Monday, September 22, 2025

यस पालिको दशैं म आउन पाइन

  यस पालिको दशैं  म आउन पाइन   (छन्द :झ्याउरे )


मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

सानोमा खेल्ने बतासे पिङ्ग , म खेल्न पाइन !!

आशिष दिने ती धिताल बाबा म भेट्न पाइन !

अक्षता भर्ने सुब्बिनी आमा यसपाली आइन !!

----------------१ ----------------------------------

गाउघरतिर दशैं नि आयो परदेशमा बिरानो !

लठठे र रोटे पिङ्ग मच्चे होलान बिदेशमा अकेलो !!

गाऊघरदेखि धेरै नै टाढा बिरानो मुलुक !

लेख्दैछु सारा पोखेर आफ्नो बेदना बिरह !!

---------------------२ -------------------------

ती जुम्ली बाबा बुढाको चौर बसेर कुर्दा हुन !

पिङ्गको लट्ठो बटार्दै सारा हामीलाई सम्झे हुन !!

टीकाराम बाबा लगाउदै उर्दी बाटोलाइ खन्नलाई !

पौडेल बाबा गुहार्दै होलान गाऊघरे ठिटालाई !!

------------------३ --------------------------

सापकोटा बारी कालिका माथि चौडाले पिङ्ग होला !

झाझरमारे कालिका माइको पूजामा भीड होला !!

चण्डीको पाठ पढेर पण्डित महाकाली भन्दा हुन !

सप्तमसती दुर्गाको पूजा गरेर बस्दा हुन !!

-----------------४ ---------------------------------

मखमली फुल्दा, मर्सी धान झुल्दा म आउन पाइन !

चार बीस उमेर ढल्केका बाबा म टीका भ्याइन !!

फुटेकै कर्म रहेछ आमा परदेशी छोराको !

यही गीत लेख्दै पुछेर आँशु बुझाए मन मेरो !!

--------------------------५ --------------------------

     (समाप्त)

डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Friday, August 22, 2025

भावपूर्ण श्रद्धाञ्जली .

 भावपूर्ण श्रद्धाञ्जली .....


 यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि,ललितपुरका कार्यकारी अध्यक्ष, नेपाल क्यान्सर सपोर्ट ग्रुपका संरक्षक बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदिप श्रेष्ठका पिता श्री राम बहादुर श्रेष्ठको ९० वर्षको उमेरमा हिजो २०८२ साल भदौ ५  गते  विहीबार अपरान्ह दुखद निधन भएको छ । यस असमायिक निधन  भएको खबरले हामीलाई अति दुखित बनाएको छ। यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रदान्जली अर्पण गर्दछौ। साथै यस दुखद घडिमा शोकसन्तप्त परिवार प्रति हार्दिक समबेदना प्रकट गर्दै इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भनी इश्वरसंग कामना  गर्दछौ। 

      नेपाल क्यान्सर सपोर्ट ग्रुप 

Tuesday, August 12, 2025

म फूल जस्तो हुन सकूँ

 गीत    "म फूल जस्तो हुन सकूँ"


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

म फूल टिप्ने कोही भए ,

तिमी काँडा भई जोगाऊ है !!

--------------------१ --------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

---------------------------------------

म बासुरी झैँ बन्न  सकूँ,

तिमी धून बनी बज्नू है !

म सारंगी झैँ बन्न सकूँ ,

तिमी तार बनी रेट्नु है !!

--------------२ -----------------------


म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

------------------------------------------

म जून जस्तो चम्कन सकूँ ,

तिमी शीतल भई आऊ है !

म घाम जस्तो उज्यालो बनूँ ,

तिमी पारिलॊ भई छाऊ है !!

---------------३--------------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !

-------------------------------

म गीत जस्तो सरस बनूँ,,

तिमी लय बनी गाऊ है  !

म संगीत जस्तो माधुर्य बनूँ 

तिमी राग बनी आऊ है !!

------------------४ -------------------

म फूल जस्तो हुन सकूँ,

तिमी भवरा बनी आऊ है !


