Saturday, November 5, 2016

"परदेशीलाई बिरानो दशैं "


"परदेशीलाई बिरानो दशैं "

 

सयपत्री गोदाबरी पाखाभरी ढाके होलान !

मखमली मालतीले मीठो सुबास साटे होलान !!

शरदको बिहानीमा सुनौलो त्यो रबी संगै !

सफा आकाश,चिसो बतास धर्तीसंगै रम्दै होलान !!

-------एक --------------------------------------

  बर्षभरी घामपानीले सेकिएका भित्ताहरु !

रातोमाटो कमेरोले  रंगिएर  पोते होलान !!

झरी,बादल,हुरी,बतास झेलेका ती छानाहरू !

पौरखीका हातहरुले मिलाएर छाए होलान !!

--------------दुई ---------------------------------

आकाशको मार्गबाट बादलभित्र यानहरुमा !

हुइकिदै राजधानीको  हवाईअड्डा झर्दै होलान !!

सुपर् कोचको बहानीमा गोरखपुर रक्सौलमा !

आयो दशैं ,आयो भैरे भन्दै लाहुरे गुड्दै होलान !!

--------तीन ------------------------------------------

बतासेको  लिङ्गे पिङ्ग ,मच्चाएर आकासिदै !

बाबा तिमी कतिखेर छोरो बाटो हेर्दै होलान !!

घुडामाथि  च्युडो राखी परेलीलाई भिजाएर !

असी बर्षे बूढी आमा आँगनीमा कुर्दै होलिन !!

------चार    ----------- ------------------

कालिको मन्दिरमा दुर्गा सप्तम पाठ गर्दै !

मनोहरी दुर्गाहरी महाकाली भन्दै होलान !!

सापकोटाको बारीमाथि सार्की मैदान टाकुरामा !

बाटो खन्न उर्दी लाउदै कटुवाल बा बक्दै होलान !!

---------पाँच-------------

पिङ्ग चढ्दा धर्ती बोझ कम हुन्छ भन्दै भन्दै  !

थोते बूढो  थोती बूढी पिङ्गमाथि चड्दै होलान !!

जख्खड जख्खड खसीबोका तान्दै मेरा संगीहरु !

लाहुरे छुट्यो यसपाली त् भन्दै तास खेल्दै होलान !

----------------छ---------------------------------------

मेरो जस्तै कर्म फुट्ने अभागी ती युवाहरु !

बिरानोमा आँशु पुछ्दै दशैं गीत लेख्दै होलान !

परदेशी बिरानोमा दशैं सम्झी गजल लेख्दै !

बिद्धुतीय संजाल छापाहरुमा छाप्दै होलान !!

------सात ---------------------------

(समाप्त )

No comments:

Post a Comment