Saturday, November 25, 2023

Thursday, November 9, 2023

मेरो परिचय , मेरो कवितामा

 “मेरो परिचय , मेरो कवितामा "


मेरो परिचय कसरी दिलाऊ !
मेरो चिनारी कसरी खुलाऊ !!
कबि म हैन काब्य सिर्जनाको !
न पोख्त नै छु छन्द कविताको !!
----१----------------------------
सोहोरी मनको बह एक लेख्छु !
पीडा र बेदना कलमले म पोख्छु !!
सिर्जेर पंक्ति बनेछ तुक्का !
स्वयं दर्पण बनी कबिता !!
---२------------------------
म चाँदनीको उज्यालो रमाउछु !
नौलाख तारा गनेर रमाउछु !!
यही रमणीय शब्द जुनतारा !
सिगारिएछ है बनी कबिता !!
----------३------------------
झरनाको पानी छचल्केर झर्छ !
यही छचल्कोले दुई शब्द कोर्छ !!
छताछुल्ल पोखिई हृदयमा !
सिर्जित भएछ अर्को कबिता !!
-----४------------------------------
सप्तरंग इन्द्रेणीले रंग छर्छ !
मनको भावमा एक दृष्टि पर्छ !!
रंगले उमार्छ शब्द सिर्जनामा !
टुपुल्किएर भई कबिता !!
--------(समाप्त)---------------
--इ. दीपक यात्री

Monday, September 18, 2023

हरितालिका तीजको शुभकामना

       हरितालिका तीजको उपलक्ष्यमा यस नेपाल क्यान्सर हस्पिटलमा कार्यरत सम्पूर्ण  महिला दिदी बहिनीहरूमा र यहाहरुको परिवारमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै सबै महिला कर्मचारीहरुको  सुस्वास्थ्य तथा आरोग्यता एबम मनोकामना पुरा हुन सकोस भनी शुभकामना प्रकट गर्दछौ !

          --  प्रार्थी , डा सुदीप श्रेष्ठ 

              कार्यकारी अध्यक्ष , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 

Thursday, August 24, 2023

सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

 सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

झिलिमिली दीपजस्तै दाजै तिमी बलिरहे 

ओखरको गेडा फोडे आयु  लामो भन्दै 

कचौरीमा तेल दाजै तिम्रो  भाग्य भन्दै

----------1 --------------------------------

सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

झिलिमिली दीपजस्तै दाजै तिमी बलिरहे 

-------------------------------------------

दीपक हौ दाजै तिमी दीप जस्तै हासीरहे 

शरदको ऋतु म हू जुगै जुग बाचिरहे 

मालाजस्तै बुन्न सकू, खुशी फूल मैले 

त्यही मालामा गासिरहे सुख शान्ति जैले

--------------------------------------------

सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

झिलिमिली दीपजस्तै दाजै तिमी बलिरहे 

---------------------------------------------

दुबोले नै पुजेकी छु  तिम्रो शिर मैले 

पूर्णिमाको जून जस्तै झुल्क दाजै पहिले 

सप्तरंगी टिका दाजै तिम्रो निधारैमा 

चम्क सधै तारा जस्तै औशी अधेरीमा

-----------------------------------------------

सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

झिलिमिली दीपजस्तै दाजै तिमी बलिरहे 

--------------------------------------------------

सयपत्री फूलजस्तै ढकमक्कै फुलिरहे

झिलिमिली दीपजस्तै दाजै तिमी बलिरहे


रचना मिति : २०८० भदौ ७ गते 

निधारमा लर्काएर सप्तरंगी टीको

     ----दिनेश अधिकारी 

‘निधारमा लर्काएर सप्तरंगी टीको

हिँडिरहु सधैँ तिमी शिखरको बाटो ।

ओखरमा फोरिदिए बाधाहरू मैले 

जता पनि पुग दाजै घामभन्दा पहिले ।।’

चहचह पिङ्ग हैन माया झुलेको छ। 

सयपत्रीसंग मेरो खुशी फुलेको छ ।। 

अंग अंग पुजेकी छु तिमीलाई मैले। 

जता पनि पुग दाजै घामभन्दा पैले ।। 

आगनले भैलीनीको भाका पाएको छ । 

घर सम्झी परदेशी फर्की आएको छ ।। 

मालाभारी उनकी छु, आफ्नो खुशी मैले । 

जता पनि पुग दाजै घामभन्दा पैले ।। 

Wednesday, August 16, 2023

घुमेरै आयो तीजको चाड (तीजको गीत )

 "तीजैको बेलैमा "

लै लै लैबरी लै 


घुमेरै आयो तीजको चाड

लै लै लैबरी लै

 शिवको महिमा 

है है है  है है 

गाएर गीत, दिदी र बहिनी बढाउछौ गरिमा -----२ 

-------------१ ------------------------------

माइतीको घर, माइतीको पिढी माइतीकै आगन !


कान्छी र माइली , साईली र काइली साथी र सगीन !!

ए है तीजैको बेलैमा ----२ 

ल है तीजैको बेलैमा ---२ 



दिदी र बहिनी मिलेर संगै

लै लै लैबरी लै

 माईतीघर जाऊला !

है है है  है है 

नाच्दै र गाउदै आमाको हातको मीठो  दर नै  खाउला --२ 


है कौसीमा बस्दै बाबा र आमा छोरीलाई कुर्दैछन 

आगन दिलमा परेवा जोडी घुरेर बस्दैछन 

आ है तीजैको बेलैमा ---२ 

लै लै लैबरी लै

लै लै लैबरी लै

लै लै लैबरी लै


 किन्दिनोस स्वामी रातोमा सारी चुरा 

लै बरी लै 

धागो मा त्यो चुरा

किन्दिनोस स्वामी टिका र पोते सोह्र र शृंगार 


मरेर तर संसार भर लानु पो के छ र !

दुई दिने चोला भोलि के होला खानु पो के छ र !!

आ है तीजैको बेलैमा ---२ 


भदौरे झरी, घरीमा घरी 

लै लै लैबरी लै 

 भदौरे झरी, घरीमा घरी 

दर्किन्छ झन झन

माइतीको देश यो परिवेश सम्झिन्छ यो मन -२ 


आमाको काख , बाबाको साथ सम्झेर दिन दिन 

कुटुक्क खान्छ कलेजी कुना बाडुली छिन छिन 

ए है तीजैको बेलैमा 

लै लै लैबरी लै 

लै लै लैबरी लै 


बसेर ब्रत महादेव पूजा

लै लै लै 

मिलेर गरौला

हे भोले बाबा सधै नै तिम्रो शरण परौला -२ 


शिवको पूजा गरेर दूध देउताको चढाउला 

साथी र संगी मादल ठोकी नाचगान गरौला 

मनका पीडा बिसाई सधै 

लै लै लैबरी लै 

मनका पीडा बिसाई सगै  कम्मरै भाचौला 

है है है 

तीजको पर्ब हर्ष र उल्लास हासेरै बाचौला -२ 

अर्को साल फेरी आउला नी तीज नाचगान गरौला 

जाम्लानी माईत , खाम्लानी दर दिदीबहिनी जमौला 

आहै तीजैको बेलैमा 

Thursday, August 10, 2023

तीजसम्बन्धी टुक्का कविताहरूः

 अभ्यासको क्रममा संकलन गरिएका नारी श्रष्टाहरूका तीजसम्बन्धी टुक्का कविताहरूः

@ १
१.
गरीवलाई होच्याउने यो तिज नबनोस्,
गहनाको प्रदर्शनी कहीँ कतै नरहोस्।
२.
शिवजीको सेवा पूजा शान्ति परिवार,
तिजको छ महिमा बुझी मन सपार।
✍️ पौडेल विमुन्स, पाेखरा

