Thursday, May 24, 2018

डा. उपेन्द्र देवकोटालाई पत्र ;डा.रवीन्द्र समीर

डा. उपेन्द्र देवकोटालाई पत्र
श्रद्धेय डाक्टरसाहेब,
असीम श्रद्धा !
अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार सम्भब नभएकोले बेलायत गएको आदि ... । त्यसको केहि समयपछि पारिवारिक स्रोतलाई उधृत गर्दै उहाँलाई क्यान्सर नभएको, सामान्य जांचपछि आराम गरेको जस्ता खण्डन पढ्न पाइयो । चिकित्सा बिज्ञानको विद्यार्थीको नाताले मलाइ त्यतिबेला लागेको थियो – तपाइंलाई पक्कै पनि नेपालमा उपचार सम्भब नभएको रोग लागेको छ र त्यो रोग प्राणघातक क्यान्सर नै हो । मैले बुझ्छु, हामी चिकित्सकलाई बिरामी छु भन्ने छुट छैन । बिरामी छु भन्नेबित्तिकै हाम्रो पेशा, पेशागत संस्था, हामीले हेरिरहेका बिरामी, मेडिया तथा आम जनतामा हाम्रो हैसियत ( ? ) उजागर हुन्छ ।
यति लामो समय बेलायतमा बस्दा मलाइ लागेको थियो, तपाईं सर्जरी / केमो आदिको चक्रब्युहमा हुनहुन्छ र त्यो कर्कटलाई जितेर मिठो मुस्कान छर्दै विमानस्थलमा देश र जनतालाई अभिबादन गर्दै आउनुहुनेछ । तर, विधिको बिडम्बना, बिमानस्थलबाट तपाईं एम्बुलेन्समा सुतेर अस्पताल जानुपर्यो । तपाइँ अन्तिम सत्य बोल्न बाध्य हुनुभयो, हामी निरिह भएर सुन्न बिबश भयौं ।
डा. उपेन्द्र देवकोटा नेपालको मात्र नभएर एसियाकै, अझ भन्ने हो भने विश्वकै अमूल्य गहना हो, न्युरो सर्जरीमा चम्किलो तारा हो । उ डाक्टर मात्र हैन, समाजको गहिरो अन्वेषक पनि हो, राजनीतिको गहिराइमा डुबेको व्हेल माछा पनि हो । उ स्पष्ट बक्ता हो, आफ्नो मर्जीको मालिक हो, स्वाभिमान र गर्वको शिखर हो । शायद घमण्डी पनि हो । आजीवन राजनीति गर्नेहरु नपुगेको टाकुरामा पुगेको खेलाडी पनि हो । नेसनल ट्रमा सेन्टर, चिकित्सा बिज्ञान प्रतिष्ठान, न्युरो अस्पताल लगायत उपलब्धिको जननी पनि हो । उ स्वतन्त्र पंक्षी हो, त्यसैले सुनको पिंजडामा नअटाएको तालचरा हो । उ हामी सबैको अनुकरण एबम इर्श्याको पात्र पनि हो ।
  हामी सबै मृत्युको गन्तब्य बोकेर जन्मिएका हुन्छौं । हरेक पलपलमा मृत्युलाई जित्दै, नाघ्दै, अस्वीकार गर्दै, अटेर गर्दै ..हामीहरु उसैको गन्तब्यतिर दौडिरहेका हुन्छौं । जन्मेपछि मान्छेमात्र हैन हरेक प्राणी, बस्तु तथा सृष्टिको अन्त्य हुन्छ । जीवन निमेषमा चलेको हुन्छ भने मृत्यु असिमित आयु र अनन्त दायरामा बाँचेको हुन्छ । हाम्रो त के कुरा ? भगवान राम, कृष्ण लगायत देवता समेत मृतुन्जयी बन्न सकेनन । मृत्यु अनपेक्षित, चामत्कारिक एबम सर्वाधिक पीडादायी सत्य हो । दुर्घटनामा परेर, हृदयाघात भएर, मस्तिष्कघात भएर वा अन्य प्राणघातक रोगबाट पनि तपाइंको मृत्यु हुनसक्थ्यो । त्यसो भएको भए तपाइंलाई आफुले मृत्युबरण गर्दै गरेको वा गरेको समेत थाहा हुने थिएन । अहिले कमसेकम आफ्नो आयु थाहा छ, उपचार गर्न नपाएको गुनासो छैन, ब्यबहार मिलाउन नपाएको पारिवारिक पीडा छैन... ठूलो कुरा त चमत्कारको आशा छ । यो संसारमा लाखौं यस्ता रोगहरु छन् जसलाई चिकित्सा बिज्ञानले अहिलेसम्म पत्ता लगाएको छैन, लाखौँ उपचारका स्रोत छन् जसलाई चिकित्सा विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
आशा अझै बाँकी छ ! सम्भावनाको दियो निभेको छैन ।