------------समाप्त ------------------


 डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

रचना मिति : २०८२ साल श्रावण २७ गते 


Sunday, August 10, 2025

तिमीलाई देखेर आँखा

 तिमीलाई देखेर आँखा

त्यहीं छोडी हिंडे म
बाटो सुनसान भैसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा
तिमीलाई देखेर पाइला
त्यहीं छोडी हिंडे म
बोलाऊँ बोलाउन हुँदैनथ्यो
भुलूँ भने यो मनले दिंदैनथ्यो
भूइँचालो चलाई एक रातमा
तिमीलाई देखेर मुटु
त्यहीं छोडी हिंडे म
**********************
शब्द – कृष्णप्रसाद पराजुली
स्वर – उदित नारायण झा
संगीत – नातीकाजी

Thursday, August 7, 2025

सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट

 आज नेपाल क्यान्सर हस्पिटलकी संस्थापक संचालक समिती सदस्य एबम सामाजिक अभियन्ता श्रीमती स्वरुपा श्रेष्ठसंग पहिलो पटक सुखद भेट भयो। उहाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप , उपचारका लागि सहयोगी हातहरु, नेपाल च्याम्बर अफ कमर्स, रोटरी क्लब अफ याला, श्रीदीप हेल्थ वेलनेस  ---आदि जस्ता दर्जनौ सामाजिक तथा परोपकारी संस्थामा आबद्द हुनुहुदो रहेछ।  म अन्जु पन्तले पनि केही बर्षदेखी "अन्जु पन्त फाउन्डेसन" स्थापना गरी सक्दो सामाजिक सहयोग र परोपकारी काम गर्ने रहर गरेकी छु। आदरणीय  स्वरुपा मेमले उहाँका परोपकारी संस्थाहरुसंग हातेमालो गरी सहकार्य गर्न सकिने आश्वाशन दिएपछि मलाई धेरै धेरै खुशी लागेको छ। 

     यस सुखद भेट गराइदिनुहुने आदरणीय गीतकार तथा कबि @ दीपक यात्री प्रति हार्दिक आभार !


# परोपकारी संस्थामा सहकार्य #

## सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट ##


        (तस्बीरमा  स्वरुपा श्रेष्ठ मेम, डा दीपक यात्री र डा खगेन्द्र देबकोटा 

Friday, July 11, 2025

के म नेपाली हैन र ?

 के म नेपाली हैन र ?


हामी नेपालीसंग,

बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ

यसभन्दा पनि बुद्दको दिब्यभूमि छ

पूर्बजका खुडा खुकुरी मात्रै हैन

जनक र बुद्दको बोधिसत्व पनि छ

अमरसिंह र बलभद्रको बीरता मात्रै हैन

अरनिकोको सीप र कला पनि छ।

मेरो दक्ष मेरो शक्ति यसको लागि योग्य छ

किनकि -

के म नेपाली हैन र ?

------------------१ ---------------------------

हामी नेपालीलाई थाहा छ -

बारुदको धुवाले मात्रै युद्द हुदैन

सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्न सक्छ

हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन

प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन।

स्वयम्भुका शान्ति दृष्टीले

एउटा न्याय, समानता र अवसरको खोजी गर्न सक्छु

किनकि -

के म नेपाली हैन र ?

--------------२ ---------------------------------


जाग भो अब जाग,

महाभारतको अभिमन्यू बनेर

अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ

रामायणको लबकुश बनेर

भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ।

बुद्द र जनक बनेर

ज्ञानको साक्षात्कार ज्योती सर्बत्र फैलाउनुपर्छ।

सीता र भृकुटी बनेर

देशको सुबास संसारभरी फैलाउनुपर्छ।

किनकि -

के म नेपाली हैन र ?

---------------------३ ---------------------


उठ, भो अब उठ ,

जोश र जागरको बीज छर्नुपर्छ

भाका लैबरीको गाइनुपर्छ

बोलि चाचारीको हुनुपर्छ

स्वयम्भूको शान्तिप्रीत आँखाले

पशुपतिको पवित्र स्वच्छ हृदयले

आऊ ,

एउटा युद्दको शुभारम्भ गरौ।

किनकि -

के म नेपाली हैन र ?

----------------४ ------------------

Saturday, July 5, 2025

नेपाल क्यान्सर गीत

 https://youtu.be/__h7WXQwoWQ


नेपाल क्यान्सर   (गीत):


स्वास्थ्य मेरो धन हो , स्वास्थ्य मेरो प्राण !

स्वास्थ्य मेरो जीबन हो , इश्वरको दान !!

