Sunday, June 18, 2023

रातसँग युद्द

                 "रातसँग युद्द"

अध्यारो !

सन्नाटाको बिरुद्द एउटा युद्द गरौ 

मौनताको बिरुद्द एउटा युद्द गरौ 

नीरबताको बिरुद्द एउटा युद्द गरौ। 

-----------१ --------------------------

हामीले अब,

अध्यारोको सन्नाटालाई तोडेर 

उज्यालोको प्रकाशलाई फिज्याउनुछ 

अमुक मौनतालाई तोडेर 

बुलन्द आबाजलाई निम्त्याउनुछ 

नीरबताको चुपचापलाई तोडेर 

उल्लासको बाताबरण सिर्ज्याउनुछ। 

------------------२ -----------------------

अध्यारो बिरुद्द लड्न अब 

जूनकिरीहरु बत्ति बाल्दै तत्पर छन् 

जूनहरु चम्किदै माहिर छन् 

ताराहरु टल्कीदै उद्धत छन्। 

----------------------३ ------------------

रात काट्न नसक्दा,

चराहरुको चिरबिर चिरबिर कुण्ठित भएको छ

भाले बास्ने "कुखुरी काँ" स्वयम लोप भएको छ 

प्रभातीको जप्मंत्र अरु बिलाम्बित भएको छ 

बिहानीको नित्यक्रिया पनि स्थगित भएको छ। 

----------------४ ----------------------------------

जागौ !

अब हामी सबै हातमा अगुल्टो र टर्च लिएर जागौ 

अब हामी सबै साथमा मैनबत्ती र लाल्टिन लिएर जागौ 

अशिक्षा र अन्धबिश्वासको रातलाई निस्तेज पारौ 

रुढीबादी र बिसंगतीको रात्रीलाई निष्क्रिय पारौ। 

------------५ -------------------------------------------

                (समाप्त )

No comments:

Post a Comment