Wednesday, July 7, 2021

मेरो राष्ट्र, मेरो प्रतिबिम्ब: (राष्ट्रिय कबिता महोत्सव २०७९ को निम्ति )

 मेरो राष्ट्र, मेरो प्रतिबिम्ब:


म उठे राष्ट यो उठ्छ भने उठ्छु सबेरमै !

म हाँसे देश यो हास्छ भने हास्छु हिमाल झैँ !!

बगेको तराई देख्दा आँखामै बग्छ बेदना !

लाग्छ त्यै बगाईमा बाध बनी खडा हुन !!

--------१ -----------------------------------

नाङ्गो आंग कतै देखे निर्बस्त्र हुन्छ यो मन !

लाग्छ यही भूमीको बस्त्र दर्जी भई सिलाउन !!

वैलेका फूलका थुङ्गा देख्दा दुख्दछ यो मुटु !

लाग्छ त्यही फूलको मुनि पानीको मुल भै फुटू !!

---------------२-------------------------------

रुन्छ माटो जहाँनेर बाढी पैह्रो प्रकोपमा !

मुर्छा परी दिल दुख्छ रुन्छ बुद्ध स्वयममा !!

कोरोनाको कहरमा राष्ट्र बन्दछ ब्याकुल !

लाग्छ यही राष्ट्रको निम्ति बनूँ सुई कोभिशील !!

------------३-----------------------------------

म फुल्छु राष्ट्र यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई राष्ट्रकै निम्ति दन्दनी !!

भू-कम्पको प्रकोपमा ढलेको त्यो धरहरा !

फेरी ठडिए झैँ उठ्छु जगाउदै सबै जना !!

------------------------४ ----------------------

            (समाप्त ) 

ई  दीपक यात्री

लेखनाथ -२७ , कास्की नेपाल 

हाल : नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

हरिसिद्दि, ललितपुर, नेपाल  

Monday, July 5, 2021

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ "

 

" ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ   "    (छन्द : शार्दूलविक्रीडित)

 

नेपाली हरिया पहाडी शिलाका तनहुँको गाऊमा !

जन्मे एक प्रतिभा थे विलक्षण भानुभक्त नाउका !!

भर्जन्म घासतिर मन हुनगो घांसी दिए अर्ति नै !

 ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

----------------एक ------------------------

प्रश्नोत्तर, बधुशिला यिनका लघुकाब्यका खातिर !

भक्तमाला अर्को कृति पबित्र अनेकौ छन फुटकर !!

एकदिन नारदजी--जिब्रो जनको रामायण घरघरै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------दुई-------------------------------------

तिम्रो यश छर्यो बैभव यहाँ मेची महाकालीमा !

तिम्रो ख्याती बल्यो जनमनमा आदिकबि भूषण !!

तिम्रो सिर्जन जो पुस्तक बन्यो मोतीराम बाट नै !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------------तीन ----------------------

नेपाली बाङ्ग्मय फाँट जगमा बामे सरेको बेला !

नेपाली साहित्य राग जनमा सूर्योदयको बेला !!

झुल्क्यौ भानु तिमी बनाई बिहानी घामको किरण झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

------------चार ---------------------------------------

पढ़लान सारा सन्ततीहरुले रामराज्यको कहानी !

बुझ्लान सारा नेपालीहरुले द्वापर युग जीवनी !!

पुज्छौ हामी तिम्रो देन त्यो भगवानको राम झैँ !

ए भानु ! तिमी रहनेछौ अमर रामायण कृति झैँ  !!

-------------पाच ---------------------------------

                  (समाप्त )

 

रचना : ई दीपक यात्री , प्रमुख सूचना प्राबिधिक , नेपाल क्यान्सर हस्पिटल , ललितपुर

स्थायी : लेखनाथ-२७, कास्की नेपाल

मोबाइल : ९८१३४५६३७४

ई-मेल : deepak1.hclcdc@gmail.com