आज नेपाल क्यान्सर हस्पिटलकी संस्थापक संचालक समिती सदस्य एबम सामाजिक अभियन्ता श्रीमती स्वरुपा श्रेष्ठसंग पहिलो पटक सुखद भेट भयो। उहाँ नेपाल क्यान्सर सपोर्ट ग्रुप , उपचारका लागि सहयोगी हातहरु, नेपाल च्याम्बर अफ कमर्स, रोटरी क्लब अफ याला, श्रीदीप हेल्थ वेलनेस ---आदि जस्ता दर्जनौ सामाजिक तथा परोपकारी संस्थामा आबद्द हुनुहुदो रहेछ। म अन्जु पन्तले पनि केही बर्षदेखी "अन्जु पन्त फाउन्डेसन" स्थापना गरी सक्दो सामाजिक सहयोग र परोपकारी काम गर्ने रहर गरेकी छु। आदरणीय स्वरुपा मेमले उहाँका परोपकारी संस्थाहरुसंग हातेमालो गरी सहकार्य गर्न सकिने आश्वाशन दिएपछि मलाई धेरै धेरै खुशी लागेको छ।
यस सुखद भेट गराइदिनुहुने आदरणीय गीतकार तथा कबि @ दीपक यात्री प्रति हार्दिक आभार !
# परोपकारी संस्थामा सहकार्य #
## सामाजिक अभियन्ता स्वरुपा श्रेष्ठसंग सुखद भेट ##
(तस्बीरमा स्वरुपा श्रेष्ठ मेम, डा दीपक यात्री र डा खगेन्द्र देबकोटा
No comments:
Post a Comment