Sunday, May 28, 2017

म हली

यी प्यारा हलीहरु जसले बर्षेनी साहुको बाली लगाऊछन् | बर्षातमा खेत जोत्छन, धानको रोपाई गराउछन् | हिउदमा टारीबारी जोत्छन,मकै गहु फलाऊछन् |हलो,जुवा,लिड्को,सादे,भन्दा अरुथोक बोक्न जानेका छैनन् |
यिनीहरु गाउघरमा मेरा हितैषी मित्र थिए | म उच्च अध्ययनको निम्ति बिदेसीए र प्राबिधिक पेशेवर भएर बिदेशमै रुमल्लिए | तर यी दिग्गज हितैषिहरुको याद मन मष्तिष्कमा उत्तिकै ताजै छ |
यिनै बीर पौरखीहरुको सम्मानमा दुई पंक्तिहरु कोर्दै :
" म हली "
देउरालीमा घाम झुल्केको देखी |
निक्ले म बीर्तातिर लौरो टेकी ||
लगाई शिरमा त् छत्रिको टोपी |
हिडे म जोत्न हलो जुवा बोकी ||
--------------------१--------------------
माले र तारे हलको जुवारी |
असारे गीत भाका हाली हाली ||
लैबरी गाउदै खादै सेल रोटी |
हिडे म जोत्न हलो जुवा बोकी ||
--------------२---------------------
मानो रोपेर मुरी फलाउन |
गाभो गाडेर बाला झुलाउन ||
खहरेको भेल र बाढी छोपी |
हिडे म जोत्न हलो जुवा बोकी ||
--------------------३---------------
डल्लेठो हातमा,अर्कोमा कोदाली |
खुर्पेटो कम्मर भित्र पसाली ||
फुटाई डल्ला धर्तीलाई जोती |
हिडे म जोत्न हलो जुवा बोकी ||
----------------४---------------------
(समाप्त)
--- इ.दीपक यात्री ;लेखनाथ-६ कास्की नेपाल
हाल: हैदराबाद भारत

No comments:

Post a Comment