अदक्ष र अर्धदक्ष जनशक्तिले कठिनाई भोग्नुपरेको छ । जाखिमपूर्ण कामहरु गर्ने सिलसिलामा नेपाली युवायुवतीहरु घाइते हुने, अंगभंग हुने मृत्यु हुने गर्दछ । अहिले दैनिक जस्तो ५ वटा लास त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थलबाट आउने गरेको दुखद पक्ष हाम्रो सामु नै छ । युबा कै सक्रियतामा येस्ता मानसिकता लाई चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव पनि होइन र दैनिकजसो लाखौं युबा बिदेशीने पीडा पनि कम गर्न सकिन्छ । राजनीतिलाई फोहोरी खेल भनेर पनि येसबाट पन्छिन खोज्ने युबा को जमात पनि बढ्दो छ नेपालमा । यो मानसिकतालाई तोडेर हरेक क्षेत्रमा युबा नेतृत्वको आबस्यकता छ र मुलुक कै नेतृत्व गर्न आफुलाइ विकास गर्दै नयाँ सोच र उर्जाशिल भएर लाग्नु जरुरी छ । राष्ट्र निर्माणमा आबश्यकत छ त केबल युबा को अनुसन्धानको ,सृजनशिलताको , उध्यमशिलताको र युबाकै नैतिक नेतृत्वको । राष्ट्र निर्माणको लागि आधुनिक समयको माग अनुसारको प्राविधियुक्त जनशक्ति पहिलो सर्त हो । मुलुकको राजनैतिक ,आर्थिक ,सामाजिक ,शैक्षिक ,विकास निर्माण लगाएतका हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भुमिका खेल्नु आज को आबस्यकता हो । त्यसैले जीवनको सबै भन्दा उर्जा्शिल र सम्भाबना बोकेका युबाहरुलाई उनीहरुको दक्षता र अग्रसरतालाई ध्यान दिई राज्य सचालनका तहहरुमा तथा विकास निर्माणका प्रक्रियाहरु मा उनिहरुको अर्थपूर्ण सहभागीतालाइ सुनिस्चित गरि देश विकासको खाका बनाउनुको विकल्प छैन । प्राबिधिक र ब्याबहारिक शिक्षा प्रदान , रोजगारीका अबसरहरु सृजना , युबा जनशक्तिको माग अनुसारको शिक्षा ,युवामा भएका ज्ञान , सीप ,दक्षताको उचित ब्यबस्थापन गरि युवाको सम्मान गर्नु राज्य को दायित्व पनि हो ।

लेखक सृजनशील युबा क्लबका अध्यक्ष हुन् ।

-------------------------------------------------

कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने युवामैत्री वातावरण सिर्जना गर्नमा विलम्ब गर्नु हुँदैन ।

युवावर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।

युवालाई देश विकासको आधार तथा सुनौलो भविष्यका लागि ज्यादै महत्वका साथ हेरिन्छ । त्यसैले देशका क्षेत्रमा युवालाई हरेक क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिकलगायतका विविध क्षेत्रमा नवीन परिवर्तन ल्याउने कार्यमा युवावर्गको भूमिका अहम् रहन्छ । त्यसैले राज्यले युवालाई उद्यमशील र सिर्जनशील बनाई जिम्मेवार नागरिक बनाउन विशेष दायित्व वहन गर्नुपर्छ । हाम्रो सन्दर्भमा हेर्दाखेरि विकास–निर्माणमा र युवालाई नेतृत्वमा पु-याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवावर्गलाई देशभित्रै रहेर राष्ट्र निर्माण कार्यमा अहम् भूमिका निर्वाह गर्ने वातावरण निर्माणका लागि राज्यले युवामैत्री नीति निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नु जरुरी देखिन्छ ।
वि.सं. २०६६ सालमा युवालाई लक्षित गरी राष्ट्रिय युवा नीति निर्माण गरेको देखिन्छ । तर, त्यसमा विभिन्न कमजोरी रहेकाले त्यसले युवावर्गलाई समेत छुन सकेको छैन । केही अपवादलाई छाडेर अन्यलाई हेर्ने हो भने युवावर्ग विकासमा भन्दा पनि विनाशमा लागेको देखिन्छ । लागूपदार्थको दुव्र्यसनी, लुटपाट, चोरीडकैती, बलात्कार, हत्याहिंसाजस्ता कार्यमा संलग्न हुनु दुःखद सवाल हो । युवा बेरोजगारी, सामाजिक, मनोेवैज्ञानिकलगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण नेपालमा प्रतिभा पलायनको क्रमसमेत बढेर गएको छ ।
यस्तो हुनुमा हाम्रो शिक्षा अव्यावहारिक हुनु, युवालक्षित कार्यक्रमको अभाव र नेतृत्वतहमा युवा पुस्ता सहभागिताको कमी हुनु नै हुन । नेतृत्वमा युवा सहभागिताका बारेमा निकै चर्चा र बहस हुने गरेका छन् । निष्कर्षमा युवालाई नेतृत्व तहमा पु-याउने कुरा पनि हुन्छन्, तर व्यवहारमा त्यसले मूर्तरूप प्राप्त गर्न त्यहाँ पनि युवावर्गको नेतृत्व नहुँदा अनेकौँ असहजता आएको हुँदा गिरेका नेताहहरूको हालीमुहालीले त्यस क्षेत्रमा पनि प्रदूषण भएको सर्वविदितै छ ।
देशमा युवालाई आकर्षित गर्ने नीति तथा कार्यक्रम नहुँदा दैनिक लगभग २ हजारको हाराहारीमा युवाहरू खाडी राष्ट्रलगायत अनेकौं राष्ट्रमा श्रम बेच्न विवश भएका छन् । न्यूनतम पारिश्रमिक, त्यसमा पनि नाना थरीका पीडा सहेर ५० डिग्रीको तापक्रममा रहेर पसिना बगाउन बाध्य भएका छन् । युवाशक्तिलाई वशमा राख्न नसक्दा, आफ्नो घरखेत नै बन्दकी राख्नुपर्दा अवस्था कम्ती पीडादायी भएको छैन । नेपालमा गरिएको सम्झौताअनुसार काम गर्न नपाइने, तोकिएअनुरूपको तलब सुविधा नपाउने, अन्य सेवासुविधा पनि उल्लेख गरिएअनुसारको नदिने जस्ता समस्याले ग्रसित छन् ।
निर्माण गरिएको युवा नीतिमा १५ वर्षदेखि ४० वर्षसम्मकालाई युवा मानिएको छ । तर, सामान्यतया सरकारी नोकरीका लागि उपयुक्त मानिने ६० वर्षसम्मका व्यक्ति नै युवा हुन् भन्न सकिन्छ । युवावर्गको नेतृत्वमा उत्तम बन्न सफल विविध निजी कार्यालयहरू नभएका होइनन्, बैंकिङ तथा सूचना प्रविधिका क्षेत्रमा युवा नेतृत्वले उल्लेख्य प्रगति गरेको छ, जुन राम्रो दृष्टान्तका रूपमा रहेको पनि छ । सूचना प्रविधिको विकास तथा प्रयोगबाट नेपाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति राख्न सफल भएका छन् । यो कार्य आमयुवावर्गकै लागि पनि गर्व गर्ने विषय पनि हो ।