श्रद्धेय डाक्टरसाहेब । आफुलाई म मर्दैछु भन्ने कहियै नसोंच्नुहोला । हामी जो कोहि पनि मर्दैछौँ । आफुले सम्पूर्ण जीवन छोंटो समयमै भोगेकोमा गर्व गर्नुहोला । सफल, असल, सुरुचिपूर्ण र सार्थक जीवन बाँचेको मान्छेको लागि आँशु उपयुक्त बिम्ब होइन । तपाई ६३ बर्षको उमेरमा पनि सय बर्षको अनुभव लिन सक्नुभयो, सय बर्षको योगदान दिन सक्नुभयो – यो नै तपाइंको दिर्घायु हो । तपाई यस्तो उचाइमा पुगेको व्यक्ति हो जसको लागि ओर्लनुको बिकल्प थिएन । तर तपाईंलाई बिकल्पको स्वर्ण अवसर प्राप्त भयो । अनिच्छापूर्वक बिश्रामको बाध्यतामा पर्नु जस्तो ठूलो उपलब्धि केहि हुँदैन ।
यहाँ स्वयम् गहन अध्येता पनि हो तसर्थ मैले स्टेफेन हकिंगदेखि जगदीश घिमिरेको उदाहरण दिनु आवश्यक छैन । दुईबर्षे आयुको ग्रेस थपेर घर फर्किएका जगदीश घिमिरेले अन्तर्मनको यात्रा नलेखेको भए एकबर्ष पनि उनको लागि टाढाको कुरा हुन्थ्यो, आत्मबल र गन्तब्यको क्रेजले उनी ८ बर्ष सक्रिय जीवन बाँचे । त्यति मात्र हैन, जमराको रस तथा खुर्पानिको बिउ खाएर क्यान्सर जितेका धेरै व्यक्तिहरु हाम्रो समाजमा छन् । स्वमुत्रपानले समेत क्यान्सरलाई ढालेका मुक्केबाज पूर्वमन्त्रि गणेश शाह लगायत व्यक्तिहरु हाम्रो समाजमा अझै सक्रिय छन् ।
तसर्थ एक रति पनि हार नखानुहोला । आफुले गरेको संघर्ष, देखेको संसार, भोगेका पल एबम त्यो अद्भुत क्षमताको रहश्यलाई जस्ताको तस्तै लेखेर हाम्रो अनि भविष्यको पुस्तामा बाँचिरहने उपयुक्त अवसर प्राप्त भएको छ, यहाँलाई । गन्तब्यको सिमा भएको अवस्थामा लेखाइभन्दा ठूलो थेरापी अरु केहि हुँदैन ।
३० बर्षको अल्पायुमा निधन भएका मोतीराम भट्ट, ४३ बर्षको अल्पायुमा निधन भएका भैरब अर्याल, ४२ बर्षमा निधन भएका मदन भण्डारी वा कलिलो उमेरमा क्यान्सर भएर पनि राजनीति तथा साहित्यमा क्यान्सरको छायाँ पर्न नदिएका बिपी कोइराला ...उहाँहरु जीवितै हुनुहुन्छ त !
   तपाईं अस्पतालमा बसेर ‘ कठै ‘ को पात्र बन्नुहुँदैन । आफ्ना र अरुका आँशुको द्रष्टा तथा भोक्ता बन्नुहुँदैन । यो कार्यले आत्मबलको घोडालाई लगाम लगाउँछ । तपाईं आफ्नो जन्मस्थान जानुहोस, एकपटक रारा ताल पुग्नुहोस, सगरमाथाको बेसक्याम्प पुग्नुहोस अनि यो स्वर्गको कुनै टुक्रामा बसेर आत्मकथा लेख्नुहोस । आधुनिक बिज्ञानले दिएको एक्सपायर डेटलाई खारेज गरेर यस्ता साधकको भर पर्नुहोस जसले संजीवनीबुटी, हिमाली जल, प्राणी उत्पादन आदि प्रकृतिको प्रयोग गरेर कहिल्यै नमर्ने महर्षी बनाउन सकुन । त्यो सम्भब छ । कुनै पनि कुरा बिकल्पबिहिन हुँदैन भने बिकल्पको प्रयोग किन नगर्ने ? के थाहा ? पित्तथैलीको क्यान्सरलाई सारौँको पित्तले पो निर्मुल गर्छ कि ? प्रकृतिलाई बचाइरहेको हिमाली जडिबुटीले तपाईलाई नबचाउनुको कुनै कारण छैन । यो भूमि पातपातमा अमृत रस भएको भूमि हो अनि तन्त्र, मन्त्र, पुजा, तीर्थाटन, भजनजस्ता अनेकौं दैवी चमत्कार भएको भूमि हो । योग र ध्यानले आफ्नो समाधि तय गर्ने ऋषि जन्मेको यो पवित्र भूमिमा उपचारको कुनै कमि छैन, कमि छ त हाम्रो विश्वासको । तसर्थ प्रयत्नले छोड्नुअघिं हामीले प्रयत्नलाई छोड्नुहुँदैन ।
अहिले तपाईं साँच्चै सर्वाहारा हुनुभएकोछ । जित्नलाई संसार छ, हार्नलाई केहि छैन । तपाइंको साथमा हामी करोडौं जनता छौं । हामीहरु तपाईको दीर्घजीवनको लागि मुटुभित्र दीप बालेर प्रार्थना गरिरहेका छौं । डा. देवकोटा ! उठ्नुहोस् , हिड्नुहोस् अनि बिज्ञानभन्दा पर रहेको ज्ञानमा आफुलाई समर्पित गर्नुहोस । जहाँ बिश्वासले धोका दिन्छ त्यहाँ अन्धविश्वासले साथ दिन्छ । प्रेमको उत्कर्ष अन्धोप्रेम भए झैं विश्वासको उत्कर्ष अन्धविश्वास हो ।
तपाइंलाई आफ्नो आयुको २० बर्ष उमेर दिन तयार प्रशंशक
रवीन्द्र समीर
लेखक / जनस्वास्थ्य बिज्ञ

