Saturday, May 27, 2017

पुत्रीको पनि भए पिता म

बिक्रम सम्बत २०७२ साल श्रावण २४ गते , तद अनुसार आगस्त ९ २०१५;आइतबार ;कृष्णपक्ष दशमी तिथि सुबह ५:३४ मिनटमा हामीलाई पुत्रीलाभ भयो |
म पहिल्यै एक पुत्रको पिता थिए ;अब एक पुत्रीको पनि |
यही क्षणलाई शब्दहरुमा प्रस्तुत गर्दै :

" पुत्रीको पनि भए पिता म "

विधिको बिधान भनु अथवा |
इश्वरको कृपा कहु अथवा ||
श्रावण कृष्णपक्ष दशमी दिन |
पुत्रीको पनि भए पिता म ||
---------------------अ ----------------
पिता म दीपक माता समुन्द्र |
सुमोद पुत्र छ नाबालक ||
चारै पुग्यौ हामी परिवारजन |
पुत्रीको पनि भए पिता म ||
----------------आ -----------------
फक्रेर फूल धर्तीमा आई |
विराजमान भइन सुपुत्री ||
हुर्कीबढी गरुन देब पालक |
पुत्रीको पनि भए पिता म ||
--------------इ ---------------------
न्वारनको पल नाम दिनलाई |
दुबिधा पर्यो हामी दम्पतीलाई ||
इन्दिरा गार्गी भृकुटी सीता त् |
पुत्रीको पनि भए पिता म ||
-----------ई--------------------------
(समाप्त )
नोट: न्वारनको दिनसम्म पनि उनको नाम जुराउन हामीलाई मुश्किल पर्यो |
इन्दिरा/गार्गी/भृकुटी/सीता ? अझै ठम्याउन सकिएन | यहाहरुको सुझाबको अपेक्षा गर्दछौ | ----
ई. दीपक यात्री
लेखनाथ -६ ;कास्की नेपाल
हाल: हैदराबाद भारतमा कार्यरत

No comments:

Post a Comment