मुख्यतया मूलनीतिमा रहने राजनेताहरू नै युवावर्ग हुनु जरुरी देखिन्छ । किनभने यसले सबै क्षेत्रमा दूरगामी प्रभाव पार्छ । जसरी पानीको मुहान स्वच्छ भए मात्रै त्यहाँबाट बग्ने पानी स्वच्छ हुन्छ, त्यसरी नै राजनीति गर्ने स्थानमा नेताहरू युवावर्गका भए मात्र त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्छ । नेपालको राजनीतिक परिवर्तनमा पनि युवावर्गको भूमिका सदैव प्रशंसनीय रहेको छ, चाहे त्यो ०७ सालको विद्यार्थी आन्दोलन नै किन नहोस् । त्यसैगरी ०४६ सालको पहिलो जनआन्दोलन सफल बनाउन पनि युवा विद्यार्थीवर्गको महत्वपूर्ण भूमिका रह्यो ।
लोकतन्त्र स्थापना गराउने ०६२-६३ सालको दोस्रो जनआन्दोलन सफल बनाउनमा पनि युवावर्गको भूमिका आद्वितीय रहन गयो । समग्रमा युवा नै देशको समस्त विकासको महत्वपूर्ण जनशक्ति हुन्, तसर्थ उनीहरूलाई परिचालन गर्नका लागि राज्यले आकर्षित र कार्यान्वयन गर्ने नीति निर्माण गर्नु जरुरी छ । जसमा युवालाई कृषि पर्यटन र अन्य विविध क्षेत्रमा स्वदेशमा नै रहेर कार्य गर्ने युवामैत्री वातावरण सिर्जना गर्नमा विलम्ब गर्नु हुँदैन । जसरी राजनीतिक परिवर्तन गर्नमा युवाको योगदान अतुलनीय रह्यो, त्यसैगरी देशको आर्थिक विकासमा उनीहरूलाई उपयोग गर्नुपर्छ । तबमात्र देशले नवीन ढंगले विकास गर्ने अवसर पाउन सक्छ । आज रोजगारी अभावकै कारण बर्सेनि ४ लाखभन्दा बढी युवा बिदेसिने गरेको तथ्यांकले देखाउँछ ।
हामो शिक्षा सीपमूलक र स्वरोजगार बन्न नसकेको वास्तविकतालाई जानेर राज्यले कुनै कदम चाल्न सकेको देखिँदैन । कृषिलाई व्यावसायिक र आकर्षणको क्षेत्र बनाउन नसक्दा आज थप समस्या सिर्जना भएको छ । विश्वव्यापी रूपमा आहत बनाएको कोरोना रोगकै कारण बेरोजगारी बढ्ने निश्चित भएको छ । यता कृषिमा रहेकाले नै राज्यबाट कुनै राहत नपाएको गुनासो चर्को रूपले उठेको देखिन्छ । यस वर्षको बजेटमा भूमि बैंकको व्यवस्था गरी कृषिलाई व्यवस्थित आकर्षणको पेसा बनाउने भनिएको छ, जुन सकारात्मक भए पनि कार्यान्वयनका लागि निकै कठिन देखिन्छ ।

डा. रामसागर पण्डित
नेपाली राष्ट्रियता र राष्ट्रवादलाई बुझ्न सबैभन्दा पहिलो राष्ट्रियता, राष्ट्रवाद र राष्ट्र शब्दका बेग्लाबेग्लै अर्थतिर जानुपर्ने हुन्छ । हेर्दा धेरै समानता देखिए पनि यी तिनै शब्दका बीचमा मौलिक भिन्नता देखिन्छ ।
राष्ट्रियता एउटा आन्तरिक भावना हो, जसले मानिसलाई एउटा सूत्रमा एकताबद्ध गर्छ । यसको पछाडि भावनात्मक तत्त्वको प्रमुखता हुन्छ । यस्ता भावनात्मक तत्त्व भनेको भाषा, रीतिरिवाज, सभ्यता, रहनसहन, संस्कृति आदि हुन् । यिनीहरू आपसमा आफ्ना पारस्परिक सादृश्यलाई स्वीकार गर्छन् । उनीहरू अन्यभन्दा आफूलाई भिन्न ठान्छन् । आफ्ना सामाजिक इच्छा स्पष्ट रूपले कायम गर्छन् । यस्ता समूहको आफ्नो कला÷साहित्य हुन्छ, जो अन्यभन्दा भिन्न हुन्छ । राष्ट्रियता एउटा राजनीतिक प्रश्न होइन, बरू एउटा आध्यात्मिक प्रश्न हो । राष्ट्रियता धर्मजस्तै एक आन्तरिक भावना हो । यो अनुभव गर्ने, सोच्ने, बस्ने एउटा तरिका हो ।
भौगोलिक, जातीय, साँस्कृतिक, भाषागत, धर्मगत एकताका साथसाथै ऐतिहासिक घटना, राजनीतिक प्रेरणा, सामान्य अधीनता, सार्वजनिक इच्छा तथा अन्य तत्त्वबाट राष्ट्रियताको रूप निर्धारित हुन्छ, जसको सम्बन्ध भावनात्मक एकतासँग हुन्छ ।
राष्ट्रवादले राष्ट्रियतालाई राष्ट्रका रूपमा सङ्गठित हुनका लागि उत्प्रेरित गर्छ । राष्ट्रवाद भावनाको सङ्गठित अभिव्यक्ति हो । यसले राष्ट्रियताको भावनालाई सङ्गठित गरेर व्यक्तिलाई भावनात्मक शक्ति प्रदान गर्छ । राष्ट्रवाद एकप्रकारको सामूहिक भावना हो, जसको आधार विभिन्न किसिमका एकता वा समानतासँग रहेका हुन्छन् । यसको सम्बन्ध मूल रूपले राजनीतिक शक्तिको प्राप्ति अथवा विकाससँग हुन्छ । यसरी राष्ट्रवादको प्रारम्भिक रूपमा राष्ट्रियतालाई लिन सकिन्छ ।
राष्ट्रतिर जाँदा यसको अर्थलाई प्रस्ट रूपले बुझ्न प्राचीन तथा आधुनिक विचारकका धारणालाई लिनुपर्ने हुन्छ । प्राचीन विचारकका विचारमा राष्ट्र एउटा यस्ता व्यक्तिहरूको समूह हो, जो परस्पर रक्त सम्बन्धसित जोडिएको हुन्छ वा एउटै वंशको नश्ललाई जनाउँछ । जब यस्ता रक्त सम्बन्धले जोडिएका समूह राजनीतिक सङ्गठनका रूपमा आउँछ, तब यसलाई राष्ट्र भनिन्छ । तर, यसलाई मध्यकालीन तथा आधुनिक विद्वान््हरूले एउटा सङ्कीर्ण विचारका रूपमा मात्र लिन्छन् ।
मध्यकालीन विचारकले यसलाई वंशीय एकताबाहेक भाषा, संस्कृति, परम्परा, धर्म आदि समूह जब एकताबद्ध भई राजनीतिक रूपले सङ्गठित हुन आउँछन्, त्यसलाई राष्ट्र भनेका छन् । आधुनिक विद्वान््हरू यति कुरामा मात्र राष्ट्रको परिभाषालाई सीमित गर्न चाहँदैनन् । तिनका विचारमा राष्ट्रलाई जाति, भाषा, संस्कृति, परम्परा, धर्म आदि कुरामा सीमित राख्न सकिँदैन । यस्ता तत्त्वका अभावमा पनि सबल राष्ट्रियताको विकास सम्भव छ । यस्ता तत्त्व राष्ट्रियता विकासमा सहायकमात्र हुन्, उसका आधार होइनन् । एउटा राष्ट्र बन्नका लागि क्रमशः भौगोलिक एकता, ऐतिहासिक घटना, राजनीतिक प्ररेणा, सामान्य आर्थिक हित, सामान्य अधीनता, सार्वजनिक इच्छाका साथै अन्य तत्त्व चाहिन्छ । आधुनिक राष्ट्र निर्माणमा राष्ट्रवादको भूमिका निकै ठूलो हुन्छ । राष्ट्रवाद राष्ट्रको प्रारम्भिक रूप हो । यहाँ विचारणीय पक्ष के छ भने एउटै राष्ट्रभित्र अनेक राष्ट्रियता हुन सक्छ । राष्ट्रले राष्ट्रियतालाई एउटा सङ्गठित रूप प्रदान गर्छ ।
कतिपय विद्वान्ले राष्ट्र, राष्ट्रियता र राष्ट्रवादलाई एउटै अर्थमा लिने गरेका छन् । तर, अर्को समूहका विद्वान्हरू यसलाई मान्न तयार छैनन् । उनीहरू यी तीनै शब्दका बीचमा मौलिक भेदलाई मानेका छन् । राष्ट्रियताले भाषा, धर्म, इतिहास, जाति आदि तत्त्वबीचको भावनात्मक एकतामा जोड दिन्छ भने राष्ट्रवादले राष्ट्रियताको भावनात्मक एकतालाई सङ्गठित गरेर शक्ति प्रदान गर्छ । राष्ट्रवादको सम्बन्ध राजनीतिक शक्तिको प्राप्तिसँग हुन्छ । यसरी राष्ट्रियता, राष्ट्रवाद र राष्ट्रको सम्बन्ध आपसमा अटुट रहे पनि मौलिक रूपले भिन्न छन् । अब यहाँ प्रश्न उठ्छ, के नेपाल एउटा राष्ट्र हो त ! नेपाल एउटा राष्ट्र हो भने कुरामा कुनै विवाद छैन । नेपाल भौगोलिक रूपले एउटा भू–भागभित्र अवस्थित छ । यसलाई सबै जाति, धर्म, संस्कृति, भाषाभाषीले सहज रूपले स्वीकार गरेका छन् । जातीय, धार्मिक, साँस्कृतिक, भाषिक समूहमा अनेकता भए पनि भौगोलिक तथा राजनीतिक एकतामा बाँधिएका छन् । यसैलाई हामी राष्ट्रभित्रको अनेकतालाई एकताका रूपमा स्वीकार गरेका छौँ । यसप्रकार नेपाल एउटा राष्ट्र हो । नेपालीमा राजनीतिक रूपले पृथक् सङ्गठित हुने न इच्छा छ, न सङ्गठित नै छन् ।
यसरी राष्ट्रप्रेमको भावनामा हामी सबै एक छौँ । राष्ट्रप्रेमले एक–अर्काबीचको सम्बन्धलाई बलियो बनाउँछ । राष्ट्रप्रेमको भावना त्यसै जागेको हुँदैन, यसको पछाडि नेपालका ऐतिहासिक घटनाको एकतालाई लिनुपर्ने हुन्छ । सबै देशका आ–आफ्ना इतिहास हुन्छन् । नेपाल अविच्छिन्न रूपमा एउटा स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो अस्तित्व जोगाएको प्रमाणित छ । जुन बेला विश्वका अधिकांश देश बेलायतको अधीनमा रहे पनि नेपालले त्यसबेला पनि स्वतन्त्र मुलुकका रूपमा आफ्नो अस्तित्व कायम राखेको थियो । हाम्रो इतिहास गौरवमय छ । यसलाई कसैले तोड्न खोज्दा हामी सबै नेपाली एक भई आवाज उठाएकोमात्र होइन, लडेर देखाएका छौँ ।
अर्कोतिर नेपालको भौगोलिक बनोट पनि एउटा भिन्नै आकारको छ । नेपाल भौगोलिक रूपमा तीन भागमा बाँडिएको छ– हिमाल, पहाड र तराई । यी प्रदेशमा बसोवास गर्ने मानिस नश्ल, जाति, भाषा, संस्कृति, परम्परा, रीतिरिवाज आदि कुराले भिन्नभिन्न भए पनि नेपाली राष्ट्रियतालाई सबैले एकमतले स्वीकार गरेका छन् । यसरी पृथक्–पृथक् समूहले आफ्नै स्वेच्छाले राजनीतिक सङ्गठनलाई स्वीकार गर्नु नै नेपाली राष्ट्रियताको ठूलो विशेषता हो ।
जुन देशका जनतामा राष्ट्रवादको भावनामा कमी आउँछ, त्यस्ता देश कहिल्यै पनि शान्त रहन सक्दैनन् । देशमा गृहयुद्धले स्थान लिनसमेत बेर लाग्दैन । जहाँ पनि गृहयुद्ध भएको छ, त्यहाँ यस्तै राष्ट्रियताका कारणले गर्दा नै हो । अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र छ । यहाँ जनताबाट चुनिएका प्रतिनिधि नै शासक बन्ने हो । यस्ता प्रतिनिधि राष्ट्रवादको भावनाले एकबद्ध छन् । जनप्रतिनिधिले राष्ट्रवादको भावनासँग कहिल्यै पनि खेलबाड गर्नुहुँदैन । खेलबाडले राष्ट्रलाई ठूलो आघात पु¥याउन सक्छ । नेताहरूमा हुने दूरदृष्टि भनेको यही हो । कहिलेकाहीँ सरकारबाट विकासको नाममा क्षेत्रगत रूपले भिन्नता गरेको देखिन्छ । यसले गर्दा राष्ट्रियता तथा राष्ट्रवाद कमजोर हुन सक्छ । समान रूपले बजेट बाँडफाँट गर्नु राम्रोे मानिन्छ । विभेदबाट मानिसमा असन्तुष्टि बढ्न जान्छ । यस्तै असन्तुष्टिबाट राष्ट्रलाई घात गरेको अनेकौँ उदाहरण छन् ।