Friday, April 13, 2018

हामीजस्तै आजदेखि नयॉ वर्ष मनाउने देश / समुदाय

हामीजस्तै आजदेखि नयॉ वर्ष मनाउने देश / समुदाय
वगंलादेश-पोहेला वोइशाख
भारत,शिख समुदाय-वैशाखी
भारत,केरला-विशु संक्रामना ...
भारत,तामिलनाडु-पुदुवर्षम
भारत,ओड़िसा-महाविसुवा संक्रान्ति(पाना संक्रान्ति)
श्रीलंका-आलुथ अवुरुद्द
थाइल्यान्ड-सोन्क्रान
कम्वोडिया-च्नाम थमे
म्म्यानमार-थिन्ग्यान
लाओस-पी माइ

अरू देश / समुदायले पनि मनाउने गर्छन भने थप्दै जानु होला
तपाईहरूको नयाँ वर्ष २०७५ मंगलमय र उत्साहवर्धक रहोस । हार्दिक शुभकामना !

Wednesday, March 21, 2018

आँसूका भलमा उर्ले

आँसूका भलमा उर्ले कविका कविता कति।
रुवाउने तिमी छौ र न भए के छ जिन्दगी।।
रोएरै निस्कियो गौरी राष्ट्रका कविको बुझ।
मीठो रोदनको काव्य मेघदूत सधै प्रिय ।।
...
नरोई काव्य बन्दैन मलाई रुन दे अब।
थामिए अश्रु के लेख्नु लेख्न चाहन्छु क्यै अझ ।।
मुनाका आँसुमा भिज्दा भयो अमर त्यो कला ।
मुनामदन ताजा छ सधै आज गलागला ।।
आँखामा रहदा पानी आँसू यो नाम सुन्दर।
बहेपछि नदी नाला पुगेपछि समुन्दर ।।
जम्दा ताल तलाऊ हो पानी हो तर तर्तरी।
बाच्छिटा पनि पानी हो हाइकू कविता सरी ।।
महाकाव्य सुसाएर बहेका छन् निन्तर।
समुद्रको सुनेका छन् बोलाबट सधै भर।।
डुबुल्किदा त्यता शब्द खारिने रछ आखिर।
शालिग्राम हुने रैछ ढुङ्गा पनि त्यतातिर ।।
नवर्षदा मेघ हो त्यो वर्षे वर्षा निरन्तर ।
आखाँमा रहदा आँसू खस्दा मोती छ सुन्दर।।
न झर्नुमा मजा छैन झरेकै हुन्छ सुन्दर ।
नरोई जन्मने हुन्न रोएकै हुन्छ सुन्दर।।
हे ईश्वर यहाँ मेरा परेली अझ भिज्न दे।
म त्यसै सुक्न चाहन्न मलाई अझ रुझ्न दे ।।
म त्यसै जम्न चाहन्न खोला भै बग्न दे अब।
झरना झर्न चाहन्छु छङ्छङ् भै रम्न दे अब ।।

------प्रियाबन्दना  आचार्य  काफ्लेको फेश्बुकबाट  हु -बहु

नेपाली उखान टुक्‍का भाग १


तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। जसको अंग्रेजीमा समान अर्थ दिईएका छैनन्, अंग्रेजीमा तिनको समान अर्थ क्रम संख्‍या उल्लेख गरी कमेन्ट वा रिप्लाई मार्फत पठाउनुहोस्।




