"गोबिन्द बिनोदीको स्वास्थ्य लाभ को निम्ति " (छन्द : झ्याउरे )
कविको मुटु कविको दिल कविको हृदय !
फूलको जस्तै कोमल होला लेखक हृदय !!
कविको रोग निदान हुन्छ मनको हासोले !
कविको ब्याधि निर्मूल होला खुसको रसले !!
--------------------१ ---------------------------
घटाको कसै पानीको स्तर घटेर जादैन !
हत्केलाबाट रविको पुञ्ज छेकेर छेकिन्न !!
साहित्य जस्तै पियुष छर्ने कविको कलामा !
क्यान्सर पनि हारेर जान्छ कवित्व बलमा !!
---------२-------------------------------
झाकीको शेष अझैँ छ धेर सिर्जना गर्नुछ !
सिर्जेर अझै खण्डको धार जंघार तर्नुछ !!
सृष्टिको सारा विधाता पनि अपार छदैछ !
धर्तीमा जन्म लिएर पक्कै स्वर्गमा जानुछ !!
---------३ -------------------------------
कविको खड्को टर्नेछ सिधै इश्वर कृपाले !
कविको स्वास्थ्य बढ्नेछ अझै नश्वर दयाले !!
गोबिन्द कबि भीष्म झैँ अझै बाच्नेछन सतक !
गोबिन्द कबि सरु झैँ अझै जित्नेछन क्यान्सर !!
------४ -------------------------------------
(समाप्त )
डा. दीपक यात्री
लेखनाथ -२७ , कास्की
हाल : प्रमुख सूचना प्राबिधिक ,
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर , ललितपुर
सम्पर्क फोन नं : ९८१३४५६३७४
रचना मिति : २०८१ चैत्र २७ गते बुधबार
No comments:
Post a Comment