Sunday, June 26, 2022

मेरो राष्ट्र :( कबिता प्रतियोगीता २०८० को निम्ति )

   मेरो राष्ट्र :

मेरो राष्ट्र मेरो प्राण, मेरो माटो म चुम्दछु !

मेरो हिमाल मेरो शिर, नेपाली गर्ब गर्दछु !!

डाफेका तालमा नाच्दछु, मुनालसंग राम्दछु !

आफ्नो पौरखमा बाच्छु, बाच्नुपर्छ सिकाउछु !!

--------------------१ ---------------------------

म गुराँस जसै फुल्छु, मयुर गीत नाच्दछु !

म बुकी जसै फक्रंछु , टुकीमा पनि हास्तछु !!

मेरो शिर काटोस बरु, म झुक्न कसै जान्दिन !

मेरो धर्ती नै हो स्वर्ग, अर्को स्वर्ग म मान्दिन !!

-------------२ ----------------------------------

मासुले म गुराँस हू,रक्तले लालुपातॆ हू !

सिर्जनाको बिहानीमा म अटल हिमाल हू !!

म पोख्छु पसिना बिन्दु, माटोमा प्राण हाल्दछु !

म बोक्छु ध्वजा राष्ट्रको, राष्ट्रभाव बढाउछु !!

---------------------३ ------------------------

म फुल्छु राष्ट्र  यो फुल्छ भने बनी सुनाखरी !

म जल्छु खरानी भई, राष्ट्रकै निम्ति दनदनी !!

म एउटा बोधीबृक्ष हू अड्नुपर्छ सिकाउछु !

म आफू पौरखमा बाच्छु , प्यारो राष्ट्र बचाउछु  !!

------------------४ -------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

Thursday, June 23, 2022

म झुक्दै न झुक्ने नेपालको छोरो

 Original singer-

Gopal Yonjan
Karaoke by @MK_Shrestha
Follow him on smule

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा , रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो


खोसेको रोटीले मेरो पेट भरिन्न

मागेको धोतीले मेरो लाज छोपिन्न।
खोसेको रोटीले मेरो पेट भरिन्न
मागेको धोतीले मेरो लाज छोपिन्न।
घोटिएर हात पाऊ झरी जाउन औंला,
तर कोहि अघाडी यी हात जोडिन्न
यि हात जोडिन्न

बनेको छ पहराले यो छाती मेरो।

बगेको छ छहरा ,रगतमा मेरो।
पखेरीमा जन्मी,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो।
म झुक्दै न झुक्ने नेपालको छोरो।


म आगो सहन्छु, अन्याय सहन्न।

म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
म आगो सहन्छु, अन्याय सहन्न।
म तृष्णा सहन्छु, तिरस्कार सहन्न।
मेरो शीर उड़ाउ बरु त्यो सहन्छु।
तर कोही परायाले टेके सहन्न, टेके सहन्न


बनेको छ पहराले यो छाती मेरो।
बगेको छ छहरा रगतमा मेरो।
पखेरीमा जन्मे ,टाकुरामा खेल्ने,
म झुक्दै न झुक्ने नेपालको छोरो
म झुक्दै न झुक्ने नेपालको छोरो

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

 अभावलाई संहू मैले, दबाबलाई सहने छैन 

खडेरीलाई संहू मैले , गलत्याईलाइ सहने छैन 

बदनामै होवोस मेरो, अपमान सहने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

-------------------१ ------------------------------

हातको ठेला उठी फुटोस, हेलाई स्वीकार्य छैन 

थाप्लोमा नाम्लो नै होस् , राष्ट्र शान झुक्ने छैन  

दाउराको भारी बोकू, राष्ट्र झण्डा झुक्न दिन्न 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

--------------२ --------------------------------

एक दिन भोकै बसू आफै , कसैसंग माग्ने छैन !

एकछिन प्यासै बसू आफै, पराई दैलो धाउने छैन 

एकै सरो लगाऊ बरु, हिरामोती लाउने छैन 

राष्ट्र मेरो सानै होला, पराइ पाइला टेक्न दिन्न !

---------------------३ ---------------------------

(समाप्त )

श्रष्टा : डा दीपक यात्री 

      प्रमुख सूचना प्राबिधिक 

       नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर नेपाल 

 रचना मिति : २०७९ साल असार ९ गते बिहिवार 

राष्ट्रप्रेमी

 तराइको माटो बग्यो, मेलम्चीको भूमी 

त्यही भूमीमा लम्पसार बनू कि बाध बनी 

राष्ट्रप्रेमी फूल वैले दुख्छ मेरो मुटु 

त्यही फूलको मुनि आफै मूल बनी फूटू 

----------------१ -------------------------

कोरोनाको कहरमा नेपाल देश रुदा 

बनू आफै कोभिशील भ्यक्सिनको रुप 

कालापानी लिपुलेक लिम्पियाधारा सिमा 

परचक्री पाउ परे तयार  तरवार लिन 

---------------------२ --------------

हिमालमा हिमपात पहाडमा पैह्रो 

मधेसमा खडेरी र उल्का बाढी मैलो 

रुन्छ मेरो मातृ गङ्गा देश कतै रोए 

भाक्छु मेरो देश सधै कालजयी रहे 

-----------------३ ----------------------

बाढी पसे, माटो खसे अश्रु भेल खस्छ 

कोरोनाको कहरमा मुटु मेरो पोल्छ 

राष्ट्रप्रेमी फूल वैले दुख्छ मेरो मुटु 

त्यही फूलको बोटभित्र मूल बनी फुटू

----------------४ -------------------------

                      (समाप्त )

Monday, June 20, 2022

"असार महिना "

      "असार महिना "


असारे महिना पानीको रिमझिम, रोपाइँ चटारो !

खेतका गरा पानीले होला, सम्याउन अप्ठ्यारो !!

खुट्टे र पैते बरखा संगै, भरियो आलीले !

छुपुमा छुपु धानको बीऊ, रोपाहार नानीले !!

------------१ --------------------------------

कुलाको पानी लगाई बाउसे, भिझेर झरीमा !

काधमा हलो बोकेर निक्ले, हलीबा  टारीमा !!

भिजेको माटो हिलो र मैलो ,असारे पानीमा !

भिजेछ दिल पीरतीभित्र, यो जिन्दगानीमा !!

----------२ -------------------------------

धित नै मारी रुझिछिन मेरी, रोपारा चमेली !

असारे गीत घन्काउदै रोप्छिन, रोपारा पातली !!

धानको रोपाइँ, बेठी र बाजा, नौमती बजाउदै !

कोदाली खन्दै रमाउन थाले, बाउसे नचाउदै !!

-----------------३ ----------------------------

छतरी ओढे बाउसे राजा, खेतको डिलमा !

स्याखुले छोपिन ढाड र काख, खेताली रानीमा !!

धमिलो बाढी लगाई खेतमा, असार सुरु भो !

झाले र माले हलगोरु जोत्दै, रोपाइँ गरियो  !!

-------------४----------------------------------

           (समाप्त )

  डा दीपक यात्री 

    लेखनाथ -२७, कास्की नेपाल 

Wednesday, June 15, 2022

डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire) Birthday

 मेडिकल अन्कोलोजी स्वास्थ्य विधामा एम डि अध्यन पछि एक दशक भन्दा बढी स्वास्थ्य सेवामा अनुभबी युबा पुस्ताका सशक्त नेपाली सुप्रसिद्ध चिकित्सकको नाम हो डा बिजेश राज घिमिरे (Bijesh Raj Ghimire) । ओम नर्सिङ्ग हस्पिटल र नर्भिक हस्पिटलमा मेडिकल कन्सल्टेन्टको काफि अनुभब लिनु भएका डा घिमिरे हाल नेपाल क्यान्सर हस्पिटल (Nepal cancer Hospital & Research Center) हरिसिद्धिको सह-संस्थापक तथा सिनियर कन्सल्टेन्टको रुपमा कार्यरत हुनुहुन्छ । दर्जनौ रास्ट्रिय र अन्तरास्ट्रिय स्वास्थ्य सस्थाहरुमा संलग्न डाक्टर घिमिरेका दर्जनौ अनुसन्धानात्मक लेखहरु अन्तरास्ट्रिय पत्रिकाहरुमा प्रकाशित छन् । उहाँको आज परेको शुभजन्मोत्सवको उपलक्ष्यमा सुक्ख, समृद्धि, सुस्वास्थ्य, सुकीर्ति र दीर्घायूका लागि हाम्रो व्यक्तिगत र संस्थागत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना प्रकट गर्दै उहाँको सपना "नेपालीको क्यान्सर उपचार नेपालमै" ("Nepalese cancer treatment in Nepal itself") " र "उत्कृष्टता संग हेरचाह" ("care with excellence") सम्पूर्ण रुपले सफल एबम साकार बन्न सकोस भनी शुभकामना प्रकट गर्दछौ ।

-------नेपाल क्यान्सर हस्पिटल परिवार
Feeling glad and excited to celebrate birthday of our renowned Medical Consultant, Co-founder of NCHRC (Nepal Cancer Hospital & Research Center ) & Medical Director Dr. Bijesh Raj Ghimire .
He is a co-founder and Vice President of Nepal Cancer Support Group (NCSG) and Executive council member of Asian Clinical Oncology Society (ACOS). He is an active member of American Society of Clinical Oncology (ASC0), European Society of Medical Oncology (ESMO), SAARC Federation of Oncology- Nepal Chapter (SFO-N) among others.
we would like to thank him for his contribution in the field of cancer and working hard for brining up this dream project of
"Nepalese cancer treatment in Nepal" itself & "Care with Excellence".
we would like to wish him healthy and prosperous life a head. Happy Birthday Our Medical Director , Dr. Bijesh !

Wednesday, June 1, 2022

"कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

 "कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै "

(छन्द :- शार्दूलविक्रीडित)
    
हे क्यान्सर कति उग्र गतिले, हल्लाइस सारा मन !
तेरो उग्र अब बढेर कदापि, सक्दैन है फैलन !!
तेरो ग्रहणमा जून अब बल्यो, विकिरण पद्दति !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------१----------------------------------
हे हे क्यान्सर ! भागिदे तलाई इलाज सर्जरीको !
किमो औ विकिरण प्रसस्तै, अन्तेष्टी तेरो भयो !!
सुदिप्ता अनि कल्याणी कोषले गर्दै हातेमालो नै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------२ ------------------------
जा जा दुर अर्बुद रोग हामीले , पहिचान गर्छो तेरो !
प्रारम्भिक चरणभित्रै इलाज गरेर निर्मूल पार्छो तेरो !!
तेरो उग्र बहाब अन्त्य हुने भो , औसी भित्र जून झैँ !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------- ३ ----------------------------
स्तन,पाठेघर,कलेजो र फोक्सो तेरो निशानी रह्यो !
हड्डी,छाती,मुख र मस्तिष्क तेरो प्रकोप रह्यो !!
रोक्छौ लागू र मद्ध्यपान हामीले जीवन साबधानी मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
------------४-----------------
अब दीप बल्छ खुशीयालीको क्यान्सर बिजेताहरु !
हास्छन,खेल्छन,नाच्छन बरिलै र्याम्प सो गरी गरी !!
सुन्दर पुष्प फक्रेर सुगन्ध छर्छ, नेपाली बगैचा मै !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
--------------५ ---------------------------------
 
स्क्रिनिंग बायोप्सी जांच र शिबिर पहिचानको खातिर !
भेट्छौ पहिलो चरणमै गर्छॊ क्यान्सर निदान !!
नेपाली क्यान्सरका पन्छीहरू हो भारत उड्नु नभई !
कही टाढा भौतारिन परेन नेपाल क्यान्सरमै !!
-------------६ -------------------------------
  (समाप्त)
स्रस्टा :दीपक यात्री
  प्रमुख सूचना प्राबिधिक 
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर 
हातिवन, ललितपुर , नेपाल 

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म "

 

2m Lalitpur 
Shared with Public
Public
हस्पिटलको बार्षिकोत्सवमा यो प्रथम स्थान प्राप्त रचना हुनसक्यो। आवाजका जादुगर, चर्चित कवि , कुशल प्राध्यापक एवम् आदरणीय गुरु शिव त्रिपाठी (Shiva Tripathi) ले मेरो छन्दको कबिता "सगरमाथा अग्लो शिर स्वाभिमानी नेपाली म " बाचन गरिदिए पछि अहिले सुन्दा पो बढि भाबुक भए। हजुरहरुलाई पनि मन परे लाइक , अझै मन परे कमेन्ट र धेरै मन परे सेयर पनि गरिदिनुहुन अनुरोध छ :

"सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म " ( मात्रा: Iss sss ॥। ॥s s।। । s)
मेचीदेखि महाकाली ,कोशीदेखि भेरीसम्म !
बग्छ नेपाल शरीरको,रगत बोकी नसासम्म !!
हिमालको पग्ली हिऊ,बग्छ तराई मधेशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------१----------------------------------
तराईमा बाली झुल्छ ,सुन फल्छ फसलको !
मधेशको तोरीबारी ,पहाडको मकै कोदो !!
हिमालको स्याउ मीठो,याक चौरी कैलाशमा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
-------------२ ---------------------------------
सोलो गाउछ कोईलीले ,बिगुल फुक्छ जुरेलीले !
रोदी नाच्छ मयुरले ,ताली डाँफे मुनालले !!
बन वृक्ष हराभरा ,चियाबारी ईलाममा !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
------------३ -------------------------------------
लिम्बु रुदा पहाडमा ,शेर्पा दाईको मुटु दुख्छ !
हिऊपैरो खस्दाखेरी ,चौधरीको आँशु खस्छ !!
जनक बुद्ध बिभूतीको ,स्वयभूको आँखी हु म !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
--------------४ ----------------------------------------
सोरेठी र लैबेरीका ,शुशेली र भाका गाउला !
भैचालोले घर ढले ,आँगनीमा दर खाउला !!
दशैँ तिहार छठ पर्ब ,सबै मिली मनाउन !
सगरमाथा अग्लो शिर,स्वाभिमानी नेपाली म !!
---------५ -------------------------------
(समाप्त )
श्रष्टा : डा. दीपक यात्री
प्रमुख सूचना प्राबिधिक
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर