Friday, May 28, 2021

भावपूर्ण श्रदान्जली

                                       भावपूर्ण श्रदान्जली


जन्म मिति :   माघ १४  गते, १९९८                                                        स्वर्गारोहण मिति :ज्येष्ट ३  गते , २०७८ 

   

स्व गोपाल बहादुर श्रेष्ठ 


  यस नेपाल क्यान्सर हस्पिटल एबम रिसर्च सेन्टरका संचालक समिति सदस्य श्रीमती स्वरुपा श्रेष्ठज्यु र ई संजय श्रेष्ठज्यु का पुज्यनीय पिताजी स्व गोपाल बहादुर श्रेष्ठज्युको असामायिक स्वर्गारोहण भएको आज   औ  पुण्य तिथीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडीमा शोक सन्तप्त परिवार जनप्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी कामना गर्दछौ। 

                           

                        नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च परिवार  

मातृशोक

 आफ्नो परम पुज्य पिताजीको देहाबसन भएको ३५ दिन नपुग्दै आफ्नी ममतामयी माताजीलाई पनि गुमाउनु जस्तो असह्य पिडा के हुनसक्छ ? तर प्रभुको लीला , यस नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )मा कार्यरत नर्सिङ्ग सुपरभाइजर बिद्या राईलाई पितृ मातृशोकको बज्रपात एकै पटक पर्न गएको छ। बिद्या राईका दिबंगत मातापिताप्रति हार्दिक समबेदना सहित बैकुण्ठ बास होस् भनी ईश्वरसँग कामना गर्दै शोकाकुल परिवारहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी प्रार्थना गर्दछौ।

Tuesday, May 25, 2021

मेरो मन्तब्य :चौथो वार्षिकोत्सव

 मेरो मन्तब्य :

आदरणीय महानुभावहरु एबम शुभचिन्तकहरु !


आज ज्येष्ठ २० गते, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरको बार्षिकोत्सबको दिन यस संस्थाको अध्यक्षको रूपमा सानो मन्तब्य  सहितको अवधारणा पेश गरेको छु। यस संस्थामा कार्यरत मेरा स्वास्थ्यकर्मी साथीहरु, मेरा सँगीबोर्ड सदस्यहरू, सम्पूर्ण कर्मचारीसाथीहरु, सेयरधनी महानुभावहरु र सम्पूर्ण शुभचिन्तक जनसमुदायहरु समक्ष यस संस्थाको  चौथो वार्षिकोत्सव मनाउन लागेको व्यहोरा अबगत गराउन पाउदा हामीलाइ अपार आनन्द र गर्व अनुभूति भएको छ ।  यद्यपि यहाँहरुलाइ अबगत नै छ, संसारभरि नै मानबजातीलाई चुनौती दिई उत्पन्न भएको यस कोभिड-१९ (COVID-19) को विषम घडीमा एकातिर हामी सबै लकडाउनको अबस्थामा छौ भने अर्कोतिर यस विषम परिस्थितिको बाबजुद पनि अग्रपंक्तिमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरु अहोरात्र खटिइरहनु भएको छ |


     " नेपालीको  क्यान्सर उपचार नेपालमा नै" भन्ने मूल नाराका साथ राष्ट्रमा व्यापक क्यान्सर उपचारको नेतृत्व गर्ने सोचका साथ यस संस्थाको  स्थापना भएको हो। बितेका केही वर्षहरूमा अस्पतालले आम जनमानसको विश्वास कमाएको छ र नेपाली समाजमा प्रतिदिन अरु  लोकप्रिय भैरहेकोछ। अन्तर्राष्ट्रिय मापदण्डको हेरचाह प्रदान गर्ने  मिशनबाट उत्प्रेरित हाम्रो अस्पतालको चिकित्सा क्षेत्रमा नेपालमा "उत्कृष्टताका साथ हेरचाह" सहित स्वास्थ्य सेवा  प्रदान गर्ने आदर्शप्रति  अडिग छ। यही  जनताको सेवा गर्न हाम्रो दृढ समर्पणले हामीलाई देशको सबैभन्दा विश्वसनीय क्यान्सर अस्पताल बन्न उत्प्रेरित गरेको छ। यस संस्थाको सेवा  धेरै नेपालीको जीवनसँग जोडिएको छ जो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा क्यान्सरबाट प्रभावित भएका छन् र  हामी यस रोगको बिरूद्ध लड्न हातेमालो गर्दै अघि बढिरहेकाछौ ।


