Monday, November 25, 2019

Dr. Bijes sir's birthday oct 31st

मेडिकल अन्कोलोजी स्वास्थ्य विधामा एम डि अध्यन पछि एक दशक भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी युबा पुस्ताका सशक्त नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire) । ओम नर्सिङ्ग हस्पिटल र नर्भिक हस्पिटलमा मेडिकल कन्सल्टेन्टको काफि अनुभब लिनु भएका श्री घिमिरे हाल नेपाल क्यान्सर हस्पिटल (Nepal Cancer Hospital & Research Center) हरिसिद्धिको सह-संस्थापक तथा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर घिमिरेका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " र "उत्कृष्टता संग हेरचाह" सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।
-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excitement to celebrate birthday to our eminent & renowned Medical Consultant, Co-founder of NCHRC (Nepal Cancer Hospital & Research Center ) Dr Bijesh Raj Ghimire who earned his MBBS from BVU, India and MD in Medical Oncology from Sun Yat-Sen University, China and carries an experience of more than a decade in Medical oncology. He has rich experience of Medical oncology in Norvic & OM hospital prior to Nepal Cancer Hospital .
He is a co-founder and Vice President of Nepal Cancer Support Group (NCSG) and Executive council member of Asian Clinical Oncology Society (ACOS). He is an active member of American Society of Clinical Oncology (ASC0), European Society of Medical Oncology (ESMO), SAARC Federation of Oncology- Nepal Chapter (SFO-N) among others.
We wish him sound healthy and prosperous life and also wish him to fulfill his dream of "Nepalese cancer treatment in Nepal itself" & "Care with Excellence".
---Nepal Cancer hospital staffs

chairman sudip shrestha's birthday

आज २०७५ साल फाल्गुण ७ गते मंगलबार शुक्ल पुर्णिमा तिथि र प्रजातन्त्र दिवस पनि ।
आज यसै शुभ दिनमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा नेपाल क्यान्सर सहयोग समूह (एनएसजी) का अध्यक्ष वरिष्ठ मेडिकल अन्कोलोजीस्ट डा सुदिप श्रेष्ठ (Sudip Shrestha) को शुभ जन्म दिन पनि । आज उहाँको जन्म दिन मनाउन पाउदा हामी सबै नेपाल क्यान्सर अस्पतालका कर्मचारीहरु अति खुशी र गौरबान्वित भएका छौ ।
अस्पतालको कर्मचारीहरुको तर्फबाट उहाँको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय जिबनको लागि शुभकामना दिदै उहाको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै " ले साकार एबम सफल रुप लिन सकोस भनी इश्वरसंग प्रार्थना गर्दछौ ।
we are delighted to express our heartful wishes and feel proud to celebrate birthday of our Executive Chairman of Nepal Cancer Hospital and Research Center (NCHRC) Dr. Sudip Shrestha (Dr Sudip Shrestha Senior Medical Oncologist )who is a visionary and a pioneer in the field of oncology in Nepal. On the behalf of Nepal Cancer Hospital & Research Center staff ,wishing him on this special day life to be filled with warmth of sunshine, happiness of smiles, sounds of laughter, good cheers and sound health. Also wishing him for grand success on his dream project for a "comprehensive cancer hospital in Nepal " , & " Nepalese cancer treatment in Nepal itself ".
 — celebrating a birthday with Sudip Shrestha and 25 others at Nepal Cancer Hospital & Research Center.


--------------------------------------------------------------

डा सुदिप श्रेष्ठ, नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर (एनसीएचआरसी) का कार्यकारी अध्यक्ष नेपालमा अन्कोलजीको क्षेत्रमा अग्रगामी सुपरिचित चिकित्सक  हुनुहुन्छ सन्  २०१५  मा नेपाल क्यान्सर हस्पिटल उहाँकै नेतृत्व अग्रसरतामा  स्थापना भएको हो।

नेपाल क्यान्सर हस्पिटल सुरु गर्नुभन्दा पहिले डा श्रेष्ठले भक्तपुर क्यान्सर अस्पतालको चिकित्सा निर्देशक विभागीय प्रमुखको   रूपमा सेवा गरेर काफि अनुभब लिईसक्नुभएको नेपाल क्यान्सर हस्पिटल स्थापना अगाडि नेपालमा  क्यान्सर केयर शाखा ओम क्यान्सर केयर सेन्टर जस्ता  महत्वपूर्ण सार्वजनिक अस्पताल स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो    नेपालमा प्यालिएटिभ हेरचाह (२००९) नेपाल क्यान्सर सहयोग समुह (२००९) का संस्थापक अध्यक्ष समेत रहनु भएका ड़ा श्रेष्ठ  क्यान्सर उपचार सहित हेरचाह अन्य पक्षहरु (शैक्षिक, प्यालिएटिभ-- आदि )  पनि अत्यावश्यक हुन्छ भन्ने मान्यता राख्नुहुन्छ  