स्वस्थ खान्छु , स्वस्थ बस्छु स्वस्थै मेरो जीबन !

क्यान्सर शंका लाग्यो भने नेपाल क्यान्सर !!

-----------१ -----------------------------

गुट्खा खैनी खान्न म त सुर्ती पनि खादिन !

चुरोट बिडी तमाखु त कहिल्यै  हेर्दिन !!

जाँड रक्सी मादक हो , बस्छु म त पृथक !

क्यान्सर निदान गर्न परे , नेपाल क्यान्सर !!


--------------२ ---------------------------

पहिलो चरण निदान गर्छु , पहिलो चरण उपचार !

क्यान्सर निको हुनेगर्छ, छैन मलाई डर !!

किमो अनि  रेडिएसन सर्जरीको इलाज !

सर्ब सुलभ लोकप्रिय छ , नेपाल क्यान्सर !!


--------------३ -----------------------------

नेपालीको क्यान्सर उपचार हुन्छ नेपालमै !

उत्कृष्टता हेरचाह हाम्रो मूल मन्त्र नै !!

संदेश सारा फैलाऊ, जन चेतना सारा !

सर्बसुलभ मितव्ययी छ नेपाल क्यान्सर !!


-----------४ ----------------------------


    (समाप्त )


Monday, June 2, 2025

 म त नाच्छु आउन साथी तीजैको भाका गाऊ :

************************************

शिवजीको सेवा पूजा शान्ति गरे परिवार 

तीजको छ महिमा बुझी मन सपार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा 

राम्रै हुन्छ सबैसंग मिली रमाउदा 

म त नाच्छु आउन साथी तीजको भाका गाऊ 

हासीखुशी क्यान्सर जिती हामी तीज मनाऊ 

--------------------१ -------------------------

तीजैको बेलैमा कसलाई लाग्ला नराम्रो 

क्यान्सर जित्ने दिदी बहिनी भेट्ने चाड हाम्रो 

मिलेर हामीसँगै मनाऔ तीजको महिमा 

समयमै क्यान्सर निदान गरौ सबजना 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती ------------------

-----------२ ------------------------------

नेपाल क्यान्सर भयो साथी प्यारो हाम्रो माइतीघर 

पार्वतीको रुपधारी शरण परौ नेपाल क्यान्सर 

माइत जानी रहर हुन्थ्यो तीजमा नि जहिले 

यसपाली त नेपाल क्यान्सर माइती भो अहिले 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

----------------३ -----------------------------------

के संदेश ल्याऔ चरी माइतीको आगन

बाबा आमा दाजुभाइ कस्ता छन् भनन 

किनिदेउ रातो सारी धागो र चुरा

क्यान्सर जितेपछि सपना छैनन् अधुरा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

---------------४ ----------------------------

म बनाउछु खिर दही काकरीको अचार 

आऊ चेलीबेटी माइती घर शून्य नपार 

दिन त केही सकिन धेरै थिए चाहना 

दिदी बहिनी सबैलाई तीजको शुभकामना  

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

--------------------------५ ---------------------------

शिवजीको सेवा गरे होला शान्ती परिवार 

क्यान्सर पनि निको होला शिवजीको प्यार 

उपयुक्त तरीकाले तीजलाई मनाउदा

राम्रै हुन्छ नेपाल क्यान्सर भित्र रमाउदा 

म त नाच्छु आउन साथी ---------------

हासीखुशी क्यान्सर जिती -------------

-------------------६ -----------------------

       (समाप्त )

डा दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 

Thursday, May 29, 2025

भावपूर्ण श्रद्धान्जली

  यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी सहकर्मी मित्र प्रफुल्ल झाको  पिताको  देह्बसान भएको  खबरले स्तब्ध भएका छौ।  

यस दु:खद  घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकूल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।

 हामी यस दुखद परिस्थितिको सामना गर्न प्रफुल्ल झा एबम सम्पूर्ण परिवारलाई शक्ति प्रदान गरुन भनी  श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौं | साथै स्वर्गीय बुबाप्रति संस्थागत एबम व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गर्दछौं |  

