Thursday, May 25, 2017

कुनै दिन थिए गाउघरमा

"कुनै दिन थिए गाउघरमा "

कुनै दिन थिए गाउघरमा !
अर्चलेको पहाडी कन्दरामा !!
शुभ उठेर गाई गोठालो !
खुवाउदै बस्तुलाई कुनौरो !!
------------१ -----------------------
बिद्यालय थियो तीन कोश पर !
जंगलको बाटो गर्दै पैदल !!
सब बाल्यसखी बहस गर्दै !
शिक्षक र बिषय चर्चा गर्दै !!
-------------२-------------------
खाएर दुधभात स्कूल जान्थे !
पठनपाठन नियमित हुन्थे !!
पढाइको सब छ सात घन्टी !
बनाउने गर्थे सदा सदुपयोगी !!
-------------३ ----------------------
फर्किन्थ्यों उही बाटो भलाकुसारी !
पिठ्युमा धान पराल भारी !!
पुग्दा घरमा गाईभैसी बाख्रा !
पर्खीबसेका हुन्थे घासअन्न !!
------४----------------------
अन्न र घासअन्न भकारा फाली !
ठुलो पधेरासम्म गाग्री बोकी !!
गोबरको हात धोई पखाली !
बोकेर ल्याउथे पानी एक गाग्री  !!
   -----६ -----------------------
----------समाप्त ---------------------

No comments:

Post a Comment