क्यान्सर रोगको उपचारमा  देशको अग्रणी विशेषज्ञको रूपमा सुपरिचित  ड़ा श्रेष्ठ क्यान्सर सम्बन्धि वक्ता, क्यान्सर सम्बन्धि कार्यक्रमको आयोजक, अन्वेषक   संस्थापकको रूपमा असंख्य क्यान्सर गतिविधिहरूमा संलग्न हुहुहुन्छ   नेपालमा क्यान्सर निवारणका लागि साहसी दूरदर्शी व्यक्तित्व साबित गरिसक्नुभएका  ड़ा श्रेष्ठ कुनै पनि नेपालीले क्यान्सर उपचारको निम्ति भारत अन्य मुलुकमा भौतारिन नपरोस , नेपालमै सबै प्रकारको  सर्बसुलभ उपचार सम्भब होस् भन्ने मान्यताबाट नेपाल क्यान्सर हस्पिटलको स्थापना भएको बताउनुहुन्छ        नेपालीको  क्यान्सरको उपचार गर्न देशको राष्ट्रिय स्वास्थ्य नीति अन्तर्गत राष्ट्रिय स्वास्थ्य बीमाले क्यान्सर उपचारलाई पनि समेट्नु पर्ने धारणा राख्नुहुन्छ
अस्पतालको कर्मचारीहरुको तर्फबाट उहाँको शुभजन्मोत्सवको सुखद उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय जिबनको लागि शुभकामना दिदै उहाको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै "  "उत्कृष्टता संग हेरचाह "ले साकार एबम सफल रुप लिन सकोस भनी इश्वरसंग प्रार्थना गर्दछौ
      ---नेपाल क्यान्सर हस्पिटल परिवार

Dr. Sudip Shrestha, the Executive Chairman of Nepal Cancer Hospital and Research Center (NCHRC) is a visionary and a pioneer in the field of oncology in Nepal. His “dream project” of a comprehensive cancer hospital in Nepal that provided quality cancer care was realized in 2015, when NCHRC was established under his leadership as Executive Chairman.

Before NCHRC, Dr. Shrestha worked as Medical Director and HOD of Bhaktapur Cancer Hospital, helping establish and run this important public hospital, and also played an instrumental role in establishing the Om Cancer Care Centre, the dedicated cancer care wing of a popular private hospital in Nepal. His passion for comprehensive cancer care has led him to envision and set up many organizations dedicated to academic, palliative or other aspects of cancer care. As founding president, he provided the vision and energy for the establishment of Nepalese Association of Palliative Care (NAPCare 2009) and the Nepal Cancer Support group (NCSG 2009). He is also a founder member of Om Health Foundation, a voluntary organization to help poor patients.

As the country’s leading expert on cancer, he has been involved in numerous cancer activities as speaker, teacher, organizer, researcher, or founder. Dr. Shrestha continues being bold and visionary in tackling cancer in Nepal, and wants to help make cancer treatment and control a part of the country’s national health policy, and help cover cancer patients under a national health insurance policy.
we are delighted to express our heartfelt wishes and feel proud to celebrate birthday of our Executive Chairman of Nepal Cancer Hospital and Research Center (NCHRC) Dr. Sudip Shrestha (Dr Sudip Shrestha Senior Medical Oncologist ) wish him on this special day life to be filled with warmth of sunshine, happiness of smiles, sounds of laughter, good cheers and sound health. Also wishing him for grand success on his dream project for a "comprehensive cancer hospital in Nepal " , & " Nepalese cancer treatment in Nepal itself 
       ---Nepal cancer Hospital

Friday, November 15, 2019

नेपाली छन्द अभ्यास पाठशाला

सूचना ! सूचना !! सूचना !!!
नेपाली साहित्यको रसिलो बिधा छ्न्द का अनुयायी तथा प्रेमी सम्पूर्णमा हार्दिक नमस्कार ! विभिन्न कालखण्डमा छन्दमा सजिएका काव्यहरुले नेपाली साहित्यको धरातललाई मजबुत र फराकिलो बनाउँदै आएको तथ्य सर्वबिदित नै छ | संस्कृत साहित्यमा आचार्य पिङ्गलले प्रतिपादन गर्नुभएको छन्दपरम्परालाई पछिल्लो समयमा अझ फराकिलो बनाउँदै नेपाली छन्दका ज्ञाता पोस्टराज चापागाईंले नेपाली हिमालका नामबाट नयाँ छन्दको प्रतिपादन गर्नुभएको ब्यहोरासँग हामी अपरिचित छैनौ | छन्दशिखर"को नाममा प्रकाशित १०१ छन्दमा नियमित अभ्यास चलिरहेको बेला, उक्त अभ्यासलाई सामाजिक संजाल फेसबुकमा संचालन गर्दै आइरहेको "नेपाली छ्न्द अभ्यास पाठशाला " नामको पब्लिक ग्रुपको उक्त अभ्यासलाई थप सशक्तीकरण गर्ने ध्येयका साथ "छन्द शिखर" मा सङ्ग्रहित छन्दहरुमा आधारित रहेर यो ग्रुप गजल सङ्ग्रह प्रकाशन गर्ने निचोडमा पुगेको छ | छन्दमा गजल लेख्दै आउनुभएका तमाम आदरणीय सर्जकहरु तथा "नेपाली छन्द अभ्यास पाठशाला" अभ्यास गर्दै आउनुभएका सम्पूर्ण गजलकारहरूबाट , "छन्द शिखर" मा निहित रहेर लेखिएका गजलहरुको सम्पादक मण्डल अपेक्षा गर्दछ |
नियमहरू –
१) गजल "छन्द शिखर"का कुनै एक छन्दमा लेखिएको हुनुपर्ने छ ! गजलमा छन्दको नाम, गण, सूत्र र विश्राम खुलाइएको हुनुपर्ने छ |
२) गजल नितान्त मौलिक हुनुपर्ने छ |
३) गजलले गजलका सबै तात्विक गुणहरू पालना गरेको हुनुपर्ने छ |
४) काफिया भरसक नदोहोरिएका र दोहोर्याइहाले पनि अत्यन्त चामत्कारिक भाव छोड्ने भए एकपटकसम्म दोहोर्याएका काफियायुक्त गजल स्वीकार गर्न सकिने छ |
५) गजल छनौटको मुख्य आधार भाव र छन्दपक्ष हुनेछ |
६) गजल कुनै साम्प्रदायिक भावमा खलल पुर्याउने खालको भएमा मान्य हुने छैन |
७) अन्य सर्जकका गजलसँग मेल खाने वा बाझिने गजल मान्य हुने छैन, यदि सो प्रकारका गजल प्राप्त हुन आएमा वा अज्ञानतावश छनौट भएमा सम्पादक मण्डल जवाफदेही हुनेछैन |
८) एक स्रष्टाले २ वटा ‘छन्द शिखर’ का छन्दमा आधारित गजल पेश गर्नुपर्ने छ, उत्कृष्ट एउटा गजललाई सङ्ग्रहमा समावेश गरिनेछ, बाँकी १ वटा गजलको गोपनियतालाई सम्पादक मण्डलले सुरक्षित राख्ने छ र गजल संग्रह प्रकाशित भए पश्चात् उक्त अप्रकाशित गजल सर्जकले अन्य प्रयोजनको लागि प्रयोग गर्न सक्नेछन् |
९) सङ्ग्रहको लागि पठाइएका गजल अन्य कुनै पनि माध्यमबाट प्रकाशित नभएको हुनुपर्ने छ र छनौट भएमा पुस्तक प्रकाशन नहुँदासम्म सर्जकले अन्य माध्यमद्वारा प्रकाशन गर्न पाउने छैनन् तथा प्रकाशन भएको थाहा हुन आएमा उक्त गजल रद्द गरिनेछ |
१०) प्रकाशन हुन लागेको छन्द गजल सङ्ग्रहको नाम "शैलहार" हुनेछ ! कुनै सर्जक वा अन्य कोही कसैको आग्रह वा दबाबमा पुस्तकको नाम परिवर्तन हुने/गरिने छैन |
११) सर्जकले छपाइका लागि कुनै शुल्क तिर्नुपर्ने छैन अथवा गजल निशुल्क छाप्ने व्यवस्था सम्पादक मण्डलले गर्नेछ |
१२) गजल संग्रह बिक्रीपश्चात् जम्मा भएको रकम गजलकार, सम्पादक, संरक्षक वा प्रकाशक कसैलाईलाई दिइने छैन। उक्त रकमको आधा बाल विकाश मञ्चद्धारा संचालित कीर्तिपुर स्थित ‘माया घर बालाश्रम’लाई र बाँकी अर्को वर्ष प्रकाशन हुने नया संग्रह वा दोस्रो संकरण प्रकाशनको लागि राखिने छ |
