अन्तराष्ट्रिय नर्सिङ्ग दिवसको उपलक्ष्यमा शुभकामना !
आज मे १२ तारेख ! अन्तराष्ट्रिय नर्सिङ्ग दिवस !!
जस्तो सुकै विषम परिस्थितिमा पनि फ्रन्टलाइनमा बसेर संक्रमितहरुका लागि जीवनको ज्जोति छरिरहेका नर्सहरुको लागि आज विशेष दिन ।
अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई प्रत्येक बर्ष अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाइने गरिन्छ। यस बर्षको नारा "हाम्रो नर्स, हाम्रो भविष्य (Our Nurses, Our Future)" रहेको छ।
दिनरात नभनी, जस्तो सुकै विषम परिस्थितीमा पनि अविचलित हुदै मन्द मुस्कान लिएर निरन्तर स्वास्थ्य सेवामा लाग्ने यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सम्पूर्ण नर्सहरुलाई अन्तराष्ट्रिय नर्सिङ दिवसको अबसरमा यहाहरुको पेशागत उन्नति र प्रगतीको निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछु। साथै आगामी दिनहरुमा अझै उत्कृष्ट सेवा दिन सक्ने उर्जा र प्रेरणा मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु।
--प्रार्थी , डा सुदीप श्रेष्ठ
अध्यक्ष नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर
No comments:
Post a Comment