Tuesday, June 16, 2020

पक्कै अब त असार लाग्यो

आज आषाढ १ गते , दुइ पंक्ति पस्कदै ।
" पक्कै अब त असार लाग्यो "
वर्षा भएर तन भिज्छ जब !
लाग्छ असार आइसकेछ !!
हिलोमा खेल्छ कृषक तथापि !
निरोगी उही छ ,छैन रोगब्याधी !!
---------- १ ----------------------
धुलो भएछ अब हिलो टम्मै !
गैरीको खेत पानी अचम्मै !!
हली र गोरू भए हिलाम्मै !
बाउसे खेताला भएर जम्मै !!
----------२ ------------------
कति बिघ्न अहो ! कति बर्षा भारी !
बिचलीत छैन खेल्दै जुवारी !!
रोपाहार बाउसे लैबरी गाउदै !
छुपुछुपु धान हिलो मिलाउदै !!
---३ ------------------------------
ओढी बादल मस्त ,निदाए तारा !
झमक्क साँझ परेली माझ !!
धन्सिय भन्ज्यांग उक्लिन जाग्यो !
पक्कै अब त असार लाग्यो !!
------४ --------------------
( समाप्त )
--इ. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक, नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुर
स्थायी ठेगाना: अर्चले , पोखरा लेखनाथ –२७ ,कास्की नेपाल