Sunday, November 13, 2016

छन्द दिवस ....................

छन्द दिवस साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धि कार्यक्रमहरु गरी आज छन्द दिवस मनाईंदैछ । कविता साहित्यमा छन्दको प्रयोग घट्‍दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । छन्द दिवसको अवसरमा देशका अधिकांश साहित्यिक डबलीहरुमा छन्दमा लेखिएका कविताहरु बाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।जव कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरु नियमसंगत रुपमा मिल्दछ, तव छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरु रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरुलाई व्यवस्थितगर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरुको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो ।कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुतगर्दा श्रवण गर्ने श्रोताहरु मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर बाचन गरिएका कवितालाई रुचिपुर्वक श्रवण गरिन्छ । छन्दमा श्रोतालाई लठ्ठ बनाउने शक्ति हुन्छ । तर यस्तो क्षमतायुक्त छन्दको प्रयोग भने कविता साहित्यमा घट्दै गएको पाइन्छ । छन्द- अद्भुत साहित्य प्रयोगलाई कविताका माध्यमबाट उतार्नु भने त्यति सजिलो छैन । छन्दमुलक लेखन कठिन लेखन हो । लेख्नमात्र हैन, वाचन गर्न पनि उतिनै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरुमा बाँधिएर कृति लेख्नु निकै चुनौतिपुर्ण हुन्छ ।छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दुलविकृडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरु संस्कृतका छन्दहरु हुन् । छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सवैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप, विद्युन्माला, इन्द्रवज्रा, उपेन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्रलेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरुलाई नै छन्दको प्रकारका रुपमा मानिएको छ ।- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको - See more at: http://www.hamropatro.com/posts/articles_events/articles_events_chhanda_diwas#sthash.XC7ft6EN.dpuf

Saturday, November 5, 2016

जन्म दिनमा....


मेरो जन्म आयो यहाँ मलाई ब्युतैकन

झसङ्ग बनाईहालछ अतीत सम्झाईकन

दिन मास वर्ष बिते बितेछन दशकहरू

पुरोधिका पनि आइन बिताईन बसन्तहरु

*****     ******        ************

सपनाको महल छाडी आफ्नो घर आउछु

मेरो जन्म दिन मेरो जन्मस्थाल्मै मनाऊछु

आकाशको जून मात्रै ताक्नु मात्र आनार्थ हो

टुकीबाट जलाउछु आफूभित्र प्रकाशको

****     ****       ******          *******

जन्म दिनमा उपहार सुभेच्छुक मित्रजनहरु

धरतीको आस्तित्वलाई स्वीकार्ने सज्जनहरु

मुक्त कण्ठ गाऊछु जन्म दिन मनाऊछु

हासी खुसि हुदै संगी प्रतिक्रिया जनाउछु

देवकोटा जयन्ती


शुभ दिपावली;! शुभ लक्ष्मी पूजा !!  साथमा  देवकोटा जयन्ती !!!

लक्ष्मी पूजामा जन्मेका देवकोटा आखिर सरस्वतीका प्रसाद पो भए |

उनी कवितामै बात गर्नसक्थे;कवितामै दिनचर्या बिताउथे | कक्षा को नेपाली महेंद्रमालामा देवकोटाको जीवनीमा यी बाक्यहरु पढेपछि सायद मलाई कविता लेख्ने प्रेरणा मिल्यो क्यार !

उनै महाकविको श्रद्दा सुमनमा केही पंक्तिहरु :

 

नेपाली भूमिको काठमाडौँ थलको डिल्लीबजारमहा !

कार्तिक मसान्त लक्ष्मी पूजाको सन्ध्या दिवालीमहा !!

माता अमरराज्यको कोख थियो ,पिता तीलमाधव !

तेह्र सन्तान भाई मध्येका,थियौ तिमी साहिला !!

----------------------------------------------------------

झुल्के एक चमकिला प्रतिभा ती हिमालीको काखीमा !

रची साहित्यका बिबिध सृजना बाङ्ग्मयको फाटमा !!

भाषा संस्कृतको जमाना रहेछ ,नेपाली बामे सरी !

अंग्रेजी पढेर धुरन्धर बनेछौ,साहित्यका पारखी !!

---------------------------------------------------

महाकाव्य शाकुन्तल,सुलोचना बनकुसुम प्रमीथस !

गीतिकथा अति सरस मुनामदन ,जिब्रोमै झुण्डीएछ !!

लक्ष्मी निबन्ध संग्रह सरस त्यो ,निबन्ध कस्तो हुनु !

