Monday, July 17, 2023

कक्षागत गीतहरु

 कक्षा १: 

हामी धेरै साना छौ, हाम्रो मुटु सानो छ,

यो सानो मुटुमा बिशाल देश छ 

यो देशलाई उठाउने हाम्रो सानो हात छ

यो सानो हातको पौरख ठूलो छ

कक्षा २: 

कति राम्रो हाम्रो देश आफ्नै बोलि आफ्नै भेष 

देश छैन सानो यो हिमचुली नै छानो हो

चन्द्र सूर्य ध्वजा लिई माथि माथि जानु हो

कक्षा ३: 

श्रीपेच हेर क्या राम्रो, नेपाली हाम्रा राजाको

ज्योतीले यसको ढाकेको यो देश सारा छपक्क

बल्दछ यसकै गौरवले नेपाल हाम्रो धपक्क

कक्षा ४: 

नेपाल आमा कहिँ छौ घाम कहिँ छौ छाँया हे

परन्तु सारा सन्तान माथि एउटै माया हे 

गण्डकी कोशी कर्णाली भेरी र महाकालीको

यो देश मेरो सोरठी घाटू भैलो र ख्यालीको

हजार तीर्थ हजार मेला हजार पर्व हे

परन्तु एउटै आँगनमा खेल्ने सुखको स्वर्ग हे

कक्षा ५: 

यो  मेरो  देश  नेपाल  हेर  कति  छ  रमाइलो | 

यो  मेरो  देश  नेपाल  हेर  कति  छ  घमाइलो |

खोला र नाला हरियो वन हिमाल हाँसेको

डाँफे र मुनाल मयूर छ यहाँ हेरन नाचेको

लेक र वेसी तराई पहाड क्या राम्रो मिलेको

कक्षा ६: 

देशको माटो रम्न सके रम्छ नेपाल 

यहि माटो गल्न सके बन्छ बिशाल 

पहरा छन् गुराँसका यिनै लेक वेसी

रमेका छन् डाँफे मुनाल हिमचुली देखि

भृकुटी र सीता अझ आई डुल्न सक्छन्

जनक बुद्ध अझ अरु ज्ञान छर्न सक्छन् 

कक्षा ७:

हिमाल बोल्छ, पहाड बोल्छ, तराई बोल्दछ 

पहरा बोल्छ, छहरा बोल्छ, नेपाल बोल्दछ 

उन्नत हाम्रो सगरमाथा विश्वको शिर हो

विश्वमा उच्च गौरव राख्ने नेपाली वीर हो 

कक्षा ८:

तराई हेर कति राम्रो हरियो वन हुनाले 

पहाड हेर झनै राम्रो गुराँस फुल्नाले 

म त हेर त्यसै राम्रो यसै राम्रो

त्यसै राम्रो नेपाली हुनाले

सगरमाथा मेरै आफ्नो शिर भइदिनाले

कक्षा ९:

हे वीर हिड अघि सरि, नहटाई पाउ रति भरी

यो मातृभूमि नेपालको भई वीर पराक्रमी सन्तति

खुकुरी, संगीन, तलबार, हतियार जे छन् सामुमा

नपरोस् यदि तिमी वीर हौ भने वीरका ति छातीमा

कक्षा १०:

जय जय काली जय जय गोरख 

हाम्रा रगत ले कोरिएका सीमारेखा मेटेर मेटिन्नन् 

हाम्रो किल्लामा गाडिएका खाँबाहरु भाँचेर भाचिन्नन्

हामी नेपाली जन्मै देखि स्वतन्त्र छौ

हामीलाई कसैको परतन्त्र स्वीकार छैन

हामीलाई कसैको दासत्व स्वीकार छैन

हामी नेपाली जन्मै देखि स्वतन्त्र छौ

सामुहिक गान:

हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ 

कहिले नझुक्ने शिर उभेको स्वाभिमानी नेपाली हुन्छ

विश्वको कुना काप्चामा खोज, नेपालीको मूटुमा खोज

त्यहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजा रानी हुन्छ


No comments:

Post a Comment