१३) सङ्ग्रह सम्बन्धी सम्पूर्ण अधिकार सम्पादक मण्डलसँग रहनेछ |
१४) गजल छनौटको लागि छनौट समिति रहनेछ तर उक्त समूहका सदस्यको नाम गोप्य रहनेछ |
१५) सङ्ग्रहमा छनौट भएका गजलका सर्जकलाई गजल संग्रहको १ प्रति निशुल्क उपलब्ध गराइने छ |
१६) सार्वजनिक भैसकेका कुनै पनि गजललाई छनौट गरिने छैन र ऐन समयमा अन्यत्र प्रकाशित भैसकेको भन्ने सप्रमाण दावी-विरोध आएमा त्यस्ता गजललाई खारिज गरिने छ |
१७) एकल वा अन्य गजल सङ्ग्रहमा गजल प्रकाशन गरिसकेका सर्जकलाई पनि गजल पेश गर्ने अवसर प्रदान गरिनेछ एवं गजल संग्रहमा अग्रज गजल र अनुज गजल गरी दुई खण्ड राखिने छ |
१८) पुस्तक मोचनमा गजरकारलाई सम्मान पत्र र खादाले सम्मान गरिने छ |
१९) गजल पठाउनुपर्ने अन्तिम मिति यही मिति २०७४ भाद्र ३१ गते हुने छ र तोकिएको समयभित्र सम्पादक मण्डलसमक्ष आई नपुगेका गजल यस संग्रहमा सामेल गरिने छैन |
२०) गजल सम्पादक मण्डलका सदस्यमध्ये कुनै एक सदस्यको फेसबुकको inbox मा पठाउनुपर्ने छ (सबै सदस्यलाई नपठाउनु होला, हामीलाई छनौटको क्रममा समस्या हुनेछ) |
२१) गजल प्राप्त भै सकेपछि छनौट भएको जानकारी सर्जकहरूको नाम फेसबुकमार्फत सार्वजनिक गरिनेछ र कुन गजल छनोटमा पर्योग भनी बताइने छैन । सर्जकले दुबै गजल गोप्य राख्नु पर्ने छ।
२२) गजल परिमार्जन गर्नुपर्ने अवस्था सम्पादक मण्डललाई बोध हुन आएमा, सर्जकसँगको समझदारीमा परिमार्जन गरिनेछ, सो बेहोरा सर्जकलाई ऐन समयमा जानकारी गराइनेछ |
२३) छनौटमा नपर्ने सर्जकहरुले यसलाई साहित्यिक प्रतियोगिताका रूपमा लिई यस्तो निर्णयलाई हार्दिकतापूर्वक एवं इमानदारीपूर्वक स्वीकार गर्नुपर्ने छ ! गजल छनौट नहुनुको कारण तपाईंका गजल नराम्रा हुनु होइन, बरु अन्य सर्जकका गजल तपाईंका भन्दा राम्रा हुनु हो भन्ने बुझाइ हुनुपर्ने छ |
२४) सूचना फेसबुकबाट सार्वजनिक गरिनेछ, कुनै सर्जकले बिर्सेर पनि सूचनाको कमेन्ट बक्समा आफ्ना गजल पोस्ट नगर्नुहोला, यदि त्यसो हुन आएमा सूचना प्रकाशक वा सम्पादक मण्डल जिम्मेवार रहने छैन, सर्जक स्वयं त्यस्को जवाफदेही हुनुपर्ने छ |
२५) गजल संग्रहको संरक्षकमा ‘छन्द शिखर’का स्रष्टा श्री पोष्टराज चापागाईं, सम्पादक मण्डलमा रेशम अधिकारी, कृष्ण भुसाल 'प्यासी', र नारायण 'काइलो' रहनेछन्, त्यसै गरी प्रकाशक गौरी पब्लिकेशन प्रा. लि. काठमाडौ रहने छ |
२६) गजलकारले गजल पठाउँदा गजलमा आफ्नो पूर्ण ठेगाना र एक प्रति फोटो अवश्य पठाउनु पर्ने छ |
२७) ‘छन्द शिखर’ प्राप्त गर्न नसक्नु भएका तमाम सर्जकहरूका लागि केही छ्न्दहरू यसै सूचनाको अन्तिममा राखिएको छ |
२८) साहित्यको छन्द विधामा नयाँ सर्जक खोज्ने र सर्जकलाई उत्पेरणा दिंदै लेखनकार्यमा जुटाई नेपाली छन्द साहित्यको भण्डारलाई अझ फराकिलो बनाउदै लैजाने हाम्रो लक्ष्य र अभियान हुनेछ |
गजल लेखनका लागि केही छन्दहरू –
छन्द, गण, संकेत, विश्राम 1
१.चुरेन, जर, lSl SlS, २
२.काङ्टेगा, मय, SSS lSS, २
३.ताक्फु, ररगु, sis sis s, ३
४ हिउँचुली, नरगु, iii sis s, ४
५ जोम्सोम, ततगु, ssi ssi s, ४
६ ल्होत्से, मतगुगु, sss ssi ss, ४
