Sunday, November 1, 2020

कथा "सानीको भाइ टिका"

 कथा "सानीको भाइ टिका"

Tamang Tamang Tamang
November 1, 2012  1 min read 
Shared with Tamang's friends and friends of anyone tagged
Friends
प्रत्येक वर्ष जस्तै सानी यो बर्ष पनि बाटो वरीपरी उम्रेका सयपत्री र मखमलीको बिरुवाहरु जम्मा गरेर आगनिको डील वरीपरी रोप्छिन् त्यसलाई सानो सानो सिन्काहरुले बार लगाएर दिनहु बिहान बेलुका पानि हाल्छिन् | दिनभरी साथीहरु सँग खेल्न नै बेस्त हुन्थिन भने बिहान बेलुका त्यही बिरुवाको छेउमा बसेर हेरिरहन्थिन | जब भाइटिका आउथ्यो त्यही फूलको माला धागोमा लहरै उनेर दाजुहरुलाई सप्तरंगी टिका सँगै माला पनि लगाईदिन्थी | दूई दाजु सँग भाइटिका लगाउन पाउदा सानी धेरै खुसी हुन्थी र दाजुहरुले पनि सानीको निधारमा सप्तरङ्गी टिका लगाई दिन्थ्यो |   सानीको परिवार सानो थियो खुसी थियो बाबा इन्डिया लाहुरे भर्ति थियो भने आमा घर चुलो चौको गर्थिन | सानिकी आमाले दूई छोरा र एक छोरीको जन्म दिएकी थी | त्यस मध्ये सानी सबै भन्दा कान्छी थिइन् | त्यसैले सबैले माया गरेर सानी भनेर बोलाउथ्यो उन्लाई | दूई दाजु र आमा बाबाको मायामा हुर्केकी सानी अलि जिद्दी थिइन् सानीले भनेको सबै पुराउनै पर्थ्यो | सानी ७ बर्षकी थिइन्  भने सानीको ठुलो दाजुहरु ९ बर्सको र ११ बर्सको थियो | अचानक सानीको ठुलो दाजु धेरै बिरामी पर्छ उपचार गर्दा गर्दै उस्को मृतु हस्पिटलमा हुन्छ सानी र उन्को परिवार धेरै दुखि हुन्छ दाजु बितेको १ बर्ष नबित्दै फेरी आमा बिरामी पर्छिन् र आमाको पनि मृतु हुन्छ | सानी भर्खर ८ वर्ष पुगेकी थिइन् भने माइलो दाजु १० बर्षको आमा बिते पछी सानी र सानीको दाजु मात्र घरमा भयो बाबा इन्डियाको लाहुरे भएको हुदा छोडेर इन्डिया तिर जानु भयो | केही दिन सम्म त सानी र उन्को दाजुले घरमा बचेको  खानाहरु खाएर बस्यो |किताब च्याप्ने हातले कुटु कोदालो समात्न बाध्य भयो सानीको दाजु  ... जहाँ जान्थ्यो सानीलाई सँगै लिएर जान्थ्यो कहीले पनि एक्लो छोड्दैन थियो |   अब त गाउलेका बच्चाहरुले पनि हेप्न थाल्यो दाजुबहिनिलाई | उनीहरुसँग बोल्न पनि कोहि मान्दैन थियो | बाबा आएपछी सबै कुराहरु सुनाउछु भनेर  घरको पिढीमा बसेर बाटो हेरिरहन्थ्यो उनीहरु | तर हप्ता ,महिना, वर्ष बित्यो बाबा फर्केर आएन १ बर्ष २ बर्ष गर्दै केही बर्ष पनि बित्यो एउटा लाहुरे गाउको बाटो हुदै घर जादै थियो बाबा संगको पुरानो साथी थियो ऊ | उस्को मुख बाट सुन्छ बाबा त उतै घरजम गरेर बसेको रहेछ | यो कुरा सुनेर सानीको दाइ धेरै रोयो साथमा सानी पनि | अब बाबा फर्किन्छ भन्ने आसा पनि रहेन उनीहरुलाई केवल आफ्नो भाग्यलाई दोष दिदै बस्न थाल्यो | क्रमस...   सानी पनि अब त १२ बर्षको भैसकी आगो फुकेर भात पकाउने जंगल बाट दाउरा घास काटेर ल्याउने मेला पातमा पनि हिड्न सक्ने भैसकेकी थिइ तर गाउलेको तुच्छ सब्दहरु सुनेर भए पनि बाच्नु पर्ने थियो उनीहरुलाई सधै भरी गरीब भनेर हेला गर्थ्यो केही सामान दिनु पर्यो भने पनि टाढा बाट फाली दिन्थ्यो त्यति त कुकुरलाई पनि गर्दैन होला कुकुरलाई भन्दा पनि निच ब्यबहार गर्थ्यो उनीहरुलाई यहिँ कुरा सानीको दाजुले सहन सकेन ऊ सधै भरी यहिँ कुराले न रातमा निदाउन सक्थ्यो न दिनमा खाना राम्रो सँग खान , पैसा कसरी कमाउने भन्ने बारे मात्रै सोची रहन्थ्यो   एक दिन गाउको एउटा छिमेकी बिदेशबाट सुर्केस बोकेर शान सङ्ग आउछ अनि गाउँ भरी बिदेशमा एस्तो हुन्छ उस्तो हुन्छ पैसा पनि कमाइन्छ भन्ने कुरा गरिरहन्थ्यो यहिँ कुरा सानीको दाजुको कानमा पर्छ अनि उस्ले पनि विदेश जाने निर्णय गर्छ तर विदेश जान ऊ सँग पैसा हुदैन त्यसैले विदेश जानको लागी भनी साउ सँग आफ्नो भएको घर जग्गाको लालपुर्जा  गाउको एक धनि व्यक्तिको हातमा छोडेर केही पैसा बोकेर सानीलाई रातमा निदाई रहेको अबस्तामा एक कपीको पन्नामा चिठी लेखेर छोडेर जान्छ |   सानी मलाई माफ गरी देउ गाउलेको हेला मैले सहन सकिन | आमाले पनि हामीलाई छोडेर जानु भयो बाबाले पनि जिउदैमा हामीलाई टुहुरा पार्नु भयो न मैले पढ्न पाए न तिमिलाई पढाउन पाए अब तिमी पनि ठुली हुदै छौ तिमिले पढ्न नपाए पनि तिमिलाई म पैसा कमाएर धनीको घरमा बिहे गरेर पठाउछु | ताकी तिमिले कहीले पनि दु:ख गर्नु पर्दैन अनि गाउमा एउटा छानो हालेर राम्रो घर बनाउछु म विदेश बाट फर्केर आए पछी म सँग धेरै पैसा हुन्छ अनि हामीलाई यो गाउलेहरुले पनि कहीले हेप्दैन | तिमिलाई भनेको भए तिमी रूने थियौ तिम्रो रुवाइले मेरो पाईलाहरु रोकिने थियो  त्यसैले तिमिलाई थाहा नदि म पर्देश हुदै छु यो दाजुलाइ माफ गरी देउ है |   जब सानीको आँखा खुल्छ तब दाइलाई खोज्न थाल्छ तर दाइको चिठी हात पर्छ तर सानिलाइ कहाँ पढ्न आउछ र उनी त्यो चिठी लिएर पल्लो घरको साथीलाई देखाउछ जब उन्ले दाजु घर छोडेर पर्देश हिडेको कुरा थाहा पाउछे डाको छोडेर रुन थाल्छ | दाजु परदेशमा कमाउन गएको छ भन्ने खबर थाहा पाए पछी छिमेकीको काकी पर्नेले यहिँ बस भन्छ ताकी दाजुको पैसा पनि असुल्न पाउने साथै आफ्नो घर खेत बारीको काम पनि सानीलाई लाउने लोभले | सानी पनि एक्लै भएको हुदा त्यही नै बस्छ गधाले जस्तै काम गरेर |   केही महिना पछी दाजुको फोन आउछ कतार बाट सानी म यहाँ राम्रो सँग आइपुगेको छु मेरो चिन्ता नगर्नु सानीले रुदै दाइलाई घरमा  बोलाउछिन् तर दाजुले पैसा कमाएर मात्र घरमा आउने कुरा बताउछ र राम्रो सँग बस भनी फोन काट्छ | बिदेशमा पुगेको दाजुलाई एउटा ग्यास कारखानामा काम दिन्छ तर तलब भने एकदम थोरै त्यही कमाएको पैसाले त्यही नै राम्रो सँग खान पुग्दैन थियो |   फेरी सोच्न थाल्छ मैले कसरी पैसा कमाउने होला भनेर यहिँ क्रममा एउटा दलाल सँग भेट हुन्छ जस्ले चरेस गाजा हिरोइन जस्ता सामानहरु लुकाएर बेच्ने गर्दो रहेछ | तर पैसा भने धेरै कमाइने रहेछ उस्ले पनि त्यही काम गर्ने निर्णय गर्छ र काम सुरु गर्छ सुरु सुरुमा त केही कमाइ राम्रो नै हुन्छ अनि घरमा बहिनीलाई खर्च र साउको ऋण तिर्न भनी पठाउछ | कालो धन्दा न थियो कहा लामो समय सम्म टिक्छ र केही महिना बित्छ उस्लाई रङगे हात पुलिसले समात्छ र सिदै जेलमा हाली दिन्छ |   अब त छुट्ने कुनै उपाए नै छैन उस्लाई १० वर्ष जेल सजाए सुनाउछ र चारै तिर ठुलो ठुलो पर्खालले बारेको कहीले सुर्यको मुख नदेखिने कालो कोठामा दिन गन्दै रुदै आँसु पिउदै बस्छ | सानीको कानमा दाइ जेल परेको खबर पुग्छ तर पनि दाइ आउनु हुन्छ भनेर पर्खेर बस्छे | दशैमा आउनु हुन्छ भनेर पनि निकै बाटो हेर्छिन आउदैन तिहारमा पनि माला उनेर सप्तरंगी टिका थालि भरी सजाएर बस्छिन् तर दाजु नआए पछी दाजुको फोटोमा नै टिकाइ लगाई माला लगाइदिन्छ एसरी ४-५ वर्ष बित्छ तर दाजु फर्केर आउदैन |   सानी पनि अब त ठुली भई सकी १६ वर्ष पुगेर १७ बर्षमा हिन्दै गरेकी हुन्छिन हेर्दा अफ्सरा जस्ती गोरी सुन्दरी लामो कपाल घरबार पनि राम्रो समाल्न आउछ अनि दु:ख पनि धेरै झेली सकेकी दु:ख के हो सुख के हो सबै भोगिसकेकी थिइन् सानीले त्यसैले जो कोहि पनि उन्को पछाडी पर्थ्यो | जुन घरमा सानी बसिरहेकी थिइन् त्यही घरको छोराले सानीलाई मन पराउन थाल्छ र यो कुरा सानीलाई भन्छ म तिमिलाई मन पराउछु र बिहे गर्न चाहन्छु तर सानी दाजु नआए सम्म बिहे नगर्ने कुरा गर्छे |   सानीको मायाले पनि होला त्यो केटाले पनि पैसा पठाएर धेरै प्रयाश गर्छ सानीको दाजुलाइ जेलबाट छुटाउन उस्ले चिनेको सबै साथी भाइलाई कुरा बुझ्न र दाजुको बारेमा खबर पठाउन अनुरोध गरिरहेको हुन्छ | यस्तो गर्दा गर्दै यो साल पनि बित्छ फेरी दशैँ सुरु हुन्छ लगतै केही दिनमा तिहार सुरु हुन्छ यसपाली त दाजु पक्कै फर्केर आउनु हुन्छ भनेर सानी सयपत्री र मखमली माला उनी सप्तरंगी टिका थालि भरी सजाएर मिठाइ फलफुल एक भाडोमा तोरीको तेल र दुबो सजाई पानसमा दियो बालेर कुरेर बस्छे तर ......   तर दियो बल्दा बल्दै निब्छ यो कस्तो अनर्थ भो भनी फेरी पनि दियो हतार हतार बाल्छे तर केही समय पछी एउटा खबर आउछ सानीको दाजुले त सदाको लागी यो संसार त्यागेर बिदा लिई सकेको हुन्छ जेल भित्र नै | उन्लाई आत्मा घाती रोगले छुटकारा दिएको हुन्छ .. यो खबरले सानी बिहोस हुन्छिन् जब सानीको होस् खुल्छ सानी पुरै एक्लो हुन्छिन दाजुको भर थियो दाजु पनि नभए पछी सानीले त्यही घरमा बिहे गरेर बस्छ तर जब जब भाइ टिका आउछ सानी अझै पनि मखमली माला र सप्तरङ्गी टिका थालीमा सजाएर दाजु आउनु हुन्छ भनेर कुरेर बस्छिन् |   ☆•*¨★ S.P ★¨*•☆    कथा लेख्ने प्रयास कतो पो रह्यो ?