1. एक हातले ताली बज्दैन।
-   It takes two to make a quarrel.
२. कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा।
-   A little learning is a dangerous thing.
3. कसैको आहार कसैको विष।
-   One man’s food is another man’s poison.
4. कसैले तपाईं भनोस् नभनोस् आफैं मपाईं।
-   Self praise is no praise.
5. काग कराउँदैछ पिना सुक्दैछ।
-   Let the dog bark.
6. काटेको घाउमा नुन चुक।
-  Adding insult to injury.
7. काना गोरूलाई औंसी न पूर्णे।
-   Day and night are alike to a blind.
8. खाउञ्‍जेल आफ्नो खाइसक्यो बिरानो।
-   The danger past, God is forgotten.
9. खाने मुखलाई जुँगाले छेक्दैन।
-   Where there is a will, there is a way.
10. जहाँ इच्छा त्यहाँ उपाय।
-    Where there is a will, there is a way.
11. गर्जने बादल बर्संदैन।
-     Barking dogs seldom bite.
12. गधा मलेर गाई हुँदैन।
-     A black stone will never turn white.
-     Black will take no other hue.
13. गल्ती गर्नु मानिसको स्वभाव हो।
-     To err is human.
14. गाई मारेर गधा पोस्ने।
-     To rob Peter to pay Paul.
15. गुहुलाई चलायो गन्ध।
-     Do not vex the lion.
16. घाँटी हेरी हाड निल्नु।
-     Cut your coat according to your cloth.
17. चोरको मनमा जहिले पनि ढुकढुक।
-     A guilty mind is always suspicious.
18. जसको मन खोटो उसको मन छोटो।
-     A guilty mind is always suspicious.
19. एउटा बिराउने शाखा पिराउने।
20. बाँदरको पुच्छर लौरो न हतियार।
21. के खोज्छस् कानो आँखो।
22. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार।
23. रातभरी रुङ्यो, बूढी जिउँदै।
24. जब राती, बूढी ताती।
25. हात्ती छिर्‍यो पुच्छर अड्क्यो।
26. हात्ती आयो हात्ती आयो फुस्सा।
27. किन रोइस् मङ्‍गले आफ्‍नै ढंगले।
28. एक्लो बृहस्पति झुट्‍टा।
29. नजिकको तीर्थ हेला।
30. ढुंगा खोज्दा देउता मिल्नु।
31. गहिरा घरलाई पहिरा डर, डाँडा घरलाई के को डर।
32. लाटो लड्छ एक बल्ड्याङ, बाठो लड्छ तीन बल्ड्याङ।
33. लाटा देशमा गाँडा तन्‍नेरी।
34. अन्धाको देशमा आँखा छोप्नु, लङ्‍गडाको देशमा खुट्‍टा खोच्याउनु।
35. साउनमा आँखा फुटेको गोरूले बार्‍है महिना हरियो देख्छ।
36. औंसीमा किन्यो पूर्णेमा फाट्‍यो।
37. खान्‍न खान्‍न लोकाचार खाएपछि माना चार।
38. काम छउन्‍जेल भाँडो काम सकिएपछि ठाँडो।
39. जति भाँडो उति चुबर्को।
40. तँ आँट म पुर्‍याउँछु।
41. हरिप देखेर दैव डराउँछ।
42. दैव दिने पितृ हर्ने।
43. बार्‍ह वर्षमा पोइ आयो मै राँडलाई ज्वर आयो।
44. अघि राँड मानिन, पछि राँड जानिन।
बाघ लाग्यो घिच्याउन, राँड लाग्यो चिच्याउन।
45. बाहुना बाउले च्याउ खाओस् न स्वाद पाओस्।
46. मर्ने बेलाँ हरियो काँक्रो।
47. भुक्ने कुकुले टोक्दैन।
48. विष नभएको सर्प र ईख नभएको मानिस काम लाग्दैन।
49. राम राम सीता पोइ मर्ने बेला कोही न कोही।
50. मर्दकी दश ओटी।
51. मुखमा राम राम बगलीमा छुरा।
52. मौकामा कोढीको पनि पाउ मोल्नु पर्छ।
53. गाई कहिले ननुहाए पनि सेता सेतै, भैंसी जति नुहाए पनि काला कालै।
54. बलेको आगो ताप्न छोडेर निभेको आगो को तापोस्।
55. बलेको आगोमा घिउ थप्नु।
56. अर्थ न बर्थ गोविन्द गाई।
57. छन् गेडी सबै मेरा छैनन् गेडी सबै टेढा।
58. दुधको साक्षी बिरालो।
59. कहिले सासूको पालो कहिले बुहारीको पालो।
60. बार्‍ह वर्षमा खोलो पनि फर्कन्छ।
61. टुहुराको सहारा दैव।
62. मेरो गोरूको बार्‍है टक्‍का।
63. नाच्न जान्दैन आँगन टेढो।
64. भाग्यमानीको भूतै कमारो।
65. तालुमा आलु फल्नु।
66. जोईको जोई पोईको पोई हामी बीचमा कोई न कोई।
67. जो चोर उसकै ठूलो स्वर।
68. चोरको स्वर ठूलो डाँकाको आँखा ठूलो।
69. नदुखेको कपाल डोरी लगाई लगाई किन दुखाउनु।
70. बैंसमा स्याल पनि घोर्ले हुन्छ।
71. बाघ बूढो स्याल तन्‍नेरी।
72. बाघको मुख खाए पनि रातै नखाए पनि रातै।
73. लोग्ने स्वास्नीको झगडा परालको आगो।
74. धोबीको कुकुर घरको न घाटको।
75. कसैलाई के धन्दा कसैलाई के धन्दा घरज्वाईंलाई खानको धन्दा।
76. अनुहार न दनुवार पाण्‍डव सुनुवार।
77. पैसा न सैसा टिकी ट्याँस ट्याँस।
78. जुन जोगी आएपनि कानै चिरेको।
79. गाई गंगा बराबर।
80. ताक परे तिवारी नत्र गोतामे।
81. मौका परे दुलाँ हात मौका नपरे पाखाँ हात।
82. लातको भुत बातले मान्दैन।
83. तै रिन मै बूढी बाख्री किन।
84. काम गर्ने कालु मकै खाने भालु।
85. देख्‍ना दाल खाना काल।
86. अघिको तीतो पछिको मीठो।
87. अर्काको नासो गलपासो।
88. मौका हिरा फोर्नु बेमौकामा कोडी नछोड्नु।
89. कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।
90. चिन्‍नु न जान्‍नु घचेडी माग्नु।
91. न आमा पट्‍टिको न मामा पट्‍टिको।
92. हरेस खाए नि चरेस नखानु।
93. मोही माग्नु  ढुंग्रो लुकाउनु।
94. आफ्‍नो हात जगन्‍नाथ।
95. जिउँदाको जन्ती मुर्दाको मलामी जानुपर्छ।
96. नमरी स्वर्ग देखिंदैन।
97. मरेपछि डुमै राजा।
98. बार्‍ह छोरा तेर्‍ह नाति बूढाको धोक्रो काँधै माथि।
99. स्वास्नीमान्छेको थर छैन लोग्ने मान्छेको घर छैन।
100. जात फाल्नु गहतको झोलमा।
101. स्वास्नीमानिसको चरित्र र लोग्नेमानिसको भाग्य कसैलाई थाहा हुँदैन।
102. स्वास्नीमानिसको उमेर नसोध्नु लोग्नेमान्छेको कमाई नसोध्नु।
103. नजाने गाउँको बाटो नसोध्नु।

नेपाली उखान टुक्‍का भाग २


तल क्रम संख्‍या दिई केही नेपाली उखान टुक्‍का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्।



1. अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ।
-  A burnt child dreads the fire.
2.  अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ।
-   Once bitten twice shy.
3.  अचानोको पीर अचानैले थाहा पाउँछ।
-   A wearer knows where the shoe pinches.
4.  मनको बह कसैलाई नकह।
-   A wearer knows where the shoe pinches.
5.  आकाशको फल आँखातरी मर।
-   If the sky falls, we will catch larks.
6.  अर्काको आङ्गमा जुम्रा देख्‍ने आफ्‍नो आङ्गमा भैसी नदेख्‍ने।
-   No one looks at his faults.
7.  आज मर्‍यो भोलि औषधि।
-   After death, the doctor.
8.  आफू भलो त जगत भलो।
-   Good mind, good find.
9.  आफै त महादेव, कसले देला वर।
-   Himself a beggar and a beggar at the door.
10. आफ्नो रुचि खानु, अर्काको रुचि लाउनु।
-   Eat to please thyself but dress to please other.
11. मौका आउँछ पर्खंदैन।
-   Time and tide wait for no man.
12. काल आउँछ पर्खंदैन।
-   Time and tide wait for no man.
13. इन्द्रको अगाडि स्वर्गको बयान।
-   Carrying coal to Newcastle.
14. ईश्‍वर दाहिने भएपछि कसको के लाग्छ।
-   When God is kind all are favourable.
15. उफ्रने गोरुको सीङ भाँचिन्छ।
-   Pride has its fall.
16. एक थुकी सुकी हजार थुकी नदी।
-   Union is strength.
17. एक पन्थ दुई काज।
-  To kill two birds with one stone.
18. पशुपतिको यात्रा सिद्राको व्यापार।
-   To kill two birds with one stone.
19. एक माघले जाडो जाँदैन।
-   One swallow does not make a summer.
20. अकबरी सुनलाई कसी लाउनु पर्दैन।
21. आए आँप गए झटारो।
22. आफू ताक्छु मुढो बन्चरो ताक्छ घुँडो।
23. बुझ्दो न सुझ्दो टुँडिखेल कुद्‍दो।
24. ताईं न तुईं हात लाग्यो दुई।
25. चकचके बाँदरको चाकमा घाउ।
26. बाँदरको हातमा नरिवल।
27. जुन गोरूको सीङ छैन उसैको नाम तिखे।
28. भीरबाट लड्ने गोरुलाई राम राम भन्‍न सकिन्छ, काँध थाप्न सकिंदैन।
29. खाई न पाई छाला टोपी लाई।

नेपाली उखान टुक्का भाग 3


 

नेपाली उखान टुक्का भाग

 

तल क्रम संख्या दिई केही नेपाली उखान टुक्का अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्।

 

. मूर्खलाई सय कोर्रा बुद्धिमानलाई एक कुरा।

-  A word to the wise is enough.

. मौन सम्मत्ति लक्षणम्।

-  Silence means consent.

. राम्रो बैठान आधा बैठान।

-  Well begun is half done.

. लोहाको बैरी लोहा।

-  Diamond cuts diamond.

. लङ्का मार्ने हनुमान जस पाउने डेंढू।

-  One sows another reaps.

 

. सास छउन्जेल आश।

-  While there is life, there is hope.

. सन्तोषी सदा सुखी।

-  Content is happiness.

. सितैको धन फुपूको श्राद्ध।

-  Evil got evil spent.

. सुनलाई खोल हाल्नु पर्दैन।

-  A fair face needs no paint.

१०. संगतले मानिस चिनिन्छ।

-  A man is known by the company he keeps.

 

११. हतपतको काम लतपत

-   Haste makes waste.

१२. हात्तीको मुखमा जीरा।

-   A drop of water in the ocean.

१३. हुने विरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात।

-  Childhood shows the man as morning shows the day.

 -  Coming events cast their shadows before.

१४. नाकमुनि कन्दनि।

 १५. कि लायो सुनको बाला कि गयो … … … को छाला।

 

१६. कि भयो अमरावतीको राज कि भयो चपरीमुनिको वास।

 १७. आए बौको गए साहुको।

 १८. आम्दानी चारानाको खर्च बारानाको।

 १९. लोभले लाभ, लाभले विलाप।

 २०. बुढेसकालमा पाटीको वास।

 

२१. साउँको भन्दा ब्याजको माया।

 २२. ससुरालीको धनमा नामर्दको रजाईं।

 २३. बूढी मर्यो काल पल्क्यो।

 २४. कुकुरलाई मासु पैंचो।

 २५. कुकुरलाई घ्यू नपचेको।

 

२६. दशा भनेको बाजा बजाएर आउँदैन।

 २७. धेरै खाए मल थोरै खाए बल।

 २८. औषधी उपदेश मीठो हुन्नँ।

 २९. जति भान्छे त्यति खिचडी।

 ३०. अनिकालमा बीउ जोगाउनु हुलमुलमा जीउ जोगाउनु।

 

३१. जुन थालमा खायो त्यही थालमा हग्छ।

 ३२. सोर्है साला सत्र।

 ३३. स्याल कराउनु कुखरा हराउनु।

 ३४. बाख्राको चाकमा किरा परेको।

 ३५. कसाईंको अगाडि बाख्रा रोएको।

 

३६. खसी जोख्नु सय चोटि मान्छे जोख्नु एक चोटि।

 ३७. हुने हार दैव नटार।

 ३८. कांही नभएको जात्रा हाँडी गाउँमा।

 ३९. ठाउँ ठहर बूढीको रहर।

 ४०. कपाल दुखेको औषधी नाइटोमा लाई।

 

४१. काम पाईनस् बुहारी पाडाको ढाड कन्याई दे।

 ४२. गाँसी गुँसी एकै नासी।

 ४३. कोढीको जीउ प्यारो अपुताको धन प्यारो।

 ४४. खर्च बर्च तीर्थ जानु पर्छ

 सपनतीर्थ जाँदाखेरी चुरोट खानुपर्छ।

 ४५. डिङ्गाको सरापले हात्ती मर्दैन।

 

४६. कताको जिली कताको गाँठी।

 ४७. वल्लो घाट पल्लो तीर

 वारि खाल्डो पारि भीर।

 ४८. नपाउनेले केरा पायो बोक्रा समेत चपायो।

 ४९. पापा पनि चिची पनि।

 ५०. जति कालो उति मेरै बौको सालो।

 

५१. जान्नेलाई श्रीखण् नजान्नेलाई खुर्पा बींड।

 ५२. जसको शक्ति उसको भक्ति।

 ५३. धोबीलाई हतार हुँदैमा घाम लाग्दैन।

 ५४. जसले जान्यो उसले तान्यो।

 ५५. नबिराउनु नडराउनु

 

५६. आई लाग्ने माथि जाई लाग्नु।

 ५७. जसको बाँदर उसैले नचाउँछ।

 ५८. घैया रोपेर धान फल्दैन।

 ५९. हलो जोत्दैमा गोरू ब्याउँदैन।

 ६०. शिवजीलाई धतुरोले लाग्दैन।

 

६१. काम काजको दुश्मन अनाजको।

 ६२. काग बस्नु हाँगा भाँचिनु।

 ६३. हावा नचली पात हल्लिंदैन।

 ६४. एउटा पोईको दुईटा जोई ख्वाउने बेलामा कोही कोही।

 ६५. तरुनी छउन्जेल सयवटा पोई मर्ने बेला कोही कोही।

------------------------------   ----------------------------------     -----------------------------------------------

 

. नहुनु मामा भन्दा कानो मामा निको।

- Half a loaf is better than no loaf.

 - Something is better than nothing.

. नाच्न जान्दैन आँगन टेढो।

- A bad carpenter quarrels with his tools.

. पापको धन प्रायश्चित।

- Ill-got; Ill-Spent.

. बाठो लड्छ तीन बल्ड्याङ् लाटो लड्छ एक बल्ड्याङ्।

- Too much cunning overreaches itself.

. बाँदरको हातमा नरिवल।

- Casting pearl before swine.

 

. साउनमा आँखा फुटेको गोरूले बार्है महिना हरियो देख्छ।

- Everything looks yellow to a jaundiced eye.

. भन्ने बित्तिकै सबै कुरा हुँदैन।

- Rome was not built in a day.

. भालुलाई पुराण सुनाएर के हुन्छ।

- Crying in wilderness.

. रातभरी करायो दक्षिणा हरायो।

- Crying in wilderness.

१०. भेंडा भेंडासित बाख्रा बाख्रासित।

- Birds of feather flock together.

 

११. ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो।

- Man proposes God disposes.

१२. मच्चियो मच्चियो थच्चियो।

- Much cry and little wool.

१३. मनको लड्डु घ्यूसित खानु।

- Building castle in the air.

१४. मरेको बाघको जुँगा उखेल्नु।

- Flogging a dead horse.

१५. माग्नेलाई तातो भात।

- Beggars must not be choosers.

 

१६. मीठो कुराले पेट भर्दैन।

- Fair words butter no parsnips.

१७. मुखमा रामराम बगलीमा छुरा।

- A honey tongue a heart of gall.

१८. केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश।

 १९. साँढेको जुधाई बाच्छाको मिचाई।

 २०. ओरालो लागेको गाईलाई मृगले पनि लखेट्छ।

 

२१. भण्डारीले भन्दियो, गोतामेले गोद दियो।

 २२. काम गर्ने कालु मकै खाने भालु।

 २३. मनको लड्डु घ्यूसँग खानु।

 २४. काम गर्ने कालु जस पाउने ढेँडु।

 २५. चिप्लो चाप्लो त्यसै दुख् थाप्लो।

 

२६. उही नाम्लो उही कुम्लो।

 २७. ढुंगाको भर माटो, माटोको भर ढुंगा।

 २८. कुसाइतमा पञ्चेबाजा।

 २९. फलामले फलाम काट्छ।

 ३०. केटी हेर्नै नपर्ने केटो बोल्नै नपर्ने।

 

३१. हिंडने गोरूले चुटाई खान्छ।

 ३२. ले ले बाबु गुलेली मारिदिउँला जुरेली।

 ३३. काम साँचे आफूलाई खान साँचे अरूलाई।

 ३४. आँखाको तिरिमिरि … … को झ्याईं।

 ३५. घर्तीको अर्ती सुन्नु।

 

३६. आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको।

 ३७. बाघ बूढा स्याल तन्नेरी।

 ३८. बूढा मरे भाका सरे।

----------------------   --------------------------  -  ---------------------------------------------------