Saturday, June 8, 2019

अम्बर गुरुङ

"नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न्जस नगर्नुहोला |
नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङ ! राष्ट्रिय गानका संगितकार तथा वरिष्ठ गायक अम्बर गुरुङ !! उहाको आज असामायिक दुखद निधन !!!! अम्बर गुरुङलाई पछिल्लो पुस्ताले नेपालको राष्ट्रिय गानका संगितकारको रुपमा चिन्छन । तर हामीहरु अम्बरलाई "नौ लाख तारा उदाए" देखि "रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो" गीत संगीत देखि नै चिन्छौ | संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति समेत रहनु भएका गुरुङको आत्माको चिर शान्तिको कामना सहित अश्रुपूर्ण श्रद्धाञ्जली । मुर्धन्य संगीतकार अम्बर गुरुङको श्रद्धासुमनमा दुई पंक्तिहरु : "नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न कन्जुस नगर्नुहोला |
Chat Conversation End