Sunday, May 28, 2017

कोदो रोपाई

असारको धान रोपाई लगत्तै कोदो रोपाई शुरु भएछ नि !
आफु एकजना बाउसेले मकै काटेको बाझो बारीमा खन्दै पाचजना खेतालाहरुलाई रोप्न पुर्याएको दुइ दशक पुगेछ क्यार !
तिनै दिनको सम्झनामा केही पंक्ति कोर्दै :

"कोदो रोपाई "

किसानको सानो खेतबारीलाई !
कोदालीले नै जमीन पल्टाई !!
खोस्रेर माटो बीऊ लगाई !
गर्दैछु हामी कोदो रोपाई !!
----१---------------------
बर्षातको पानी र भेल छोपी !
असारको खेत रोपेर सकी !!
खन्दैछौ बारी माटो पल्टाई !
गर्दैछु हामी कोदो रोपाई !!
-------------------२-------------
न हल गोरु न त् कुलो पानी !
न त् चाहिने नै जलको सिचाई !!
डल्ले माटोलाई धुले बनाई!
गर्दैछु हामी कोदो रोपाई !!
--------------३------------
कोदो त् हाम्रो बहुमुल्य खेती !
दिनको खाजा कोदाकै हो रोटी !!
उब्जाऔ फलाऔ बारी मोलाई !
गर्दैछु हामी कोदो रोपाई !!
-------------४----------------

No comments:

Post a Comment