७ फुँगी, यजगुगु, iss isi ss, ३
८. दोर्जे लाक्पा, यतगुगु, sss ssi ss, ४
९. होङ्दे, सतगुगु, iis ssi ss, ४
१०. पाबुक्काङ, मजय, sss isi iss, ५
११. रोकापी, नमय, iii sss sss, ५
१२. याला, तमय, ssi sss iss, ५
१३. तालुङ, जभर, isi sii sis, ४
१४. स्वेलोखान, मसस, sss iis ii, ३-३
१५ पुथा, ययर, iss iss sis, ३ अर्ध ६ पूर्ण
१६. धम्पुस, नभरगु, iii sii sis s, ४
१७. यान्मेकाङ, मयर, sss iss sis, ५
१८. शेर्सोन, तसरगु, ssi iis sis s, ६
१९. पासाङ ल्हामु, तररगु, ssi sis sis s, ४ र ७
२०. नाम्पा, यभरगु, iss sii sis s, ४
२१. चेओ, जमरगु, isi sss sis s ५
२२. हिमालचुली, जजजगु, isi isi isi s, ५
२३. उर्केमा, मयरगु, sss iss sis s, ५
२४. उराई, ययरगु, iss iss sis s, ५
२५. कागमारा, रतरगु, sis ssi sis s, ५
२६. चेकिगो, रजतगु, sis isi ssi s, ५
२७. घुस्तुङ, भमसगु, sii sss iis s, ५
२८. पत्रासी, यतमगु, iss ssi sss s, ५
२९. गजाङ, रयरगु, sis iss sis s, ६
३०. तासिकाङ, सजजलगु, iis isi isI is, ५
३१. तारेकाङ, नमतगुगु, iii sss ssi ss, ५
३२. तिल्जे, सयतगुगु, iis iss ssi ss, ६
३३. चण्डी, यररगुगु, iss sis sis ss, ६
३४. साम्दोपिक, तयजगुगु, ssi iss isi ss, ६
३५. पाबिल, नभरस, iii sii sis iis, ७
३६. रोमा, यरमय, iss sis sss iss, ४ र ८
३७. गङ्गापूर्ण, जमयय, isi sss iss iss, ४ र ८
३८. अबि, ससजम, iis iis isi sss, ८
३९. सिस्ने, यरजम, iss sis isi sss, ४ र ८
४०. पान्बारी, तरसम, ssi sis iis sss, ६
४१. घिमिगेला, जतयय, isi ssi iss iss, ५
४२. लिन्त्रेन, नरयय, iii sis iss iss, ६
४३. सिंगुचुली, नयसय, iii iss iis iss, ६
४४. चाङ, रजतर, sis isi ssi sis, ७
४५. खोंगमाछे, ययमय, iss iss sss iss, ६
४६. जुम्दुला, यरनर, iss sis iii sis, ६
४७. कोक्थाङ, नरमय, iii sis sss iss, ७
४८. रक्षा, जरजर, isi sis isi sis, ६
४९. गौरीशंकर, मयभर, sss iss sii sis, ६
५०. थापापिक, तयसय, ssi iss iis iss, ६
५१. त्रिपुरा, सययय, iis iss iss iss, ६
५२. पोखाल्दे, मयमय, sss iss sss iss, ६
५३. मानापाथी, मरमर, sss sis sss sis, ६
५४. पिसाङ, नतररगु, iii ssi isi sis s, ४ र ८
५५. खताङ्काङ, ययतमगु, iss iss ssi sss s, ६
५६. राम्दुङ, भतयसगु, sii ssi iss iis s, ४ र ८
५७. थर्पुचुली, यसभरगु, iss iis sii sis s, ६
५८. ड्रङआङरी, नरजरगु, iii sis iss isi s, ४ र ८
५९. कुम्बाचे, जमजरगु, isi sss isi sis s, ६
६०. क्याबुरा, यजतरगु iss isi ssi sis s, ३,७ र १०
६१. आम्फु, रजरजगु, sis isi sis isi s, पाउको अन्त्यमामात्र
६२. भैरव, नरभरगु, iii sis sii sis s, ६
६३. लुम्बासुम्बा, ममतरगु, sss sss ssi sis s, ४ र ८
६४. तुचे, यनतजगु, iss iii ssi isi s, ३ र ७
६५. चोयु, जतसजगु, isi ssi iis isi s, ५ र ९
६६. पाथीभरा, तरररगु, ssi sis sis sis s, ७
६७. लाङ्मोचेरी, रतमयगुगु, sis ssi sss iss ss, ४,८ र १२
६८. लोबुचे, जजरसलगु, isi isi sis iis is, ७
६९. धाग्पाहे, मयररलगु, sss iss sis sis is, ६
७०. गन्धर्व, भतमसलगु, sii ssi sss iis is, ८ मा पूर्ण ४ र १२ मा अर्ध
जय छन्द, जय गजल, जय साहित्य -!
सम्पादक मण्डल
नेपाली छन्द अभ्यास पाठशाला

