Sunday, May 28, 2017

साउने सक्रान्ति

आज साउने सक्रान्ति :दिनभरि तिहिरे कुटेर ,कागभलायो, कुरिलो,कुकुर डाइनो, पानीसरो,पुरेनी,गलेनी बटुल्दै | अनि साँझमा यिनै औषधीजन्य बस्तुहरु जलाउदै शिबको पुजा गर्ने गरेको दिन | राति पुजा सकेर अगुल्टा चौतर्फी मिल्काउदै लुतो फालेर हरिया मकैको न्वागी खाएको दिन | परदेशमा आफ्नो संस्कृति मनाउन नपाएपनि सम्झनामा केही लेख्दा रमाइलो लाग्ने रहेछ |

"साउने सक्रान्ति "

वर्षाऋतुको आगमन संगै !
हरिया खेतबारी टलके अचम्मै !!
खेतरोपी सकी फेर्दै श्वास शान्ति !
मनाऔ रमाइलो साउने सक्रान्ति !!
-------------------१----------------
कुकुर डाइनो र काग भलायो !
कुरिलो,पानीसरो सब जुटाओं !!
पुरेनी गलेनी जलाउदै बासन्ती !
मनाऔ रमाइलो साउने सक्रान्ति !!
----------------२----------------------
अगुल्टो फाल्दै लुतो भगाइ !
तिहिरेले हात रंगीन बनाई !!
चौमासमा दान,बनौ पाप मुक्ति !
मनाऔ रमाइलो साउने सक्रान्ति !!
-----------------३----------------------
ओढेर छाता बारीषलाई थमाई !
आदित्य स्तोत्र र मन्त्र सुनाई !!
फालेर लुतो;खाऔ मकैको न्वागी !
मनाऔ रमाइलो साउने सक्रान्ति !!
-----------------------(समाप्त)----------

No comments:

Post a Comment