Thursday, March 17, 2022

शिशा सरी मेरो जीवन चर्किएर फुटीगयो........

 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो........। 


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

सल्बलाउने ओठ साटो अबरुद्द गला भयो !

बसन्तको पालुवा त सुनामीको  छाल भयो !!


सिसासरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

----------१ ---------------------------------

तेल पनि थप्दै थिए रातभरी दियालोको !

बतासले निभाइदियो अन्धकार रात छायो !!

पूर्णिमाको जुनेली नि मेरो लागि रात भयो !

सपना सजाई फुल्ने फूल खालि अब पात भयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

-------------२ ----------------------------------

धर्ती रोयो, आकाश रोयो , बतास पनि रोयो !

मेरो मनको विरहमा आँसु आफै रोयो !!

मेरो दिलको बसंतीमा कोइली कति रोयो !

कुहु कुहु भाका संगै आफैसंग रोयो !!


शिशा सरी मेरो जीवन चर्किएर फुटिगयो !

शीत सरी मेरो भाग्य घामसंगै सुकिगयो !!

--------------( समाप्त ).........................। 


श्रष्टा : डा. दीपक यात्री 

प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्धि ललितपुर 

स्थायी : लेखनाथ -२७ , कास्की 

रचना मिति : २०५२ साल, कार्तिक २४ गते 

Wednesday, March 16, 2022

शुभकामना

  

 शुभ दिपावली–२०७६ एवं नेपाल संम्वत् ११४० को पावन अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर सुचना प्रबिधि विभागको तर्फबाट  यस अस्पतालमा
कार्यरत  सम्पूर्ण कर्मचारीहरुमा  सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
हजुरहरु सबैको जीवनमा  धनकी माता लक्ष्मी  सधै दाहिने रहुन ।
 
 
नोट: दिपावली छुट्टीको अबधिमा अति आवश्यक सेवाको लागि ९८०१३०१११४ मा एकजना प्राबिधिक मोबाइलमा  प्राप्य हुनेछौ ।
प्रिन्टर टोनर डिस्चार्ज/नगद कोठामा उपलब्ध हुनेछ ।

Wednesday, March 9, 2022

खुशीले भो मनै फुरुङ्ग :

 खुशीले भो मनै फुरुङ्ग :

--------------------------

सपनीमा मैले एउटा लालीगुरास देखे ,

बिपनीमा मैले त्यही गुरास आफै टिपे। 

फूलै फुल्यो रानी बनमा, फुल्यो मेरो दिलमा,

माहुरीले रस चुस्यो, मह पर्यो  गुँडमा।

  हजुर, मेरो  दिलको  गुँडमा 

           मेरै दिलको गुँडमा 

सपनीमा मैले एउटा लालीगुरास ...

बिपनीमा मैले त्यही ..............

--------------१ -------------------------

मन मेरो भयो चंगा उड्यो सागरमा,

                          उड्यो सगरैमा ,

दिल मेरो चराजस्तो घुम्यो आकाशमा 

                           घुम्यो आकाशैमा । 

कोइली गाउछे कुहु कुहु मनको मझेरीमा ,

हासो छाड्ने ठाउ पाइन बतास बयेलीमा। 

घाम लाग्यो, जून टलक्यो पूर्णीमाको बेलै ,

घाम जून भन्दा बढी मन टलक्यो बरै। 

                           मन टलक्यो बरै

सपनीमा मैले एउटा लालीगुरास ..........। 

बिपनीमा मैले त्यही .......................। 

--------२ --------------------------

मेरो मनको बिहानीमा सूर्योदय भयो ,

                             सूर्योदय भयो। 

मेरो मनको प्रभातीमा झलमल्ल छायो ,

                             झलमल्ल छायो। 

तोरीबारी फूल फुल्यो तराइको फाँटमा ,

तोरीजस्तै फुले मेरा मनका सारा सपना। 

हिमालको बुकी फूल छर्छ मीठो बासना ,

                       हजुर छर्छ मीठो बासना। 

बुकी फूलभन्दा मीठो भयो मेरो दिन,

                        हजुर भयो मेरो दिन। 

सपनीमा मैले एउटा लालीगुरास ..........