Thursday, October 31, 2019

साथी सम्पती हुन.....

साथी सम्पती हुन् अमूल्य दीलका, सद्भाबका मूल हुन् !
धर्ती यो फूलबारी हो, सखीहरू फूलबारीका फूल हुन् !!
ऐना हुन् गुण-दोष दर्शाइदिने सच्याउने ब्यक्ति हुन् !
सच्चा मित्र पबित्र निर्झर सरी उत्साह र शक्ति हुन् !!
---कबि सोम खनाल

Friday, October 25, 2019

"मान्छे र मान्छेको परिभाषा "
चार खुट्टा टेकेर घिसृएको मान्छे
भनिरहनु नपर्ला
दुइ खुट्टा टेक्न सजिलै सफल हुन्छ
अंतर्चेतानामा जेलिएको मान्छे
आखिर धर्तीमा अवतरित हुन्छ
आमाको काख च्यापिदै बाबुको हातमा पुग्छ
संसारको संस्कारभित्र आफू अरुको हुन्छ |
------------------------------------------------
मान्छे;
मान्छेकै परिधिभित्र बन्धित हुन्छ
उ बस्तुभाऊको बच्चा जस्तै
जन्मजात हिड्न बोल्नपनि सक्दैन
सायद यसरी नहिड्नु नाबोल्नुमै उ पूर्ण ठहरिन्छ
नारीको सन्ध्याबाट सृष्टी भएको नाङ्गो मान्छे
धरती टेक्नुसंगै उसका अंगहरु ढाकिन्छन
सायद यसरी ढाकिनाले नै उ मान्छे भएको हुनसक्छ|
छैटौ एघारऔ र बर्षौका दिनहरु निम्ताऊदै
उ धर्तिमाथि आफ्नो विजय देखाउछ
सायद;यसरी देखाउनुबाटनै
उसको मान्छेबन्ने शक्ति उद्घाटित हुन्छ |
--------------------------------------------------
अ हँ चाहिदैन चाहिदैन
पशुको जस्तो
जन्मजात हिड्ने र बोल्ने शक्ति मान्छेलाई
यहाँ त् बोल्नुभन्दा धेरै अघि
असत्य र झूठहरु जान्नुपर्दोरहेछ
धर्तीमा आउनुसंगै शरीर ढाकेर
आफू अलिकति अदृश्य बनेको भानपर्दै
आफ्नो गोपनियता सम्झी लुकाउनुपर्दो रहेछ
अरु मान्छेभन्दा चलाख सम्झी
अलिकति छिपाउन सिक्नुपर्दोरहेछ
धर्तीमा खुट्टा राख्नुसंगै
उत्सव र समारोहको शान देखाउन जन्नुपर्दोरहेछ |
-------------------------------------------
त्येसैले त म मान्छे;
झन्डै एक बर्ष प्रयाश नगरी
अगाडी पछाडी हिड्न चाहन्न |
झन्डै दुइ बर्ष संसार अबलोकन नगरी
आफ्नो मुख फोर्न कदापी चाहन्न |
|त्यसैले त;
म मान्छे मान्छेको परिभाषा नगरी
म मान्छे मान्छेको यथार्थ नबुझी
मान्छे हुन चाहन्न
१ )उभिन
२)बोल्न
३) हिड्न
.
.
.
.(समाप्त )
दीपक यात्री
सिनिएर इन्जिनियर, भेरियन सिस्टम
लेखन मिति :कार्तिक १४ गते ,बि.स. २०५६
हाल : हैदराबाद ,भारत
स्थायी ठेगाना :लेखनाथ -६ ,अर्चले कास्की

Thursday, September 26, 2019

कबिबर माधव प्रसाद घिमिरेलाइ एक सतक एक बर्षगाठको लाखौ लाख शुभकामना ।

राष्ट्रबादी एबम अखण्ड राज्यबादी कबिबर माधव प्रसाद घिमिरेलाइ एक सतक एक बर्षगाठको लाखौ लाख शुभकामना ।
खेलेर एरा मृग एक मारी !
बाडी कलेजो जति छन् शिकारी !!
बिलो लियेझैँ शिरमा उनेर !
यो राज्य बाड्ने चिज हैन हेर !!!
थुतिन्छ पत्ता जब खाताबाट !
सिद्धिन्छ शोभा अनि फूलबाट !!
पारिन्छ सत्ता जब खण्ड खण्ड !
रहन्छ के राज्य त्यहाँ अखण्ड !!

