Friday, April 5, 2019

सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !

नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' , कुशल छन्द कबि एबम साहित्यकारको सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !
बि .स. २०४० सालतिर म कक्षा ४ मा पढ्दै गर्दा मेरो घरछिमेक अर्चलेमा "प्राकृत पोखरा " खण्डकाव्यको बहुतै चर्चा हुन्थ्यो र उहाँको बालकथा 'झगडाको ओखती' महेंद्रमाला पाठ्यपुस्तकमा पढ्नु पर्थ्यो । मेरो सिमित ज्ञानलाई जानकारी भएको आधारमा
काव्य, कथा, समालोचना, नाटक आदि विधामा उपाध्यायका प्रकाशित कृतिहरू निम्न छन् :
१. वरदान (उपन्यास, वि. सं. २०१७)
२. प्राकृत पोखरा (खण्डकाव्य, वि. सं. २०२१)
३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)
४. धर्ती र अकाश (कविता संग्रह, वि. सं. २०३४)
५. शैल सरिता (संस्कृत/कविता संग्रह, वि. सं. २०३४)
६. श्री ५ महेन्द्रालंकार (लक्षणग्रन्थ, वि. सं. २०१८)
७. निम्बार्क चरितम् (संस्कृत, खण्डकाव्य)
८. प्रस्तावना र विवेचना (व्याकरण, वि. सं. २०४३)
९. केलादी घाट (परिचय, वि. सं. २०२१)
१०. अक्षर प्रज्ञा (वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)
११. पद्य-प्रभा (पिङ्गलशास्त्र, सन् २००९)
१२. व्याकरण चिन्तन(व्याकरण, वि. सं. २०६८)
१३. सरल नेपाली: शुद्ध नेपाली(व्याकरण, वि. सं. २०४९)
१४. सरल नेपाली भाषा(व्याकरण, वि. सं. २०६४)
प्राकृत पोखरा नामक खण्डकाव्यका लागि मदन पुरस्कार (२०२१) प्राप्त श्री उपाध्यायको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै छन्दमय हाशीखुशी जीवनका लागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।
नोट : मेरो पोष्टमा उहाँलाई जन्मदिनको शुभकामना कमेन्ट गर्नुहुने जनहरुलाई उहाको कुनै कृति छुटेको भए लेखिदिन अनुरोध छ ।