Sunday, June 18, 2023

खुशीको क्षण :

   खुशीको क्षण :

 आज धेरै दिनपछि 

मेरो मनको सानो बगैचामा 

खुशीका फूलहरु ढकमक्क फुलेको देखे !

----------------------१ ------------------------

 आज लामो अन्तराल पछि 

मेरो हृदयको खुल्ला आकाशमा 

हर्षका जूनहरु लटरम्म उदाएको देखे !

-----------------२ -------------------------

आज धेरै दिनको प्रतिक्षामा 

मेरो अन्तरआत्माको बिहानीमा 

सूर्यको उषाका लालीहरु उदाएको देखे !

------------------३ -----------------------------

आज धेरै बर्षको पर्खाइमा

मेरो भावनाको हरियो फाँटमा 

हर्षको कुलोले सिचाई गरेको देखे !

------------------४ -------------

           (समाप्त )

No comments:

Post a Comment