Monday, July 1, 2019

" बनाऔ नेपाल कर्मभूमी "




  " बनाऔ नेपाल कर्मभूमी "

जहाँबाट हिमाल उठेको
हामी त्यहीबाट उठ्न सकौ
जहाँबाट हिउँ पग्लेको
हामी त्यहीबाट बग्न सकौ
किनकि,
भूकम्पपछिको धरहरालाई
पुन: उभ्याउनुछ
सगरमाथाको चुचुरोलाई
 सधै चुल्याउनुछ
----------   --------------
सपनाको तालमा अब
हात हत्तासोले सुकुल बन्नुछ
लैबरी मरुनीका भाकाहरुसंगै
गाउँबस्ती शहर जगाउनुछ
किनकि,
बिहानीको सूर्य उदाए झैँ
बिकासका पुञ्जहरु  फिजाउनुछ
कर्णालीको नदी बगाए झैँ
शिक्षाको ज्योति बगाउनुछ
---------- --------------
ढिकी,जातो तान
मुर्चुङ्गा सारंगीका लयसंगै जगाउनुछ
हलो, गैची कोदाली
"सारेगमपधनिसा" का धुनहरुसंगै चलाउनुछ 
किनकि,
गाँस बास कपासको प्रत्याभूति
हर नेपालीले पाउनुछ
रोजी रोटीको निम्ति
आफ्नै नंग्रा खियाउनुछ
---------- --------------
माटोको किरिया खाएर भन्छु
देशभित्र मात्र छैन
मभित्र देश पनि
छातिभित्र मात्र मुटु छैन
मुटुभित्र बुद्ध पनि
अन्त्यमा,
यो देश रोपिरहू रोपाहाराहरुसंग
यो देश जोतिरहू हली बाउसेहरुसंग
यो देश गोडीरहू खेतालाहरुसंग
---------- --------------
       (समाप्त)
                           ---श्रष्टा : दीपक यात्री
                            प्रमुख सूचना प्राबिधिक
                             नेपाल क्यान्सर हस्पिटल, ललितपुर
                           स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल 
                         सम्पर्क मोबाइल : ९८१३४५६३७४
                                         फोन :०६१-५६०४७६