                                                                    ---  डा गिसुप निख प्रसिको 

                                                                       विभागीय प्रमुख, रेडिएसन एण्ड अन्कोलोजी बिभाग 

                                                                      नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , हरिसिद्दी ललितपुर 

Tuesday, May 20, 2025

स्वदेशको माया

 स्वदेशको माया

  हिमाल हिमालमा उपचार मागेर पुग्दैन

आफै संजीवनी बोकेर उक्लिनुछ

पहाड पहाडमा बिकास मागेर हुदैन

आफै बेल्चा, खन्ती गैची भएर खनिनुछ

तराई तराईमा खेती चाहेर हुदैन

आफै कुलो नहर भएर बगिनुछ।

 

किनभने ,

भित्र एकलव्यको आस्था भगीरथको साहस उब्जेका छन

भित्र स्वयम्भूका आँखा अरनिकोका औलाहरु चलमलाएका छन

भित्र बुद्दको ज्ञान सीताको शील जागेका छन

भित्र बलभद्रको देन अमरसिंहको राष्ट्रप्रेम जुर्मुराएका छन

 

त्यसैले ,

हिमाल पगाल्नुछ, पहाड फोर्नुछ, तराई जोत्नुछ

आफ्नो हत्केलाका भाग्यरेखा आफ्नै पसिनाले कोर्नुछ

जागृतीका ऋचाहरु पढ़नुछ, संप्राप्तिका बालीहरु गोड्नुछ

बिकासको सगरमाथा चढ्नुछ, उत्साहको कर्णाली तर्नुछ

 

अब,

आबश्यकताको बारीमा संप्राप्तिको बोधिवृक्ष रोप्नुछ

प्रेरणाको थालीमा कर्मका अक्षताहरु पुज्नुछ

पौरखको मन्दिरमा सेवाका नैवेद्यहरु चढाउनुछ

आस्थाको कलशमा  बिकासको दियालो बलाउनुछ

 

आखिर,

माटोको किरिया खाएर  भन्छु-

भित्र मात्र मुटु छैन, मुटुभित्र देश पनि अडेको

भित्र मात्र रगत छैन, रगतसंगै गण्डकी पनि बगेको

मसंग मात्र छाती छाती छैन, छातीभित्र हिमाल पनि अडेको

मसंग मात्र आँखा छैन, आँखाभित्र गुराँस पनि फुलेको

 

अन्त्यमा,

मेरी आमा मलाई साइतमा जुराएको दही अक्षता लगाईदिनू

मेरी आमा मलाई शुभमुहूर्तमा सगुनको रातो टीका लगाइदिनू

यो देश रोप्नुछ यो देशका कर्मठ रोपाहाराहरुसंग

यो देश गोड्नुछ यो देशका परिश्रमी बाउसेहरुसंग

   “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”

-------------------समाप्त --------------------------

 

  श्रष्टा: डा. दीपक यात्री

पोखरा -२७ कास्की

हाल : नेपाल क्यान्सर हस्पिटल , ललितपुर

मोबाइल नं: ९८१३४५६३७४

-मेल : deepak1.hclcdc@gmail.com

Sunday, May 11, 2025

अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको उपलक्ष्यमा शुभकामना !

 अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको उपलक्ष्यमा शुभकामना !


आज मे १२ तारेख !  अन्तराष्ट्रिय नर्सिङ्ग दिवस !!

              जस्तो सुकै विषम परिस्थितिमा पनि  फ्रन्टलाइनमा बसेर संक्रमितहरुका लागि जीवनको ज्जोति छरिरहेका नर्सहरुको लागि आज विशेष दिन ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाइने गरिन्छ। यस बर्षको नारा "हाम्रो नर्स, हाम्रो भविष्य (Our Nurses, Our Future)" रहेको छ। 

दिनरात नभनी, जस्तो सुकै विषम परिस्थितीमा पनि अविचलित हुदै  मन्द मुस्कान लिएर निरन्तर स्वास्थ्य सेवामा लाग्ने यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सम्पूर्ण नर्सहरुलाई अन्तराष्ट्रिय नर्सिङ दिवसको अबसरमा यहाहरुको पेशागत उन्नति र प्रगतीको निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछु।  साथै आगामी दिनहरुमा अझै उत्कृष्ट सेवा दिन सक्ने उर्जा र प्रेरणा मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु। 

      --प्रार्थी , डा सुदीप श्रेष्ठ

               अध्यक्ष नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Monday, April 28, 2025

क्यान्सर रोगसँग सङ्घर्षरत कवि विनोदीलाई स्वास्थ्यलाभको कामना

हे स्रष्टाछौ अमर कविता-कल्पनाझैँ अगम्य

हे स्रष्टा ! छौ सरल सृजना-वाटिकाझैँ सुरम्य

स्रष्टा ! तिम्रो कलम अहा ! वज्रझैँ शक्तिशाली

बस्छौ आफ्ना सृजनसँगमा कर्मको दीप बाली

--------------1 ----------------------------

हे स्रष्टाछौ अमर कविता-कल्पनाझैँ अगम्य

हे स्रष्टा ! छौ सरल सृजना-वाटिकाझैँ सुरम्य

स्रष्टा ! तिम्रो कलम अहा ! वज्रझैँ शक्तिशाली

बस्छौ आफ्ना सृजनसँगमा कर्मको दीप बाली

 ----------------------------------2 -------------------

हे प्रज्ञावान् कविकलममा छर्नसक्छौ प्रकाश

भर्छौ आफै भन कसरी सिर्जनामा सुवास

प्रज्ञा तिम्रो झलमल बनोस् चम्किलो जूनजस्तै

तिम्रो मीठो लय बनिरहोस् बाँसुरी धूनजस्तै

 -----------------3-------------------------------

बाँच्नू प्यारा कवि अझ तिमी सिर्जना गर्नलाई

जित्नू व्याधि प्रबल ननिको शक्ति आफै जगाई

बग्दै जाऊ कलकल तिमी गण्डकी धारजस्तै

बज्दै जाऊ नव-सृजनमा गीत-झङ्कारजस्तै

 ------------------4--------------------------------

चण्डी, रुद्री वर दिइरहून् स्वास्थ्यमा होस् सुधार

गीता, वेद-स्तुति भइरहून् व्याधि लागोस् किनार

अग्ला अग्ला शिखर चढूँ वन्दना गर्नलाई

पक्कै जित्छौ कवि ! दृढ भई यो महारोगलाई

 ----------------------5----------------------

डाँफे मैना मुजुर वनमा गाउँछन् हे विनोदी !

क्वैली डुल्छे वनवन सधैँ स्वास्थ्यको हाल सोधी

भै पूर्णायु प्रतिपल तिमी हाँस प्यारा विनोदी !

 रच्दै मीठा सरस कविता बाँच प्यारा विनोदी !