@ २
१.
तिज नेपालीको प्यारो चाड छ अशेष,
झल्किन्छ सामन्ति संस्कृतिको अवशेष।
२.
उपयुक्त तरिकाले तीज मनाउँदा,
राम्रै हुन्छ सबैसँग मिली रमाउँदा ।
✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

@ ३
१.
परलाेकतिर कतै बोलाएझैँ लाइरहन्छ,
तिज आउँदा झन् आमा तिम्रो झल्को आइरहन्छ ।
२.
आफ्नै मन नबुझेर आइनँ भाउजू दर खान,
हजुरलाई नि होला नि मन माइतीघर जान ।
✍️ धनु शर्मा, पोखरा

@ ४
१.
कोरोनाले गर्दा पोहोर परार त्यसै गयो,
यसपालीको तीजमा पक्कै राम्रो हुने भयो।
२.
म नाच्छु आऊ सँगिनी तीजको भाकामा गाऊँ,
यसपालीको तीजमा सबै बबाल मच्चाऊँ।
✍️ हिउँकला हाँसी खतिवडा कमलबजार अछाम,

@ ५
१.
तिजैको बेलामा कसलाई लाग्ला नराम्रो
दिदीबहिनी भेट गराउने चाड हाम्रो ।
२.
हिन्दू महिलाहरूको विशेष महान चाड
आऊ दिदीबहिनी हो खुशियाली बाँड ।
✍️ जमुना अाचार्य, काठमाडाैं

@ ६
१.
मिलेर हामी,मनाऔँ आज,शिवको महिमा,
गाएर गीत,तीजको चाड,बढाऔं गरिमा ।
२.
आउँनु दिदी,बहिनी सबै,माइती आँगन,
नारीका सबै,अधिकार ति,दायरा मापन ।
✍️ शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका

@ ७
१.
दीदी बहिनी मिलेर माइतीघर जाउँला,
खुशी हुँदै मिठा परिकारका दर खाउँला।
२.
व्रत बसी महादेवको पूजा पनि गरौँला,
पार्वतीको जस्तै रूपधारी शरण परौँला।
✍️ नानीबाबा अधिकारी, काठमाडौं

@ ८
१.
जति संकट परेनी गर्नै पर्छ सामना,
अठतर सालको तीजको शुभकामना ।
२.
दिदी बहिनी तीजमा माइत जान पाएनन् ,
कोरोनाको डरले नै माइती लिन आएनन् ।
✍️ अम्बिका गिरी, विराटनगर

@ ९
१.
दिदी बहिनी मिली जाऊँ माइती घर,
आमाले पकाएको खाउँला मीठो दर।
२.
बोलाउनु भो माइतीमा मेरो घर शहर,
आमा बाबासित भेट्न लाग्यो मलाई रहर।
✍️ भगवती दवाडी , दमक,झापा

@ १०
१.
दिदी र बहिनी मिलेर हामी रमाइलो गरौँला,
नाच र गान स्वादिलो खान सबै अगाडि सरौँला!
२.
दु:ख र पीडा बिसाई एक दिन कम्मर भाँचौंला,
तिजको माहोल रमाइलो पार्दै हाँसेर बाँचौंला!
✍️ निर्मला शाही ठकुरी, दैलेख

@ ११
१.
सारी चोली लगाएर छमछम नाचौंला
आमा दिदीबहिनीसँगै कम्मर भाचौंला।
२.
तिज आयो घुमेर माइती जान पाइएन
कोरोनाको कहरले दर पनि खाइएन ।
✍️ दुर्गा भट्टराई, मोरङ

@ १२
१.
दर खान आउन पाईन माईत भयो टाढा,
पठाई दिनु यतै भनेकी छु आशा रह्यो गाढा ।
२.
राम्रो सारी मिठो दर पठाई दिनु दाइ,
तिहारमा सिंँगारौला नि सप्तरंङगी लाई ।
✍️ पुष्पा सायरा, बिराटनगर

@१३

वर्ष दिनको तिज यो मनाउन पाएनौँ,
वरपर भेला भई तिज गित गाएनौँ।

जाऊ न कान्छो दिदी घर दर खान बोलाउँन,
नजाऊँ भने मेरी आमा उतै थाल्छिन् टोलाउँन।
✍️ कमला पाण्डे, झापा

@ १४
१.
हेर्दा राम्री देखिन्छिन् गहनाले ती नारी,
मीठो बाेली, सुवासिलो लगाएकाे सारी ।
२.
रमझम गर्ने रहर छ यसपालीको तीजमा
राष्ट्रिय पहिरन छ गुनीयो चोली झुमूँ गीतमा।
✍️ सुरेखा चाम्लिङ्ग, भक्तपुर

@ १५
१.
माइत जान रहर हुन्छ तिजमा जहिले,
आउन मत पाइन आमा माइत अहिले ।
२.
कोरोना त्रास बढ्दा धेरै बन्धन छ गाउँमा,
सकिन आमा आउन त्रास बसेको ठाँउमा ।
✍️ तारा घिमिरे, संखुवासभा

@ १६

चारैतिर झरि बादल उर्लँदाे भेलमा,
हेर साथी हेर संगी छैनन् चरि जेलमा ।

उहिलेकी दु:खी चरी सधैँ बन्धन परी रून्थिन् ,
कहाँ जाऊँ कसलाई सुनाऊँ छट्पटिमा हुन्थिन् ।
✍️ शान्ति याक्साे वन, काठमाडाैं

@ १७
१.
तिजमा माइती मन धेरै,
जान नपाएर रुन्छ मेरै।
२.
तीजका गीत गाईदिन्छु,
माइतीमाया लाईदिन्छु।
✍️ इश्वरी अधिकारी, लमजुङ्ग

@ १८
१.
यो सालको तीजमा म व्रत बस्नेछु,
नाच्नको लागि पनि कम्मर कस्नेछु ।
२.
व्रत बसी स्वामीको आयु बढाऊँ,
शिवजीलाई फूल पाती चढाऊँ।
✍️ कल्पना थामी, सिन्धुपाल्चोक

@ १९
१.
अठत्तर सालकाे धेरै शुभकामना छ तिजकाे
काेराेना छ कहीँ पनि नजाउँ ख्याल गराैँ भीडकाे ।
२.
याे सालकाे तिजमा धेरै हामी नखाऊँ
भीडभाडमा हामी टाढा कतै नजाऊँ।
✍️ लक्ष्मी घिमिरे दहाल
दमक-७ झापा

@ २०
१.
दाजुभाइ हुने चेलीबेटीलाई आयो तिज
सबैको मनमा छायो हर्ष उल्लासको बीज।
२.
चेलीको दुःख सबै बिसाउने ठाउँ
जान मन लाग्छ मलाई आफ्नै गाउँ।
✍️ साधना पाैडेल , अाेखलढुंगा

@ २१
१.
वर्षदिनको एकपटक मात्र आउँछ तीज,
माइती घरको हरेक कुरा लाग्छ धेरै चीज।
२.
के सन्देश ल्यायो चरी माइतीको आँगन,
बाआमा दाजुभाइ कस्ता छन् छिटो भन न।
✍️ कोकिला चौधरी, बाँके

@ २२
१.
माईती लिन अाउँदैनौ बहिनी भनेर ,
दाजुले फोन गरेनन् बस्छु दिन गनेर ।
२.
किनिदेऊ बुढा रातो सारी धागो त्यो चुरा ,
मेरो पनि यत्ति सपना नगर अधुरा।
✍️ कान्छी बिनिता विश्वकर्मा , बाजुरा

@ २३
१.
मारेर तर संसार भर मर्दा पो के लान्छ ?
हुनेले खान्छ मिठाई दर नहुने के खान्छ ??
२.
माइत जान पाउने छैनौ कोरोना कहर,
भएर जम्मा दर खाने नि ! नगर रहर ।
✍️ रचना मोक्तान “यात्री” काभ्रे

@ २४
१.
ठिक छैन आमा यहाँको हाल बेहालै कुचाल,
दुःखीछ मन आउनलाई पाईन मन सम्हाल।
२.
आउलान् फेरि अर्को सालमा तिज भोगौला राम्रा दिन,
जाउँला माईत खाउँला दर रमाउँला एकै छिन।
✍️ दुर्गा अाचार्य, मोरङ

@ २५
१.
बाटो हेरि मेरा माइती दिन गन्ती नगन्नू ,
सन्तोष मान्छु म यहीँबाट आइन नभन्नू ।
२.
समय परिस्थितिले गर्दा मत माइत आउन पाईन ,
यसपाली पनि मेरी आमासँग मैले दर खाईन ।
✍️ बेदु न्यौपाने, काठमाडौ

@ २६

यस पाली तिजमा लिन आउँनु दाजु मलाई माइत,
हजुर आए पछि गर्ने छु म पनि छिटो छिटो साइत।

यस पाली पनि म आामा माइत आइन,
हजुरले पकाएकाे दर खान पाइन।
✍️ शाेभा अर्याल
रुपन्देही १४ बुटवल

@ २७
१.
यस पटकको तिजमा घरमै बसी मनाऔँ,
कोरोनाबाट नि आफूलाई सुरक्षित बनाऔँ ।
२.
तिजमा माइत गइएन कोरोनाको खेलले,
मौसम पनि राम्रो छैन बाढी , पहिरो भेलले ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ १ काठमाडौँ

@ २८
१.
तिज आयो गाउँ घर रमझम गराउदै,
माइती सम्झी मै चेलीलाई रुने बनाउदै।
२.
हुनेलाई दसैं, तिहार, तिज आउँछ,
गरिबलाई सम्झदा मुटु बिजाउछ।
✍️ हिमा आर.सी
मेहेलकुना सुर्खेत

 

यसैगरी सो अवसरमा पुरूष श्रष्टाहरूका टुक्का कविताहरू पनि अभ्यास गरिएको थियोः

@ १
१.
आउ चेली माईतमा तीज मनाऔँ,
दर खाई हाम्राे पर्व भव्य बनाऔँ।
२.
पीडा भुल्न माइत आऊ मनमा माया भरेकाे,
कति रुँदै बस्छ्यौ पराई घरमा दुःख गरेकाे।
✍️ तारा प्रसाद चापागाईं

@ २
१.
आमा दर पकाउँछिन् दिदी लिन आएको,
खै,सुनेको बहिनी? डाँडाबाट बोलाएको।
२.
भान्जा बोक्नु दिदी तिमी,म भान्जी बोकौँला,
बसमा भीड होला ट्याक्सी आए रोकौँला।
✍️ म्याम राज राई, जापान

@ ३
१.
हावाको मार्फत चेलिलाई निम्तो गरेको,
सेतो कगज पानामा फुलबुट्टे अक्षर भरेको।
२.
अनुग्रह गरेकोछु वाल्यकालका ति सबै याद बुनेर,
यो निमन्त्रणा पत्रभित्र बिना पूर्वाग्रहको सद्भाव उनेर।
✍️ होम प्रसाद नेउपाने, धरान,सुनसरी

@ ४
१.
तीज आयो दिदीबहिनी जुराऊ छिट्टै साइत,
आउनैपर्छ यसपालि त चेलीबेटी माइत ।
२.
तिम्रै बाटो कुर्छिन् आमा कुर्छौँ हामी दाजुभाइ,
चेली आउँदा घर उज्यालो लाग्छ हामीलाई ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

@ ५
१.
चुलै निम्ता गर्दछु दर खानेको,
खानेको छ व्यवस्था छैन लानको।
२.
उपहार ल्याउने कुनै कष्ट नगर्नू,
इज्जत ख्याल गरेर तल नझर्नू।
✍️ घनश्याम पौडेल, सृजना चोक
पोखरा

@ ६
१.
कसको निम्तो मान्नु होला यतै आइज भन्छन्,
पुग्न फेरि पाएको हुन्न गोजीका पैसा गन्छन् ।
२.
निमन्त्रणा आएपछि नगई नहुने रहेछ,
दुई दिनको हाम्रो जिन्दगी यो पाहुना भएछ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरंग, हाल- प्रवास

@ ७
१.
एकातिर काेराेनाकाे मडारियाे कहर ,
अर्कोतिर बाढी अायाे बढारियाे शहर ।
२.
आइदेउ चेली गाइदेऊ नाच्देऊ कम्मर मर्काएर ,
हाँसीहाँसी मनाइदेउ तीज माइतीकाे घरमा आएर ।
✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

@ ८
१.
भुल्यौ क्यारे नानी नाता बाबु आमा सितको,
सम्झेर आऊ यस पाली चाड आयो प्रितको ।
२.
बाबा आमा रोगी दम सुगरको असक्त,
निमन्त्रणा गरे यही भए नानी मा व्यस्त ।
✍️ सूर्य मणि रेग्मी, चितवन

@ ९
१.
दर खान निम्तो दिएँ सबै दिदी बैनी आजलाई,
स्वागत गर्छौ सबै मिली हामी अब दाइभाइ ।
२.
माया स्नेह प्रेमले चेली माइती आउने,
दिदी बहिनी र साथीसँग गीत गाउने ।
✍️ माधव पोखरेल गोज्याङ्ग्रे
उदयपुर गाईघाट हाल ताप्लेजुङ

@ १०
१.
दर खाने यो रहर
पाक्दैछ गाउँ शहर।
✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती-३,काभ्रे

@ ११
१.
तयार भई बस्नु तिमी कान्छो आउँदै छ लिनु,
उपहार पनि बोकी ल्या’को छ ज्वाइँलाई दिनु।
२.
निम्तो मात्र हैन बैनी गाडी पनि आ’को छ लिन,
चाँढै आऊ कान्छोसँग आजै हो दर खाने दिन।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग।

@ १२
१.
माइती चेली सम्बन्ध अझ प्रगाढ पारेर,
प्रेमले हासौं खुशीले बाचौैैं सद्भाव खारेर।
२.
हुँदामा खाने हुनेमा खाने विभेद नगरी,
मनाऔं तीज देशका कुना गाउँ र शहरी।
✍️ त्रिलोचन भण्डारी
मेचीनगर,झापा

@ १३
आज दर खाने दिन चुले छ निम्तो सबैलाई,
तीज आयो चेलीबेटी रामाऔँ तिजेगीत गाई ।

म बनाउँछु खीर दही काँकरीको अचार,
आऊ चेलीबेटी माइती घर शून्य नपार ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

@ १४
१.
देश, परदेशका चेली आउनु मेरो घर,
बनाएर खुवाउँछु सबैलाई मिठो दर ।
२.
निस्ताएको छ नि घर आगनफ
तिमी आए खुसी हुन्छ यो मन ।
✍️ रिजाल विनोद, बेलबारी माेरङ्ग

@ १५
१,
एसपालिको तिजमा अाँईन अर्कोसाल अाउँने,
माँईतीको अाँगनिमा बसेर पुजापाठ लाउँने।
२,
बाहिर जति हाँसे पनि भित्री भित्रै रुएको,
तिज मान्नु नपाएर आँसुले मुख धुएकाे।
✍️ लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा

@ १६

दिन त केही सकिन धेरै थिए चाहना,
दिदी बहिनीलाई तिजको शुभकामना।
२.
आएनन् कोही दिदी बहिनी भनी,
आमा रुँदै छिन् एक्लै पागल बनी।
✍️ जगत थापा, बझाङ्ग

@ १७
१.
तिमीलाई यो तिजमा निमन्त्रण छ मनबाट,
चेली माइत आउँदा पो रमाइलो भेटघाट!
२.
रातो सारी पहेंला गहना ओठमा मुस्कानसँग बाँचे!
सौभाग्यको व्रत बसी भोकै होइन बलियो भई नाचे!
✍️ भूषण जंग, ललितपुर
हाल अस्ट्रेलिया