Saturday, November 5, 2016


"परदेशीलाई बिरानो तिहार"

सयपत्री फूलहरुले बारी रंगीन पार्यो होला !

झिलिमिली दीपबत्ती,औशीले नि हार्यो होला !!

दिदी बहिनी भान्जीहरु मिली माला बुने होलान !

गलाभित्र छिर्न साटो वैलिएर झरे होलान !!

-------------- -----------------------------------

झ्यालदेखि आँगन पिढी दीपहरु जल्दै होलान !

फूलजस्तै हासो भर्दै लालाबाला रम्दै होलान !!

गाई, गोरु, कुकुर, काग  पुजिएर प्रसन्न भई !

घासपात हेर्न छाडी अन्न मात्रै खादै होलान !!

----------- ---------------------------------

कोजाग्रत रातमा जम्दै जुवातास खेल्दै खेल्दै !

लाहुरे छुट्यो यसपाली भन्दै भन्दै रम्दै होलान !!

गाइतिहार भैलो देउसी बलिराजा बक्दै बक्दै !

गाऊघरे ठिटाठिटी गाउघर घेर्दै होलान !!

------------- -------------------------------

ओखरको गेडा फोडी आयु लामो होवोस भन्दै !

दिदीबैनी परदेशी  भाइ  तिम्लाई भन्दै होलान !!

कचौरीको तेलभित्र हरा लामो  दूबो डुबाउदै !

परेलीको नयनमा नुनपानी झारे होलान  !!

--------- ----------------------------------

मेरो जस्तै कर्म फुट्ने अभागी ती भाइहरु !

बिरानोमा आशु पुछ्दै तिहार गीत लेख्दै होलान !!

लक्ष्मीपूजा,लक्ष्मीदिवस भन्दै तिहार गीत लेख्दै !

बिद्धुतीय संजाल छापाहरुमा छाप्दै होलान !!

-----  ---------------------------

(समाप्त )

 

स्रष्टा : दीपक यात्री

सिनिएर इन्जिनियर, भेरियन सिस्टम

तिथि:औशी  ,लक्ष्मीपूजा 

 मिति :कार्तिक १४ गते

स्थान : हैदराबाद ,भारत

स्थायी ठेगाना :लेखनाथ - ,अर्चले कास्की

No comments:

Post a Comment