Monday, September 2, 2019

सबै भन्दा राम्रो दर्पण एउटा पुरानो मित्र हो: जर्ज हर्बर्ट |

The best mirror is an old friend. सबै भन्दा राम्रो दर्पण एउटा पुरानो मित्र हो: जर्ज हर्बर्ट | 
जर्ज हर्बर्टको यो उद्गारले उधृत गरे झैँ आज मेरो एउटा पुरानो मित्रसंग भेट्न , भलाकुसारी गर्न र संगै खाना खाने अवसर जुर्यो ।
तिनै पुरानो मित्र जो आध्यात्मिक एबम आधुनिक बैचारिक बौदिकताले पोख्त हुनुहुन्छ ,आदित्य खनाल |

Monday, July 1, 2019

" बनाऔ नेपाल कर्मभूमी "




  " बनाऔ नेपाल कर्मभूमी "

जहाँबाट हिमाल उठेको
हामी त्यहीबाट उठ्न सकौ
जहाँबाट हिउँ पग्लेको
हामी त्यहीबाट बग्न सकौ
किनकि,
भूकम्पपछिको धरहरालाई
पुन: उभ्याउनुछ
सगरमाथाको चुचुरोलाई
 सधै चुल्याउनुछ
----------   --------------
सपनाको तालमा अब
हात हत्तासोले सुकुल बन्नुछ
लैबरी मरुनीका भाकाहरुसंगै
गाउँबस्ती शहर जगाउनुछ
किनकि,
बिहानीको सूर्य उदाए झैँ
बिकासका पुञ्जहरु  फिजाउनुछ
कर्णालीको नदी बगाए झैँ
शिक्षाको ज्योति बगाउनुछ
---------- --------------
ढिकी,जातो तान
मुर्चुङ्गा सारंगीका लयसंगै जगाउनुछ
हलो, गैची कोदाली
"सारेगमपधनिसा" का धुनहरुसंगै चलाउनुछ 
किनकि,
गाँस बास कपासको प्रत्याभूति
हर नेपालीले पाउनुछ
रोजी रोटीको निम्ति
आफ्नै नंग्रा खियाउनुछ
---------- --------------
माटोको किरिया खाएर भन्छु
देशभित्र मात्र छैन
मभित्र देश पनि
छातिभित्र मात्र मुटु छैन
मुटुभित्र बुद्ध पनि
अन्त्यमा,
यो देश रोपिरहू रोपाहाराहरुसंग
यो देश जोतिरहू हली बाउसेहरुसंग
यो देश गोडीरहू खेतालाहरुसंग
---------- --------------
       (समाप्त)
                           ---श्रष्टा : दीपक यात्री
                            प्रमुख सूचना प्राबिधिक
                             नेपाल क्यान्सर हस्पिटल, ललितपुर
                           स्थायी ठेगाना : पोखरा लेखनाथ-२७, कास्की नेपाल 
                         सम्पर्क मोबाइल : ९८१३४५६३७४
                                         फोन :०६१-५६०४७६

Saturday, June 8, 2019

अम्बर गुरुङ

"नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न्जस नगर्नुहोला |
नेपाली संगीतका शिखर पुरुष अम्बर गुरुङ ! राष्ट्रिय गानका संगितकार तथा वरिष्ठ गायक अम्बर गुरुङ !! उहाको आज असामायिक दुखद निधन !!!! अम्बर गुरुङलाई पछिल्लो पुस्ताले नेपालको राष्ट्रिय गानका संगितकारको रुपमा चिन्छन । तर हामीहरु अम्बरलाई "नौ लाख तारा उदाए" देखि "रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो" गीत संगीत देखि नै चिन्छौ | संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति समेत रहनु भएका गुरुङको आत्माको चिर शान्तिको कामना सहित अश्रुपूर्ण श्रद्धाञ्जली । मुर्धन्य संगीतकार अम्बर गुरुङको श्रद्धासुमनमा दुई पंक्तिहरु : "नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर " भारती मुलका सैनिक घरका,जन्मे प्रतिभा एक ! काटी सतगजा फड्केर सिमाना बिराज नेपालमा !! बस्यौ नेपाली मनमस्तिष्कमाझ ,संगीतका साधक ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------१ ------------------------------------- मृत्यु एक अभिशाप हो विसंगती,नियतिको पालन ! शाश्वत प्राणको पार्थीव लीला हो, पंचतत्व बिसर्जन !! कोही चाडै नै त कोही अलि ढीला,राजै छैन अमर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! --------------------२ ----------------------------------- कोपिला फक्रेर फुलेर झर्दछ ,माटो मौलाइकन ! त्यही माटो उर्बर बनिदिन्छ ,बनाइ सयौ अङ्कुर !! तिम्रै काखमा जन्मिए प्रतिभा फक्रुन फलुन अङ्कुर ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------३ ------------------------ राजा इन्द्रले स्वर्गमै गीत सुन्न, बोलाएको पो होकि ? इन्द्राणी सखी ती कतै पतिलाई गरीछ्की बिनती ?? नेपाली जनको भरेर दिलमा संगीतको श्राबण ! नौलाख तारा उदाईगए नि ! अम्बर छौ अमर !! ------------------४ ------------------------ (समाप्त ) --इ. दीपक यात्री सिनियर इञ्जिनिएर ;भेरिएन सिस्टम हैदराबाद भारत स्थायी ठेगाना: लेखनाथ -६ ,कास्की नेपाल नोट :यो कविता पढेपछि उहाप्रति श्रद्धा-सुमन चढाउँन मन लागेमा कमेन्टमा लेख्न कन्जुस नगर्नुहोला |
Chat Conversation End

Friday, April 5, 2019

सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !

नेपाली भाषामा देखिएको अराजकतालाई अन्त्य गर्न २०३५ सालदेखि निरन्तर नेपाली भाषामा समर्पित' , कुशल छन्द कबि एबम साहित्यकारको सुपरिचित नाम हो मुकुन्द शरण उपाध्याय !
बि .स. २०४० सालतिर म कक्षा ४ मा पढ्दै गर्दा मेरो घरछिमेक अर्चलेमा "प्राकृत पोखरा " खण्डकाव्यको बहुतै चर्चा हुन्थ्यो र उहाँको बालकथा 'झगडाको ओखती' महेंद्रमाला पाठ्यपुस्तकमा पढ्नु पर्थ्यो । मेरो सिमित ज्ञानलाई जानकारी भएको आधारमा
काव्य, कथा, समालोचना, नाटक आदि विधामा उपाध्यायका प्रकाशित कृतिहरू निम्न छन् :
१. वरदान (उपन्यास, वि. सं. २०१७)
२. प्राकृत पोखरा (खण्डकाव्य, वि. सं. २०२१)
३. महाभारत सूक्ति (सूक्तिहरू, वि. सं. २०३०)
४. धर्ती र अकाश (कविता संग्रह, वि. सं. २०३४)
५. शैल सरिता (संस्कृत/कविता संग्रह, वि. सं. २०३४)
६. श्री ५ महेन्द्रालंकार (लक्षणग्रन्थ, वि. सं. २०१८)
७. निम्बार्क चरितम् (संस्कृत, खण्डकाव्य)
८. प्रस्तावना र विवेचना (व्याकरण, वि. सं. २०४३)
९. केलादी घाट (परिचय, वि. सं. २०२१)
१०. अक्षर प्रज्ञा (वर्णविन्यास विज्ञान/व्याकरण, वि. सं. २०४७)
११. पद्य-प्रभा (पिङ्गलशास्त्र, सन् २००९)
१२. व्याकरण चिन्तन(व्याकरण, वि. सं. २०६८)
१३. सरल नेपाली: शुद्ध नेपाली(व्याकरण, वि. सं. २०४९)
१४. सरल नेपाली भाषा(व्याकरण, वि. सं. २०६४)
प्राकृत पोखरा नामक खण्डकाव्यका लागि मदन पुरस्कार (२०२१) प्राप्त श्री उपाध्यायको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, सुक्खशान्ति, उन्नति सम्वृद्धि, अटल सौभाग्य तथा थप कीर्तिमय साथै छन्दमय हाशीखुशी जीवनका लागि मङ्गलमय शुभकामना अर्पित गर्दछौँ ।
नोट : मेरो पोष्टमा उहाँलाई जन्मदिनको शुभकामना कमेन्ट गर्नुहुने जनहरुलाई उहाको कुनै कृति छुटेको भए लेखिदिन अनुरोध छ ।

Tuesday, March 26, 2019

आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी

आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी

चौडा आकाश बिशाल छाति भएकी,मायालुकी खानी ती !
धरती झैँ सहनशील मुटु भएकी, लजालु स्वभावकी !!
फूलको रंग छर्केर हो कि चेहरा ,पुर्णिमाकी चादनी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
--------------१-----------------------------------------
पानी झैं पारदर्शक मन उनको,दिल बगैचा जसै !
फक्रेका फूल छर्दै सुबासभरिको ,स्वर्गिए संसार झैँ !!
आधा मात्रै नभन हक उनको ,हुन्छिन अर्धांगिनी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
------------------२------------------------------------
सीताको अगनी परिक्षा हेरौ वा ,द्रौपदीको हरण !
सत्यवान सावित्री पतिब्रतामा,जीवन औ मरण !!
छोरीको रुपबाट सिर्जित उनी,बन्छिन माता पोषणी !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
------------------३----------------------------------------
चुलाचौका नातेदार ईष्ट सबकी ,सत्कार हुन् घरकी !
कोमल छन् तर कमजोर हैनन् ,श्रिङ्गारकी पारखी !!
खुशी होलान देबगण भुवनका ,खुशी रहे नारी ती !
आज नारी दिवस मनाऔ जन हो,संसार बिधाताकी !!
-----------४---------------------------------
----------(समाप्त )--------------