Monday, April 21, 2025

कविको मुटु कविको दिल कविको हृदय

 

कविको मुटु कविको दिल कविको हृदय

कविको हुन्छ फूलको जस्तै कोमल हृदय !!

कविको रोग निदान हुन्छ मनको हाँसोले !

कविको व्याधि निर्मूल होला खुशीको रसले !!

------------------- ---------------------------

वर्षाको बेला घटाको पानी रोकेर रोकिन्न

हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न

साहित्यरूपी पीयूष छर्ने कविको कलामा !

क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !!

----------------------------------------

देशको पीडा अझै  धेरै सिर्जना गर्नुछ !

सिर्जेर मीठा कविता सारा सङ्कष्ट हर्नु

विधाता पनि सृष्टिको सार अपार छदैछ !

धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !!

-------- -------------------------------

 

कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले !

कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !!

दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर

गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !!

------ -------------------------------------

 

      (समाप्त )

कविको मुटु कविको दिल कविको हृदय
कविको हुन्छ फूलको जस्तै कोमल हृदय !! कविको रोग निदान हुन्छ मनको हाँसोले ! कविको व्याधि निर्मूल होला खुशीको रसले !! -------------------१ -------------------------! --------३ ------------------------------- कविको खड्को टर्नेछ पक्कै ईश्वर कृपाले ! कविको स्वास्थ्य बढ्नेछ हामी सबैको मायाले !! दिनेछन् नयाँ सिर्जना उनी भीष्मझैँ बाँचेर गोविन्द कवि सरुले जस्तै जित्नेछन् क्यान्सर !! ------४ ------------------------------------- (समाप्त )

No comments:

Post a Comment