Wednesday, June 7, 2023

पानी र जीबन

                  "पानी र जीबन"

 पानी रंगहीन हुन्छ !

पानी स्वादहीन हुन्छ !!

पानी गन्धहीन हुन्छ !!!

------------१ -------------------

मैले नदीको पानीलाई हेरे 

नदीबाट निस्केका नहरलाई हेरे 

पानीले त खेत हरिया बनाउदो रहेछ 

मैले बाटो चढ्दै गरेको बटुवालाई देखे 

बटुवाको पदयात्रासंगै पसिना थिए 

पानीले त पसिनाको बर्षा पो गराउदो रहेछ 

-----------------२ ----------------------------

मैले खेत जोत्दै गरेको हलीलाई हेरे

ऊ पसिना पुछ्दै र खेत जोत्दै गरेको देखे 

एकैछिन पसिना पुछेर एक अन्खारा पानी पिएको देखे 

पानीले त शरीरलाई स्वादिलो बनाउदो पो रहेछ। 

-------------------------३ ------------------------

मैले मालीले उद्यानमा फूल गोड्दै गरेको देखे 

हजारीले फूलहरुलाई पानीले सिञ्चन गरेको देखे 

रंगीचंगी फूलहरुले बगैचालाई रंगीन बनाएको देखे 

पानीले त बाताबरण नै रंगीन बनाउदो रहेछ। 

-------------४ ----------------------------------

बास्तबमा,

पानी हर लहलहाउदै गरेको बालीजस्तै हरियो हुन्छ 

पानी हर कलकलाउदै गरेको कुलोजस्तै शालीन हुन्छ 

पानी हर गडगडाउदै गरेको छहरा जस्तै उमंगित हुन्छ 

पानी हर छटपटको भोकको व्यंजन जस्तै स्वादिलो हुन्छ 

पानी हर हरहरको प्यासको निम्ति सर्बत हुन्छ। 

-------------------------५ -------------------------

अब मलाई लाग्छ ,

 पानी रंगहीन हैन, सबै रंगको जवानी हो 

पानी स्वादहीन हैन, सबै स्वादको चौरासी व्यंजन हो 

पानी गन्धहीन हैन, सबै गन्धको मिठास हो। 

--------------६ ------------------------------


       (समाप्त )

No comments:

Post a Comment