बर-पीपलको छहारी मुनी !
Tuesday, May 24, 2022
बर-पीपलको छहारी मुनी
Thursday, May 5, 2022
"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "
"सगरमाथा
अग्लो
शिर,स्वाभिमानी
नेपाली
म
" (छन्द :शिखरिणी , मात्रा: Iss sss ॥। ॥s s।। । s)
मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म
!
बग्छ नेपाल शरीरको,रगत
बोकी नसासम्म !!
हिमालको पग्ली हिऊ,बग्छ
तराई मधेशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी
नेपाली म !!
--------------१----------------------------------
तराईमा बाली झुल्छ
,सुन फल्छ फसलको
!
मधेशको तोरीबारी ,पहाडको मकै
कोदो !!
हिमालको स्याउ मीठो,याक
चौरी कैलाशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी
नेपाली म !!
-------------२
---------------------------------
सोलो गाउछ कोईलीले
,बिगुल फुक्छ जुरेलीले !
रोदी नाच्छ मयुरले ,ताली
डाँफे मुनालले !!
बन वृक्ष हराभरा ,चियाबारी
ईलाममा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी
नेपाली म !!
------------३
-------------------------------------
लिम्बु रुदा पहाडमा
,शेर्पा दाईको मुटु दुख्छ
!
हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु
खस्छ !!
जनक बुद्ध बिभूतीको ,स्वयभूको
आँखी हु म
!
सगरमाथा अग्लो शिर,स्वाभिमानी
नेपाली म !!
--------------४
----------------------------------------
सोरेठी र लैबेरीका
,शुशेली र भाका
गाउला !
भैचालोले घर ढले
,आँगनीमा दर खाउला
!!
दशैँ तिहार छठ पर्ब
,सबै मिली मनाउन
!
सगरमाथा अग्लो शिर,स्वाभिमानी
नेपाली म !!
---------५
-------------------------------
(समाप्त )
श्रष्टा : डा. दीपक
यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड
रिसर्च सेन्टर