Tuesday, July 25, 2023

आकाश

               "आकाश"

 आकाश गगन हो, दुर छ 

आकाश आसमान हो, बिशाल छ 

आकाश नभ हो, बादलभित्र छ 

आकाश बायु हो, स्वच्छ छ। 

-------------१ -----------------------

 आकाशमा नौगेडीजस्तै उज्याला जूनहरु छन् 

आकाशमा मणिजस्तै टल्किने ताराहरु छन् 

आकाशबाटै मोति झैँ पानीका थोपाहरु बर्षनछन 

आकाशबाटै बरफ झैँ असिनाका डल्लाहरू झर्छन। 

---------------------------२ ---------------------------------

घाम अस्ताउदा आकाशको दिन अस्ताउछ 

घाम उदाउदा आकाशले दिन निम्त्याउछ 

झरी पर्दा आकाश आफै निथ्रुक्क रुझ्ने गर्छ 

खडेरी पर्दा आकाश रापले पोखिने गर्छ। 

--------------------३ --------------------------

तैपनि,

आकाश हर अस्ताएको रातसँग 

जून र तारा बनेर चम्किरहेछ 

आकाश हर उदाएको दिनसंग 

बिहानी र प्रभाती भएर चम्किरहेछ 

आकाश हर बर्षिएको शरीरसँग 

इन्द्रेणी र इन्द्रधनुष बनेर रंगिरहेछ 

आकाश हर चर्किएको खडेरीसंग 

घाम र रापसंगै हासिइरहेछ 

आकाश हर कठ्यांग्रीएको शीतसंग 

हुस्सु र कुहिरोसंगे  खेलिइरहेछ। 

----------------४ ------------------------

त्यसैले,

आकाश हर परिबेशमा आफूलाई अनुकुल बनाउने गर्छ 

आकाश हर परिस्थितिमा आफूलाई ग्रहण गर्न सक्छ 

बरु हामी पनि आकाश जस्तै ,

परिस्थिति जस्तै आफूलाई  परिबर्तन गर्न सकौ

हैसियत अनुसार आफूलाई समायोजन गर्न सकौ 

-----------------५ -----------------------------------

            (समाप्त )

No comments:

Post a Comment