Sunday, June 25, 2017

पहाडकाे चुल्ठाे भरि फुलेकाे
गुराँसकाे रङ
र मधेसकाे मजेत्राे भरि लत्पतिएकाे
रगतकाे रङ
सूर्यकाे तापले पग्लिरहेकाे
हिमालकाे रङ
र अाफ्नै पैतालाकाे प्रेमले पृथ्वीमा उम्रेकाे
पसिनाकाे रङ
फरक छन् रङहरू
तर तिमी भन्छाै – रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ ।
जसरी
फर्फराइरहेकाे सबै झण्डा
उचालिएका सबै मुठ्ठी
मुक्तिका लागि
हुन सक्दैनन्
गाइएका सबै गीत
लेखिएका सबै कविता
परिवर्तनका लागि हुन सक्दैनन्
त्यसरी नै
फरक छ तिम्राे र मेराे संघर्ष
हाे तिमी
जुलुशकाे अघि-अघि
फहराउँछाै विजयकाे झण्डा
शहीद मन्च,पार्टी कार्यालय
र जन्माेत्सवहरूमा गाउँछाै गीत
म,
काेदालाे, बेल्चा
र अाफ्नै हात,पाउ शीर,शरीरलाई
बनाउछु झण्डा
भीर पहरा , खेत खलियान
र अाफ्नै असमायिक मृत्युमा गाउँछु जीवनकाे गीत
तिमी भन्छाै
विचारले
दर्शनले
उदेश्यले
हामी दुई छुट्टिनै नसकिने
गाढा राताे भइसक्याैँ
अथवा
गहिराे नीलाे भइसक्याैँ
र भन्छाै –
रगत सबैकाे राताे हुन्छ
पसिनाकाे रङ उस्तै हुन्छ
तर मित्र !
मलाई थाहा छ याे धर्तीकाे दुखकाे सहस्र अनुहार
त्यसैले,
हामी उस्तै-उस्तै देखिए पनि
हामी दुबै गहुँगाेराे देखिए पनि
फरक छ हाम्राे भित्री रङ
फरक छ हामी दुईकाे पसिनाकाे रङ ।
***
२०७४ असार ९ गते १७:४३ मा प्रकाशित (२०७४ असार १० गते १३:०१मा अद्यावधिक गरिएको)

" श्रावण कति सम्झू "

भलले उर्लेर होला, खहरे गडगडाउदै !

टारी बारीको कान्ला यत्रतत्र बगाउदै !!

थामिन सकेन होला,पैतेको कुलोले पनि !

गडुवा अझ बढेर बग्यो होला अरु बढी !!

----------- --------------------------

कालो मेघ गर्जदै होला, बर्षाबनी निरन्तर !

मुसलधारे पानी पर्दा दिपाङ्गको दृश्य सुन्दर !!

ठूलो पधेरीकोमाथि जरुवा फुटेको होला !

सानी पधेरीको कुवा रसाएर बढ्यो होला !!

----------- ----------------------------

कोलाको स्वारको चौर हरियो घासले होला !

गाइभैसी गोठालेको जमघट भयो होला !!

गयो कि पहिरो कतै टारी खेत खस्यो कि !

खुट्टे पैतेको गाभो बाढीसंगै बग्यो कि !!

---------- ---------------------------------

श्रावण कति सम्झू अरु भक्कानो उठ्दछ !

श्रावण कति लेखू, अरु भावना बग्दछ !!

सम्झेमा सुख छैन सम्झेको हुन्छ सुन्दर !

लेख्दैछु कबिता तिम्रो झार्दै आँशु बर्बर !!

-------   -------------------------

    (समाप्त )

--. दीपक यात्री

 सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम

 पोखरा लेखनाथ -२७ ; अर्चले ;कास्की नेपाल

 हाल: हैदराबाद भारतमा कार्यरत

Saturday, June 24, 2017

“मेरो परिचय , मेरो कवितामा "
मेरो परिचय कसरी दिलाऊ !
मेरो चिनारी कसरी खुलाऊ !!
कबि म हैन काब्य सिर्जनाको !...
न पोख्त नै छु छन्द कविताको !!
----१----------------------------
सोहोरी मनको बह एक लेख्छु !
पीडा र बेदना कलमले म पोख्छु !!
सिर्जेर पंक्ति बनेछ तुक्का !
स्वयं दर्पण बनी कबिता !!
---२------------------------
म चाँदनीको उज्यालो रमाउछु !
नौलाख तारा गनेर रमाउछु !!
यही रमणीय शब्द जुनतारा !
सिगारिएछ है बनी कबिता !!
----------३------------------
झरनाको पानी छचल्केर झर्छ !
यही छचल्कोले दुई शब्द कोर्छ !!
छताछुल्ल पोखिई हृदयमा !
सिर्जित भएछ अर्को कबिता !!
-----४------------------------------
सप्तरंग इन्द्रेणीले रंग छर्छ !
मनको भावमा एक दृष्टि पर्छ !!
रंगले उमार्छ शब्द सिर्जनामा !
टुपुल्किएर भई कबिता !!
--------(समाप्त)---------------
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
पोखरा लेखनाथ -२७ ; अर्चले ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत

Sunday, June 18, 2017

खेलेर ऐरा मृग एक मारी
काटी कलेजाे जति छन् शिकारी
बिलाे लिए झैँ शरमा उनेर
याे राज्य बाँड्ने चिज हैन हेर !
थुतिन्छ पत्ता जब खातबाट...
सिद्धिन्छ शाेभा अनि फूलबाट
पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राज्य त्यहाँ अखण्ड ?

---(राष्ट्रकविको दूरदृष्टि)

Sunday, June 11, 2017

असार लाग्यो

"असार लाग्यो"

वर्षा भएर तन भिज्छ जब !
लाग्छ असार आइसकेछ !!
हिलोमा खेल्छ कृषक तथापि !
निरोगी उही छ ,छैन रोगब्याधी !!
---------- १ ----------------------
धुलो भएछ अब हिलो टम्मै !
गैरीको खेत पानी अचम्मै !!
हली र गोरू भए हिलाम्मै !
बाउसे खेताला भएर जम्मै !!
----------२ ------------------
कति बिघ्न अहो ! कति बर्षा भारी !
बिचलीत छैन खेल्दै जुवारी !!
रोपाहार बाउसे लैबरी गाउदै !
छुपुछुपु धान हिलो मिलाउदै !!
---३ ------------------------------
ओढी बादल मस्त ,निदाए तारा !
झमक्क साँझ परेली माझ !!
धन्सिय भन्ज्यांग उक्लिन जाग्यो !
पक्कै अब त असार लाग्यो !!
------४ --------------------
      ( समाप्त )
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: अर्चले , पोखरा लेखनाथ –२७ ,कास्की नेपाल