Saturday, May 27, 2017

साच्चै अर्चले अति सुन्दर छ

मेरो प्यारो अर्चले गाऊ;कविशिरोमणि जन्मेको गाऊ |
मेरो प्यारो लेखनाथ नगर ;सात तालको नगर |
बाल्यकालमा उकाली ओराली गरेका बाटाघाटा र भीरपाखाहरु,घासपात र बनिबुतो गरेका बनजंगलहरु,अर्मपर्म गरेका खेतबारीहरु र लेखपढ गरेको स्कूल अनि सहपाठीहरू |
सम्झदै भक्कानो फुटेर आउछ |
मैले प्राबिधिक पेशेवरको रुपमा बिदेशी कार्यालयको कामखातिर अमेरिका,यूरोप र एसियाका मनग्गे राष्ट्रहरुको भ्रमण गरे तर आफ्नो गाऊजस्तो शालीन र सुन्दर दृश्यहरु मेरो आखा,मष्तिस्क र आत्मालाई लाग्न सकेन | यही आत्मिय भाबहरुलाइ शब्दहरुमा पस्कदै :

"साच्चै अर्चले अति सुन्दर छ "

सातैतालको यो संगम थलो |
भित्तेरी काउरे पाखा पखेरो ||
पूर्वमा दिपांग अनि बेगनास |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------१--------------------------
उत्तरमा शालीन हिमगिरी |
अन्नपूर्ण र सेतो धौलागिरी ||
पश्चिममा बेशी खास्टे ताल छ |
साच्चै अर्चले अति सुन्दर छ ||
---------------२----------------------
धारापानी र ठुलो पधेरो |
बुढाको चौर खेल्ने पखेरो ||
सुमीडाडा स्कूल प्राथमिक |
साच्चै अर्चले अति सुन्दर छ ||
-------------३--------------
जन्मेर कबि बने शिरोमणी |
बुद्धि बिनोद र तरुण तपसी ||
जन्मायो गाऊ कबि लेखनाथ |
साच्चै अर्चले अति सुन्दर छ ||
------------------४-------------------
काटौंन भन्ज्यांग डाडानाकबाट |
पैदल लाग्ला सवाघण्टा एक ||
हेरौ पोखराको सौम्य दृश्य |
साच्चै अर्चले अति सुन्दर छ ||
------------५---------------------
पूर्वमा घाम झुल्किदा खेरी |
टल्कीन्छ हिमाल बनी सुनेली ||
राखिको डाडा टाढा कास्कीकोट | |
साच्चै अर्चले अति सुन्दर छ ||
---------६-----------------
(समाप्त)
--- इ.दीपक यात्री ;लेखनाथ-६ कास्की नेपाल
हाल: हैदराबाद भारत
कृपया : यो कविता पढीसकेपछी सबै जनहरु पोखराजादा अनिबार्य अर्चले पनि गइदिन सादर अनुरोध छ |

No comments:

Post a Comment