     यस विषम घडीमा नेपाल क्यान्सर हस्पिटल परिवारले हाम्रो चौथो बार्षिकोत्सबलाई सधै मनाइरहेको जस्तो रुपमा मनाउन सान्दर्भिक ठानेंन। बरु  चौथो वार्षिकोत्सव मनाउने क्रममा  यस वर्ष हामीले "कोरोनासंग  बाँच्न सिक्नुहोस् (लीर्ण तो लिव विथ चोरोन " र "कोरोनासँग व्यवहार गर्न सिक्नुहोस् (लीर्ण तो देअल विथ चोरोन)" भन्ने नारा रोजेका छौ ।  यो नारालाइ साकार प्राप्त गर्नका लागि हामीले हाम्रो नव स्थापित "गुणतव  नियन्त्रण विभाग कुअलिटी कन्ट्रोल द्देपर्त्मेंट " र संक्रमण नियंत्रण इकाई (इन्फेच्शन कन्ट्रोल उनित ) नब नियुक्त बहुआयामिक व्यक्तित्व प्रमुख कार्यकारी अधिकृत  डा बच्चु कैलाश कैनीको नेतृत्वमा  उच्च प्राथमिकताका साथ लागिपरेकाछौ। हामीले  "आईएसओ ९००१-२०१५  प्रमाण पत्र प्राप्त पाइसकेका छौ भने गर्न हाम्रो अनुपालन पूरा गर्ने कगारमा छौं। हाम्रा लगनशील  कर्मचारीहरूको लगाव र परिश्रममा  हाम्रो अर्को लक्ष्य एनएबीएच र एनएबीएल मान्यता प्राप्त गर्नेतिर लागिपरेका छौ। हामीले उपचारको उच्च निदानको निम्ति मोलेकुलर प्रयोगशालाको शुभारम्भ गरिसकेका छौ भने अहिलेसम्म यस देशमा अभ्यास नगरिएका केही थप सेवाहरूओन्को फर्टिलिटी क्लिनिक, डीभीटी क्लिनिक, पेडियाट्रिक ओन्कोलॉजी क्लिनिक शुभारम्भतर्फ अग्रसर छौ। 

      म  एक निजी संस्थाको रूपमा गर्व गर्दछु कि हामी विपन्न र अशक्त वर्गहरुको भलाई र कर्तव्यको लागि पनि  आफ्नो कर्तव्य बिर्सेका छैनौं।  गरीब निमुखा जो  क्यान्सरको उपचार गर्न असमर्थ नेपालीहरुलाई हामीले  विभिन्न दान-पुण्य गतिविधिहरूको माध्यमबाट सक्दो  मद्दत गर्न सधैं अग्रसर भएकै छौं। म उनीहरूको लागि अत्यन्त आभारी छु जसले आफ्नो पक्षबाट निःशुल्क र अनुदान प्राप्त उपचार प्रदान गर्न योगदान पुर्‍याउदै आउनुभएकोछ ।

   अन्त्यमा, यस अस्पताललाइ आजको स्थितिसम्म पुर्याउन प्रत्यक्ष/अप्रत्यक्ष, सहयोग गर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारी मित्रहरु, ब्यबस्थापन तथा संचालक समितीका पदाधिकारीहरु, शेयरधनीहरु, सरकारी तथा गैर सरकारी संस्थाहरु, स्थानीय समितीका महानुभावहरु लगायतका सम्पूर्ण शुभचिन्तकहरुप्रति हस्पिटल परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ। साथै आशा पत्रिका समयमै प्रकाशित गर्न सफल  सम्पादकीय टोलीलाई पनि धन्यवाद दिन चाहन्छु। 

 साथै  यस कोभिड-१९ को  विषम परिस्थितिमा पनि संयमतापुर्बक अहोरात्र सेवामा खटिइरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरुलाइ म ब्यबस्थापन तथा संचालक समितिको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु।


  यस कोभिड-१९को महामारीमा उच्च साबधानी र सतर्कता अपनाउदै आफू बचौ , आफ्नो परिवार र समाजलाई पनि बचाऔ। 


   --- सुदिप श्रेष्ठ, 

कार्यकारी  अध्यक्ष, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

Sunday, May 23, 2021

बर-पीपलको छहारी मुनी !

