Saturday, May 27, 2017

जनम दिनको शुभकामनाले

मेरो जन्म दिनमा ....
सर्वप्रथम मेरो जीवनको अस्तित्वलाई मान्दै अनि कदर गर्दै मेरो जन्मदिनको सुनौलो मौका छोपेर यो वर्ष अगस्त २० तारेखमा फेसबुकको सुन्दर पानामार्फत मलाई शुभकामनारुपी मायाले भरिएको आशिरवाद दिने महानुभावहरुप्रति म हार्दिक कृतज्ञता साथै आभर प्रकट गर्दछु ।
हुन पनि यतिका आफ़न्तजनहरुको शुभकामना पाएपछि मलाई २०७२ मा पुनर्जन्म भएछु कि जस्तो लागेको छ |
यही खुशीको भाबहरुलाई शब्दहरुमा रुपान्तर गर्दै :
"जनम दिनको शुभकामनाले"
भदौरे चार ऋतु बर्षात |
घुमेर आयो यो सालगाठ ||
बढायो बर्ष थपिदिनाले |
जनम दिनको शुभकामनाले ||
--------------१------------------------
ठुलाकोटको सापकोटाबारी |
शुक्लपक्षको रात्री तीन घडी ||
मकर राशी तिथिमितिले |
जनम दिनको शुभकामनाले ||
----------२----------------------
तृतीय सन्तान पहिलो पुत्र |
भगवती मोहनाथको सुपुत्र ||
बुद्दिनाथ नाम देबगण हुनाले |
जनम दिनको शुभकामनाले ||
---------३-------------------------
एकैघरका दुइटा बुहारी |
जन्माएर पुत्र दो दौतरी ||
न्वारन दुइको एकै हुनाले |
जनम दिनको शुभकामनाले ||
------------४------------------------
राजु र दीपक नाम बदलीइ |
बोलाईयो दिज्यु र साथीसंगी ||
उही दीपक यो रम्छ कविताले |
जनम दिनको शुभकामनाले ||
-----------५---------------------
--- ( समाप्त )------
ई. दीपक यात्री
लेखनाथ -६ ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत

No comments:

Post a Comment