के म नेपाली हैन र ?
हामी नेपालीसंग,
बिश्व शान्तिको क्षेत्र नेपाल भूमि छ
यसभन्दा पनि बुद्दको दिब्यभूमि छ
पूर्बजका खुडा खुकुरी मात्रै हैन
जनक र बुद्दको बोधिसत्व पनि छ
अमरसिंह र बलभद्रको बीरता मात्रै हैन
अरनिकोको सीप र कला पनि छ।
मेरो दक्ष मेरो शक्ति यसको लागि योग्य छ
किनकि -
के म नेपाली हैन र ?
------------------१ ---------------------------
हामी नेपालीलाई थाहा छ -
बारुदको धुवाले मात्रै युद्द हुदैन
सेतो परेवाले पनि शान्तिपूर्ण युद्द गर्न सक्छ
हिरण्यकश्यपु र दुर्योधनको मात्रै युद्द हुदैन
प्रल्हाद र युधिष्ठिरले पनि सत्यताको युद्द गर्न सक्छन।
स्वयम्भुका शान्ति दृष्टीले
एउटा न्याय, समानता र अवसरको खोजी गर्न सक्छु
किनकि -
के म नेपाली हैन र ?
--------------२ ---------------------------------
जाग भो अब जाग,
महाभारतको अभिमन्यू बनेर
अशिक्षा र अन्धबिश्वासको चक्रब्युह फोड्नुपर्छ
रामायणको लबकुश बनेर
भ्रष्टाचार र दुराचारको जरैबाट उन्मूलन गर्नुपर्छ।
बुद्द र जनक बनेर
ज्ञानको साक्षात्कार ज्योती सर्बत्र फैलाउनुपर्छ।
सीता र भृकुटी बनेर
देशको सुबास संसारभरी फैलाउनुपर्छ।
किनकि -
के म नेपाली हैन र ?
---------------------३ ---------------------
उठ, भो अब उठ ,
जोश र जागरको बीज छर्नुपर्छ
भाका लैबरीको गाइनुपर्छ
बोलि चाचारीको हुनुपर्छ
स्वयम्भूको शान्तिप्रीत आँखाले
पशुपतिको पवित्र स्वच्छ हृदयले
आऊ ,
एउटा युद्दको शुभारम्भ गरौ।
किनकि -
के म नेपाली हैन र ?
----------------४ ------------------
No comments:
Post a Comment