Friday, July 28, 2023

चिन्तन

 "चिन्तन"

हेर्दामा रूप राम्रो छ बानी राम्रो कहाँ छ र !

त्यस्तै चामल सेता छन् खाँदामा फाइदा छ र !!

दूरी टाढा भयो भन्दै मायाँ टाढा कहाँ भयो !

बिहे पछि टाढा भई, छोरी झनै प्रिय भयो !!

---------------१ --------------------------

सामिप्यमा रहे भन्दै, घनिष्ठ कहाँ भईन्छ र !

नदी दुई किनारामा, मिलेको कहाँ हुन्छ र  !!

बिना अभ्यासले कोही, दक्ष बन्ने इच्छा गरे !

पटमूर्ख आफै नै हो, सिद्दी बन्ने रहर गरे !!

-------------२ ----------------------------------

आफू बडा बन्न निम्ति, घर गृही त्याग्नु परे !

गृह त्याग, गद्दी त्याग, बुद्द जस्तै बन्नु परे !!

चिनारी पाउनालागि, गाऊ छाड्नु पनि परे !

माला बुन्नुपरेदेखि, फूल पनि टिपिन्छ रे !!

------------३ ----------------------------------

कर्म गर, सीप गर, विजय पाउनु परे !

घोटी घोटी फलामैले बन्चरो पनि बन्छ रे !!

ध्यान मात्रै गरिरहे, सुख शान्ति पाईन्छ रे  !

चेतना शून्य मस्तिष्क, उर्जा शक्ति मिल्छ अरे !!

----------------४ -------------------------------

      (समाप्त )

No comments:

Post a Comment