नेपालीमा बलियो राष्ट्रवाद (राष्ट्रप्रेम)का कारणले नै कसैले नेपालमाथि आघात गर्न खोज्दा विरोधको एउटै आवाज निस्किन्छ । देशभित्र भिन्नभिन्न भौगोलिक, साँस्कृतिक, सामाजिक तथा परम्परागत समूहमा बसे पनि राष्ट्रबारे एउटै स्वर देखिन्छ । यस्तै भावनाले हाम्रो राष्ट्रियताको जग निकै बलियो रहेको छ । देशको सीमामा थिचोमिचो गर्दा नेपालीले देखाउने गरेको व्यवहार यसको सर्वाेत्तम उदाहरण हो । यस्तै राष्ट्रवादको एउटा ठूलो उदाहरण प्रतिनिधिसभामा प्रकट भयो । हाम्रो भू–भाग कालापानी, लिपुलेक तथा लिपियाधुरामा भारतीय हस्तक्षेप हुँदा सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्ने संस्था संसद्का सबै सदस्य एकमतले चुच्चे नक्साको पक्षमा समर्थनमा रहेकोभन्दा ठूलो प्रमाण के हुन सक्छ ? यसले राष्ट्रवादलाई प्रखर रूपले व्यवहारमा उतारेको प्रमाणित गर्छ ।
राष्ट्रवादले नागरिकमा देशप्रेमको भावनालाई जागरुक गरेर सजीवता प्रदान गर्छ । हरेक व्यक्तिमा आत्मसम्मान र गौरवको भावना उत्पन्न गर्छ । विशेषगरेर युद्ध वा देशलाई अप्ठ्यारो परेको समयमा पूरा राष्ट्र एक हुन आउँछ । यसलाई हामी स्वतन्त्रताको परिचायक मान्न सक्छौँ । हामीलाई हाम्रो स्वतन्त्रता सबैभन्दा बढी प्यारो छ, कहिल्यै परतन्त्र स्वीकार गरेनौँ । देशहरू भूगोलमा सानो ठूलो भए पनि त्यसले राष्ट्रियता तथा राष्ट्रवादलाई प्रभावित गर्दैन । बरु ठूला देशमा आफ्नै देशभित्रका राष्ट्रवादले गर्दा विभिन्न प्रश्न उठेका प्रमाण छन् । कहिलेकाहीँ देशभित्रै विभिन्नप्रकारका कलह उत्पन्न हुन आउँछन् । त्यसको पछाडि पनि राष्ट्रवादमा आएको भिन्नता नै हो । प्रत्येक सभ्य राष्ट्रमा पूर्ण चैतन्य–जीवन जागृत गर्न उसलाई आफ्नो भाग्यको निर्णय गर्ने पूर्ण अधिकार प्राप्त हुन्छ । स्वतन्त्रताको सही अर्थ पनि यही हो ।
साम्राज्यवाद राष्ट्रियताको विकासमा सबैभन्दा ठूलो शत्रु मानिन्छ । यसले एउटा देशले निर्माण गरेको बलियो राष्ट्रवादलाई समेत आघात पु¥याएर अन्त्य गरेका सयौँ प्रमाण छन् । बेलायतले विश्वमा गरेको शासन यसको सबैभन्दा ठूलो उदाहरण हो । यसले विभिन्न राष्ट्रको राष्ट्रियता तथा राष्ट्रप्रेमलाई कमजोर बनाई राष्ट्रियताको मिश्रित रूपलाई यहाँसम्म ल्याइछोड्यो । पछि विभिन्न राष्ट्रवादको उपस्थितिले गर्दा बिस्तारै उसलाई विश्वबाट हट्नुप¥यो । आज ती देशहरू स्वतन्त्र छन् । तिनका राष्ट्रवाद अहिले पुनः बलियो अवस्थामा आइसकेका छन् ।