 बर-पीपलको छहारी मुनी !

डाडाकाडा काटेका बटुवा ती !
भारीले थिचिएका भरिया ती !!
थकान मेटी पसिना पुछी !
बर-पीपलको छहारी मुनी !!
--------------------१ ------------------
चराको चिर्चिरे चिर्चिरे स्वर !
हावाको सिर्सिरे सिर्सिरे बहाव !!
छेवैमा हरित चरन सानी !
बर-पीपलको छहारी मुनी !!
------------२ --------------------------
शैशब काल गरी गौचरण !
देखभाल गर्दै भैसीको बथान !!
बस्ने चौतारी बतासे मुनी !
बर-पीपलको छहारी मुनी !!
---------३ ---------------------
गाईको घन्टी आबाज सुन्दै !
बाघगोट्टी गोठाला खेल खेल्दै !!
बस्ने चौतारी बतासे मुनी !
बर-पीपलको छहारी मुनी !!
-----४ -------------------------
डँडिबियो र पानीलौरी खेल्दै !
साधेको गुन्द्रुक बाड्दै र खादै !!
मकै र भट्टका स्वाद अलग्गी !
बर-पीपलको छहारी मुनी !!

Saturday, May 22, 2021

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको चौथो वार्षिकोत्सव

 आज ज्येष्ठ-२० गते ! नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर (Nepal Cancer Hospital & Research Center )को चौथो वार्षिकोत्सव हो। यहाँहरुलाइ अबगत नै छ, संसारभरि नै मानबजातीलाई चुनौती दिई उत्पन्न भएको यस कोभिड-१९ (COVID-19) को विषम घडीमा एकातिर हामी सबै लकडाउनको अबस्थामा छौ भने अर्कोतिर यस विषम परिस्थितिको बाबजुद पनि अग्रपंक्तिमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरु अहोरात्र खटिइरहनु भएको छ |

यस विषम घडीमा नेपाल क्यान्सर हस्पिटल परिवारले हाम्रो चौथो बार्षिकोत्सबलाई सधै मनाइरहेको जस्तो रुपमा मनाउन सान्दर्भिक ठानेंन।


            यस अस्पताललाई आजको स्थितिसम्म पुर्‍याउनको  निम्ति यस अस्पतालका स्वास्थ्यकर्मीहरु र कर्मचारीमित्रहरुको अमुल्य योगदान रहेको छ। यहाँहरुको यस अमुल्य योगदानलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ब्यबस्थापन तथा संचालक समितिले उच्च मुल्यांकन गरेको छ। यस विषम परिस्थितिमा पनि संयमतापुर्बक अहोरात्र सेवामा खटिइरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरु लगायत कर्मचारी मित्रहरुलाइ म ब्यबस्थापन तथा संचालक समितिको तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु।

यस विषम परिस्थितिको अन्त्यपछि हामीले अबश्य पनि बार्षिकोत्सबलाई सधै मनाइरहेजस्तै रुपमा मनाउने जानकारी गराउन चाहन्छौ । साथै यस अस्पतालको सेवालाई बिश्वास गरी यहाँहरुलाई सेवा गर्ने अवसर प्रदान गर्नुहुने सबै बिरामी तथा बिरामीका परिवारजनहरुमा धन्यबाद ज्ञापन गर्दै यहाँहरुको अपेक्षालाई पूर्ण गर्ने प्रतिबद्दता पनि जाहेर गर्दछौ।

अन्त्यमा यस अस्पताललाइ आजको स्थितिसम्म पुर्याउन प्रत्यक्ष/अप्रत्यक्ष, सहयोग गर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारी मित्रहरु, ब्यबस्थापन तथा संचालक समितीका पदाधिकारीहरु, शेयरधनीहरु, सरकारी तथा गैर सरकारी संस्थाहरु, स्थानीय समितीका महानुभावहरु लगायतका सम्पूर्ण शुभचिन्तकहरुप्रति हस्पिटल परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौ।


--- सुदिप श्रेष्ठ, 

कार्यकारी  अध्यक्ष, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर