Monday, June 19, 2023

जूनसँग एकछिन

 जूनसँग एकछिन   

   

साझपाख,

दिनभरीको हली बाउसे भएर 

खेत खन्दै र जोत्दै गरेर 

कछुवा चालमा बिस्तारै उकालो लाग्दा 

जूनेली साझको शीतल उज्यालोमा 

बर्षातको चिप्लो रातोमाटोमा 

जूनले आफ्नो यौबन साट्दो रहेछ। 

-----------१ -------------------------

साझ्पख,

बेशीको खेतदेखि पहाडको चुलीसम्म 

हली खेतालाको गहिरो पिडा लुकाउदै 

घर पुगेर छत्री र स्याखु बिछ्याउदै 

मुनाजस्तै चंचल शिशुहरुसंगे 

आगनीको जूनेली  उज्यालोमा हास्तै र रमाउदै 

जूनले पनि किसानसँग माया साट्दो रहेछ। 

---------------२ ---------------------------------

रातसंगै,

अध्यारोको मैलो घुम छोडेर,

कालो मसिको आकासलाइ

 रोशनीको बिरंगी  किरण छरेर 

रमाइलो परिवेश र जूनेली गगनमा 

घुर्मैलो पर्यावरण बनाउदो रहेछ। 

------------------३ --------------------

बिहान सखारै,

अरुलाई दिनुको स्वार्थ मोह 

आफ्नो हतियारले टुक्र्याउदै टुक्रीदै 

दूबो र झारकोमुनि शीतल आँशु थुपार्दै 

आफै झरेर बिलाउदो रहेछ। 

----------४ --------------------------

आखिर,

 जूनले कसैसंग नबोली 

जूनले कसैलाई  नपोली

शीतल प्रकाश दिदो रहेछ 

पूर्णिमाको रातसंगै हास्तै खेल्दै 

अध्यारोको बिरुद्द कबिता लेखाउदोरहेछ 

रातको बिरुद्द शृजना गराउदो रहेछ। 

----------५ -------------------------

          (समाप्त )


No comments:

Post a Comment