Thursday, October 29, 2020

Bijesh Raj Ghimire birthday

 मेडिकल अन्कोलोजी स्वास्थ्य विधामा एम डि अध्यन पछि एक दशक भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी युबा पुस्ताका सशक्त नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो डा बिजेश राज घिमिरे (

Bijesh Raj Ghimire

) । ओम नर्सिङ्ग हस्पिटल र नर्भिक हस्पिटलमा मेडिकल कन्सल्टेन्टको काफि अनुभब लिनु भएका श्री घिमिरे हाल नेपाल क्यान्सर हस्पिटल (

Nepal Cancer Hospital & Research Center

) हरिसिद्धिको सह-संस्थापक तथा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर घिमिरेका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै" ("Nepalese cancer treatment in Nepal itself") " र "उत्कृष्टता संग हेरचाह" ("care with excellence") सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excitement to celebrate birthday to our eminent & renowned Medical Consultant, Co-founder of NCHRC Dr
Bijesh Raj Ghimire
who earned his MBBS from BVU, India and MD in Medical Oncology from Sun Yat-Sen University, China and carries an experience of more than a decade in Medical oncology. He has rich experience of Medical oncology in Norvic & OM hospital prior to Nepal Cancer Hospital .He has done fellowship in Medical Oncology from Rajiv Gandhi Cancer Institute and Research Center (RGCIRC), New Delhi and National Cancer Institute (NCI), Bethesda, USA. He has published various articles in international and national journals and has done oral, poster presentations in various national and international conferences.
He is a recipient of International Development and Education Award 2009 (IDEA) at Orlando and International Development and Education Award in Palliative Care 2011, (IDEA-PC) at Chicago from American Society of Clinical Oncology (ASCO). He was also recognized as Global Cancer Ambassador from Nepal in 2011 by American Cancer Society (ACS) to raise cancer voice to put forward specific requests for the UN High Level Meeting on non-communicable diseases (NCDs) at United Nations.
He is a co-founder and Vice President of
Nepal Cancer Support Group
(NCSG) and Executive council member of Asian Clinical Oncology Society (ACOS). He is an active member of American Society of Clinical Oncology (ASC0), European Society of Medical Oncology (ESMO), SAARC Federation of Oncology- Nepal Chapter (SFO-N) among others.
We wish him sound healthy and prosperous life and also wish him to fulfill his dream of "Nepalese cancer treatment in Nepal itself" & "Care with Excellence".
---Nepal Cancer hospital staffs

फिजियो थेरापी दिवस :

 फिजियो थेरापी दिवस :

नेपाल क्यान्सर हस्पिटल,सेप्टेम्बर ८ ।
आज फिजियोथेरापी दिवश । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवश मनाउने गरिन्छ ।
नेपाल क्यान्सर हस्पिटलले यो दिवसको उपलक्ष्यमा कोभिड-१९ को विषम परिस्थितिको कारण बिबिध कार्यक्रम प्रदान गर्न नसकेकोमा क्षमा याचना गर्दछौ।
नेपाल क्यान्सर हस्पिटलका प्रमुख फिजियोथेरापी विशेषज्ञ ड़ा राजेन्द्र खत्रीका अनुसार सामान्यत: फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ । नयाँ नयाँ रोग देखा परेसँगै यसको उपचारमा पनि नयाँ प्रविधि र उपाय आविष्कार भएका छन् । कतिपय रोग लाग्नुको कारण स्पष्ट नहुँदा औषधि समेत बनेका छैनन् । यद्यपि, रोग निदानका लागि अबलम्वन गरिने विधी तथा तरीका भने हुँदै नभएका होइनन । यस्ता समस्या समाधानका लागि फिजियो थेरापी उपयुक्त उपचार पद्धति हो ।
विशेष औजारको सहायताले शारीरिक कसरतबाट रोग निदान गर्ने उपचार पद्धति नै फिजियोथेरापी हो । धेरै रोग उपचारको लागि यो पद्धति निकै प्रभावकारी मानिन्छ । यो पद्धतिमा बिरामीको आकर्षण बढ्दै पनि गएको छ । विकसित देशहरूमा फिजियोथेरापी निकै पहिलेदेखि व्यापक बनिसकेको छ । तर, नेपालमा भने यो उपचार पद्धति भित्रिएको धेरै नभएको भएपनि पछिल्लो समय यसको प्राभवकारिता र आर्कषण बढ्दो छ । यो पद्धति धेरै महंगो पनि छैन साथै साइड इफेक्ट नगन्य हुने चिकित्सकको सुझाब छ । यसकारण फिजियो थेरापीको मुख्य बिशेषता भनेकै रोग निदानको लागि ठुलो शल्यक्रिया र साइड इफेक्ट नहुनु हो ।
अमेरिकी क्यान्सर सोसाइटीका अनुसार क्यान्सर उपचारको क्रममा रहेका बिरामीहरुलाई र क्यान्सरबाट बचेका व्यक्तिहरुलाई थकान घटाउन निरन्तर शारीरिक व्यायाम गर्न र सामान्य दैनिक क्रियाकलाप गरिरहनु पर्ने सल्लाह दिन्छ। अध्ययनले देखाउँदछ कि फिजियोथेरापी व्यायामले हरेक व्यक्तिको क्यान्सरबाट बाँच्ने सम्भावनालाई सुधार गर्छ।
नेपाल क्यान्सर हस्पिटल फिजियोथेरापी बिभाग सम्पूर्ण कर्मचारीहरु , स्वास्थ्यकर्मीहरु र आम शुभचिन्तकहरुमा प्फिजियोथेरापी दिवसको अबसरमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछ।
----नेपाल क्यान्सर हस्पिटल फिजियोथेरापी बिभाग 🙏🙏