Thursday, June 2, 2016

"आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी"

आज नारी दिवस !
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ।
यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलाः क्रियाः ॥
अर्थात् जहाँ नारी पुजिञ्छिन;त्यहाँ देवता खुसी हुन्छन |
यही दिवसमा नारीलाई श्रद्धा गर्दै हरफहरु :
...
"आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी"

चौडा आकाश बिशाल छाति भएकी,मायालुकी खानी ती !
धरती झैँ सहनशील मुटु भएकी, लजालु स्वभावकी !!
फूलको रंग छर्केर हो कि चेहरा ,पुर्णिमाकी चादनी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
--------------१-----------------------------------------
पानी झैं पारदर्शक मन उनको,दिल बगैचा जसै !
फक्रेका फूल छर्दै सुबासभरिको ,स्वर्गिए संसार झैँ !!
आधा मात्रै नभन हक उनको ,हुन्छिन अर्धांगिनी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
------------------२------------------------------------
सीताको अगनी परिक्षा हेरौ वा ,द्रौपदीको हरण !
सत्यवान सावित्री पतिब्रतामा,जीवन औ मरण !!
छोरीको रुपबाट सिर्जित उनी,बन्छिन माता पोषणी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
------------------३----------------------------------------
चुलाचौका नातेदार ईष्ट सबकी ,सत्कार हुन् घरकी !
कोमल छन् तर कमजोर हैनन् ,श्रिङ्गारकी पारखी !!
खुशी होलान देबगण भुवनका ,खुशी रहे नारी ती !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
-----------४---------------------------------
----------(समाप्त )--------------

“ऐसेलु र काफलको सम्झनामा”

अहो ! चैतेको होलि पर्व आइसकेछ | चैतेको होलिसंगै काफल र ऐसेलुको सम्झना ! सम्झदै मुख रसाएर र दिल रमाएर आउछ | ठुलाकोटको छेडो खोला र भित्तेरीका ती काफल र ऐसेलुको सम्झनामा दुई हरफहरु टक्रयाउदै :

“ऐसेलु र काफलको सम्झनामा”

ऐसेलुले पहेलिई ,डाडापाखा भरे होलान !...
चैतमास खडेरीमा,पात वैली मरे होलान !!
कोईली र न्याउलीले,काफल पाक्यो भने होलान !
मैले चाख्यो उत्तर दिने कोही साथी छैन होलान !!
---------------एक -------------------------------
बैजनरुपी काफलको ,अम्लरुपी स्वाद थियो !
साना गोला दाना देख्दा,आत्माभित्रै रमाउथ्यो !!
घासपात गर्नजादा,पसिनाले नै नुहाएर !
ऐसेलु र काफल खादा,थकान जति हराउथ्यो !!
-------दुई --------------------------------------
ऐसेलुको कॉडाभित्र ,हातपाखुरा कोतरेर !
टिपी फल रुखॉ चढी,खाको स्वाद बेग्लै थियो !!
काफल पाक्यो! काफल पाक्यो !! गीत गाउने चरीसित !
मैले चाख्यो ! मैले चाख्यो !! भन्ने भाका बेग्लै थियो !!
--------------तीन ------------------------------
ऐसेलु र काफल बेच्दै,पढाई गर्ने साथीसंगी !
स्कूलको शुल्क तिर्ने ,एउटा सादा उपाय थ्यो !!
जिन्दगीको बसन्तमा ,ऐसेलुको बोट जस्तै !
कॉडाबीच रस हाल्ने,बाल्यसखा बेग्लै थियो !!
-----------चार ----------------------------------
----------(समाप्त )--------------
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल
नोट: प्रस्तुत तश्बीरहरु हेर्दा मुख रसाएर आएमा यथार्थ कमेन्ट लेख्न नहिचकिचाउनु होला |

"पीरतिमा मकै "

अहो ज्येष्ठ असारको याम !मकै गोड्ने याम !!
चाहे मकै रोप्ने या मकै गोड्ने या मकै भाच्ने !! आफुलाई त मकैसंग छुट्टै पीरति छ ,आत्मियता छ |
यही आत्मियतालाइ कवितामा पस्किदै :
"पीरतिमा मकै "
...
गाऊघर बारीपाखा, मकैबोटले हरा होलान !
फाडिएर खोरिया ती मकैहरु उम्रे होलान !
हावाहुरी आधीबेरी,मकैलाई कुट्यो कि त !
असिनाको गुनेलीले मकैलाई चुट्यो कि त !!
-----------------१ ------------------------------------
आकासको पानी भरमा, मकैखेती गर्ने गाउले !
हर हर महादेव, पानी बर्साउ भन्दै होलान !!
मकै रोप्दा हलीसंगै,सियो सियो हिड्नेहरु !
अग्लिएका मकैभित्र हासीहासी,गोड्दै होलान !!
--------------------२ -----------------------------
मकै गोड्ने हातहरु,बन्दुक समाई गए कि त ?
मकै पिध्न घट्ट जाने ,सखा लाहुर गए कि त ??
मकै चोर्ने बादरलाइ,भीरसम्म खेद्ने साथी !
मकैजस्तै भुटिनलाइ खाडीतिर गए कि त !!
------३ ---------------------------------------
बिरौटा र बीर्तासम्म ,अर्मपर्म गर्ने संगीसाथी !
असारेको दुधे मकै साथ्, खान आउछु साथी !!
बारीभरी फलोस मकै,पेट पनि नहोस भोकै !
घुन पुत्ला नलागोस ,नछोवोस ब्याध रोगै !!
-------------४ ----------------------
हातमुख जोर्नपरे बरु ,मकै भित्र घैया रोपौ !
बाझो बारी जर्रो टारी ,जतासुकै मकै रोपौ !!
लू खपेको मकै जस्तै ,दुख खेप्ने मर्द छोरो !
मकै हाम्रो प्राणबाली,राष्ट्रखेती नेपालको !!
---------५ -----------------------------------------
(समाप्त )
नोट :यदि मलाई जस्तै हजुरलाई पनि मकैसंग पीरती भए लाइक ,कमेन्ट वा सेयर गर्नु ,नत्र जरुरत छैन |
--इ. दीपक यात्री
सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम
हैदराबाद भारत
स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल