" गाऊको घर पुग्दा "
आफू जन्मेर हुर्केको गाऊमा पुग्दा
खै !
घामै समातौ जस्ता युवाहरु कोही छैनन
अनि चराजस्तै चिर्बिराउने बालबालिका पनि त छैनन
----------------------------------------१ -----------------------
आफू जन्मेर हुर्केको गाऊमा पुग्दा
कस्तो !
आगनभरी दूबोले छरपष्ट ढाकेको छ
बारीको डिलको फूल नटिपिएर झरेको छ
बेलौतीका दानाहरु पाकेर आफै झरेका छन
सुन्तलाका गेडाहरु पाकेर आफै खसेका छन
---------------२ ----------------------------------
अहिले म,
शहरमा एउटा कैदी जिन्दगीसंग तुलना गरिरहेकोछु
बनै मगमगाउने बनफूल गमलामा सिमित फुलेकाछन
डाडै ब्युझाउने चरीको चिरबिर बन्द पिजडामा थुनिएका छन
बनपाखा पखेरा चहार्ने दिन्दनी बन्द कोठामा सिमित भएका छन
------------------३ ------------------------------------------------
अहिले सम्झदैछु,
ती डाडापाखाहरुमा गोठालो गर्दै सुसाएका गीतहरु
ती शीतल चौतारीहरुमा थकाई मार्दैका शीतल हावाहरु
ती टारीखेतका गराहरुमा गुच्चा खेल्दाका खोपिल्टाहरु
ती जंगलभित्रका रुखहरुमा काटेका घोचा र भाटाहरु।
--------------४ -------------------------------------
आखिर;
मेरो गाऊको सम्झना कहिल्यै नसुक्ने महजस्तै स्वादिलो छ
मेरो गाऊको स्मृती कत्ति नरोकिने साउनको भेलजस्तै तेजस्वी छ
मेरो गाऊको यादगार पलहरु फूलजस्तै नवोइलिनेछ
मेरो गाऊको साचो माया कहिल्यै नझुक्ने सगर जस्तै प्यारो छ।
----------------------५ ---------------------------------------
(समाप्त )
No comments:
Post a Comment