सत्यबान सावित्री अमर त्यो,पतिब्रता कस्तो हुनु !!

--------------------------------------------------------

छुनु चन्द्र उद्धेश्य लिनु भनेर, संदेश तिमीले  दियौ !

दिलले मानिस महान हुन्छ नकि जातले तिमिलेनै सिकायौ !!

थिए, होलान तिमि सरह ,सच्चा नेपाली कबि !

श्रद्धासुमन अर्पण गर्दछु ,मनाउदै जयन्ती !!
----------------------------------------------

अर्पण गर्छौ श्रद्धा भारी भारी


"अर्पण गर्छौ श्रद्धा भारी भारी"
 

नेपाली संगीतका साधक ती !

कर्णप्रीय गीतका गायक ती !!

छाडेर गीति एलबमहरुलाई !

संगीत संसार सगर चढाई !!

जितेर मानसको मुटुलाई !

कालजयी गीत भेटी चढाई !!

छाडेर धर्ती स्वर्गबास भएनी !

अर्पण गर्छौ श्रद्धा भारी भारी !!

------------------------------------------------

आशा गोपाल कान्तिपुरबासी !

थिए पिता ती मृदुलभाषी !!

माता राममाया माइलो कोख !

पेमाला पुरोधिका सर्बथोक !!

गोपाल योञ्जन अर्का साधक !

मितेरी साइनो गाठो भएछ !!

स्वरका सम्राट परलोक भएनी !

अर्पण गर्छौ श्रद्धा भारी भारी !!

-----------------------------------

मायालुलाई उपमा के दिऊ !

जून फूल तृष्णा के ले बोलाऊ !!

छोडी आफैलाई छायाँ झरेछ !

प्रियासंम पुग्दा साँझै परेछ !!

घामको झुल्का पनि पोखिन्छ !

फूलको धारले पनि रेटीन्छ !!

अद्भुत भाब शब्द जादुगरी !

अर्पण गर्छौ श्रद्धा भारी भारी !!

------------------------------

उजाड जीबन पात झरे झैँ भो !

उदास जीबन दीप निभे झैँ भो !!

माया मात्रै एउटा मान्छेकोले !

मोड्छ रास्ता सारा जिन्दगीले !!

सम्झने मन बिर्सने कसोरी !

प्रिया उत्तर देऊ सम्हाली !!

मर्माहत भाव गीत कालजयी !

अर्पण गर्छौ श्रद्धा भारी भारी !!

---------------------------------
----------(समाप्त )--------------

" न्युटन तिमी अजर अमर "

 

सोर्हौ शताब्दी जनवरी चार !

झुल्कियौ तिमी अद्भुत विचार !!

इंगलैंडको ठाउँ, कोलेस्तेरबर्थ !

एकाबिहानै थियौ  बगैचाबिच !!

गिर्छ स्याउ किन,जमीनपर !

नाकी उडेर गएँन उपर !!

शक्ति  रहेछ ,गुरुत्वाकर्षण !

न्युटन तिमी अजर अमर !!

---------------------------

बाहिरी बल प्रयोग नभएसम्म !

स्थिर बस्तु स्थिरै रहन्छ !!

सरल रेखामा समान गतिले !

निरन्तर निरन्तर गइरहन्छ !!

रहेछ शक्ती नाम इनार्सिया !

विद्धमान रहेछ प्रत्येक पिण्डमा !!

चाल सम्बन्धी पहिलो नियम !

न्युटन तिमी अजर अमर !!

-------------------------------------

गति बिबिध एकाई समय !

भनिदो रहेछ चाल प्रबेग !!

समानुपातिक हुन्छ बलसँग !

ब्युक्रमानुपतीक हुन्छ पिण्डसंग !!

चाल बढ्दै गए बढ्छ प्रबेग !

चाल एउटै भए शुन्य प्रबेग !!

चाल सम्बन्धी दोस्रो  नियम !

न्युटन तिमी अजर अमर !!

-----------------------------------

प्रत्येक क्रियामा हुन्छ प्रतिक्रिया !

बराबर तर उल्टो प्रतिक्रिया !!

जस्तो कर्म थ्यो उस्तै प्रतिफल !

आभास हुने मान्छेको ब्यबहार !!

ताकेर केन्द्र शक्तिले हान्दा !

फर्केर पुग्छ स्वयम स्रोत !!

चाल सम्बन्धी तेश्रो नियम !

न्युटन तिमी अजर अमर !!

-------------------------------

----------(समाप्त )--------------