Sunday, July 23, 2023

मिठो बोल भन्छ सुगा मलाई


"मिठो बोल भन्छ सुगा मलाई"


मिठो बोल भन्छ सुगा मलाई !

तन्नेरी नै छस भन्छ जुगाँ मलाई !!

सारंगीको धूनले  मीठो बोले झैँ  !

शंखको उद्घोषले पुजा गरे झैँ  !!

भन्छिन षोडशी तिमी राजकुमार !

यौबन भरिको तिमी दिकपाल !!

मिठो बोल भन्छ सुगा मलाई !

तन्नेरी नै छस भन्छ जुगाँ मलाई !!

---------१ --------------------------

ऊनी भन्छिन मलाई डरदै नडरने ! 

सधै सूर्यमा झैँ धपधप बल्ने !!

ऊनी भन्छिन सुन झैँ गल्दै नगल्ने !

मणी झैँ अध्यारोमा पनि धप्प बल्ने !!

तेल म थप्छु, तिमी अर्ग बन्नू !

गीत म लेख्छु, तिमी भाव बन्नू !!

मिठो बोल भन्छ सुगा मलाई !

तन्नेरी नै छस भन्छ जुगाँ मलाई !!

----------------२ -----------------------------

ऊनी भन्छिन मलाई ज्योती दीपक !

बल्नुपर्छ औशीमा छर्दै प्रकाश !!

ऊनी लेख्छिन ममा प्रेम कहानी !

हासो र रोदन साझा जिन्दगानी !!

अनुरागी भन्छिन देह बिनाको !

बन्दैन छाया तिमी बिनाको !!

मिठो बोल भन्छ सुगा मलाई !

तन्नेरी नै छस भन्छ जुगाँ मलाई !!

----------------३ ---------------------

        (समाप्त )

No comments:

Post a Comment