माेहनाथ सम्बन्धमा
माधव वियाेगी जन्मन्छन् धरती सजाउन भनी मान्छेहरू विश्वमा । मर्छन् ती कुन याम वा कुन घडी पाइन्न थाहै यहाँ । मर्छन् क्वै जन कर्मले अमरता बाेकेर जान्छन् तर । क्वै मर्छन् नि छिमेकले पनि सधैं निन्दा गरेका बर ।। (१) जे हाेस् जन्मनु,मर्नु एक विधि हाे काे टार्न सक्ला र याे । मान्नै पर्छ विधान सर्व विधिकाे जाे सत्य हाे लाेककाे । राम्रा काम गरेर मर्नु धरती हाे पुत्र बन्ने विधि । वा हाे बन्नु उदात्त,दिव्य-गरिमा वा राष्ट्र-शाेभा निधि ।।। (२) अर्घाैं उच्च थलाे तथा प्रकृतिकाे साैन्दर्य-खानी भनाैं । माैलाे एक पचास गाउँ रहने ठावै उज्यालाे भनाैं । जस्काे चुम्मन साथ धेर गमिला मान्छे यहाँ जन्मिए । राम्रा काम गरेर स्वर्गतिरकाे बाटाे समाई गए ।। (३) याैटा नाम छ माेहनाथ थरले जाे हुन् त्रिपाठी जन । जस्ले काम गरे समाज हितका आफ्नाे खुलाई मन । कर्मैका-पसिना बहाउन सके आर्जे सकेकाे धन । विश्वासी, गमिला, उदार मनका मान्छे थिए सज्जन ।। (४) `अर्काकाे धन खान हुन्न कहिल्यै सामन्तवादी बनी ।निर्धा आै निमुखा,गरीब जनकाे आशा निमाेठ्ने बनी´ ।
यस्ताे स्वच्छ विचार-भाव उनमा चम्की रह्याे हर्दिन ।
ठाने-`मानिस सर्वमा सुख मिलाेस् भागाेस् भए राेदन´।।
(५)
लागे फेर समाजका प्रगतिमा कर्तव्य मानीकन ।
आफ्नाे गाउँ-समाजकाे हित भए भाग्ला भनी क्रन्दन ।
घर्काजी व्यवहारमा पनि खटे सन्तानका खातिर ।
आफन्ती जनमा मिले भर दिए आफै बने सुन्दर ।।
(६)
बाँडेथे उपदेश, ज्ञान अथवा अर्ती घुमी गाउँमा ।
बच्चाका मनमा प्रभाव सतकाे भर्ने इरादाकन ।
`सद्भावी जन माेहनाथ सँगमा छन् तर्क विश्वासिला´ ।
भन्थे गाउँ-समाजका र परका मान्छेहरू हर्पला ।।
(७)
ती गर्थे व्यवहार शिक्षित तथा विद्वान ज्ञानी सरि ।
मात्रै ती दस पास थे त्यस बखत् सत्ज्ञानकाे मन्जरी ।।
जान्थे ती पर पाेखरा दिनदिनै पैसा कमाऊँ भनी ।त्याे कार्यालय मालपाेततिर गै गर्थे नि लेखापढी ।
(८)
खेतीकाे जुन कर्म थ्याे सब गरे मेसाे मिलाईकन ।
मेलापात गरेर दिव्य पसिना झारेधरा सिन्चन ।
गर्दा काम उनी निकै न खटिए अल्छ्याइँकाे त्याग भाे ।
जस्का कारणले प्रभाव उनकाे झन् तेजिलाे बन्न गाे ।।
(९)
अाेडाका बनिए सदस्य कहिले अध्यक्ष कैले बने ।जाे पंचायत राजनीति-रणमा भिन्नै पनामा चले ।
`गल्ती क्यै नगरी सफा मन लिई लागाैं सबै´
भन्दथे ।
भ्रष्टै बन्न रमाउनेसित कसै टाढा उनी बस्दथे।।
(१०)
हिन्दू धर्म विशेषमा अति दराे वैचार्यता राख्दथे ।
`मर्याे धर्म भने मनुष्य हुनुकाे जानेछ सत्´भन्दथे ।
धर्मैमा उनिने सनातनी कुरा राख्थे उनी ध्यानमा ।
इच्छाशक्ति बढाउने किसिमले गर्थे कुरा तथ्यमा ।।
(११)
यात्री दीपक मित्रका जनक जाे मेरा चिनापर्चिका ।
सादा जीवनका विचार उचका कर्तव्यका, कर्मका ।
भेटेथें जतिपल्ट जाे बखतमा आदर्शता पाउँथें ।
`कस्ताे कर्मठ व्यक्ति हाे`मनमनै आवाज उब्जाउँथें ।।
(१२)
(
No comments:
Post a Comment