-------------------6----------------------------------------

तिम्रो मीठो लय बनिरहोस् बाँसुरी धूनजस्तै बाँच्नू प्यारा कवि अझ तिमी सिर्जना गर्नलाई जित्नू व्याधि प्रबल ननिको शक्ति आफै जगाई बग्दै जाऊ कलकल तिमी गण्डकी धारजस्तै बज्दै जाऊ नव-सृजनमा गीत-झङ्कारजस्तै चण्डी, रुद्री वर दिइरहून् स्वास्थ्यमा होस् सुधार गीता, वेद-स्तुति भइरहून् व्याधि लागोस् किनार अग्ला अग्ला शिखर म चढूँ वन्दना गर्नलाई पक्कै जित्छौ कवि ! दृढ भई यो महारोगलाई डाँफे मैना मुजुर वनमा गाउँछन् हे विनोदी ! क्वैली डुल्छे वनवन सधैँ स्वास्थ्यको हाल सोधी भै पूर्णायु प्रतिपल तिमी हाँस प्यारा विनोदी ! रच्दै मीठा सरस कविता बाँच प्यारा विनोदी ! हे स्रष्टा ! छौ अमर कविता-कल्पनाझैँ अगम्य हे स्रष्टा ! छौ सरल सृजना-वाटिकाझैँ सुरम्य स्रष्टा ! तिम्रो कलम छ अहा ! वज्रझैँ शक्तिशाली बस्छौ आफ्ना सृजनसँगमा कर्मको दीप बाली हे प्रज्ञावान् कवि ! कलममा छर्नसक्छौ प्रकाश भर्छौ आफै भन न कसरी सिर्जनामा सुवास प्रज्ञा तिम्रो झलमल बनोस् चम्किलो जूनजस्तै तिम्रो मीठो लय बनिरहोस् बाँसुरी धूनजस्तै बाँच्नू प्यारा कवि अझ तिमी सिर्जना गर्नलाई जित्नू व्याधि प्रबल ननिको शक्ति आफै जगाई बग्दै जाऊ कलकल तिमी गण्डकी धारजस्तै बज्दै जाऊ नव-सृजनमा गीत-झङ्कारजस्तै चण्डी, रुद्री वर दिइरहून् स्वास्थ्यमा होस् सुधार गीता, वेद-स्तुति भइरहून् व्याधि लागोस् किनार अग्ला अग्ला शिखर म चढूँ वन्दना गर्नलाई पक्कै जित्छौ कवि ! दृढ भई यो महारोगलाई डाँफे मैना मुजुर वनमा गाउँछन् हे विनोदी ! क्वैली डुल्छे वनवन सधैँ स्वास्थ्यको हाल सोधी भै पूर्णायु प्रतिपल तिमी हाँस प्यारा विनोदी ! रच्दै मीठा सरस कविता बाँच प्यारा विनोदी ! ---डा• दीपक यात्री हे स्रष्टा ! छौ अमर कविता-कल्पनाझैँ अगम्य हे स्रष्टा ! छौ सरल सृजना-वाटिकाझैँ सुरम्य स्रष्टा ! तिम्रो कलम छ अहा ! वज्रझैँ शक्तिशाली बस्छौ आफ्ना सृजनसँगमा कर्मको दीप बाली हे प्रज्ञावान् कवि ! कलममा छर्नसक्छौ प्रकाश भर्छौ आफै भन न कसरी सिर्जनामा सुवास प्रज्ञा तिम्रो झलमल बनोस् चम्किलो जूनजस्तै तिम्रो मीठो लय बनिरहोस् बाँसुरी धूनजस्तै बाँच्नू प्यारा कवि अझ तिमी सिर्जना गर्नलाई जित्नू व्याधि प्रबल ननिको शक्ति आफै जगाई बग्दै जाऊ कलकल तिमी गण्डकी धारजस्तै बज्दै जाऊ नव-सृजनमा गीत-झङ्कारजस्तै चण्डी, रुद्री वर दिइरहून् स्वास्थ्यमा होस् सुधार गीता, वेद-स्तुति भइरहून् व्याधि लागोस् किनार अग्ला अग्ला शिखर म चढूँ वन्दना गर्नलाई पक्कै जित्छौ कवि ! दृढ भई यो महारोगलाई डाँफे मैना मुजुर वनमा गाउँछन् हे विनोदी ! क्वैली डुल्छे वनवन सधैँ स्वास्थ्यको हाल सोधी भै पूर्णायु प्रतिपल तिमी हाँस प्यारा विनोदी ! रच्दै मीठा सरस कविता बाँच प्यारा विनोदी !

कोकिल स्वर अनि सफा बिचार

 


कोकिल स्वर अनि सफा बिचार  !

आवाजका हुन उनी जादूगर !!

कस्तो जुर्यो है आज मूलाकात !

कबि त्रिपाठीसंग भेटघाट !!

