Tuesday, June 20, 2023

पानीसंग नजिस्क

       "पानीसंग नजिस्क"

    पानी,

पोखरीमा बन्द भएर बसेको छु 

इनारमा गुप्त भएर रहेको छु 

तैपनि,

म किचिएर बस्न जान्दिन 

म थिचिएर बस्न मान्दिन !

-------------------१ ----------------------

पानी,

म नदी भएर स्वतन्त्र बग्न चाहन्छु 

म तलाऊ भएर निश्छल रहन चाहन्छु 

म चाहे ,

नदीबाट कुलोमा परिणत हुन्छु 

हर खेतको बालीमा सोसिञ्छु

म चाहे,

बर्षाबाट थोपामा रुपान्तरित हुन्छु 

हर मुट्ठी माटोमा बिलिन हुन्छु 

म चाहे,

नदी भएर बाधमाथि टरवाईनसंग घुम्छु 

आफ्नो पौरखले बिजुलीको उर्जाशक्ति दिन्छु 

-------------------------------२---------------

तर,

 म पानीसंग नाजिस्क,

म सरल छु 

म तरल छु 

बलजफ्ती मेरो बेगले  रोक्दा ;

यहाँ भीषण प्रकोप हुनसक्छ 

बाध्यताले मेरो गतिलाई रोक्दा,

यहाँ महाप्रलय हुनसक्छ !

-----------३ ----------------------

आखिर,

म छताछुल्ल भई पोखिन चाहन्छु

म यत्रतत्र सर्बत्र बग्न चाहन्छु 

म भलभली उम्लेर पोखिन चाहन्छु 

म ह्वालह्वालती खहरे झैँ उर्लिन चाहन्छु !

-------------४ ------------------------------------------

तर याद  गर,

म पानी नदी झैँ शालीन सलल बग्न पनि सक्छु 

म पानी तलाऊ झैँ शान्त बस्न पनि सक्छु 

बरु तिमी पनि मजस्तै,

समय र परिस्थितीमा उर्लन पनि सिक 

शान्त सद्भावमा संयमित हुन पनि सिक 

किनकि,

म पानी सरल छु 

म पानी तरल छु। 

----------५ --------------------

         (समाप्त )

No comments:

Post a Comment