बिपनीमा मैले त्यही .......................

---------------------३ ------------------------

                  (समाप्त )

International Nursing day May 12th

 सन् १९७४ देखि मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको रुपमा विश्वभरी मनाउदै आइएको छ। मे १२ आधुनिक नर्सिङ्गकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म दिन हो। यस बर्ष नर्सिङ्ग दिवसको नारा "नेतृत्व गर्न आवाज - भविष्यको स्वास्थ्य सेवाको लागि एक दर्शन" (A voice to lead- A vision for future healthcare ) रहेको छ।

नेपाल क्यान्सर हस्पिटलले यस बर्ष कोभिड-१९ को विषम परिस्थितिको कारण बिबिध कार्यक्रम प्रदान गरी मनाउन नसकेकोमा क्षमा याचना गर्दछौ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी असिस्टेन्ट मेट्रोन लहर माया भासिक (श्रेष्ठ) (Lahar Maya) भन्नुहुन्छ : बिरामीको स्याहार मात्र नर्सिङ्ग सेवा हैन , बरु नर्स स्वास्थ्य सेवा प्रणालीको अभिन्न अंग हो र नर्सिङ्गले बिरामीलाई स्याहारको साथमा सहानुभूति पनि दिने गर्छन । बिरामीको उचित रेखदेख , सहानुभूती , उचित परामर्स , समयमा औषधी प्रदान जस्ता स्याहारमुलक सेवाबाट आधा रोग आफै निको हुन्छ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सुपरभाइजर द्वय सबिता पौड्याल र बिद्या राइका अनुसार कोभिड-१९ को बिकराल समयमा नर्सहरुले उच्च सतर्कता अपनाउदै सुरक्षित हुदै बिरामीहरुलाई सेवा दिनु अर्को ठूलो चुनौती आइपरेको छ। यस कोभिड-१९ को विषम परिस्थितिमा नर्सिङ्ग पेशाकर्मीहरुले गरेको योगदान सह्रानीय छ। यस परिस्थितिमा नर्सिङ्ग पेशालाई सम्मान र नर्सहरुलाई सबै क्षेत्रबाट सद्भाव र प्रेरणा दिनु आबश्यक छ।
नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center ) नर्सिङ्ग बिभाग सम्पूर्ण कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र आम शुभचिन्तकहरुमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको अबसरमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछ।
-- नर्सिङ्ग बिभाग , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Wednesday, March 2, 2022

खुशीले मन फुरुङ्ग छ (गीत ....)

 खुशीले मन फुरुङ्ग छ , 

जिन्दगीको गोरेटोमा एउटा खुशी बढेको छ। 

दीप मेरो प्रफुल्लीत छ,

छुट्टै प्रकाश चम्किरहेछ । 

दिब्य प्रकाश मेरो आत्मा,

आत्माभित्र बलिरहेछ । 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ................

------------१------------------------------


हर्षका आँशुहरु,

 परेलीट झारिरहेछ। 

दिब्य प्रकाश मेरो सामु ,

आज भित्रै बलिरहेछ। 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

------------२ ------------------------------


आज मेरो भावनामा;

  समुन्द्र छाल तरंग छ। 

किन किन दिब्य मिलन,

नयनमा सजिएछ । 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

------------३  ------------------------------

हर्ष अश्रुधार मेरो,

युग युगान्त बगेको छ। 

दिब्य प्रकाश मेरो आत्मा,

आत्माभित्रै बलेको छ। 

खुशीले मन फुरुङ्ग छ .................

जिन्दगीको गोरेटोमा ......................

--------------४ ----------------------------

     (समाप्त )