        ---सन्दर्भ , आज कबि शिब त्रिपाठीसंग आफ्नै कार्यालयमा भेट्ने अवसर 

Thursday, April 24, 2025

माेहनाथ सम्बन्धमा

 माेहनाथ सम्बन्धमा

माधव वियाेगी जन्मन्छन् धरती सजाउन भनी मान्छेहरू विश्वमा । मर्छन् ती कुन याम वा कुन घडी पाइन्न थाहै यहाँ । मर्छन् क्वै जन कर्मले अमरता बाेकेर जान्छन् तर । क्वै मर्छन् नि छिमेकले पनि सधैं निन्दा गरेका बर ।। (१) जे हाेस् जन्मनु,मर्नु एक विधि हाे काे टार्न सक्ला र याे । मान्नै पर्छ विधान सर्व विधिकाे जाे सत्य हाे लाेककाे । राम्रा काम गरेर मर्नु धरती हाे पुत्र बन्ने विधि । वा हाे बन्नु उदात्त,दिव्य-गरिमा वा राष्ट्र-शाेभा निधि ।।। (२) अर्घाैं उच्च थलाे तथा प्रकृतिकाे साैन्दर्य-खानी भनाैं । माैलाे एक पचास गाउँ रहने ठावै उज्यालाे भनाैं । जस्काे चुम्मन साथ धेर गमिला मान्छे यहाँ जन्मिए । राम्रा काम गरेर स्वर्गतिरकाे बाटाे समाई गए ।। (३) याैटा नाम छ माेहनाथ थरले जाे हुन् त्रिपाठी जन । जस्ले काम गरे समाज हितका आफ्नाे खुलाई मन । कर्मैका-पसिना बहाउन सके आर्जे सकेकाे धन । विश्वासी, गमिला, उदार मनका मान्छे थिए सज्जन ।। (४) `अर्काकाे धन खान हुन्न कहिल्यै सामन्तवादी बनी ।
निर्धा आै निमुखा,गरीब जनकाे आशा निमाेठ्ने बनी´ । यस्ताे स्वच्छ विचार-भाव उनमा चम्की रह्याे हर्दिन । ठाने-`मानिस सर्वमा सुख मिलाेस् भागाेस् भए राेदन´।। (५) लागे फेर समाजका प्रगतिमा कर्तव्य मानीकन । आफ्नाे गाउँ-समाजकाे हित भए भाग्ला भनी क्रन्दन । घर्काजी व्यवहारमा पनि खटे सन्तानका खातिर । आफन्ती जनमा मिले भर दिए आफै बने सुन्दर ।। (६) बाँडेथे उपदेश, ज्ञान अथवा अर्ती घुमी गाउँमा । बच्चाका मनमा प्रभाव सतकाे भर्ने इरादाकन । `सद्भावी जन माेहनाथ सँगमा छन् तर्क विश्वासिला´ । भन्थे गाउँ-समाजका र परका मान्छेहरू हर्पला ।। (७) ती गर्थे व्यवहार शिक्षित तथा विद्वान ज्ञानी सरि । मात्रै ती दस पास थे त्यस बखत् सत्ज्ञानकाे मन्जरी ।। जान्थे ती पर पाेखरा दिनदिनै पैसा कमाऊँ भनी ।त्याे कार्यालय मालपाेततिर गै गर्थे नि लेखापढी । (८) खेतीकाे जुन कर्म थ्याे सब गरे मेसाे मिलाईकन । मेलापात गरेर दिव्य पसिना झारेधरा सिन्चन । गर्दा काम उनी निकै न खटिए अल्छ्याइँकाे त्याग भाे । जस्का कारणले प्रभाव उनकाे झन् तेजिलाे बन्न गाे ।। (९) अाेडाका बनिए सदस्य कहिले अध्यक्ष कैले बने ।जाे पंचायत राजनीति-रणमा भिन्नै पनामा चले । `गल्ती क्यै नगरी सफा मन लिई लागाैं सबै´ भन्दथे । भ्रष्टै बन्न रमाउनेसित कसै टाढा उनी बस्दथे।। (१०) हिन्दू धर्म विशेषमा अति दराे वैचार्यता राख्दथे । `मर्याे धर्म भने मनुष्य हुनुकाे जानेछ सत्´भन्दथे । धर्मैमा उनिने सनातनी कुरा राख्थे उनी ध्यानमा । इच्छाशक्ति बढाउने किसिमले गर्थे कुरा तथ्यमा ।। (११) यात्री दीपक मित्रका जनक जाे मेरा चिनापर्चिका । सादा जीवनका विचार उचका कर्तव्यका, कर्मका । भेटेथें जतिपल्ट जाे बखतमा आदर्शता पाउँथें । `कस्ताे कर्मठ व्यक्ति हाे`मनमनै आवाज उब्जाउँथें ।।
(१२)
(

Monday, April 21, 2025

कविको मुटु कविको दिल कविको हृदय

 

कविको मुटु कविको दिल कविको हृदय

कविको हुन्छ फूलको जस्तै कोमल हृदय !!

कविको रोग निदान हुन्छ मनको हाँसोले !

कविको व्याधि निर्मूल होला खुशीको रसले !!

------------------- ---------------------------

वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न

हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न

साहित्यरूपी पीयूष छर्ने कविको कलामा !

क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !!

----------------------------------------

देशको पीडा अझै  धेरै सिर्जना गर्नुछ !

सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु

विधाता पनि सृष्टिको सार अपार छदैछ !

धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !!

-------- -------------------------------

 

कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले !

कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !!

दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर

गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !!

------ -------------------------------------

 

      (समाप्त )

कविको मुटु कविको दिल कविको हृदय
कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ -------------------------! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त )

Wednesday, April 9, 2025

गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) ---- दीपक यात्री कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त )

 गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना

(छन्द गोविन्द गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) ---- दीपक यात्री कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त ) ---- दीपक यात्री कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त )राज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) ---- दीपक यात्री: झ्याउरे गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना ) गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) ---- दीपक यात्री कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त ) ---- दीपक यात्री गोविन्दराज विनोदीको स्वास्थ्य लाभको कामना (छन्द : झ्याउरे ) ---- दीपक यात्री कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त ) कविको मुटु कविको दिल कविको हृदय कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ --------------------------- वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न साहित्यरूपी पीयूष छर्ने कविको कलामा ! क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !! ---------२------------------------------- देशको पीडा अझै छ धेरै सिर्जना गर्नुछ ! सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु छ विधाता पनि सृष्टिको सार अपार छदैछ ! धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त )

Tuesday, April 8, 2025

गोबिन्द बिनोदीको स्वास्थ्य लाभ को निम्ति (छन्द : झ्याउरे )

  "गोबिन्द बिनोदीको स्वास्थ्य लाभ को निम्ति "     (छन्द : झ्याउरे )


कविको मुटु कविको दिल कविको हृदय !

फूलको जस्तै कोमल होला लेखक हृदय !!

कविको रोग निदान हुन्छ मनको हासोले !

कविको ब्याधि निर्मूल होला खुसको रसले !!

--------------------१ ---------------------------

घटाको कसै पानीको स्तर घटेर जादैन !

हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न !!

साहित्य जस्तै पियुष छर्ने कविको कलामा !

क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !!

---------२-------------------------------

झाकीको शेष अझैँ  छ धेर सिर्जना गर्नुछ !

सिर्जेर अझै खण्डको धार जंघार तर्नुछ !!

सृष्टिको सारा विधाता पनि अपार छदैछ !

धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !!

---------३ -------------------------------

कविको खड्को टर्नेछ सिधै इश्वर कृपाले !

कविको स्वास्थ्य बढ्नेछ अझै नश्वर दयाले !!

गोबिन्द कबि भीष्म झैँ अझै बाच्नेछन सतक !

गोबिन्द कबि सरु झैँ अझै जित्नेछन क्यान्सर !!

------४ -------------------------------------

        (समाप्त )


    डा. दीपक यात्री 

लेखनाथ -२७ , कास्की 

हाल : प्रमुख सूचना प्राबिधिक , 

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर 

सम्पर्क फोन नं : ९८१३४५६३७४ 


रचना मिति : २०८१ चैत्र २७  गते बुधबार 

Saturday, April 5, 2025

रामनवमी शुभकामना

 आज चैत्र शुक्ल नवमी,  अर्थात् रामनवमी । त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ।मर्यादाको बाटो हिँडेकाले राम लोकप्रिय तथा मर्यादा पुरुषोत्तमको प्रतीक मानिन्छन।  प्राचीन सभ्यतामा असल शासन भएका मुलुकलाई रामराज्य उपनाम दिने  गरिन्थ्यो। 

 नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु  र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर  ब्यबस्थापनको तर्फबाट  राम नवमीको हार्दिक शुभकामना व्यक्त गर्दछु।

  --प्रार्थी डा सुदिप श्रेष्ठ ,  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

Wednesday, March 12, 2025

होली पर्व

   फाल्गुण पुर्णिमा (होली )को शुभकामना

नेपालीहरुको महान पर्ब फाल्गुण पुर्णिमा (होली )को सु -अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी साथीहरु ,कर्मचारी मित्रहरु,हामीलाई सधै प्रेरणा र साथ दिने संचालक समिती सदस्यज्यु हरु, सेयर सदस्यज्युहरु  र उहाँहरुको परिबारहरुलाई नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर  ब्यबस्थापनको तर्फबाट  हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै दुषित र  सङ्क्रमणको  सम्भावनालाई मध्यनजर गर्दै   स्वास्थ्यका मापदण्ड पालना गर्दै र अरूलाई अवरोध नहुने गरी मर्यादित रूपमा होली पर्व मनाउन अनुरोध गर्दछु।  



   --प्रार्थी डा सुदिप श्रेष्ठ ,  , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर