Friday, June 30, 2023

अत्याशिलो परिवेश

          अत्याशिलो परिवेश:

आषाढको मुशलधारे बर्षा 

पहिरोले भत्किएको उजाड पहाड 

पहिरोसंगे लच्किएका कलिला बोटहरु 

कहिल्यै फर्किएनन हरा बन्न सकेर !

----------------१ -------------------

चैत बैशाखको सिरेटो हुरीसंगै 

भत्किएका गुडहरुसंग बिचल्लिएका चराहरु 

त्यही हुरीसंगे बत्तासिएर क्षितिजमा 

कहिल्यै फर्कन सकेनन बासस्थानमा !

-------------२ -------------------------

विनाशकारी भू-कम्प्को प्रलयसंगै 

भत्किएको मन्दिर र ढलेको पाठशाला 

भत्किएकै अमिलो मनसँग 

कहिल्यै पुनर्निर्माण भएनन सत्यदेव बनेर !

----------३ ---------------------------

पशुपतिको आर्यघाटसंगै 

बजिरहेछ क्रन्दनको बाँसुरी 

सखी  र आमाको आखाँबाट 

बगिरहेछ आँशुको गण्डकी !

------------४ --------------------

         (समाप्त )

No comments:

Post a Comment